- पञ्च विस्मृत ✍By Pancha Vismrit परदेशबाट फर्किँदा: आमाको अनुहारको चमक धीमा भइसकेको थियो । परदेशबाट फर्किँदा साठी वर्षकै उमेरमा अस्सी वर्षको अनुहार लिएर मलाई आमाले घरमा स्वागत गर्नुभयो । विश्वास गर्न गह्रो हुन्थ्यो, तर आफ्नो आँखाअगाडिको कुरा विश्वास गर्न करै लाग्छ । त्यसपछिका दिन मलाई एउटा नमीठो अनुभूतिले गाँजिरह्यो । मैले आफूतिर फर्केर हेरेँ । उही फुच्चे कद, उही केही धार्नीको वजन । बस, उमेर मभन्दा अलिअघि मलाई नै जिस्काउँदै भागिरहेको रहेछ । मजस्तै जिन्दगीमा सिन्को भाँच्न नसकेकाहरु शायद यही अनुभूतिले पिरोलिँदा हुन्— उमेरको यो कुइनेटोमा आइपुगेपछि । अहिले पनि झलझली आँखाअगाडि नाँच्छन्— कसरी आमाले सिर्कना लगाएर स्कुल पठाउनुभएको थियो सानोमा । बाख्राको पाठोलाई जसरी कसरी आमाले बोकेर पाठाहरुको हुलमा मिसाउनुहुन्थ्यो त्योबेला । बाटोमा साथीहरुले अश्लील गाली गर्दा स्कुल नगई लुक्दैलुक्दै फर्केको पनि हिजै हो जस्तो लाग्छ । वास्तवमा सम्झिने नै हो भने म अहिले पनि सम्झिन सक्नु कसरी हिँडेर पुगेको थिएँ डेढ घण्टाको स्कुलको बाटो; र सम्झनसक्छु बाटोका थुम्कीहरु, रुखबिरुवा, खाल्डाखुल्डी, कु...
Comments
Post a Comment