स्वप्निल नीरवको ‘उज्यालोतिर’ फर्केर हेर्दा

— पञ्च विस्मृत
✍By Pancha Vismrit



सुरूमा एक विशाल शून्यता थियो । मानौँ शून्य मरूभूमिको बीच भागमा उभिएको एक्लो मान्छे हूँ म । त्यो शून्यता-बोधले भौतारिन थालेँ । उपल्लो क्षितिज काटेपछि एउटा सानो गाउँ आयो । त्यस सानो, शान्त र सुन्दर गाउँमा भेटिए कृष्णभूषण बल, परशु प्रधान, मनु मञ्जिल, मुकुल दाहाल, श्रीधर शर्मा, दिनेश पौडेल, विवश पोखरेल, झमक घिमिरे, भीष्म उप्रेती, सुमन पोखरेल, मीन कुमार नवोदित श्रेष्ठ, सीमा आभास, गण्डकी पुत्र, मन्दिरा कोइराला मधुश्री, भूषण ढुङ्गेल, देवी पन्थी, लावण्य सापकोटा, उमेश लुइँटेल, महेश मार्सेली, जीबी लुगुन, बिक्रमश्री, ज्योति जङ्गल, हरि बराल, जयन्ता पोखरेल, कविराज पोखरेल, रमेशचन्द्र अधिकारी, बन्धुविक्रम बिजात, कृष्णराज कोइराला चारघरे, देवान किराती, बद्री पलिखे, रीता खत्री, प्रकाश आङ्देम्बे आदिआदि । ती गाउँलेहरू अत्यन्तै मिलनसार र सदाशयी भावनाका लागे । र, मैले त्यो गाउँलाई आफ्नै घर मान्न थालेँ— “Home is where the heart is.”— भन्ने भनाइलाई आत्मसात् गरेर ।

समय बित्दै जाँदा विराटनगर, इटहरी र धरानका सडकहरूमा हिँड्नलाई मेरा पयरहरू अति साना लाग्न थाले । त्यसपछि त हान्निएँ फेरि उपल्लो क्षितिज । त्यहाँ पनि त्यस्तै गाउँ भेटियो । मान्छे पनि भेटिए उस्तै तर नाम फरकका— रमेश तुफान, कोपिला गौतम, गणेश खड्का, श्रीधर सुबेदी, देबेन्द्र सुर्केली, इन्द्र नारथुङ्गे, डीआर निश्छल, देविनबाबु राई, दिलिप सगर राई, मनि रार्इ गोठाले, जीवन देवान गाउँले, श्रीजन श्री, वसन्त अविरल, हरि पराजुली, मौलश्री लिम्बू, दिलदुःखी जन्तरे, चन्द्र तारा रार्इ, कृष्ण अधिकारी, सञ्जय राई छुच्चा, राम नशा सापकोटा, राज रोबट अजनवि, रूद्र कार्की प्रज्ज्वल, रूद्र मिश्र, प्रकाश दिप्साली मिराक, टङ्क चन्द, राजु क्षेत्री अपुरो, शुभराज राई आदिआदि ।

“जीवन भनेको त भोक मात्र रहेछ वास्तवमा ।” भन्नुहुन्छ कवि तथा निबन्धकार भीष्म उप्रेती ‘हतार छैन हतार छ’भित्रको ‘भोक’ मार्फत । हतारहतार कहीँ पुग्ने वहानामा उही भोक जीवनलाई चरितार्थ गर्न अब त्यस गाउँलाई पनि छोडेर दोस्रो ध्रुव ताकेँ । र, आज यो चेप्टो हुँदै गएको पृथ्वीको अर्को गोलार्धमा आइपुगेको छु । यो चाहिँ गाउँजस्तो लाग्दैन, बरू एक अनकण्टार जङ्गल जस्तो, जहाँबाट मात्र कहिलेकाहीँ सुनिन्छ मान्छेको आवाज । मान्छेसँग प्रत्यक्ष भेटघाट गर्न धेरै मुस्किल छ । सुन्न भने धेरै टाढाको आवाज सुनिन्छ यहाँबाट । इजरायलमा म निर्मला खड्का, मीरा मन थापा, समाश्री, बीजे बिद्रोही राई, भगवती बस्नेत आदिलाई सुन्छु । युएइतिर समदर्शी काइँला, देविनबाबु रार्इ आदिलाई सुन्छु । कतारतिर तिर्थ सङ्गम राईलाई सुन्छु । बहराइनमा चन्द्र गुरूङ र रेशम बोहोरा बोलेको सुन्छु । मस्कोतिर मधु माधुर्य सरको आवाज प्रष्ट सुन्छु । युएसएतिर गोवर्द्धन पूजा, नारायण अधिकारी, शारिका श्री, निलम कार्की निहारिका, मनु लोहरूङ राई, दीपा राई पुन, युयुत्सु शर्मा आदिको आवाज सुन्छु । हङ्कङतिर देश सुब्बा, हाङ्युग अज्ञात, टङ्क सुब्बा, राज कुमार राई, भानेन्द्र कुमार सम्बाहाम्फे जुझारू आदिलाई सुन्छु । थाइल्याण्डतिर खगेन्द्र पन्धाक लिम्बूलाई सुन्छु । र, सेसेल्सतिर गणेश खड्कालाई ।

कहिलेकाहीँ छेउछाउमै जीवित खड्का मगर, रहन राई, हरि पराजुलीहरू बोलेको सुन्छु, तर भेटघाट गर्न असमर्थ छु । नाम वतन नखुलेका धेरै मान्छेको आवाज पनि कानमा ठोक्किन आइपुग्छन् । यसरी धेरैको आवाज सुन्छु, तर नाम सम्झन र लेख्न समय लाग्छ ।

नेपालमा स्वाभावतः धेरै नामहरू थपिएका छन्— अन्य देशहरूमा जस्तै । कथाकार स्वप्निल नीरवको आवाज धेरै टड्कारो लागेर आएको छ यतिबेला ।

स्वप्निल नीरवको उज्यालोतिर
७२ पृष्ठको सुन्दर मनमोहक, प्रेममय कथाहरूको सङ्ग्रह ‘उज्यालोतिर’ वि. सं. २०६९, साउनमा प्रकाशित स्वप्निल नीरवकृत कथा सङ्ग्रह हो । रमेश पौडेलको सुन्दर आवरणमा सजिएको ‘उज्यालोतिर’को प्रकाशक रहेको छ— कुन्ता-डण्ड प्रतिष्ठान । “साहित्य र नवोदित सर्जकहरूका उत्कृष्ट कृतिहरूलाई अगाडि ल्याएर लोकार्पण गर्न गराउन विधिवत सहयोग पुर्याउने” महत् उद्देश्य लिएको कुन्ता-डण्ड प्रतिष्ठानले नीरवको जस्तो उत्कृष्ट कृतिलाई छनौटगरि पाठकहरूमाझ ल्याएर एक सफल प्रकाशकको उदाहरण पेश गरेको छ । किनभने प्रकाशकको काम सिर्फ कृति प्रकाशन गर्नु मात्र नभएर उत्कृष्ट कृतिको छनौट गर्न समेत हुन्छ ।

म स्वप्निल नीरवलाई चिन्दिनँ । तर उनको ‘उज्यालोतिर’ पढिसकेपछि यो लागेको छ कि स्वप्निल नीरव भनेको मैले बाँचेको भूगोलको उपल्लो क्षितिजमा उदाएको एक चम्किलो तारा रहेछ, जहाँसम्म पुग्न मैले दसकौँ समय खर्चेको रहेछु ।

१० रसिला कथाहरू समेटिएको ‘उज्यालोतिर’ कथा सङ्ग्रहलाई हेर्दा आकारमा सानो भएपनि यसभित्रका कथाहरू खँदिला भएका कारण एक दुई बसाइमा पढ्न खोज्नु सिर्फ धृष्ठता हुनेछ । स्वप्निलका कथाहरूमा सिर्फ पात्रहरू बोल्दैनन्, पात्रले बाँचेको दृश्यहरू, त्यहाँको वातावरण अत्यन्तै मीठो र रसिलोगरि बोल्छन् । त्यसैले हरेक शब्दहरू मर्मस्पर्शी लाग्छन् । शालीन लाग्छन् । अत्यन्तै रोचक लाग्छन्— प्रेमप्रसङ्गहरू, पारिवारिक टुटफुट । अझ पढ्दैजाँदा कहीँ कतै अत्यन्तै रोमाण्टिक अनुभूतिले छोप्ने गर्छ जहाँबाट उम्कन विषादको हुण्डरी चलाएपनि त्यो कम पर्न जान्छ ।

वस्तुतः स्वप्निलका कथाहरू आत्मपरक छन्, ‘म’ को सत्ता बलियो छ । कहीँ कतै अधीक स्वैर कल्पनाको राज चलेको आभाष मिल्छ । प्रेमको प्रधानता छ । किनभने प्रेमबिनाको संसार अन्धकारको हुन्छ; यो संसार अडिएको प्रेमले नै हो । प्रेमको मीयोमा घुम्ने उनका शाब्दिक खुट्टाहरू अत्यन्त बलिया लाग्छन् । त्यसैले उनको लेखनमा कमजोरी खोज्न निक्कै कसरत गर्नु पर्ने हुन्छ । स्वप्निल सधैँ स्वतन्त्रताका पक्षपातीको रूपमा उभिन्छिन् । अझ उनी मर्यादित स्वतन्त्रताको एक अर्को नाम हो झैँ लाग्छिन् । त्यसैले हो कि उनका कथाहरूमा पारिवारिक जीवन कष्टप्रद छ— यतिसम्म कि कहिलेकाहीँ  पारिवारिक संस्थाप्रति नै अनास्था झल्किन पुग्छ । त्यसैले उनका कथाहरू पढिसकेपछि मनभरि प्रेममा एक असन्तुष्ट, रूष्ट र घमण्डी पात्रले लीला गर्छ । धेरै ठाउँमा नीरव आफ्ना निजी अनुभव र अनुभूतिको अभिलेखिकरण गर्दछिन् कि लाग्छ कलाको लेपन लगाएर, जसले उनका कथाहरूमा एकप्रकारले रोचकता थपेको छ । स्वप्निलले आफ्ना पात्रहरू पहाड, मधेस, गाउँ, सहर, बजार, पूर्व, पश्चिम सबैतिरबाट बटुलेकी छिन् । श्रीनगर, बुटवलदेखि सुदूरपूर्व दमक हुँदै भारतको बोर्डर कटाउनसम्म पछि पर्दिनन् कथाकार आफ्ना पात्रहरूलाई । यौनिकताका कुराहरू पनि शालीन भाषाशैलीमा आएका छन् ।

यतिबेला मलाई दुःख छ, ‘सहरको खोजीमा’ निक्लेकी उपमा अन्यौल भविष्य लिएर गाउँ फर्कन्छिन् । पारिवारिक कलहले शिक्षाको उज्यालो छर्नेसम्मलाई समेत छोड्दैन । सुखशान्तिको समथर भूमिमा ‘पहाड अग्लिएपछि’ जति चेतनशील र सचेत भएपनि कसैको केही नलाग्दो रहेछ । यहाँ पहाड इर्ष्या, शङ्का र कलहको प्रतीक हो । अझ जति नै आदर्शवान भएपनि आदर्शको पहाड पग्लिएर तराई बन्न बेर नलाग्ने रहेछ । प्रगति ‘अनन्त स्वप्न क्षितिजबाट’ आफ्नो मीठो र वर्जित सपनाको पुनरावृत्ति चाहन्छिन् ।

मलाई दुःख छ, मृत सागर कहाँ पर्छ भन्ने कुरा थाहा भएर पनि आफ्नै देशको तिनाऊको बगर कहाँ पर्छ भन्ने थाहा नभएकोमा । थुप्रैपल्ट तिनाऊको कुरा गरेका छन् आफ्ना पुस्तकहरूमा कवि तथा कथाकार भीष्म उप्रेतीले । ‘तिनाऊको बगरै बगर’ एक पल्ट पढ्दैमा यसबारे थाहा भयो । अर्कातिर दाम्पत्य जीवन कतिसम्मको कमजोर हुँदोरहेछ भन्ने कुराको ज्ञान समेत भयो । तर सन्ध्याको बारेमा एक पल्ट हैन, धेरै खोजीनिती गर्नु पर्यो । एउटा रहस्यमय कथा रहेछ यो । शायद, ‘पार्श्व’मा बाल मनोविज्ञानको कुरा गर्ने स्वप्निल पाठकको मनोविज्ञानसँग खेल्न रूचाउँछिन् ।

मलाई दुःख छ, बेचैनी खप्न नसकेर चन्द्रनिगाहपुर, दमक, इलाम हुँदै भारतभूमि प्रवेश गरेर फर्किँदा पनि पूर्णिमालाई आफ्नो बनाउन असमर्थ भएकोमा अनुरागले । र, आखिरी पलसम्म पनि अनुत्तरित ‘एउटा प्रश्न’ पहाड बनेर उभिरहन्छ । एउटा परिवार निर्माणको लागि कत्रो सङ्घर्ष ! अर्कातिर त्यस्तै ‘प्यास’ छ— पारिवारको, मातृत्वको र दौलतको ।

आफ्नो जिन्दगीलाई अधीनस्थ बनाई राज गर्न चाहने तानाशाहको पञ्जाबाट उम्किएर ‘उज्यालोतिर’ निक्लिएकी स्वप्निललाई मेरो सलाम भन्न मन लागेर आएको छ कथाको यो मोडमा । अर्को सलाम सुधालाई, जो भदौ १८ मा मुस्लिम समुदायका सलिमको चेहरा होलीको रङले रङ्गाइदिन्छिन् । वस्तुतः सुधा एक आदर्श पात्र हुन्, जो मानवमा सिर्फ मानवता देख्छिन्, नकि जात र धर्म । मानव मात्रलाई प्रेम गर्छिन् । ‘सलिम र भदौ १८’ सुधाको लागि सधैँ दुःखाउने अतीत हो । यस्ता बेमेल कथैकथाहरूको सग्लो रूप नै ‘शायद जिन्दगी ...’ रहेछ । मैले पनि स्वीकारेँ यही सत्यलाई । दर्शनलाई ।

‘उज्यालोतिर’ हेरेर फर्केको छु । यो अवसरको सदुपयोग गरेर यो भन्न मन लागेको छ कि  साहित्य क्षेत्रमा पनि धेरै कथाहरू छन् । अर्कातिर श्रमजीविका कथाहरू उस्तै छन् । प्रेम र पारिवारिक प्लटबाट बाहिर निल्केर दायाँबायाँ हेर्ने हो भने संसार अझ विशाल देखिनेछ । झमक घिमिरेको शब्द सापटी लिएर भन्ने हो भने प्रेमका कुराहरू लेख्ने स्वप्निलका कलमले समाजका सर्वाङ्गीण पक्षहरूका बारेमा पनि उस्तै राम्रैगरि लेख्न सक्छ, र लेख्नु पनि पर्दछ । स्वप्निलका कथाहरूले वर्तमानमा चलेका कुनै पनि वादहरूको ‘नेम ट्याग’ भिरेका छैनन् । तिनको चौघेरोमा वन्दी हुनु बेग्लै कुरो । नारी स्रष्टा भएर पनि नारीवादको कुरा प्रत्यक्षतः गर्दिनन् स्वप्निल । विदेशको कुरा छ, तर श्रमिक सन्दर्भहरू छोइएका छैनन् ।

स्वप्निलको भाषा शैली सुरम्य छ । यस पुस्तकभरि भाषिक त्रुटि कमै भेटिन्छ, जुन सकरात्मक पक्ष हो । केही नयाँ र स्थानीय लाग्ने शब्दहरू आएका छन् । वस्तुतः नेपाली साहित्यमा केही नयाँ शब्दहरू देखा पर्दैछन् । जस्तो प्रेमिल शब्द नेपाली बृहत् शब्दकोशमा भेटिन्न । तर धेरैले प्रयोग गर्छन् । टाइप गर्दा अङ्ग्रेजीमा जस्तो नेपालीमा शब्द या व्याकरण चेक नहुने भएकोले जथाभाबी शब्दहरूको प्रयोग गर्ने गरिएको पाइन्छ,जसप्रति हामी सबैले सचेत हुन जरूरी देखिन्छ । क्रिया, नाम, क्रियाविशेषण आदिलाई उल्टापाल्टी बनाएर लेख्न अङ्ग्रेजीमा पाइन्न, जुन हामी नहिच्किचाइकन गर्छौँ । यसमाथि हामी सबैले ध्यान दिन जरूरी देखिन्छ ।

अँ,
अन्धकार सकिँदै गएको छ । यो केएसएको आकाश उज्यालिँदै गएको छ । अब एकछिन् आराम गर्छु । स्वप्निलका पात्रहरूसँग केही संवाद बोल्छु । प्रेमका कथा बुन्छु— केही उज्याला कथाहरू । ती पात्रहरूसँग जिन्दगीभरको लागि रहूँ या नरहूँ, तिनले भने मेरो स्मृतिमा सधैँ बाँचिरहून् ।

२४, जुन, २०१४, केएसए


प्रकाशित : द गोर्खाज साप्ताहिक, २८ जून, २०१४

  नेपाल पृष्ठभूमि साप्ताहिक, २८ जून, २०१४



Comments

Total Views

Please, leave a comment

Wikipedia

Search results

POEMS FROM THE HIMALAYAS

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रदर्शनीमा जिन्दगी – पञ्च विस्मृत उसको जिन्दगी आज सार्वजनिक स्थलमा प्रदर्शनको लागि टाँगिएको छ । कोही आउँछन् र दुई...

Posted by Pancha Vismrit on Friday, November 13, 2020

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

रेगिस्तानी दशैँ — पञ्च विस्मृत हिउँदको फूलजस्तो निस्तेज उमङ्ग परदेशीका आङमा बेखबर फुल्छ तर, सिङ्गो संवेदन हल्लाएर झर्छ...

Posted by Pancha Vismrit on Thursday, October 22, 2020

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

गाए गीत नगाए कविता - पञ्च विस्मृत ढुङ्गा हुँ म तिमी मलाई, प्रेमले गाल्न नखोज थानमा राख मन्दिरको, दिलमा राख्न नखोज भेल...

Posted by Pancha Vismrit on Monday, September 28, 2020

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Day 1 Today is the first day of my participation in this 8-day Russian poetry flash...

Posted by Pancha Vismrit on Wednesday, September 9, 2020

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

स्रष्टा परिचय र उपनामको रहस्य -- ४० -------------------------------------------------- कवि पञ्च विस्मृत बजारिया...

Posted by सगरमाथा साहित्य प्रतिष्ठान नेपाल on Sunday, July 26, 2020

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

कोरोनाले छोडेर गएको दिन - पञ्च विस्मृत एक दिन जब खुल्नेछ विश्व जब छोडेर जानेछ कोरोनाले – मजदुरहरुले पेटभर खाना खान...

Posted by Pancha Vismrit on Thursday, July 30, 2020

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

आशाको रङ — पञ्च विस्मृत मलाई यी उठ्दै गरेका अग्ला घरहरुको रङ खुब मन पर्छ मानौँ कि उठ्दैछन् नैराश्यताको जमिनलाई...

Posted by Pancha Vismrit on Thursday, July 16, 2020

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट म के गरुँ ? कहाँ जाऊँ ? मित्रलाई सम्झूँ कि शत्रुलाई सम्झूँ ? फूललाई सम्झूँ कि काँडालाई सम्झूँ ? सबैको...

Posted by Pancha Vismrit on Monday, April 27, 2020

Prakash Dipsali Writes

परदेशी कवि तथा लेखकहरुको प्रिय नाम हो पञ्च विस्मृत । मलेसियामा रहदा असाध्यै चर्चामा रहेका कवि पञ्च विस्मृत सुन्दर कविता...

Posted by Prakash Dipsali on Monday, April 27, 2020

नेपालबन्द । कविता । पञ्च विस्मृत

नेपालबन्द – पञ्च विस्मृत शोकमग्नझैँ लाग्छ आज यो मनको शहर कुनै सपना बुन्नु छैन न त टिप्नु नै छ जून आज मनको शहर बन्द...

Posted by Pancha Vismrit on Tuesday, March 31, 2020

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति – पञ्च विस्मृत तिम्रो रुपको वर्णन गर्ने कुनै शब्दको आविस्कार भइसकेको छैन दुनियाँमा । बस, तिम्रो...

Posted by Pancha Vismrit on Thursday, February 13, 2020

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने, साहस जुटाइदेऊ भगवान जीवनयुद्ध जित्ने एउटा, दर्शन सिकाइदेऊ भगवान असल मान्छे बन्न खाजेँ, आफ्ना पराइ...

Posted by Pancha Vismrit on Saturday, November 2, 2019

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ – पञ्च विस्मृत क्यालेण्डरका पानाहरु कुल्चँदै हुण्डरीको वेगमा एक निरपराध...

Posted by सिर्जना डबली on Wednesday, November 6, 2019

हजुरबा र समय । कविता । पञ्च विस्मृत

हजुरबा र समय — पञ्च विस्मृत सदियौँदेखि हो यो वेगीलाई समयलाई थुन्न हाम्रा हजुरबाहरुले फलामको बडेमानको पिँजडा बनाउँदै...

Posted by Pancha Vismrit on Thursday, October 4, 2018

अग्रजहरु । कविता । पञ्च विस्मृत

अग्रजहरु – पञ्च विस्मृत अलिक मास्तिर पहाडको उकालो बाटोमा गुनगुन गुनगुन गर्दै एक हुल मानिस हिँडिरहेका देखिन्छन्...

Posted by Pancha Vismrit on Thursday, May 16, 2019

याद २ । कविता । पञ्च विस्मृत

याद २ — पञ्च विस्मृत ब्यूँझिएको मात्र के हुन्छु समय नुहेको डालीमा बसेर एकाबिहानै चिर्बिर चिर्बिर गर्छे प्रिय...

Posted by Pancha Vismrit on Thursday, February 14, 2019

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर — पञ्च विस्मृत छिमेकीको हवेली देखेर मैले पनि ठडयाएँ कल्पनाको राजधानीमा बडेमानको घर । सपनाहरुको...

Posted by Pancha Vismrit on Thursday, August 16, 2018

शब्दहरु । कविता । पञ्च विस्मृत

शब्दहरु — पञ्च विस्मृत शब्दहरु यी मसिना शब्दहरु ! कुम्लो कुटुरो बोकेर बाहिरिएको मान्छे घर फर्किएजस्तै एउटा...

Posted by Pancha Vismrit on Friday, December 1, 2017

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

कहिले आउँने दिनभरि, आइपुग्ने कहिले शाम धाइरहने यो सम्झनाको, खै के होला नाम ? कुटुकुटु खाइरहन्छ, आँखाभरि...

Posted by Pancha Vismrit on Thursday, December 29, 2016

परदेशिएर । कविता । पञ्च विस्मृत

परदेशिएर मनभित्र कतै बज्छ सौन्दर्यको तीखो आवाज म सुन्छु म हेर्छु परेलाहरुमा अडिएर टिलपिल टिलपिल आँशु साँच्ची...

Posted by Pancha Vismrit on Monday, April 7, 2014

Popular posts from this blog

हजार शैली कविताका

ग्रहण छापियो दिवाकर रहेनन् !

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on

Facebook Page