एकाबिहानै छुरी खाएको त्यो पल

– पञ्च विस्मृत
✍ Pancha Vismrit


डिसेम्बर २३, सोमवार, २०१९, समय करिब ३.४५, बिहान :

मेरो ड्यूटी ३.३० मा सकेको हो, घटनास्थलसम्म पुग्दा ३.४५ भएको हुनुपर्छ । डिसेम्बरको महिना भएकोले अलिक ढिलैगरि उज्यालो हुन थालेको थियो । ल्याम्पपोस्टहरु त्यति उज्याला लाग्दैनथे । साउदी अरेबियाको माटो टेकेको पनि वर्षाैँ भएछ । तर निडर भएर हिँडेका ती सडकले कुनै पनि बेला आफ्नो रङ्ग बदल्छन् भन्ने कुरा कसलाई थाहा ?

एक इण्डियन साथीलाई जब उसको भिल्ला छोडेर फर्कन लागेँ साइकलमा, मेरो पछाडिबाट स्कुटरको आवाज आयो । मैले वास्ता गरिनँ । किनभने त्यस्ता स्कुटर प्रायः बकाला (किराना पसल) हरुमा काम गर्ने इण्डियन अथवा बङ्गालीहरुले प्रयोग गरेको देखेको थिएँ । तर त्यो करिब ३.४५ को एकाबिहान कुन मान्छे त्यस्तो स्कुटर चलाउँछ भन्ने कुराको विश्लेषण गर्नतिर लागिनँ म । त्यसो गर्ने समय नै पनि भएन भनौँ । 
साथीलाई छाेडेर हिँडेको करिब ३० सेकेण्ड मात्र भएको थियो, त्यो स्कुटरको आवाज एक्कासी ठूलो भएर आयो । भनौँ स्कुटरको स्पीड बढ्यो । तर पनि मैले पछाडि फर्केर हेरिनँ । सडक त ठूलै थियो तर कसो कसो बरु साइड दिने भएँ । नजिकै दुइटा कार पार्क गरिएका थिए । तिनको बायाँतिर एउटा ब्यूटी पार्लर थियो ।

साइड मात्रै के दिन खोजेको थिएँ, त्यो स्कुटर मेरो यति नजिक आयो कि एक्कासी स्कुटर चालकले ठेलेजस्तो लाग्यो । मेरो साइकल ढल्यो । उसको स्कुटर पनि ढल्यो । साउदी सडकहरुमा प्रायः बच्चाहरु ठट्टा गर्ने गर्दछन् । र, मेरो दिमाग त्यतातिर गएछ । त्यो ठेल्ने व्यक्तिको अनुहारमा हेरेँ । मेरो पछाडिबाट अर्का व्यक्तिले मेरो झोला समायो । दुई जना चढेर आएका रहेछन् । म लाटो अझैसम्म ठट्टा गरेको हो कि भन्ने कुरामा अलमल्ल रहेछु । जब पछाडिबाट झोला समाउनेले जोरले तान्न थाल्यो तब मात्र म झसङ्ग भएँ – ती त लुटेरा रहेछन् ।

जब केही सिकुटे, कालो वर्णका ती दुई लुटेरा हुन् भन्ने लाग्यो मैले भर्खरै छोडेर आएको साथीलाई सम्झेँ । तर ऊ घरभित्र छिरिसकेको थियो । सडकतिर हेरेँ सुनसान थियो । उज्यालो पनि त्यति नभएकोले उनीहरुको अनुहार पनि याद गर्नेगरि देख्न सकिनँ । त्यस्तो अवस्थामा मैले आफ्नो झोलालाई सम्झेँ । जसभित्र मेरो इकामा, पैसा र अघिल्लो महिना मात्रै किनेको सामसुङ ए फिफ्टी थियो । कुनै पनि हालतमा ती कुरा लुटेराको हातमा सजिलै सुम्पिने हालतमा थिइनँ म ।

मैले झोला छोडिनँ । मेरो दायाँतिरकोले पनि झोला तान्न खोज्यो । उसको हातमा करिब पाँच इन्चको छुरी नाँचिरहेको देखेँ । तर त्यसको वास्ता नगरी मैले उसको छातीमा एक मुक्का बजारेँ । ऊ अलिक पछाडि हट्यो । त्यतिकैमा मेरो दायाँतिरकोले पनि छुरी निकाल्यो । तर झोला छोड्यो । मैले छातीमा मुक्का बजारेको व्यक्तिले मेरो कुममाथिमाथि छुरी नचाएझैँ लाग्यो । अब दुवैको हातमा छुरी थियो । अवस्था गम्भीर हुँदैगएको महसुस गरेँ । सडकतिर हेरेँ, सडक अझै पनि सुनसान थियो । कुनै कार आइहालेको भएपनि सहायता गर्नेवाला त थिएनन् नै, तर त्यो सुनसान सडकले मलाई आत्मसमर्पण गर भनिरहेको थियो ।

मैले भनेँ, "ल तिमीहरुलाई जे चाहिन्छ सबै दिन्छु ।"

र, दाहिने हात झोलाभित्र छिराएँ । झोला अहिले मेरै हातमा थियो । झोलाबाट के निकाल्ने हो भनेर ती दुवैले हेरिरहेका थिए । जब स्कुटर चालक आफ्नो लडेको स्कुटर उठाउन सडकतिर गयाे, म भाग्न थालेँ । दुर्भाग्यवश मेरो खुट्टामा एक लूज स्याण्डिल थियो, आफ्नो  जुत्ता भने प्लास्टिक ब्यागमा बोकेको रहेछु ।

पन्ध्र बीस कदम भागेको मात्रै के थिएँ, अचानक लडेँ । मेरो मोबाइल हातमा रहेछ, बाङ्गिने गरी सडकमा बजारेँ । जब उठेर हेरेँ त स्कुटर चालकले मलाई उछिनेर छुरी देखाउँदै मेरो ब्याग माग्दै रहेछ । फेरि पनि भाग्न त सक्थेँ शायद तर भाग्ने प्रयास गरिनँ । ऊ एक्लै उभिएको थियो त्यहाँ । मैले पहिलेझैँ आफ्नो झोलामा हात हालेँ । र, वालेट झिकेँ । र, उसको हातमा राखिदिएँ । सम्झेँ मेरो इकामा, जुनबिना मेरो संसार डुब्थ्यो । र, भनेँ मेरो इकामा दे, अरु लैजा !

आज्ञाकारी भएर उसले मेरो इकामा झिकेर फुत्त भुइँमा फालिदियो । त्यति नै खेर एउटा कार हुइँकिएर गयो । शायद त्यसैको डरले ऊ भाग्न लाग्यो । उसका अर्का साथी भने "मोबाइल, मोबाइल" भन्दै कराउँदै थियो । मोबाइल मेरो हातमा थियो, जुन दिनेवाला थिइनँ । अन्ततः स्कुटर चढेर दुवै भागे ।

त्यसपछि हतार हतार साइकल उठाएँ, र म पनि आफ्नो भिल्ला फर्किएँ । जब भिल्ला छिरेँ त मेरो बायाँ हातको चोर औँलाबाट रगत बगिरहेको रहेछ । त्यो देखी मेरा अर्का इण्डियन साथी आत्तिए । हतार हतार कम्पनीको गाडी बोलाइयो । अचम्म त त्यतिबेलासम्म मलाई लागिरहेको थियो कि मेरो  सिर्फ औँलामा चोट लागेको हो । जब ज्याकेट फुकालेँ त मेरो कुमको पछाडिपट्टि छुरीले एक इन्च गहिरो  दागिएको रहेछ । रगत त्यति बगेको थिएन । ज्याकेट केही मोटो थियो । खोलेर हेर्दा दुई पल्ट छुरी हानिएको पाएँ । एउटा ज्याकेटले छेकेछ । अर्को चाहिँ ज्याकेट र टीसर्ट छेँडेर छालामा एक इन्च गहिरो लागेछ ।

भिक्टिम अफ क्राइम एण्ड टेररिज्म :

अब म मेरा इण्डियन साथीलाई लिएर म कम्पनीको गाडी चढेर अफिस पुगेँ । र, मुदिरलाई पुलिस बोलाउन भनेँ । बोलाएको करिब ४५ मिनेटमा पुलिस आइपुग्यो । त्यतिको घटनाको लागि पुलिसका चार गाडी आइपुगे । र, घटनाबारे सबै जानकारी लिए । मैले लुटेराहरुको हुलिया बताएँ । तिनैले एक्बुलेन्स पनि बोलाएछन् । एम्बुलेन्सभित्र राखे मलाई र ‘फर्स्ट एड’ दिइयो ।

मलाई तुरुन्त अस्पताल लानको सट्टा अब मलाई ३ मिनेट पर्खिन भनियो । तीन मिनेटपछि एउटा त्यस्तै लुटेराको हुलियासँग मिल्ने करिब १७, १८ वर्षको केटालाई पक्डेर ल्याइयो । र, मलाई सोधियो, “के लुटेरा यही हो ?”

मैले यही हो भनेर यकिनका साथ भन्न सकिनँ । किनभने मैले लुटेराहरुको अनुहार त्यति राम्ररी हेरेको थिइनँ, र घटना घटेको समय खासै उज्यालो नभइसकेको कारण जति देखेँ धमिलो मात्र सम्झन सकेँ । 
त्यो समातेर ल्याएइको मान्छे मलाई देखेर मलिन अनुहार बनाएर उभिएको थियो । उसले लगाइराखेको घाँटीको माला पुलिसले जबर्जस्ती चुँडिनेगरि तानिदियो । मैले ५० प्रतिशत मात्र सम्भावना भएको बताएँ । त्यसपछि उसलाई कता लगियो थाहा भएन । म चढेको एम्बुलेन्स भने अस्पतालतिर हुइँकियो । पक्डेर ल्याइएको व्यक्तिको खुट्टातिर कसो हेरिनछु ! किनभने दुई मध्ये एकले मेरो एउटा स्यान्डिल भूलवश साटेर लगाएर गएको थियो ।
जब अस्पताल पुगेँ, त्यस्तै पाँच मिनेटमा, डक्टरको कुरा सुनेर खङ्ग्रङ्ग भएँ । किनभने एक महिला डाक्टर भन्दै थिइन्, “यसको उपचार गर्न दुई हजार रियालसम्म लाग्न सक्छ ।”

एक बजार रमिता हेरिरहेका नर्सहरुले जेनेरल हस्पिटलमा जान सल्लाह दिए, जहाँ सित्तैमा उपचार हुने समेत बताए । र, त्यहाँ सामान्य मल्हमपट्टी गरिसकेपछि अब एम्बुलेन्सको सट्टा पुलिसको गाडी चढियो । पहिलोपल्ट पुलिसको गाडी चढ्दा अनौठो अनुभूति भयो । पुलिसको गाडी त अत्यन्तै साँघुरो हुँदोरहेछ, खुट्टा पसार्नै नमिल्ने । पुलिस स्टेशन पुगेर रिपोर्ट लेखाइयो । रिपोर्ट लेख्दा अस्पताल जाने नजाने कुरा सोध्यो पुलिसले । अस्पताल त जानै थियो । र, जाने भनेँ । त्यसपछि पुलिसले दिएको कागज बोकेर जेनेरल अस्तपाल पुगियो, दम्माम मेडिकल कम्प्लेक्स ।
साउदी पुलिसको त्यो सहयोग निक्कै प्रशंसनीय थियो । कति चुस्त ? तिनले मसँग गरेको व्यवहारदेखि साउदी पुलिसलाई हेर्ने मेरो दृष्टिकोण नै बद्लियो । कठोर र कडा स्वभावका देखिने साउदी पुलिस वास्तवमा आम मान्छेजस्तै सहृदयी हुँदारहेछन् भन्ने कुराको अनुभव गरेर दङ्ग परेँ । तर एउटा कुरा, ती अङ्ग्रेजी चाहिँ खासै नबोल्ने रहेछन् ।
दम्माम मेडिकल कम्प्लेक्समा पनि एक बजार डाक्टर र नर्सहरूले मलाई झम्टे । र, मेरो बारेमा सबै जानकारी लिए ।
“दे थिङ्क वी आर लाइक विल गेट्स ? वी आर पुअर पीपल !” एउटा डाक्टरले ठट्टा गर्दै भने ।

ती डाक्टर र नर्सहरुको भीडले दुई स्टिच कुम पछाडिको घाउमा र दुई स्टिच औँलाको घाउमा लगाए । एक्सरे पनि भयो ।
बल्ल काम सकियो, त्यहाँको ।
अस्पतालले  दिएको रिपोर्ट अब फेरि पुलिसलाई बुझाउन त छँदै थियो । रिपोर्टमा लेखिएको थियो— “भिक्टिम अफ क्राइम एण्ड टेररिज्म” ।

पाएको शिक्षा :

त्यो दुई मिनेटको घटनाको शक्ति अब भित्रैबाट महसुस गरेँ । वास्तवमा कुनै पनि घटना घट्नको लागि सेकेण्ड र मिनेट नै काफी हुँदोरहेछ । 
त्यो दुई मिनेटको घटना मेरो लागि वास्तवमै घातक थियो । अघिसम्मको मेरो सामान्य दैनिक जीवन अहिलेको अहिल्यै अस्तव्यस्त भएको पाएको थिएँ । समयमा सही निर्णय लिन नसकेर गलत कदम उठाएको भए मेरो ज्यान जान सक्थ्यो । जिन्दगी कति ‘अनप्रेडिक्टेबल’ हुँदोरहेछ भन्ने कुराको ज्ञान गहिरो रुपमा भयो । जिन्दगी सङ्घर्षको अर्को नाम रहेछ । र, जहिल्यै ‘रेडी फर एक्शन’मा रहनु पर्ने रहेछ भन्ने शिक्षा त्यस घटनाले दियो ।
'जहिल्यै सजिलो र हल्का खालको जुत्ता र कपडा लगाउनु पर्ने रहेछ'देखि जहिल्यै पनि आफ्नो वरपरको वातावरणदेखि चनाखो रहनु पर्नेरहेछ, अगाडि पछाडि हेर्दै चल्नु पर्नेरहेछ, र अपरिचित व्यक्तिदेखि सधैँ सावधान रहनु पर्नेरहेछ'सम्मको शिक्षा त्यस घटनाले दियो । अर्को उल्लेखनीय शिक्षा भनेको यदि लुटेरा आफूमाथि जाइलागे उसले चाहेका कुरा सुम्पिदिनु रहेछ । त्यसो नगरेमा तिनले ज्यानसम्म लिनसक्ने रहेछन् ।

एउटा रमाइलो पक्ष भनेको चाहिँ लुटेरासँग पनि सकरात्मक संवाद आदानप्रदान हुँदोरहेछ । नत्र आज्ञाकारी भएर मेरो इकामा वालेटबाट निकाले दिँदैनथे मलाई ।

र, पीएसएस ( Presidency of State Security) ले मलाई एउटा मन छुने एसएमएस पठाएको छ— “Dear citizen and resident, terrorism has no religion. Report those who target our security and country by calling 990.”

हो, वास्तवमा कुनै पनि अपराध वा आतङ्कवादको कुनै धर्म हुँदैन । र, आतङ्कवाद धर्म पनि हुन सक्दैन । यी त रोगी मानसिकताका उपज मात्र हुन् । जति नै धनी र विकशित मुलुकमा पनि चोरी, लूटपातका घटना घटिरहेका हुन्छन् । त्यसैले गरिबीसँग पनि यसको कुनै लेनादेना छैन । यस्तो रोगी मानसिकताले जहिल्यै र जहाँ पनि असर देखाउन सक्छ । सबैले सावधान हुन जरुरी छ ।

केही थोपा रगत र पैसा लियो, र यति शिक्षा दियो सो घटनाले ।



२४ डिसेम्बर, २०१९



Ramesh Tufan Pandit writes on Facebook:


"Love" from a co-worker:



Last updated: 20, January, 2020








Comments

Total Views

Please, leave a comment

Wikipedia

Search results

POEMS FROM THE HIMALAYAS

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रदर्शनीमा जिन्दगी – पञ्च विस्मृत उसको जिन्दगी आज सार्वजनिक स्थलमा प्रदर्शनको लागि टाँगिएको छ । कोही आउँछन् र दुई...

Posted by Pancha Vismrit on Friday, November 13, 2020

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

रेगिस्तानी दशैँ — पञ्च विस्मृत हिउँदको फूलजस्तो निस्तेज उमङ्ग परदेशीका आङमा बेखबर फुल्छ तर, सिङ्गो संवेदन हल्लाएर झर्छ...

Posted by Pancha Vismrit on Thursday, October 22, 2020

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

गाए गीत नगाए कविता - पञ्च विस्मृत ढुङ्गा हुँ म तिमी मलाई, प्रेमले गाल्न नखोज थानमा राख मन्दिरको, दिलमा राख्न नखोज भेल...

Posted by Pancha Vismrit on Monday, September 28, 2020

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Day 1 Today is the first day of my participation in this 8-day Russian poetry flash...

Posted by Pancha Vismrit on Wednesday, September 9, 2020

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

स्रष्टा परिचय र उपनामको रहस्य -- ४० -------------------------------------------------- कवि पञ्च विस्मृत बजारिया...

Posted by सगरमाथा साहित्य प्रतिष्ठान नेपाल on Sunday, July 26, 2020

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

कोरोनाले छोडेर गएको दिन - पञ्च विस्मृत एक दिन जब खुल्नेछ विश्व जब छोडेर जानेछ कोरोनाले – मजदुरहरुले पेटभर खाना खान...

Posted by Pancha Vismrit on Thursday, July 30, 2020

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

आशाको रङ — पञ्च विस्मृत मलाई यी उठ्दै गरेका अग्ला घरहरुको रङ खुब मन पर्छ मानौँ कि उठ्दैछन् नैराश्यताको जमिनलाई...

Posted by Pancha Vismrit on Thursday, July 16, 2020

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट म के गरुँ ? कहाँ जाऊँ ? मित्रलाई सम्झूँ कि शत्रुलाई सम्झूँ ? फूललाई सम्झूँ कि काँडालाई सम्झूँ ? सबैको...

Posted by Pancha Vismrit on Monday, April 27, 2020

Prakash Dipsali Writes

परदेशी कवि तथा लेखकहरुको प्रिय नाम हो पञ्च विस्मृत । मलेसियामा रहदा असाध्यै चर्चामा रहेका कवि पञ्च विस्मृत सुन्दर कविता...

Posted by Prakash Dipsali on Monday, April 27, 2020

नेपालबन्द । कविता । पञ्च विस्मृत

नेपालबन्द – पञ्च विस्मृत शोकमग्नझैँ लाग्छ आज यो मनको शहर कुनै सपना बुन्नु छैन न त टिप्नु नै छ जून आज मनको शहर बन्द...

Posted by Pancha Vismrit on Tuesday, March 31, 2020

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति – पञ्च विस्मृत तिम्रो रुपको वर्णन गर्ने कुनै शब्दको आविस्कार भइसकेको छैन दुनियाँमा । बस, तिम्रो...

Posted by Pancha Vismrit on Thursday, February 13, 2020

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने, साहस जुटाइदेऊ भगवान जीवनयुद्ध जित्ने एउटा, दर्शन सिकाइदेऊ भगवान असल मान्छे बन्न खाजेँ, आफ्ना पराइ...

Posted by Pancha Vismrit on Saturday, November 2, 2019

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ – पञ्च विस्मृत क्यालेण्डरका पानाहरु कुल्चँदै हुण्डरीको वेगमा एक निरपराध...

Posted by सिर्जना डबली on Wednesday, November 6, 2019

हजुरबा र समय । कविता । पञ्च विस्मृत

हजुरबा र समय — पञ्च विस्मृत सदियौँदेखि हो यो वेगीलाई समयलाई थुन्न हाम्रा हजुरबाहरुले फलामको बडेमानको पिँजडा बनाउँदै...

Posted by Pancha Vismrit on Thursday, October 4, 2018

अग्रजहरु । कविता । पञ्च विस्मृत

अग्रजहरु – पञ्च विस्मृत अलिक मास्तिर पहाडको उकालो बाटोमा गुनगुन गुनगुन गर्दै एक हुल मानिस हिँडिरहेका देखिन्छन्...

Posted by Pancha Vismrit on Thursday, May 16, 2019

याद २ । कविता । पञ्च विस्मृत

याद २ — पञ्च विस्मृत ब्यूँझिएको मात्र के हुन्छु समय नुहेको डालीमा बसेर एकाबिहानै चिर्बिर चिर्बिर गर्छे प्रिय...

Posted by Pancha Vismrit on Thursday, February 14, 2019

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर — पञ्च विस्मृत छिमेकीको हवेली देखेर मैले पनि ठडयाएँ कल्पनाको राजधानीमा बडेमानको घर । सपनाहरुको...

Posted by Pancha Vismrit on Thursday, August 16, 2018

शब्दहरु । कविता । पञ्च विस्मृत

शब्दहरु — पञ्च विस्मृत शब्दहरु यी मसिना शब्दहरु ! कुम्लो कुटुरो बोकेर बाहिरिएको मान्छे घर फर्किएजस्तै एउटा...

Posted by Pancha Vismrit on Friday, December 1, 2017

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

कहिले आउँने दिनभरि, आइपुग्ने कहिले शाम धाइरहने यो सम्झनाको, खै के होला नाम ? कुटुकुटु खाइरहन्छ, आँखाभरि...

Posted by Pancha Vismrit on Thursday, December 29, 2016

परदेशिएर । कविता । पञ्च विस्मृत

परदेशिएर मनभित्र कतै बज्छ सौन्दर्यको तीखो आवाज म सुन्छु म हेर्छु परेलाहरुमा अडिएर टिलपिल टिलपिल आँशु साँच्ची...

Posted by Pancha Vismrit on Monday, April 7, 2014

Popular posts from this blog

हजार शैली कविताका

ग्रहण छापियो दिवाकर रहेनन् !

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on

Facebook Page