ग्रहण छापियो दिवाकर रहेनन् !

— पञ्च विस्मृत
✍By Pancha Vismrit

ग्रहण, सत्य घटनामा आधारित उपन्यास (प्रथम संस्करण २०१८)

ग्रहण उपन्यास प्रकाशनको अन्तर्कथा :
अन्ततः ‘ग्रहण’ छापिएर आयो ।
यस कृति प्रकाशनमा कुन्ता–डण्ड प्रतिष्ठानको ठूलो लगानी रहेको छ । लगानी भन्नाले सद्भावको लगानी । लेखन र नेपाली भाषा साहित्यको विकाशमा एक कृति–प्रकाशनको लगानी । र, साथै आर्थिक लगानी ।

नेपालका विभिन्न भागमा राम्रा–राम्रा कलमजीवीहरु बस्छन्, तर अधिकांशतः लेखेर पनि विविध कारणले कृति प्रकाशन गर्न असमर्थ छन् । कुन्ता–डण्ड प्रतिष्ठानले तिनै स्रष्टाहरुको कृति आफ्नै पैसामा प्रकाशित गरिदिएर नेपाली भाषा साहित्यको विकाशमा सहभागी हुने महत् उद्देश्य लिएको छ । त्यसैको सिलसिला हो ‘ग्रहण’को प्रकाशन, र त्यसैको सिलसिला थियो स्वप्निल नीरवको उज्यालोतिरको प्रकाशन । योभन्दा ठूलो सद्भाव अरु के हुनसक्छ ?

निशन्देह कृति प्रकाशनको काम नेपाली भाषा साहित्यको विकाशसित जोडिएर रहेको हुन्छ । आर्थिक लगानी एउटा पाटो भयो; तर कुन्ता–डण्ड प्रतिष्ठानले संस्थागत या व्यक्तिगत फाइदाको लागि भने यो काम गरिरहेको छैन । लगानीपछि फाइदा या नाफाको कुरा त आउँछ, तर त्यो फाइदा या नाफा आर्थिक रुपमा हैन, यहाँ पाठक, लेखक, बुद्धिजीवीहरुको माया र सद्भावको रुपमा आउने कुराको अपेक्षा गरिएको छ । त्यसका लागि कुन्ता–डण्ड प्रतिष्ठानकी जन्मदाता सर्जक निर्मला खड्का, जसले आफ्ना मातापिताको नाममा प्रतिष्ठानको स्थापना गर्नुभएको हो, सदैव आशावादी हुनुहुन्छ ।

कृति प्रकाशन गर्नु जतिको सजिलो छ त्यतिकै गाह्रो छ वितरणको काम । त्यो कुरा शब्दहार क्रिएशन्स् जस्तो प्रकाशक संस्थाका निर्देशकलार्ई राम्रो अनुभव छ । तर त्यस कुराको बावजूद पनि वितरकको जिम्मेवारी शब्दहार क्रिएशन्स्ले लिएको हो । त्यसको लागि उक्त संस्थाका निर्देशक तथा कुन्ता–डण्ड प्रतिष्ठानका अध्यक्ष रमेश कँडेलले हुन्छ भनेपछि नै काम अगाडि बढेको हो । तर पछि छापिएको निश्चित प्रति पुस्तक लेखकलाई हस्तन्तरण गर्ने कुरा भयो, जुन सकरात्मक कुरा नै भयो भन्ने लाग्छ ।

ग्रहणको आवरणदेखि लेआउटसम्मको काम पत्रकार तथा साहित्यकार देवेन्द्र सुर्केलीले गर्नुभएको हो । मैले ग्रहणको सम्पादन गरिसकेपछि उक्त कार्यको लागि सर्वप्रथम उहाँलाई नै सम्झेँ । त्यसको कारण उहाँसित मेरो लामो समयदेखि चिनजान भएकोले मात्रै हैन, उहाँलाई सम्झनुको पछाडि उहाँको सम्बन्धित क्षेत्रमा रहेको क्रियाशीलता र दक्षता प्रमुख कारणको रुपमा रहेको छ । नेपालका प्रिन्ट र डिजिटल मीडिया दुवैमा उहाँको ठूलो योगदान रहेको छ ।

ग्रहण लेखक दिवाकर स्वप्निलको प्रथम प्रकाशित कृति हो । यो एक यस्तो स्वस्थ व्यक्तिको कहाली लाग्दो कथा हो, जो एकदिन अपाङ्गता परिचयपत्रको हकदार बन्न पुग्दछ । लेखकको दाबी अनुसार यो एक वास्तविक जीवनमा आधारित उपन्यास हो ।

ग्रहणको नाम पहिले ‘खग्रास सूर्यग्रहण’ राखिएको थियो । अलिक बिम्बात्मक बनाउनु पर्‍यो भन्ने सल्लाह मेरो थियो । खग्रास सूर्यग्रहण बिम्बात्मक नभएको भने हैन । तर त्यो नामले विज्ञानसँग बढी सम्बन्ध राख्ने र विज्ञान सम्बन्धी कृति झल्किने भएकोले मैले त्यसो भनेको थिएँ । त्यसको बारेमा सामान्य छलफल भयो । वास्तवमा ‘खग्रास सूर्यग्रहण’ शीर्षकमा पुस्तक प्रकाशित भइसकेको रहेछ पनि । देवेन्द्र सुर्केलीबाट थाहा भयो । भारतीय लेखकले प्रकाशित गरेको भए पनि नाम जुधेको त्यति राम्रो मानिन्न ।

पुस्तकको सम्पादनको काम सकिसक्दा पनि नामको टुङ्गो लाग्न सकेको थिएन । लेखकलाई खग्रास सूर्यग्रहण नै प्यारो । तर पछि कसो कसो रमेश कँडेलले ग्रहण मात्र राखौँ, लेखकको पनि सहमति छ भनेपछि ग्रहण नाम पारित भयो । त्यसैमा आवरण बन्यो । तर तुरुन्त अर्को नाममा अल्झिनु पर्‍यो । त्यो पनि लेखककै नाममा । लेखकले स्वप्निललाई स्वप्नील बनाउनु पर्ने, र आफूले यही नाम चलाउदै आएको भनेपछि सम्पादकले एकछिन सोच्न बाध्य बन्नु पर्‍यो ।

त्यसो त नेपालमा त्यस्ता धेरै उपनामहरु लेखिन्छन् जो गलत हिज्जेमा लेखिएका छन् । नाम समेत गलत हिज्जेमा लेखिएका उदाहरणहरु खोज्न टाढा जानु पर्दैन । कविता लेख्ने कवि कवि शब्दलाई कबि, कवितालाई कबिता लेखेको पनि पाइएको छ । वस्तुतः अधिकांश नेपालीले नेपालीको नाममा हिन्दी हिज्जे प्रयोग गरिरहेको पाइएको छ, जुन स्वभावतः राम्रो कुरा हैन । नेपाली भाषा साहित्यको सेवा गरे वापत दिइने कतिपय प्रमाणपत्रहरु समेत अशुद्ध लेखिएको भेटिएका छन् । यी तथ्यहरु अति संवेदनशील विषय हुन् । नेपाली भाषा साहित्यलाई विकाशतिर हैन, अधोगतितिर धकेल्ने यी तथ्यहरुप्रति कलम चलाउने सबैले सचेत हुन जरुरी छ । शब्दका खेती गर्नेले बृहत् नेपाली शब्दकोश अनिवार्य रुपमा प्रयोगमा ल्याउन आवश्यक छ, जुन काम भइरहेको छैन । सबैभन्दा महत्त्वपूर्ण कुरा साहित्य सृजना भाषा साहित्यको विकाशसित जोडिएर रहेको हुन्छ भन्ने कुरा हामीले भुल्नै हुन्न ।

दिवाकरको सन्दर्भमा स्वप्न+नील अर्थात् नीलो सपना भन्न खोजेको हो कि भन्ने अर्थमा स्वप्नील नै राखियो । दिवाकर स्वप्नील राखियो । वास्तविकता उनले खुलाउन पाएनन् ।

यस कृतिको पाण्डुलिपि मैले सन् २०१६ को अप्रिलतिर प्राप्त गरेको हूँ । प्रवासको दिनचर्या र व्यस्तताको बावजूद थोरै समय मात्र दिन सक्ने भएको कारण केही ढिलो गरी सम्पादनको काम सकेँ, तर पनि निर्मला खड्काजीको ‘इट्स् ओके’ पाएर सन्तोषको सास फेर्न पाएँ । हुन पनि डेढ सय पेजको भनेर काम सुरु गरेको तीन सय पेजभन्दा मोटो बन्न पुगेछ कृति ।

काम ढिलो हुनुको अर्को कारण भनेको चाहिँ फन्टको हो । पाण्डुलिपि मैले युनिकोड र प्रीति मिश्रित फन्टमा पाएको हूँ । यता म कान्तिपुर फन्ट प्रयोग गर्छु । कन्भर्ट गर्दा झनै लथालिङ्गजस्तो भयो । अथवा भनौँ एक पल्ट लथालिङ्ग बनाएँ, र फेरि जोडजाड पारेँ, र पूर्णता दिएँ ।

ढिलो हुनुको अर्को पनि एउटा कारण छ । त्यो हो नेपाली भाषामा चलेको परिमार्जनवादको रोग । यस रोगले धेरै बुद्धिजीवीहरुको मस्तिष्कमाथि हमला गरिरहेको अवस्था थियो । यतिसम्म हमला गर्‍यो कि यिनले एक विकृत शब्दकोशको  समेत जन्म दिए । विकृत पाठ्यक्रमहरु समेत छाप्न भ्याए । जसले गर्दा नेपाली भाषा साहित्यको क्षेत्रमा ठूलो खैलाबैला मच्चियो । ठूलै अन्यौलताको सृजना भयो । हामी साना साना मान्छेहरु बोल्न त सक्थ्यौँ, तर त्यो बोली आवाज बन्दैनथ्यो । त्यस्तो स्थितिमा एउटा सम्पादकले कुन मापदण्ड प्रयोग गर्ने भन्ने कुरा अहम् सवाल भयो । तर मलाई एउटै कुरा थाहा थियो कि मैले स्कुल, कलेजमा जे सिकेको थिएँ, त्यही नै सही हो; आफ्नो बाउको सम्पतिजस्तो नेपाली भाषालाई तलमाथि गर्न खोज्नेहरु चकचके हुन्, बौद्धिक हैनन् । अतः मैले पुरानै धारलाई समातेँ ।

मेरो सलाम छ ती भाषा आन्दोलनका नायकहरुलाई जसले स्वेच्छाचारी परिमार्जनवादप्रति विद्रोह गरे । र, नेपाली भाषालाई पुरानै धारमा ल्याउन सफल भए ।

ग्रहणको काम सकियो ।

प्रतिष्ठानकी संस्थापक अध्यक्ष निर्मला खड्काज्यूले मलाई इनबक्समार्फत साह्रै दुःख गर्नुभयो भनेर भन्नुभएपछि मलाई लाग्यो— बोल्ने मात्र हैन, अबचाहिँ काम पनि गरिएछ है, सिन्को भाँचिएछ ।

वस्तुतः यस कृति सम्पादनको जिम्मा लिनुका दुई कारण थिए : प्रथममा यो एक प्रेरणादायी कृति हो, त्यसैले । र, दोस्रो कुन्ता–डण्ड प्रतिष्ठाप्रतिको मेरो सद्भाव । अरु पनि केही कारण छ भने हुनसक्छ शायद म एक ‘एड्भेन्चर लभर’ हूँ । सिकाइ र गराइको एकसाथको यात्रा एक एड्भेन्चर भन्दा कम्तीको हुन्न । मैले उपन्यासभित्रको मूख्य पात्रको रुपमा निक्कै यात्रा गरेँ । र, त्यो यात्रा झनै एड्भेन्चरको थियो ।



पीडाको अवतार दिवाकर स्वप्निल :
अन्ततः ग्रहण उपन्यास छापिएर आयो । तर उपन्यासकार परलोकतिर लागे ।

मैले यस लेखको शीर्षक ‘ग्रहण उपन्यास प्रकाशनको अन्तर्कथा’ राखेको थिएँ । परिवर्तन गर्न कर लाग्यो । यस लेखको अन्तमा दिवाकर स्वप्निललाई ग्रहणको लागि लाख बाधाई भनेर लेखेको थिएँ । अब त्यसको पनि कुनै अर्थ रहेन । अब मलाई दिवाकर स्वप्निल लेख्नमा कसैले रोक्ने छैनन् । ऊ त स्वप्नील नै लेख्नु पर्छ भन्थे । कारण भने कहिल्यै खुलाउन पाएनन् ।

दिवाकर स्वप्निलसँग कहिल्यै भेट हुन पाएन । तर मलाई थाहा थियो उनी शारीरिक दुर्बलताका शिकार भएका थिए— उनको उपन्यासको प्रमुख पात्रजस्तै ।

उनको कृति ग्रहणलाई सम्पादन गर्ने जिम्मा लिँदा एक आत्मकथाको रुपमा लिएको थिएँ । पछि लेखकले त्यो आत्मकथा नभएर एउटा सत्य घटनामा आधारित उपन्यास भएको जिकिर गरे । तर वास्तवमा त्यो एक आत्मकथा नै थियो भन्ने मेरो बुझाइ थियो, र छ ।

आज उनले हामीलाई यस धर्तीबाट छोडेर गएका छन् ।  १७ जनवरी (२०१९) को  साँझतिर उनको देहावसान भएको भन्ने बुझिएको छ । तर त्यसरी उनले छोडेर गए पनि हामीलाई ग्रहण कृति थमाएर गएका छन् । उनले जीवनमा जति दुःख भोगे, जति दुःख देखे सबै लेख्न सफल भए यस कृतिमा ।

तर, जब प्रकाशित भएर आयो, उनी परलोकतिर लागे ।
यो भन्दा ठूलो अपत्यारिलो घटना नेपाली साहित्यको इतिहासमा अरु के हुन सक्दछ ?

हार्दिक श्रद्धासुमन दिवाकर स्वप्निलप्रति  ।


१८, जनवरी, २०१९, केएसए






प्रकाशित : गाउँसहर डट्कम





Comments

Total Views

Please, leave a comment

Wikipedia

Search results

POEMS FROM THE HIMALAYAS

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रदर्शनीमा जिन्दगी – पञ्च विस्मृत उसको जिन्दगी आज सार्वजनिक स्थलमा प्रदर्शनको लागि टाँगिएको छ । कोही आउँछन् र दुई...

Posted by Pancha Vismrit on Friday, November 13, 2020

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

रेगिस्तानी दशैँ — पञ्च विस्मृत हिउँदको फूलजस्तो निस्तेज उमङ्ग परदेशीका आङमा बेखबर फुल्छ तर, सिङ्गो संवेदन हल्लाएर झर्छ...

Posted by Pancha Vismrit on Thursday, October 22, 2020

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

गाए गीत नगाए कविता - पञ्च विस्मृत ढुङ्गा हुँ म तिमी मलाई, प्रेमले गाल्न नखोज थानमा राख मन्दिरको, दिलमा राख्न नखोज भेल...

Posted by Pancha Vismrit on Monday, September 28, 2020

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Day 1 Today is the first day of my participation in this 8-day Russian poetry flash...

Posted by Pancha Vismrit on Wednesday, September 9, 2020

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

स्रष्टा परिचय र उपनामको रहस्य -- ४० -------------------------------------------------- कवि पञ्च विस्मृत बजारिया...

Posted by सगरमाथा साहित्य प्रतिष्ठान नेपाल on Sunday, July 26, 2020

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

कोरोनाले छोडेर गएको दिन - पञ्च विस्मृत एक दिन जब खुल्नेछ विश्व जब छोडेर जानेछ कोरोनाले – मजदुरहरुले पेटभर खाना खान...

Posted by Pancha Vismrit on Thursday, July 30, 2020

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

आशाको रङ — पञ्च विस्मृत मलाई यी उठ्दै गरेका अग्ला घरहरुको रङ खुब मन पर्छ मानौँ कि उठ्दैछन् नैराश्यताको जमिनलाई...

Posted by Pancha Vismrit on Thursday, July 16, 2020

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट म के गरुँ ? कहाँ जाऊँ ? मित्रलाई सम्झूँ कि शत्रुलाई सम्झूँ ? फूललाई सम्झूँ कि काँडालाई सम्झूँ ? सबैको...

Posted by Pancha Vismrit on Monday, April 27, 2020

Prakash Dipsali Writes

परदेशी कवि तथा लेखकहरुको प्रिय नाम हो पञ्च विस्मृत । मलेसियामा रहदा असाध्यै चर्चामा रहेका कवि पञ्च विस्मृत सुन्दर कविता...

Posted by Prakash Dipsali on Monday, April 27, 2020

नेपालबन्द । कविता । पञ्च विस्मृत

नेपालबन्द – पञ्च विस्मृत शोकमग्नझैँ लाग्छ आज यो मनको शहर कुनै सपना बुन्नु छैन न त टिप्नु नै छ जून आज मनको शहर बन्द...

Posted by Pancha Vismrit on Tuesday, March 31, 2020

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति – पञ्च विस्मृत तिम्रो रुपको वर्णन गर्ने कुनै शब्दको आविस्कार भइसकेको छैन दुनियाँमा । बस, तिम्रो...

Posted by Pancha Vismrit on Thursday, February 13, 2020

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने, साहस जुटाइदेऊ भगवान जीवनयुद्ध जित्ने एउटा, दर्शन सिकाइदेऊ भगवान असल मान्छे बन्न खाजेँ, आफ्ना पराइ...

Posted by Pancha Vismrit on Saturday, November 2, 2019

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ – पञ्च विस्मृत क्यालेण्डरका पानाहरु कुल्चँदै हुण्डरीको वेगमा एक निरपराध...

Posted by सिर्जना डबली on Wednesday, November 6, 2019

हजुरबा र समय । कविता । पञ्च विस्मृत

हजुरबा र समय — पञ्च विस्मृत सदियौँदेखि हो यो वेगीलाई समयलाई थुन्न हाम्रा हजुरबाहरुले फलामको बडेमानको पिँजडा बनाउँदै...

Posted by Pancha Vismrit on Thursday, October 4, 2018

अग्रजहरु । कविता । पञ्च विस्मृत

अग्रजहरु – पञ्च विस्मृत अलिक मास्तिर पहाडको उकालो बाटोमा गुनगुन गुनगुन गर्दै एक हुल मानिस हिँडिरहेका देखिन्छन्...

Posted by Pancha Vismrit on Thursday, May 16, 2019

याद २ । कविता । पञ्च विस्मृत

याद २ — पञ्च विस्मृत ब्यूँझिएको मात्र के हुन्छु समय नुहेको डालीमा बसेर एकाबिहानै चिर्बिर चिर्बिर गर्छे प्रिय...

Posted by Pancha Vismrit on Thursday, February 14, 2019

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर — पञ्च विस्मृत छिमेकीको हवेली देखेर मैले पनि ठडयाएँ कल्पनाको राजधानीमा बडेमानको घर । सपनाहरुको...

Posted by Pancha Vismrit on Thursday, August 16, 2018

शब्दहरु । कविता । पञ्च विस्मृत

शब्दहरु — पञ्च विस्मृत शब्दहरु यी मसिना शब्दहरु ! कुम्लो कुटुरो बोकेर बाहिरिएको मान्छे घर फर्किएजस्तै एउटा...

Posted by Pancha Vismrit on Friday, December 1, 2017

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

कहिले आउँने दिनभरि, आइपुग्ने कहिले शाम धाइरहने यो सम्झनाको, खै के होला नाम ? कुटुकुटु खाइरहन्छ, आँखाभरि...

Posted by Pancha Vismrit on Thursday, December 29, 2016

परदेशिएर । कविता । पञ्च विस्मृत

परदेशिएर मनभित्र कतै बज्छ सौन्दर्यको तीखो आवाज म सुन्छु म हेर्छु परेलाहरुमा अडिएर टिलपिल टिलपिल आँशु साँच्ची...

Posted by Pancha Vismrit on Monday, April 7, 2014

Popular posts from this blog

हजार शैली कविताका

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on

Facebook Page