एउटा नलेखिएको कथाः ‘गोरखाली वेदना’को

- पञ्च विस्मृत ✍By Pancha Vismrit करिब डेढ वर्षे बूढो प्रवाससँग म । घरबाट मेरो नाममा एउटा पत्र आएको रहेछ । खोलेर हेरेँ । मलेसियाबाट नेपाल र नेपालबाट फेरि मलेसिया नै ल्याइपुर्याइएको सो पत्र थियो पेनाङ्बाट किरण खुलालको । प्रवासका अनुभूतिहरूलाई शब्दले साकार पारेर कालजयी बनाउने बृहत् सोच बनाउनुभएको रहेछ उहाँ र उहाँका समकक्षीहरूले — मिलेर । ड्यूटीको समय चोरेर सुटुक्क फोन गरेँ उहाँलाई । फोन गर्न या लेख्न चोर्नै पर्ने ! कति बनूँ इमानदार ? “सुन्नुस् न, अहिले म यो ठाउँमा लुकेर बोल्दैछु ।” रङ्गकर्मी तथा साहित्यकार गणेश खड्का प्रतीक्षाको यो वाक्यले सान्त्वना दिन्छ मलाई यहाँनेर । वि. सं. २०६२ को विजायदशमी तथा दीपावलीको अवसर पारेर प्रकाशन गर्ने महत् योजना बनाइएको रहेछ एक साहित्यिक सँगालोको । नाम प्रस्तावित रहेछ — ‘गोरखालीको वेदना’ । मलेसियामा नेपालीहरूको एक प्रकारको ठूलो इज्जत छ, जब नेपाली ‘गुर्खा’ को पर्याय बन्दछ । 'Who Won the Malayan Emergency' मा Hebert Andrew लेख्छन् — "गुर्खाहरू शाहसी, इमानदार र आत्मविश्वासी हुन्छन् । ती कमै झूट बोल्छन् र चोर्...