: About me



Pancha Vismrit:

A poetry lover. Music and film lover. And having an immense amount of respect for creativity.

I currently stay in KSA.

Please follow me on: 

Visit my Youtube Channel:
You can contact me at: panchavismrit@gmail.com




Pancha Vismrit, sketch by Krishna Marasani
Pancha Vismrit, sketched by Krishna Marsani


--------------------------------------------------------------------

FORMER COLUMNIST - पूर्व स्तम्भकार

Of PRAVAS in Shree Abhilekh Saptahik
(A weekly newspaper published in Malaysia)

----------------------------------------------------------------------


संलग्नता :

वाणी प्रकाशन विराटनगर (सदस्य)
इटहरी साहित्य सचार समूहइटहरी (सदस्य)

कुन्ता-डण्ड प्रतिष्ठान (आजीवन सदस्य )


About My Debut Book:

'The Unseen Sky' (Nadekhiyeko Aakash, नदेखिएको आकाश) 



-----------------------------------------------------------------------

PRAISE FOR PANCHA VISMRIT




------------------------------------------------




"...  मलेसियामा रहेका नेपालीहरुमाझ डिजिटल मिडिया फैलिईनसकेको तर छापा मिडियाको जगजगी चलिरहेको बेलामा पञ्च विस्मृतको नाम सुनेको हुँ । सुनेको कसैले कानमा फुकिदिएर हैन,पत्रिकामा नाम छपाउन तँछड-मछाड गर्ने रहरे कविताहरुको भीडलाई पन्छाउने कविताको उपस्थिति हुन थालेपछि सुनेको हुँ - पञ्च विस्मृत । उतिबेला धेरै साहित्यिक कार्यक्रम हुने क्षेत्र हो - कोताराया । क्वालालम्पुरदेखि केही घण्टा परको दूरिमा रहनुभएका पञ्च विस्मृत तेस्ता कार्यक्रमहरुमा सायदै उपस्थित भए होलान् । तर, उहाँको नाम र कवि-चेतको उपस्थिति भने प्राय: हुने गर्थ्यो ।"
- कथाकार जीवन देवान गाउँले "एउटा अरपे गाउँमा"लाई आवाज दिँदै, जून, २०२१



"कवि पञ्च विस्मृत बजारिया हल्लाभन्दा बाहिर बसेर चुपचाप साहित्य सिर्जना गर्ने शक्तिशाली युवा कवि हुनुहुन्छ । उहाँ हल्लाले बनाएको कवि भन्दा कविताको शक्तिले हल्ला गरोस् भन्ने चाहानुहुन्छ । दुइटा कृतिका सर्जक विस्मृत, सामाजिक सन्जालमा उति सक्रिय नभई साहित्य सिर्जना, ब्लग लेखन, सम्पादन र बिभिन्न साहित्यकारहरूका रचनालाई अंग्रेजी अनुवाद गर्नमा व्यस्त बनाउन रुचाउनुहुन्छ । उहाँ विभिन्न पुरस्कारबाट सम्मानित स्रष्टा हुनुहुन्छ ।"
- सगरमाथा साहित्य प्रतिष्ठान नेपाल, स्रष्टा परिचय र उपनामको रहस्य -- ४० बाट, जुलाई, २०२०



+ + +


"परदेशी कवि तथा लेखकहरुको प्रिय नाम हो पञ्च विस्मृत । मलेसियामा रहँदा असाध्यै चर्चामा रहेका कवि पञ्च विस्मृत सुन्दर कविता लेख्छन् ।

प्रवासमा ख्याती कमाएका पञ्च विस्मृत कवितामा जमेका कवि हुन् । यिनको कवितामा परदेशिनेहरुको पीडादेखि लिएर नेपाली समाजको कथा, व्यथा र दैनिकी अँटाइएको हुन्छ । कवितामा सरल भाषाशैली र शब्दलाई सिँगारपटार गर्न खप्पिस छन् उनी । र, नै पञ्च विस्मृत घरदेशीहरुको दाँजोमा दाजिने कवि हुन् ।

धनकुटाका यी कवि घरपरिवारको खुसी सङ्गाल्ने अभिप्रायले वैदेशीक रोजगारमा समय बिताउँदै समसामयीक तथा जीवन भोगाइहरु कवितामा उतार्छन् । जीवनलाई सारै नजिकबाट नियालेका यी कविको कविताहरुमा जीवनका सारहरु समेत उजागर गरिएको हुन्छ ।"
- Prakash Dipsali (प्रकाश दिप्साली, कवि) via Facebook, 2020  


+ + +


"अर्को, यो पुस्ताकै एकजना प्रखर कवि, अझ भनौँ कविता चिन्तक (संरचनागत शिल्प÷सौन्दर्य चेतनाको हिसाबले) अनि सफल अनुवादक पञ्च विस्मृतले यसलाई  The Pursuit of Man Amongst Men शीर्षकअन्तर्गत अङ्ग्रेजीमा अनुवाद पनि गर्नुभएको छ ।

“कविता गहिरो अनुभुति र उच्च चेतनासँग सम्बन्धित विषय हो” भन्ने मान्यता राख्ने कवि/अनुवादक विस्मृत सधैँ साहित्य ग्लोबलाईजेशनको पक्षमा बोल्नुहुन्छ र ओजिलो सिर्जनाहरू छानेर अंग्रेजीमा अनुवाद गर्नुहुन्छ । सोही मेसोमा यो कृतिबाट उपरोक्त कविता अनुवाद भएको हो, जुन आफैँमा सङ्ग्रहको सफलता मान्नैपर्छ ।"
- सञ्जय राई ‘छुच्चा’
हिउँले आगो पगालेर कविताकृतिको समीक्षा गर्दै (नयाँ अनलाइन, २०१९, November) 


+ + +



झमक घिमिरे'समय - बिम्ब' (झमकको डायरी) बाट ।



+ + +


Translator, Pancha Vismrit is my absolute best friend as well as dear/lovely/powerful poet since long time . In latest time, he is introducing himself as a good translator by showing his multiple talent.
- Again, Ganesh Khadka (गणेश खड्का) via Facebook, 2012


+ + +


“मैले आजसम्म यो सामर्थ्य र क्षमता पाएको हुँदोहुँ त केवल पञ्च विस्मृत ! साह्रै ब्रिलियन्ट । उहाँ कवि हुनुहुन्छ, लेखक हुनु हुन्छ, त्यति मात्र नभएर परकीय भाषालाई पनि आफ्नो भाषाभन्दा सरल तरिकामा अनुवाद गर्नु हुने पञ्च विस्मृत वास्तवमा एउटा होनहार कवित्वका परिचय हुनुहुन्छ ।”
- Devin Bavu Rai (देविन बाबु राई) via Facebook, 2012


+ + +


Pancha Vismrit jee! I would like to thank u with my whole heart for translating (The poem of Mira Mann Thapa). It shows your devotion to creativity n encouragement for others!
- Deeps Shah (दीप्स शाह) via Facebook, 2012


+ + +


“मलेसियामा क्रियाशिल केही साहित्य लेख्नेहरुको लेखन क्षमतालाई हेर्दा भोलिका विशिष्ट साहित्यकारको पगरी भिर्नेहरुमा यिनीहरु पनि पर्छन भनेर अहिले नै ठोकुवा गर्न सकिने अवस्था छ । कविताको माध्यमबाट मलेसियामा देखापरेका वियोगी काइँला रपञ्च विस्मृत यस्का उदाहरण हुन् । विचारमा सुस्पष्टता, भाषिक गहनता र लेखनमागतिशिलता यी दुवैको समान पक्षलाई केलाउँदा उनीहरुबाट आशा गर्ने धेरै ठाउँ देखिन्छ । नेपाल हुँदाको अवस्थामा नै कविता सङ्ग्रह प्रकाशन गरिसक्नु भएका पञ्चले मलेसिया भित्रिएपछि थुप्रै कविताहरुको सिर्जना गरेका छन् । ती कविताहरुमा अलग स्वाद पस्किएका छन् । उता रङ्गवादको फेरोमा लहसिएका वियोगी पनि नेपालबाटै कवि बनेर मलेसिया भित्रिएका हुन् । उनले समातेको रङ्गवादले मलेसियामा उनलाई स्थापित पनि बनाएको छ । उनले यहाँ लेखेका कविताहरु अलग स्वादका छन् ।”
(मलेसिया र साहित्य) Sunday, February 3, 2008
- इन्द्र नारथुङ्गे
(narthunge.blogspot.com बाट ।)


+ + +


"मलेसियाबाट प्रकाशित हुने पत्रपत्रिकाहरूमा एउटा परिक्व रचनाले कहिलेकाहीँ छाउने गर्छ । यहाँस्थित सङ्घसंस्थाहरूले उनको नाम लिइरहने गर्छन् । कही कतै सदस्यको पदपूर्ती गर्नु पर्यो भने फुत्त पञ्च विस्मृत भन्ने नाम फुत्कन्छ । यो उनको लेखनको दम हो । उनी भूमिगत हैनन् । साहित्यलाई दोस्रो विश्व भनेर नाम दिँदै साहित्यको लागि मरिमेट्ने सर्जक हुन् ।"

— देवेन्द्र सुर्केली
नेपालसन्देश साप्ताहिक, १४ जुलाई, २००७ ।


+++


“विस्मृतको कविता चेतले नेपाली कविताको इतिहासबाट विस्मृत हुन दिने छैन भन्ने कुरामा म विश्वस्त छु ।”
-प्रसिद्ध कथाकार परशु प्रधान ('नदेखिएको आकाश' को प्रकाशकीयबाट), सन् २००३ ।



-------------------------------------------




Pancha Vismrit's
PUBLISHED BOOK - प्रकाशित कृति



गीत, स्वरूपराज आचार्यको स्वर र डीआर अटुको सङ्गीतमा, जून, २०२०

5, Grahan (दिवाकर स्वप्निलकृत उपन्यास ग्रहणको सम्पादन, २०१८)

4 The Tribesman's Journey to Fearless, (Translated, देश सुब्बाकृत उपन्यास 'आदिवासी'को अनुवाद, २०१५) 



3, Gorkhali Vedana (गोरखाली वेदना, साहित्य सँगालोको सम्पादन, २००५)


2, 'Vimva Sngyukta Ghazal Sangraha' 2007. (विम्व सङ्युक्त गजल सङ्ग्रह, २०६४) edited by Indra Narthunge
(Includes five Ghazals) published in Malaysia by 'Antarrashtriya
Sahitya Samaj, Malaysia shakha'

1, Nadekhiyeko Aakash (नदेखिएको आकाश, कविता सङ्ग्रह २०६०, १३ बैशाख) (The Unseen Sky - a poem collection in Nepali language)
Published by Vani Prakashan Biratnagar, in 2003.
ISBN: 99933-656-9-6


: Published many more articles, poems, lyrics and Ghazals in Magazines and 
newspapers both in Nepali and English.


 UPCOMING BOOK - प्रकाशोन्मुख कृति



- मैले देखेको विदेश (नियात्रा) 

HONOURNED BY/WITH - पुरस्कार, सम्मान




3, Appreciation Certificate from Ayan, B.S. 2078
(अयन, कदरपत्र, २०७८)






2, Appreciation Certificate from Kalrav, Dharan, 2014) 
(कलरव धरानद्वारा कदरपत्र, २०७१)



1, Shree Vani Nava Prativa Puraskar in 2003
( वाणी नव-प्रतिभा पुरस्कार, २०६०)


----------------------
 WON



3, 3rd in Bimal Smriti Yuva Kavita Mahotsav Dharan in 2009
(विमल स्मृति कविता महोत्सव धरान, २०६६, तृतीय)

2, 1st in poetry competition, organized by Banita Prakashan, 2003

(वनिता प्रकाशनको कविता प्रतियोगिता, विराटनगर, २०६०, प्रथम)


1, 1st in poetry competition, organized by Khotang Morang Biddhyarthi Samparka Samiti, in 2003
(खोटाङ मोरङ विद्यार्थी सम्पर्क सिमितद्वारा आयोजित कविता प्रतियोगिता- २०५९, प्रथम) 



                               ....................................................................................................


OTHERS
(In the early life)

1,


2,

3,



4,



5,

6,



7,


--------------------------------------------------------------



पञ्च विस्मृतद्वारा अनुदित उपन्यास






    सङ्युक्त गजल सङ्ग्रह


पञ्च विस्मृतद्वारा सम्पादित साहित्य सँगालो


http://panchavismrit.blogspot.com/p/unseen-sky.html
 पञ्च विस्मृतको प्रथम प्रकाशित कृति




---------------------------------------------------------------------------------------------



Pancha Vismrit on News:

Pancha Vismrit attends as an online listener from KSA, of the solo Ghazal-poetry recitation of Ganindra Vivash in Malaysia organized by GFNL Malaysia and Anamandali on ist of September 2013.






Ram Chandra Giri mentions Pancha Vismrit.



श्रीजन, जीवन, गोठालेसहित सुर्केली, दिलदुःखी जन्तरे, पञ्च विस्मृत, इन्द्र नारथुङ्गे र दिलीप राई सगर लगायत मलेसियामा स्थापित नाम रहेका छन् । हप्तैपिच्छेजसो साहित्यिक कार्यक्रम हुने मलेसियामा उनीहरू सृजनामा विभिन्न विषयको उठान गर्छन् । प्रतिभा तिखार्न महत्त्वपूर्ण भूमिका खेलेका छन् मलेसियाबाटै प्रकाशित र वितरित नेपाली पत्रपत्रिकाले । ती पत्रपत्रिका साप्ताहिक बिदामा प्रकाशन हुन्छन् । तिनमा खबर, मनोरञ्जन, शिक्षा, साहित्य, स्वास्थ्य लगायत सबै खालका लेख-रचना हुन्छन् । 'पत्रपत्रिका हुन्थेनन् भने यत्तिको निखार र सक्रियता आउने थिएन,' गजल र कविता सृजनामा रमाउने दिलदुःखी जन्तरेले भने, 'पछिल्ला वर्ष साहित्य अरू बढी परिस्कृत हुंँदै आए पनि अझै निखारता र स्तर सोचेजस्तो गुणात्मक भने हुन सकेको छैन ।

-          रामचन्द्र गिरी
                 प्रकाशित मिति: २०७० जेष्ठ १८ ०९:२१

-----------------------------------------------------------------------------------------
हङकङव्यापी वार्षिक प्रतियोगितात्मक कविता गोष्ठी– २०१२ सम्पन्न

टोप बहादुर राई, हङकङ www.hongkongnepal.com
९ डिसेम्बर २०१२, आइतबारका दिन संखुवासभा समाज हङकङले प्रथम पटक आयोजना गरेको हङकङव्यापी “वार्षिक प्रतियोगितात्मक कविता गोष्ठी–२०१२” सपन्न भयो । याउ मा तेई स्थित हिन्सको कार्यलयमा समाजका अध्यक्ष श्री प्रेम कुमार कोरङ्गीको सभापतित्वमा सपन्न उक्त कार्यक्रमका प्रमुख अतिथि हङकङ महावाज्यदुत श्री विनोद कुमार उपाध्याय रहनु भएको थियो ।

प्रथम चरणमा कार्यक्रममा उपस्थित हुनु भएका सर्जकहरुद्धारा हङकङ बाहिरका सर्जकहरुः सरिता याक्खा, धरान–नेपाल, प्रगती राई, दक्षिण कोरिया, अनिल पौडेल, संखुवासभा–नेपाल, सुदिप पाख्रिन, धरान–नेपाल, भगवती बस्नेत, ईजरायल, भावना थापा, शारदा पाठक “केबल”, काठमाण्डौं–नेपाल, पञ्च विस्मृत, साउदी अरेयिबा, चन्द्र गुरुङ, बहराइन, जय घिमिरे, संखुवासभा–नेपाल तथा हङकङकै अनुपस्थित सर्जक कला राईद्धारा पठाइएका कविताहरु साथै कार्यक्रममा उपस्थित लाल बहादुर गुरुङ, प्रेम कुमार कोरङी र प्रकाश छाङछाद्धारा अप्रतियोगी कविताहरु वाचन गरिएको थियो ...

-----------------------------------------------------------------------------------------




मलेसियाका लिम्बू सर्जक समेत समेटिएको पुस्तक

देवेन्द्र सुर्केली

नेपालको साहित्यबजारमा 'किरात लिम्बुवान र लिम्बूहरु' नामक लिम्बू जातिबाट चर्चित
व्यक्तित्व, उच्च ओहोदामा पुग्नेहरु, साहित्यकार, कलाकार आदिको परिचय बोक्ने पुस्तक
प्रकाशनमा आएको छ । यस पुस्तकले लिम्बू जातिलाई नजिकबाट बुझ्न र बुझाउन सजिलो
पार्नेछ भन्ने कुरामा दुईमत छैन ।पुस्तकलाई सेर्मा साम्जीरी सेमी (२०३३) ले तयार पारेका हुन् ।

पुस्तकभित्र परेका सर्जकहरुमा पदमदुखी सम्बाहाङ्फे, थाकुहाङ मेरिङ सम्बाहाङ्फे, गनिन्द्र
विवस सुब्बा, पञ्च विस्मृत, इतुम लिम्बू गणेश विवस, रुसाहाङ चेम्जोङ, राजकुमार तेयुङ, राजेश
आङबुहाङ 'प्रवाह', देवेन्द्र सुर्केली आदिको सामान्य परिचय रहेको छ ।

मलेसियामा लामो समयमा रहेर साहित्यको लागि लागिपरेका पदमदुःखी सम्बाहाङ्फे (२०२८) हुन् ।
उनको मलेसिया पुगेपछि मात्र कृति प्रकाशन भएको हो । उनका मितेरी साहित्यिक संयुक्त
संगालो (२०५९), प्रवासको पीडा (उपन्यास २०६०), विम्ब संयुक्त गजल संग्रह (२०६७), मलेसियामा
छँदाताका प्रकाशन भएका पुस्तकहरु हुन् । त्यसैगरी मलेसियामा नै रहने थाकुहाङ मेरिङ सम्बाहाङ्फे
(२०३२)ले नेपाल छँदै बल्झिने चोटहरु (कविता संग्रह २०५७), निङ्गेङसिगाङ्बा सेप्माङ्हा (उपन्यास २०६२),
नाम्भेराबा (उपन्यास २०६३), मेनु (उपन्यास २०६४) प्रकाशन गरेका थिए भने मलेसियाबाट सिर्जनाका
स्वरहरु (संयुक्त गजल संग्रह २०६७) प्रकाशन गरेका छन् । युवा साहित्यकार गनिन्द्र विवश सुब्बाले मलेसियाबाटै पिरतीको घर (उपन्यास २०६६) र सृजनाका स्वरहरु (संयुक्त गजल संग्रह २०६७) को प्रकाशन गरेका छन् ।

करिब ५ वर्ष मलेसिया बसेर हाल साउदी पुगेका पञ्च विस्मृत (२०३८)को मलेसिया जानुअघि
नेपालमै नदेखिएको आकाश (कविता संग्रह २०६०) प्रकाशन भएको थियो । मलेसियामा कामदाररत
इतुम लिम्बू गणेश विवसको मलेसियाबाटै पर्देशी माया प्रेम (उपन्यास २०६६) को प्रकाशन भएको छ ।
लामो समय मलेसियाको भूमिमा बिताएका पत्रकार रुसाहाङ चेम्जोङ २०३९ को मलेसियाबाटै प्रवासको
पिँजडा (उपन्यास) प्रकाशित भएको छ । प्रथमपटक मलेसियाबाटै लिम्बूभाषाको कविता संग्रह प्रकाशन
गर्ने सर्जक राजकुमार तेयुङ हुन् । उनले 'लिम्बुवान माम्मा' नामक कविता संग्रह प्रकाशन गरेका छन्
। त्यसैगरी राजेश आङ्बुहाङ 'प्रवाह' (२०४२) ले नेपालमा छँदै 'घायल मुटु' नामक गीत संग्रह र मलेसिबाट
सृजनाका स्वरहरु (संयुक्त गजल संग्रह २०६७) प्रकाशन गराएका छन् । मलेसियाको भूमिमा पत्रकारिता
गर्नेहरुमा रुसाहाङ चेम्जोङ र देवेन्द्र सुर्केलीको परिचय यस पुस्तकमा समाविष्ट छ ।



Nepal Prishthabhoomi Weekly, Malaysia
२१ माघ २०६८ शनिबार प्रकाशित


----------------------------------------------------------------------------------
बाणीमा कविगोष्ठी- [2010-06-18]

असार ४, २०६७, विराटनगर नेपाल
वाणी प्रकाशन विराटनगरमा प्रकाशनको २३० औं श्रृंखला कविगोष्ठीमा दुइ दर्जन कविहरुले आ-आफ्नो रचना वाचन गरे । कविहरु नवराज सुब्बा, मधु पोखरेल, ज्योति जंगल, हरि प्रसाद बराल, भैरुदास सुराना, लावण्य सापकोटा, कृष्ण कोइराला चारघरे, जयप्रसाद पाण्डे, दीपक सञ्चु, रमेश सायन, शिवनारायण पंडित, चुडामणि नेपाल अकिंचन, रामसागर अधिकारी, माधवप्रसाद मुकुन्द, परशुराम कार्की, दीपकज्योति बस्नेत, शंकर सुबेदी, माया पौडेल, सरिता दाहाल, सरिता तुलाधर, पञ्च विस्मृत, पुनम अधिकारी, गोविन्द पल्लवी र गंगा कार्कीले कविता, गजल र गीत वाचन गरे ।

प्राज्ञ तथा वरिष्ठ कवि कृष्णभूषण बलको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा कवि नवराज सुब्बाले सभापतित्व ग्रहण र शुभलक्ष्मी लम्सालले गोष्ठी संचालन गर्नुभएको थियो ।

वाणी प्रकाशन विराटनगरले हरेक १५ दिन शुक्रबार ३ बजेदेखि करिव डेढ घण्टा नयाँ, पुराना कविहरुलाई भेला गराइ नियमित कविगोष्ठी गराउँदै आएको छ । यर्सथमा कतिपय स्रष्टाहरुले वाणी प्रकाशनलाई साहित्यकारहरुको पाठशालाको रुपमा मान्दै आएको पनि बुझिएको छ ।
----------------------------------------------------------------------------
October 25th, 2006
commentsOctober 25th, 2006



मलेसियामा नेपाली साहित्यको विचार गोष्ठी

ईन्द्र नार्थुङ्गे / एचकेनेपाल डट कम, अक्टोबर २५ -
मलेसिया, प्रवासको विरानो माटोमा कठोर शारीरिक परिश्रम गर्दै पनि साहित्य श्रृजना गर्न सकिन्छ भन्ने दृष्टान्त बनेका छन् मलेसियामा कार्यरत साहित्य प्रेमी श्रमिकहरु।
मलेसियामा नेपाली भाषा, साहित्य ,कला र संस्कृतिको उत्थान गर्दै सबै नेपालीहरुमा एकता, सद्भाव र सहयोग स्थापना गर्ने उद्देश्यको साथ स्थापना भएको “प्रवासी नेपाली साहित्यिक मञ्च मलेसिया” ले आयोजना गर्दै आएको “प्रतिभा साहित्य श्रृंखला’’मा सामेल हुने साहित्यकार र साहित्य प्रेमीहरुको बढ्दो संख्या लाई हेर्दा पनि यो कुरा पुष्टी हुन्छ।
.......
सो अवसरमा सन्तोष दाहालले शान्ति शिर्षको एकाङ्गकी प्रस्तुत गर्नु भयो भने विभिन्न कारणले अनुपस्थित रहि अरुमार्फत श्रृजना प्रेषित गर्नु हुने पञ्च विस्मृत, चन्द्र राई तारा र प्रविण दाहालका रचनाहरु पनि पाठ गरिएको थियो।
मञ्चका अध्यक्ष चन्द्र ढकाल झापालीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा धन्यवाद ज्ञापन उपसचिब हरि पराजुली र सञ्चालन सचिव ईन्द्र नार्थुङ्गेले गर्नु भएको थियो।




Last updated: 1st May-2020





Comments

Total Views

50,397

Please, leave a comment

Wikipedia

Search results

Banibuto Garna Nikleko Manis by Pancha Vismrit

गीत

गीत

कविताः हर्क साम्पाङ

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

Prakash Dipsali Writes

नेपालबन्द । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

हजुरबा र समय । कविता । पञ्च विस्मृत

अग्रजहरु । कविता । पञ्च विस्मृत

याद २ । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

शब्दहरु । कविता । पञ्च विस्मृत

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

परदेशिएर । कविता । पञ्च विस्मृत

Popular posts from this blog

तक्सङमा जन्मिएकी तक्सङ माइली

आमा, तिम्रो सम्झनामा

ग्रहण छापियो दिवाकर रहेनन् !

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on