एउटा अरपे गाउँमा
— पञ्च विस्मृत
✍By Pancha Vismrit
बाटो लामो छ । गाडीको मात र निँद्रा, दुवैले च्याप्छ छेउमा बसेकी युवतीलाई । उनी छेउमा बसेको युवकको कुममा निर्धक्क अड्याउँछिन् आफ्नो शिर । सबै आँखा चनाखो हुन्छन् । त्यसको पछिल्लो सिटमा बसेको युवक जुरुक्क उठ्छ, र भर्खरै चढेकी आमैलाई सिट छोडिदिन्छ । ऊ आफू उभिएरै यात्रा गर्न तैयार हुन्छ । त्यसको ठीक बायाँ सिटमा आफ्नी रोगी आमालाई सम्हाल्नमा व्यस्त देखिन्छिन् एक छोरी । एक बाबै नजिक आउँछ, र एक परिवारको सदस्यजस्तै गरेर भर्खरै गाउँ छिरेको अरपेको बारेमा सबै जानकारी लिन्छ ।
वास्तवमै गाउँमा धेरै मान्छेको एउटा परिवार हुन्छ । लामो समयपछि गाउँ टेक्दा आफूले बिर्सिसकेका अनुहारहरु आफूतिर फर्केर मुस्कुराउँदा अनौठो लाग्छ । एक अर्को स्टपमा ससाना बच्चाहरु स्कुल ड्रेसमा गाडी चढ्छन् । बुबाआमाले आआफ्नै जातीय भाषामा बोले पनि तिनलाई नेपालीमा बोल्न सिकाइएको हुन्छ । स्कुल जान नपाएका बालबालिकाहरु सडक-किनारामा उभिन्छन्, अथवा आफ्नो घरको झ्याल खोल्छन् र आँखाले भ्याउन्जेल हेरिपठाउछन् गाडीलाई ।

पहाड छोडेर धेरै समयदेखि तराईतिर बस्दै आएका मान्छे गाडीको झ्यालबाहिर हेरिपठाउँछन्, र पहाडको भीरालोमा अडिएका घरहरुतिर औँल्याएर भन्छन्— हरे, कसरी बस्छन् यहाँका मान्छे ? यस्तो ठाउँमा ? अहो, कस्तो सन्नाटा यो गाउँमा ! मलाई त त्यसै रोऊँरोऊँ लागेर आयो । छेउमा बसेको सुकिलो मान्छे भन्छ, “तिमीले चिनेकै रहेनछौ पहाड ! इनटरनेटको बारेमा त बुझेका छौ ? हेर्दै मात्र जाऊ, यसले अब गाउँको यो शान्ति र सन्नाटालाई छिट्टै नै ताड्दैछ; र खुब आधुनिक भनौँदो विश्वसित यी गाउँहरुलाई जोड्दैछ ।
गाडीको सिसाबाट सिरेटो भित्र छिर्छ । काम्दैछ सुटेटबुटेट मान्छे । छेउमा बसेको दाइ नाङ्गो पाखुरा सुर्काउँदै गफमा मस्त देखिन्छ । कहिलेकाहीँ बाहिरतिर पुलुक्कपुलुक्क हेरिपठाउँछन् गाडीका यात्रुहरु । उही भीरालोमा अडिएका लौकाजस्ता घरहरु, जहाँ खानेपानीको अभाव छ । गाउँका जान्नेबुझ्नेहरु सरकार र विभिन्न संस्थारूसित हारगुहार गरिरहेका छन् । कोही श्रमदान गरिरेका छन् सडकको लागि, बिजुलीबत्तीको लागि, स्कुलको लागि । खै, अब त गाउँ–गाउँ जोड्दै गाउँपालिका पो घोषणा गरिँदैछ छ रे त ? प्रश्नहरु घरका धुरीहरुबाट धुवाँको मुस्लो भएर उडेर गएका छन् ।
यात्राभरि चिसोलेँ नुहाउन नपाएका मान्छेका केही झुण्ड पहाडको ग्राभेल्ड सडकमा झल्याकझुलुक देखिन्छन् । बडो गज्जब छ ! तिनको पहिरन जस्तै भए पनि हुने ! वास्तवमै तिनको मुहारमा एक प्रकारको सन्तोषको चमक छ । यिनलाई एक प्रकारको स्वतन्त्रता छ : जस्तै लुगा लगाएर हिँडे पनि यिनलाई कसैले झुत्रे भन्दैन । माटोमा लडिबडी गरे पनि हुन्छ । जाँडले मातेर पूरै बाटो रिजर्व गरेर हिँडे पनि हुन्छ, बाटोमै सुते पनि हुन्छ । सहरका मान्छेलाई जस्तो यिनलाई जेबभरि नोटहरुको बिटा चाहिएको छैन । वास्तवमै यिनलाई देख्दा यस्तो लाग्छ कि गाउँका मान्छेहरु नै सबैभन्दा सुखी मान्छे हुन्, जसलाई फेसबुकमा नयाँ फोटो अपलोड गर्न नयाँनयाँ लुगा खरिद गरिरहनु पर्दैन । ससाना सामाजिक कार्यका लागि बसिने बैठकहरु नै ‘सामाजिक सञ्जाल’ हुन् यिनकालागि। गाउँका बुढापाका ‘गुगल’ हुन् । हजार पीडा छुपाएर हाँस्न समर्थ यहाँका मान्छेसित तर मलाई एउटा प्रश्न सोध्न मन लाग्छ, “के तिमी सपना देख्दैनौ ? के तिमीलाई पनि मलाई जस्तै कुनै भयानक सपनाहरुले लखेट्दैन ?”
गाडी सहर छिर्छ— गाउँ र पहाड दुवैलाई छोडेर । एक हुल गाडीका स्टाफ मेरो ब्याग्गेज खोस्न आउछँन् । यति धेरै मान्छे सडकमा एक साथ ? अनियन्त्रित, अव्यवस्थित सकड, घरछेउका धुलाम्मे चौबाटाहरु ! त्यसमाथि ध्वनिप्रदुषण । यिनलाई देख्दा यस्तो लाग्छ कि यहाँका मान्छे काम नगरिकनै माम पाउँछन् । कमिलासरि दौडिरहेका यी मान्छेका लागि धुवाँ, धूलो दैनिक उपभोग्य वस्तु हुन् । वास्तवमै यी मान्छेहरुको शरीर चिरेर हेर्ने हो भने कति किलो धूलो र कति सिलिण्डर धुवाँ निस्किन्थ्यो होला ? तर त्यही सडकछेउमा उभिएका निर्जीवजस्ता लाग्ने गगनचुम्बी घरहरु भ्रामक सभ्यताको नकाब लगाएर भुइँ हेर्नै मान्दैनन् ।
सडकको एक छेउमा एक बृद्धा हम्किँदैछिन् कमै । एक भैया नाङ्गो हातले चटपटे चलाउँदैछ । नजिकैको ठेलामा पानीपुरी खाँदै हाँस्दैछन् कलेजका युवतीहरु । पर्तिरको एउटा छाप्रोमाथि झुण्डिएको छ बमेमानको साइनबोर्ड । होटेल लेखिएको सो साइनबोर्डमुनि तर सुत्ने ठाउँ नै छैन ! बरु छ्याङ् पाइन्छ । सजाएर राखिएको छ सुकुटी, थुक्पा, चाउमिन । त्यसको छेउमा जुलेबी, पुरी, मिठाई । एउटा उपद्रे टेम्पो आउँछ, र ढ्वेँढ्वेँ गरेर जान्छ । नजिकै मेला लागेको छ झिँगाहरुको । पूरै सहरमा ‘फूडसेफ्टी’को नामनिसान छैन ।
एउटा माग्ने बालक कागजमा खै के के लेखेर फनफनी घुमिरहेछ मेरो वरिपरि । थोत्रो बोरामा खै के के बटुलिरहेका छन् एक बाउ । यिनको अनुहार हेरेर त यिनको विवशता कसैगरि पत्ता लाग्दैन । एउटी युवती हातमा कलमको बिटा पक्डेर एक दूर प्रदेशको दुर्दशा सुनाउँछिन् । कलम बेचेर करोडको सहयोग कुन जुनीमा जुटाउने होला खै ? सहरका नेताहरु सडकवालहरुमा नाराको कला भर्दैछन् । बिजुलीको तारमा झुण्डिँदै एउटा बाँदर पृथ्वीमा आफ्नो हक खोज्दैछ । सहरदेखि केही बाहिर एक फाँटमा नोटको प्लटिङ्ग गर्दैछन् छन् केही व्यापारीहरु ।
गाउँ र सहरको अनुहार बाहिरबाट हेर्दा धेरै अनौठो लाग्छ । यहाँका मान्छेहरुको बारेमा अध्ययन गरेर निचोड निकाल्न सजिलो छ :
यहाँ एक थरी मान्छे देखिन्छन्, जो आर्थिक समुन्नतिलाई मूल मन्त्र मानेर जिन्दगीलाई अगाडि बढाइरहेका छन् । अर्का एक थरी छन्, जो पुर्खादेखि चलिआएको पेसा, रीतिरिवाज, चालचलनलाई जिन्दगीको अभिन्न अङ्ग मानेर जिइरहेका छन् । पहिलो थरीका मान्छे आफूलाई आधुनिक, सम्पन्न र सासक वर्गको रुपमा प्रस्तुत गर्दछन् । दोस्रो थरीका मान्छे संरक्षण, आरक्षण र पहिचानको माग गर्दै हात पसारेर बसेका छन् । उनीहरुको ठम्याइ यो छ कि तिनले विपन्न भएर जिउँनुमा सासक वर्गको ठूलो हात छ । यस्तोमा कुन जीवनपद्धति रोज्ने भन्ने चुनौतिको प्रश्न हो, जसले धेरैलाई चिमोटेकाे छ ।
ए है, यस्तैमा फर्केर आएको छ एउटा अरपे गाउँमा । अरपे आर्थिक क्रान्तिको कुरा गर्दैछ । केही अर्थशास्त्रका शब्दावलीहरु सिकेर आएको छ । अब उसलाई आफ्नोपनमाथि टेकेर आर्थिक क्रान्ति गर्नुछ ।
अथात् उसलाई गाउँ र सहरमा देखिएका जीवनपद्धतिमा एकसाथ जिएर देखाउनु छ ।
000
२४, जनवरी, २०१७, केएसए
📹🔊कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"
----------------------
अरपे शब्दको उत्पति :
केही श्रमजीवीहरु मिलेर अरपे साहित्यको परिकल्पना गर्यौँ। प्रस्तावना नै नलेखिएता पनि यदि कुनै कुराको अस्तित्व छ त छ । त्यही कुरालाई ठम्याउने प्रयत्नमा हामीले एकदुई शब्द खर्च गर्यौँ ।
अरब भन्नाले मध्यपूर्व र अफ्रिकाका उत्तरी भागमा अवस्थित मुलुकलाई जनाउँछ भन्ने हामीलाई थाहा छ; जसरी लाहोर पाकिस्तान पर्छ भन्ने कुरा बुझेका थियौँ । गाउँघरमा पैसा कमाउन विदेश लागेकाहरुलाई अरपे भन्छन्; जसरी ब्रिटिस, इण्डियन आर्मीमा भर्ती भएर जानेहरु लाहुरे कहलिए । लाहोरलाई लाहुर बनाइयो, अरबलाई अरप बनाइयो। नेपाली जनजिब्रोमा स्थापित शब्दहरु भए यी । कालान्तरमा लाहुरे शब्द फराकिलो भएको कुरा यिनै हरफबाट बुझिसक्यौँ । भनेपछि अरपे शब्दले फराकिलो आयाम नलिने त कुरै भएन । बस, बुझ्नेहरुले सम्मानपूर्वक यसको उच्चारण गरिदिनुपर्यो । र, अरपे साहित्य प्रवासी श्रमिक कलमजीवीहरुको आत्मसम्मानको बाटो निर्माण गर्ने औजार हो भनेर बुझिदिनुपर्यो ।

यस ब्लगका सबै रचनाहरू - All Posts
You might also like:
२, कतार सङ्कट : नेपालीलाई गोरु जुधाइ बाच्छो मिचाइ
३, के साउदी एक्लैले साउदी अरेबिया हाँक्न सक्लान् ?
४, एउटा अरपेको नोटबुक
३, के साउदी एक्लैले साउदी अरेबिया हाँक्न सक्लान् ?
४, एउटा अरपेको नोटबुक
Comments
Post a Comment