एउटा नलेखिएको कथाः ‘गोरखाली वेदना’को
- पञ्च विस्मृत
✍By Pancha Vismrit
ड्यूटीको समय चोरेर सुटुक्क फोन गरेँ उहाँलाई । फोन गर्न या लेख्न चोर्नै पर्ने ! कति बनूँ इमानदार ?
“सुन्नुस् न, अहिले म यो ठाउँमा लुकेर बोल्दैछु ।” रङ्गकर्मी तथा साहित्यकार गणेश खड्का प्रतीक्षाको यो वाक्यले सान्त्वना दिन्छ मलाई यहाँनेर । वि. सं. २०६२ को विजायदशमी तथा दीपावलीको अवसर पारेर प्रकाशन गर्ने महत् योजना बनाइएको रहेछ एक साहित्यिक सँगालोको । नाम प्रस्तावित रहेछ — ‘गोरखालीको वेदना’ ।
मलेसियामा नेपालीहरूको एक प्रकारको ठूलो इज्जत छ, जब नेपाली ‘गुर्खा’ को पर्याय बन्दछ । 'Who Won the Malayan Emergency' मा Hebert Andrew लेख्छन् — "गुर्खाहरू शाहसी, इमानदार र आत्मविश्वासी हुन्छन् । ती कमै झूट बोल्छन् र चोर्छन्, र युद्धमा पनि कमै हार्छन् ।" सन् १९५० र १९९५ बीच मलायाले भोगेको सङ्कटकालीन मोडमा त्यहाँको पुलिस ल्युटेनेन्ट भएर काम गरेका सो लेखकको गुर्खाप्रतिको सो दृष्टिले आज हामीलाई छाती फुलाउन बाध्य पार्दछ । अझ गत अगष्ट महिनामा बन्दार माहकोतास्थितको एक घरमा पाकिस्तानी सेक्युरिटी गार्डले एक महिलामाथि बलात्कार प्रयास गरेको घटनापश्चात मलेसियन सरकारले सेक्युरिटी गार्डको रूपमा ‘शाहसी, इमानदार र आत्मविश्वासी’ पूर्व सैनिक गुर्खाहरूलाई मात्र लिने समाचार प्रकाशनमा आएको छ । यसबाट मलेसियन माटोमा नेपालीहरूको प्रतिष्ठा, इज्जत सुस्पष्ट रूपमा अनुभव गर्न सकिन्छ ।
वस्तुतः यहीँ माटो हो जहाँ हाम्रा वीर पुर्खाहरूले वीरता देखाएका थिए । वीरताको निम्ती जीवनाहुति दिएका थिए यहीँ माटोमा । जहाँ हामी जीवनयुद्ध लडिरहेका छौँ अनवरत प्रवास नाम दिएर आज । एउटा कहिल्यै नटुङ्गिने युद्ध कि ? जे भएपनि आज हामी आफूलाई गुर्खा भनाउन चाहन्छौँ । गुर्खा भएर लड्न चाहन्छौँ यो युद्ध । प्रवासको युद्ध ।
यिनै पृष्ठभूमीबाट प्रभावित ‘गोरखालीको वेदना’को सन्दर्भलाई लिएर अब दिनदिनै फोन सम्पर्क हुन थाल्यो किरणको र मेरो । र, समय चोर्ने क्रम पनि उत्तिकै बढ्न थाल्यो । यहाँ आएको वर्ष दिन बितिसक्दा पनि यहाँबाट नेपाली पत्रपत्रिका प्रकाशित हुन्छन् भन्ने कुरादेखि अनजान म सिर्फ लेख्ने गर्थें — प्रकाशनको आशा नगरेर । लेखनको पूर्ण सन्तुष्टि प्रकाशनपश्चात मात्र मिल्ने भएकोले कहिलेकाहीँ त खुबै निराशा पनि जागेर आउँथ्यो । यस्तोमा गोरखालीको वेदनाको प्रकाशनको सोच स्वाभावतः स्वागतयोग्य र हृदयग्राही थियो मेरो लागि । यद्यपि, म आफ्नो नाम प्रवाससित जोड्न चाहन्नथेँ । खै कहाँबाट हो, विदेशको रोजगारीको विरोध र घृणा गर्ने महाभूत मेरो मथिङ्गलमा सवार भएको थियो । जब म स्वयम्ले त्यही रोजगार अँगाल्न विवश भएँ, मेरो लेखकीय मन खुब रोएको थियो । र, आफूलाई छुपाउने निश्चय गर्न पुगेको थिएँ । त्यो निश्चय तब मात्र भत्कियो जब श्रम साप्ताहिक, नेपाल सन्देश साप्ताहिक आदि साप्ताहिक समाचारपत्रहरू हात लागे । श्रमिक सर्जकहरूको आशालाग्दो उपस्थिति बोध भयो । अर्कातिर अग्रजहरू समेत पो यहीँ बस्दारहेछन् — देखियो । तर त्यसरी विचार भत्किनअघिको समय थियो सो सँगालो प्रकाशनको ।
मनोक्रान्तिका व्याख्याता डा. योगी विकाशानन्दको शब्दमा "श्रम एउटा माध्यम हो । तर यसमा सृजनशीलता जोडिएन भने त्यो श्रमिक जिन्दगीभर श्रमिक नै रहन्छ । मालिक हुँदैन । मानिसलाई सम्पन्न, शिक्षित, समान बनाउनु पर्छ भन्ने कुरा आयो, तर सृजनशील बनाउनु पर्छ भन्ने कुरा आएन ।" वस्तुतः प्रवास भोगिरहेका लाखौँलाख श्रमिकहरूमा अन्तरनिहित सृजनशीलताको सानो झिल्को गोरखालीको वेदना हुनसक्थ्यो । भलै यसले श्रमसँग प्रत्यक्ष सम्बन्ध नराखोस् । पेनाङ्का जागरूक र सृजनशील समूह त्यसरी भेटिन आएपछि प्रवासमा श्रमको अतिरिक्त पनि केही सिन्का अवश्य भाँचिन्छ – को आशा पलाएर आयो ।
किरण खुलाल, गौतम लिम्बू, सल बहादुर बुढाथोकी, वीरबहादुर तामाङ्, भक्तबहादुर भुजेल, भक्त वाग्ले, एम कुमार राई, सुनिल चापागाइँ, गङ्गा बस्नेत, तेजबहादुर कटुवाल, सुरेन्द्र फुयाँल, विष्णु घले, निर्मल घिमिरे, भीमबहादुर चौहान, सुनिलकुमार थिङ्, टङ्क कार्की, रोशन बराइली, भीम राई, प्रेम कार्की र भोला नाथ पोखरेलको समूह नै त्यो जागरूक र सृजनशील समूह थियो । तिनमा यो प्रवासभूमिमा श्रमको अतिरिक्त एक सृजनशील कार्य गरेर स्मरणयोग्य इतिहासको निर्माण गरिछाड्ने सकरात्मक सोच रहेको थियो ।
प्रवासको जैविक जटिलतालाई कुल्चेर इतिहास निर्माणको लागि उभिएको सो समूहको गोरखाली वेदनाको पाण्डुलिपि मेरो नाममा आइपुग्यो । सरसर्ती हेरेँ । श्रमिक कलमको गन्धले थिचेको सौन्दर्यलार्इ छुट्याउन धेरै शब्दहरू काटकुट गर्नु पर्यो । चकचके सम्पादक भएर थपथाप पनि गर्नुपर्यो । अयोग्य भनेर मिल्काउन नमिल्ने भएकोले ती सब गर्नुपरेको थियो । सम्पादनकै क्रममा ‘गोरखालीको वेदना’लाई ‘गोरखाली वेदना’मा ढालेर सम्पादकीय समेत लेखेँ — "हामी वीर तर बुद्धू गोरखालीहरू सृजनात्मक स्वाभिमानले जीवन सिँगारौँको आव्हान लिएर गोरखाली वेदनाको प्रकाशन ... गरिएको ।" यद्यपि, आफ्नो नाम सम्पादकको स्थानबाट हटाएर सल्लाहकारमा राखेँ । रचनाहरूको स्तरीयतालाई हेरेर पन्छिएको म त्यसरी । तर पाठक सापेक्ष रचनाहरूको स्तरको मापदण्ड निर्धारण हुँदोरहेछ । रङ्गहीन साहित्यलाई पनि चाख मानीमानी पढ्ने पाठकहरू मध्ये एकदिन म पनि थिएँ — को बोध भयो पछि ।
सम्पादन कार्य सकेपछि सो पाण्डुलिपि विराटनगरको साहित्यिक माहौलमा मैले भेटेका कवि तथा कथाकार दाजु विवश पोखरेललाई टाइप सेटिङ् तथा छपाइको लागि पठाएँ । साथमा एउटा पत्र । फोन कहिल्यै गरिनँ । न आफू मलेसियामा रहेको कुरा नै खुलाएँ । यहाँबाट प्रवासका मेरा मित्र चन्द्र तिम्सिना र नेपालका स्कूले जीवनका मित्र पञ्जापसिं थेगिम यता गङ्गा कुमारी चेम्जोङ् र लिली कुमारी खजुमको दौडधूपे सहायताले अन्ततः गोरखाली वेदना छापियो । केही ढिलो गरी । झण्डै चालीस हजारको लागतमा । त्यो मोटो रकम उही जागरूक र सृजनशील समूहको खल्तीबाट निक्लेको थियो । र, अन्ततः सृजनशीलताको मौन आव्हानमा सो समूहले इतिहास मात्र निर्माण गरेन, चानचुने त्याग मात्रै पनि गरेन; तिनले त्यत्रो ठूलो रकम खर्च गरेर प्रकाशन गरेको सो साहित्यिक सँगालो 'गोरखाली वेदना', प्रवासीहरूको सौजन्य गोरखाली वेदना, निःशुल्क वितरण समेत गरे पूर्वाञ्चलका विभिन्न स्थानहरूमा ।
प्रवासमा आज नेपाली साहित्यले अपेक्षाकृत तवरले छलाङ् मारिरहेको छ । उल्लेख्य साहित्यिक गतिविधि तथा प्रकाशनकार्यले यस कुराको पुष्टि गरेको छ । प्रवासी साहित्यिक मञ्चको रूपान्तरित रूप अन्तर्राष्ट्रिय साहित्य समाज, श्रमिक नयन साहित्य समाज र प्रवासी नेपाली साहित्यिक मञ्च कालजयी साहित्यिक इतिहास निर्माण यात्रामा यात्रारत देखिन्छन् । एउटा सवाल उठेको छ यतिखेर मेरो मनमा — के तिनले कुनै चर्चा नपाएको त्यो समूहले गरेको जस्तो निश्वार्थ त्याग गर्न सक्लान् ?
स्वाभावतः कहाँ गयो त आज त्यो समूह ? कहाँ हराएको हो ? तपाइँको मनमा यी सवालहरू पक्कै उठेको हुनुपर्दछ यतिखेर — यहाँ मेरो मनको अन्तरकुन्तरहुँदै सिङ्गो प्रवासमा त्यो समूहको अभाव खट्किरहेको बेला । आजका साहित्यिक समूह, सङ्गठन तथा संस्थाहरूले प्रवासको माटोमा नेपाली अस्तित्व रहुञ्जेल अटल रहनु पर्दछ । इतिहास निर्माण गरेर हराउनेहरूको खोज तिनले गर्न सक्नुपर्दछ । के प्रवासको कुनै साहित्यिक कार्यपत्रहरूमा कतै ‘गोरखाली वेदना’ नाम अँटाइएको छ ? केही महिना अघि एक भेटमा देवेन्द्र सुर्केलीसित यसै विषयमा छोटो कुराकानी भएको थियो ।
इतिहासहरू बन्छन् बनाइन्छन् । निरन्तर । हाम्रो प्रवासको इतिहास सिङ्गो रामायण हो, महाभारत हो । कुनै एक महाकाव्य हो, महाग्रन्थ हो । हामी राम बाँच्छौँ, कौरव पाण्डवका कथा बन्छौँ । तर इतर कथाहरू हाम्रै पर्याय हुन् — हामी हुनाले भएका । प्रवासमा यस्तै एउटा पाइलापीडा चाल्दा टिप्न पुगेछु एउटा पाइला नलेखिएको कथा — गोरखाली वेदनाको ।
✍By Pancha Vismrit
करिब डेढ वर्षे बूढो प्रवाससँग म । घरबाट मेरो नाममा एउटा पत्र आएको रहेछ । खोलेर हेरेँ । मलेसियाबाट नेपाल र नेपालबाट फेरि मलेसिया नै ल्याइपुर्याइएको सो पत्र थियो पेनाङ्बाट किरण खुलालको । प्रवासका अनुभूतिहरूलाई शब्दले साकार पारेर कालजयी बनाउने बृहत् सोच बनाउनुभएको रहेछ उहाँ र उहाँका समकक्षीहरूले — मिलेर ।

श्री अभिलेख साप्ताहिक अन्तर्गतको मेरो 'प्रवास' स्तम्भमा प्रकाशित उपर्युक्त लेख
आज पनि सान्दर्भिक नै लागेकोले यहाँ राखेको छु ।
प्रकाशितः पुस ०७, २०६४, २२ डिसेम्बर, २००७, शनिवार, श्रीअभिलेख साप्ताहिक
पञ्च जी
ReplyDeleteमैले सम्झिरहेको छु । मलकाको समुन्द्र उेउमा रातीको मिलो आइस खाँदै तपाईसँग कुरा गरेको थिएँ । यो बेला तपाईले गोर्खाली वेदनाको कुरा उक्काउनु भएको थियो र थप्नुभएको थियो –प्रकाशित भयो या भएन थाहा हुन सकेको छैन ।
मैले नेपाल साहित्यिक पत्रकार संघको वार्षिक प्रकशन मलेसियाको सतत्यिक पत्रकरिता शिर्षकमा मलेसियाबाट प्रकाशन भएको साहित्य संगालोको फेहरिस्त लेखेको थिए । र, गोर्खाली बेदनाको कुरा पनि त्यसरी नै राखिेको थिएँ । त्यो लेख प्रकशित भइसकेपछि मात्र तपाईको फेसबुकमा गोर्खाली बेदनाको अवरण देख्न पाएँ ।
हिजोअस्ती फेरि एउटा नयाँ लेख पढ्न पाएँ । मेरो लेखबाटै सन्दर्भ सामाग्री लिएको लेखमा उही गोर्खाली वेदना प्रकाशित भए नभएको कुरा गर्भमै राखेर । मैले पुनः नसोध्नु र अब फेरि फेरि मेरो पुरानो लेखबाट सन्दर्भसामाग्री बन्दै जानुले इतिहास बिग्रदै जान्छ कि भन्ने लागेको छ ।
आशा गरेको छु, अब फेरि सुधारिएर मेरो पुरानो लेखलाई अन्त कतै छापेर पूरा बनाउनेछु र इतिहास बिग्रनबाट जोगाउन सक्छु कि ?
Debendra Surkeli
Kathmandu
देबेन्द्र जी, मीलो आइसको कुरा आउदा मेरो मनमा अझसम्म खटपट चलेको एउटा कुरा सम्झन चाहन्छु । त्यहीं स्थानमा बसेर तपार्इंले अभिव्यक्ति स्तम्भको लागि मेरो बारेमा मैले बोलेका कुरा लेख्दा नोटबुक त तैयार पार्नु भो तर केही लेख्नुभएन । पछि लेख तैयार हुँदा मैले बोलेका जस्ताको तस्तै सबै कुरा आए !!! हजुर, नेपाली साहित्यको कार्यपत्रमा गोरखाली वेदनाको नाम त्यो समयमा नआए पनि आउदा दिनहरूमा आउनेछ भन्ने आशा लिएको छु ।
ReplyDeleteमलाई अप्ठ्यारोमा पो पार्नुभयो पञ्च जी । हुन त म थोरै नै टिपोट गर्छु । मैले तपाईको अभिव्यक्ति कहाँ त्यो एकै बसाईमा तयार गरेको हो र ? फेरि फेरि पनि भेटे, केही केही नयाँ नयाँ कुराहरु लिएँ । क्वालालम्पूरदेखि शाहआलम नारथुङेको बासस्थानमा जाँदा निकै लामो समय हामी बसमा गफगाफ गरियो नि । नेपालमै पनि केही कुराहरु पढेको थिएँ । भीमा खजुमसँग पनि तपाईको कुरा खुब हुन्थ्यो ।
Deleteतिनै कुराहरुलाइृ मैले अभिव्यक्तिमा उतारेको हो ।