Posts

प्रवासी प्रवाह एक अनुभूति

Image
🖋 पञ्च विस्मृत मेरो सौभाग्य नै भन्नु पर्छ यसपाली ‘ प्रवासी प्रवाह ’मा बस्ने अवसर पाए । यसअघि पनि कवि मधु माधुर्य दाइ र कवि तथा कथाकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’ काे अनौपचारिक निमन्त्रणा पाएको थिएँ, तर समय मिलेको थिएन । यसपाली समय मिल्यो । तीन कविता र एउटा गीत वाचन गरेँ ।  सुरुमा मैले विश्वासदीप तिगेलाले ‘ विश्व नेपाली साहित्य महासङ्घ ’को कार्यक्रम अनलाइबाट सञ्चालन गरेको कुरा सुनेको हुँ । पछि मलेसियाका थुप्रै कार्यक्रमहरुमा मैले अनलाइन अतिथिको भूमिका निभाएँ । मलेसियाका कार्यक्रमहरु लाइभ थिएनन् । जूम प्रचलनमा आएदेखि लाइभ कार्यक्रमहरु हुन थालेका छन् ।  नेपाली साहित्यले इन्टरनेटको राम्रै सदुपयोग गरिरहेको देखिन्छ । आजकल फेबुक लाइभ बाट पनि थुप्रै स्रष्टाहरु आफ्ना कविता वाचन गरिरहेका देखिन्छन् । तर दुर्भाग्य भनेको चाहिँ नेपालको इन्टरनेट स्पीड राम्रो छैन । एक अध्ययनले नेपालको इन्टरनेट स्पीड ३४१५.८२ केबीपीएस देखाएको छ । जबकि साउदी अरेबियाको इन्टरनेट स्पीड ५८.५२ एमबीपीएस रहेको छ । यी हरफहरु लेख्दै गर्दा मेरा आँखा कवि रामगोपाल आशुतोषको फेसबुक पोस्टमा परेका छन् । उहाँले केही घण्टादेखि इन्टरनेट

भ्रष्टाचार, भाइ–भतिजावाद र जातीयतावाद नेपालीको मौलिक संस्कृति

Image
– पञ्च विस्मृत ✍ Pancha Vismrit तसबिर पेरिस नेपाल डट्कमबाट केही साल पहिले म आफ्नो बैंक कार्ड अपडेट गर्न बैंक पुगेको थिएँ । त्यहाँको व्यवस्था अनुसार टिकट लिएर आफ्नो पालो पर्खिनुपर्ने हुन्छ । म लाइनमा थिएँ, तर त्यहाँ कार्यरत एक नेपाली दाइ भन्दै थिए अगाडि गएर बस, केही हुन्न । मेरो अगाडि दुई व्यक्ति थिए, म कसरी जाउँ तिनलाई उछिनेर अगाडि । म गइनँ । त्यो दाइ बकबकाए कस्तो दिमाग नभएको मान्छे रहेछ भन्दै । बैंक खुलेपछि पनि त्यो दाइले टिकटको पर्बाह नगरी केही नेपाली साथीहरुलाई अगाडि हुलिदिए । मलाई पनि पालो मिचेर अगाडि हुल्न निक्कै प्रयास गरे । ठीकै थियो, एक नेपाली हुनाको नाताले विदेशमा उनी ती सब गरिरहेका थिए । त्योसँग मिल्दोजुल्दो प्रसङ्ग अर्को पनि छ । नेपालमा मेला लाग्दा पिङ अनिवार्य हुनेगर्छ । पिङ खेल्ने चलन नेपालमा परापूर्वकालदेखि चलिआएको हो । तिहारमा हातैले बनाएको पिङ (पिर्के पिङ) खेलिनुले यस कुराको पुष्टि गर्दछ । दुई भिन्नभिन्नै मेलामा म लगायत मेरो समूहकालाई पिङ खेल्ने स्थल पुग्नलाग्दै तानेर लगेर सित्तैमा बसाइएको छ । सित्तैमा खेल्न पाउनु पनि सौभाग्यकै कुरा भयो । घरको प्रसङ्ग पनि जोड्

कोरोना डायरी १७ : फेसबुकलाइभ नेपाली कविताको पछिल्लो आयाम

Image
– पञ्च विस्मृत ✍ Pancha Vismrit कोरोना डायरी १७ ८ अप्रिल, बुधवार, २०२० दम्माम, साउदी अरेबिया (कवि सन्जीव  राईको लाइभ वाचन) चौबीसै घण्टा कर्फ्यू सुरु भएको छ । सडक प्रायः सुनसान छ । अनिश्चित भविष्यको सङ्घारभित्र थुनिएका छन् लाखौँ विदेशी कामदार । सङ्क्रमितहरुको सङ्ख्या गनिरहेका छन् विभिन्न वेवसाइटहरु । उङिरहेछ सृजनशीलता । थकित छ मन । तर आशाको उज्यालो कतै त उदाएको छ । चैनाको वुहानमा मङ्गलवार कुनै बिरामीको मृत्यु भएन रे । यमनी विद्रोहीसँग पाँच वर्षदेखि युद्ध चलिआएकोमा साउदी अरेबियाले बिहीवारबाट “सिज फायर”को घोषणा गरेको छ रे । यी शुभ सङ्केत नै हुन् । कर्फ्यू भनिएता पनि यहाँको सरकार ‘प्राक्टिकल’ छ । आफ्नो वरपरको किराना पसलसम्म जान रोकतोक छैन । वस्तुतः यहाँ दुई कर्फ्यू चलिरहेका छन् । एउटा चौबीसै घण्टा, अर्को चाहिँ दिउँसोको ३ बजेदेखि बिहानको ६ बजेसम्म । पछिल्लो कर्फ्यू मूख्य कर्फ्यू हो, जुन समयसीमामा बाहिर निक्ले कडा कारबाहीको व्यवस्था छ ।   कति गन्नु कोरोना सङ्क्रमितहरुको सङ्ख्या ? एक महिना र झण्डै एक हप्ता भइसकेछ । यसबीच सङ्क्रमितहरुको सङ्ख्या २९३२ पुगेको छ, जुन सानोतिनो सङ्ख

एकाबिहानै छुरी खाएको त्यो पल

Image
– पञ्च विस्मृत ✍ Pancha Vismrit डि सेम्बर २३, सोमवार, २०१९, समय करिब ३.४५, बिहान : मेरो ड्यूटी ३.३० मा सकेको हो, घटनास्थलसम्म पुग्दा ३.४५ भएको हुनुपर्छ । डिसेम्बरको महिना भएकोले अलिक ढिलैगरि उज्यालो हुन थालेको थियो । ल्याम्पपोस्टहरु त्यति उज्याला लाग्दैनथे । साउदी अरेबियाको माटो टेकेको पनि वर्षाैँ भएछ । तर निडर भएर हिँडेका ती सडकले कुनै पनि बेला आफ्नो रङ्ग बदल्छन् भन्ने कुरा कसलाई थाहा ? एक इण्डियन साथीलाई जब उसको भिल्ला छोडेर फर्कन लागेँ साइकलमा, मेरो पछाडिबाट स्कुटरको आवाज आयो । मैले वास्ता गरिनँ । किनभने त्यस्ता स्कुटर प्रायः बकाला (किराना पसल) हरुमा काम गर्ने इण्डियन अथवा बङ्गालीहरुले प्रयोग गरेको देखेको थिएँ । तर त्यो करिब ३.४५ को एकाबिहान कुन मान्छे त्यस्तो स्कुटर चलाउँछ भन्ने कुराको विश्लेषण गर्नतिर लागिनँ म । त्यसो गर्ने समय नै पनि भएन भनौँ ।  साथीलाई छाेडेर हिँडेको करिब ३० सेकेण्ड मात्र भएको थियो, त्यो स्कुटरको आवाज एक्कासी ठूलो भएर आयो । भनौँ स्कुटरको स्पीड बढ्यो । तर पनि मैले पछाडि फर्केर हेरिनँ । सडक त ठूलै थियो तर कसो कसो बरु साइड दिने भएँ । नजिकै दुइटा का

अपदस्त जिन्दगीले चिनाएको नाम हरिराज खेवा

Image
– पञ्च विस्मृत ✍ Pancha Vismrit पचासको दशकमा मेरो सबैभन्दा प्रिय वस्तु केही थियो भने त्यो रेडियो थियो । अहिले जसरी मोबाइल फोन हातमा बोकेर घुम्ने गरिन्छ त्यो समय प्रायको साथमा रेडियो हुने गर्थ्यो । धनकुटा जिल्लाबासी भएको हुनाले रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र धनकुटाका हरेक कार्यक्रमहरु छुट्दैनथे । म आफैँ पनि साहित्य सृजना गर्थेँ । आफ्नो परिवारको सामु रेडियोबाट आफ्नो नाम आउँदा खुब आनन्द लाग्थ्यो । त्यतिबेला मैले लेखेको ‘हस्ताक्षर’ शीर्षकको गीतिकथा अत्यन्तै चर्चित भएको थियो । त्यो गीतिकथा दुईपल्ट प्रसारित मात्र भएन, त्यही गीतिकथा सुनेर डेढ दर्जन पत्रहरु समेत आए । आफ्नै बारे नलेखी नहुने भयो । किनभने म त्यति ‘प्रडक्टिभ’ हुनुको श्रेय धनकुटा जिल्ला आसपासका स्रष्टाहरुलाई जान्छ । वस्तुतः पचासको दशकसम्म पुस्तक, पत्रपत्रिका, कागज–कलम र रेडियोको जमाना थियो । सोशल मीडियालाई दिने सम्पूर्ण समय तिनलाई दिएर त्यतिबेलाका मान्छे आजका भन्दा बढी प्रडक्टिभ थिए भन्ने लाग्छ । मैले स्व. हरिराज खेवालाई न देख्न पाएँ, न त भेट्न नै; तर मेरो साहित्यिक सक्रियताका पछाडि कहीँ न कहीँ ‘अपदस्त जिन्दगी

मेरो आँखामा ‘प्रभास’को प्रथम कविता

Image
– पञ्च विस्मृत ✍Pancha Vismrit (Image from Facebook) कविता लेखनको विषयमा मान्छेका आ–आफ्नै धारणा हुन्छन् । भन्नुको मतलब कसैले विचारमा जोड दिन्छन् त कसैले शिल्पमा । यी दुवैको सम्याक् संयोजन हुनसक्यो भने कविता उत्कृष्ट बन्दछ । कविताको मूल्याङ्कन गर्दा कविको वाचन शैलीले पनि ठूलो प्रभाव पार्दछ । हेम प्रभासको पुरस्कृत कविताप्रति असन्तुष्टि पोख्ने कवि र कवितानुरागीहरुले यी सबै कुराको उल्लेख्य चिन्तन मनन गरेरै बोलेका होलान् । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६२ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव २०७६ (असार ९, सोमबार) सम्पन्न भयो, तर पुरस्कृत कविहरुलाई कमैले बधाई दिए । बरु असन्तुष्टिका शब्दहरु खर्चिए । प्रथम हुन सफल हेम प्रभासको ‘परदेश गएका पतिका नाममा’ कविताप्रति पनि त्यस्ता धेरै शब्दहरु पढ्नमा आए– सोशल मीडियामा ।  यति भएर पनि कवि हेम प्रभास एक सशक्त कवि हुन्, राम्रा कवि हुन् । कला साहित्यको क्षेत्रमा एक सक्रिय कवि हुन् । उनकै शब्दमा भन्ने हो भने उनी हैसियत भएका कवि हुन् । अग्रज साहित्यकार एलबी क्षेत्रीका शब्दमा “प्रथम पुरस्कार प्राप्त गर्ने कवि हेम प्रभास राष्ट्रियस्तरकै सुप्

विदेशिएकाहरूको पीडामाथि उभिएर दर्शन छाँट्नु पर्दैन महाशय !

Image
— पञ्च विस्मृत ✍ Pancha Vismrit (Study economics before talking about politics) हामीले स्कुलमा केही यस्ता कुराहरु सिकेर आएका छौँ, जुन गलत छन् । जस्तो कि कम सुत्नू धेरै पढ्नू, टुप्पी कसेर पढ्नू । पैसा महत्त्वपूर्ण कुरा होइन, विद्या ठूलो कुरा हो । धन नहोस् तर सानो र सुखी परिवार होस् । एक थोपा पसिना भएपनि स्वदेशमै बगाउनू आदिइत्यादि । यी सब दर्शन मात्र हुन्, खोत्रो दर्शन । यी खोक्रो र जीवनविरोधी दर्शनहरुलाई कुर्कुच्चामुनि नपारी वैदेशिक रोजगारीको बहस सम्भव छैन । सम्पन्नहरुले विपन्नलाई उठ्न नदिने षडयन्त्रको दुर्गन्ध छ यीमध्ये कतिपयमा । आर्थिक स्वतन्त्रता हासिल नगरी यी दर्शनहरुलाई आत्मसात् गरे कुनै पनि बेला जीवन दुर्घटित हुन सक्छ । किनकि यिनमा कुनै वैज्ञानिकता छैन । वास्तविकता त कम सुत्नाले प्रभावकारी पठन हुन सक्दैन । पैसाको सही ज्ञानबिना सुखी परिवारको परिकल्पना गर्न सम्भव छैन । पसिना बगाउने कुरामा उत्पादकत्वको ख्याल गर्न अत्यावश्यक हुन्छ । त्यसैले त्यस्ता अवैज्ञानिक विचार र विचारकहरुलाई त्यति माथि पनि नहेर्नू जसले गर्दा यथार्थको टोपी भुइँमा खासोस् । नेपालमा विदेशिएका युवालाई ह

Total Views

Please, leave a comment

Wikipedia

Search results

POEMS FROM THE HIMALAYAS

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रदर्शनीमा जिन्दगी – पञ्च विस्मृत उसको जिन्दगी आज सार्वजनिक स्थलमा प्रदर्शनको लागि टाँगिएको छ । कोही आउँछन् र दुई...

Posted by Pancha Vismrit on Friday, November 13, 2020

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

रेगिस्तानी दशैँ — पञ्च विस्मृत हिउँदको फूलजस्तो निस्तेज उमङ्ग परदेशीका आङमा बेखबर फुल्छ तर, सिङ्गो संवेदन हल्लाएर झर्छ...

Posted by Pancha Vismrit on Thursday, October 22, 2020

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

गाए गीत नगाए कविता - पञ्च विस्मृत ढुङ्गा हुँ म तिमी मलाई, प्रेमले गाल्न नखोज थानमा राख मन्दिरको, दिलमा राख्न नखोज भेल...

Posted by Pancha Vismrit on Monday, September 28, 2020

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Day 1 Today is the first day of my participation in this 8-day Russian poetry flash...

Posted by Pancha Vismrit on Wednesday, September 9, 2020

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

स्रष्टा परिचय र उपनामको रहस्य -- ४० -------------------------------------------------- कवि पञ्च विस्मृत बजारिया...

Posted by सगरमाथा साहित्य प्रतिष्ठान नेपाल on Sunday, July 26, 2020

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

कोरोनाले छोडेर गएको दिन - पञ्च विस्मृत एक दिन जब खुल्नेछ विश्व जब छोडेर जानेछ कोरोनाले – मजदुरहरुले पेटभर खाना खान...

Posted by Pancha Vismrit on Thursday, July 30, 2020

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

आशाको रङ — पञ्च विस्मृत मलाई यी उठ्दै गरेका अग्ला घरहरुको रङ खुब मन पर्छ मानौँ कि उठ्दैछन् नैराश्यताको जमिनलाई...

Posted by Pancha Vismrit on Thursday, July 16, 2020

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट म के गरुँ ? कहाँ जाऊँ ? मित्रलाई सम्झूँ कि शत्रुलाई सम्झूँ ? फूललाई सम्झूँ कि काँडालाई सम्झूँ ? सबैको...

Posted by Pancha Vismrit on Monday, April 27, 2020

Prakash Dipsali Writes

परदेशी कवि तथा लेखकहरुको प्रिय नाम हो पञ्च विस्मृत । मलेसियामा रहदा असाध्यै चर्चामा रहेका कवि पञ्च विस्मृत सुन्दर कविता...

Posted by Prakash Dipsali on Monday, April 27, 2020

नेपालबन्द । कविता । पञ्च विस्मृत

नेपालबन्द – पञ्च विस्मृत शोकमग्नझैँ लाग्छ आज यो मनको शहर कुनै सपना बुन्नु छैन न त टिप्नु नै छ जून आज मनको शहर बन्द...

Posted by Pancha Vismrit on Tuesday, March 31, 2020

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति – पञ्च विस्मृत तिम्रो रुपको वर्णन गर्ने कुनै शब्दको आविस्कार भइसकेको छैन दुनियाँमा । बस, तिम्रो...

Posted by Pancha Vismrit on Thursday, February 13, 2020

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने, साहस जुटाइदेऊ भगवान जीवनयुद्ध जित्ने एउटा, दर्शन सिकाइदेऊ भगवान असल मान्छे बन्न खाजेँ, आफ्ना पराइ...

Posted by Pancha Vismrit on Saturday, November 2, 2019

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ – पञ्च विस्मृत क्यालेण्डरका पानाहरु कुल्चँदै हुण्डरीको वेगमा एक निरपराध...

Posted by सिर्जना डबली on Wednesday, November 6, 2019

हजुरबा र समय । कविता । पञ्च विस्मृत

हजुरबा र समय — पञ्च विस्मृत सदियौँदेखि हो यो वेगीलाई समयलाई थुन्न हाम्रा हजुरबाहरुले फलामको बडेमानको पिँजडा बनाउँदै...

Posted by Pancha Vismrit on Thursday, October 4, 2018

अग्रजहरु । कविता । पञ्च विस्मृत

अग्रजहरु – पञ्च विस्मृत अलिक मास्तिर पहाडको उकालो बाटोमा गुनगुन गुनगुन गर्दै एक हुल मानिस हिँडिरहेका देखिन्छन्...

Posted by Pancha Vismrit on Thursday, May 16, 2019

याद २ । कविता । पञ्च विस्मृत

याद २ — पञ्च विस्मृत ब्यूँझिएको मात्र के हुन्छु समय नुहेको डालीमा बसेर एकाबिहानै चिर्बिर चिर्बिर गर्छे प्रिय...

Posted by Pancha Vismrit on Thursday, February 14, 2019

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर — पञ्च विस्मृत छिमेकीको हवेली देखेर मैले पनि ठडयाएँ कल्पनाको राजधानीमा बडेमानको घर । सपनाहरुको...

Posted by Pancha Vismrit on Thursday, August 16, 2018

शब्दहरु । कविता । पञ्च विस्मृत

शब्दहरु — पञ्च विस्मृत शब्दहरु यी मसिना शब्दहरु ! कुम्लो कुटुरो बोकेर बाहिरिएको मान्छे घर फर्किएजस्तै एउटा...

Posted by Pancha Vismrit on Friday, December 1, 2017

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

कहिले आउँने दिनभरि, आइपुग्ने कहिले शाम धाइरहने यो सम्झनाको, खै के होला नाम ? कुटुकुटु खाइरहन्छ, आँखाभरि...

Posted by Pancha Vismrit on Thursday, December 29, 2016

परदेशिएर । कविता । पञ्च विस्मृत

परदेशिएर मनभित्र कतै बज्छ सौन्दर्यको तीखो आवाज म सुन्छु म हेर्छु परेलाहरुमा अडिएर टिलपिल टिलपिल आँशु साँच्ची...

Posted by Pancha Vismrit on Monday, April 7, 2014

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on

Facebook Page