एक अन्तरङ्ग संवाद झमक घिमिरेसँग
- पञ्च विस्मृत
✍By Pancha Vismrit
“तपाइँको चिट्ठी पाएकोभरमा त कसरी चिन्ने ? चिट्ठी त कति आउँछ कति !”
एक कागजको टुक्रा मेरो अगाडि सर्छ, सवाल बोकेर । म आफ्नै नोटबुकमार्फत जबाफ फर्काउन चाहन्छु । त्यसका दुई करण हुन्छन् । प्रथम, मलाई स्रष्टाहरु मात्र हैन, स्रष्टाका ‘ह्याण्डराइटिङ’ समेत प्यारो लाग्छ । दोस्रो, बोलेको कुरा उहाँ राम्ररी नै बुझ्नुहुन्छ भन्ने कुराको ज्ञान हुन्न मलाई । एकपल्ट पुलुक्क हेर्छु, तर अनुहारको भाव पढ्न असफल हुन्छु । त्यहाँ हामी सिर्फ दुई छौँ, कसको सहायता लिऊँ ! त्यतिकैमा त्यही कागज सर्छ एक अर्को सवाल बोकेर, “तपाइँ कतै पञ्च विस्मृत त हैन ?”
म पुगेको थिएँ झमक घिमिरेको घर । संवत् २०६० ।
मेरो कविता सङ्ग्रह सोही सालमा प्रकाशित भएको थियो, र झमक घिमिरेको नाममा सोको एकप्रति प्रेषित गरेको थिएँ । कृति प्राप्त भएको जानकारी उहाँले पत्रमार्फत गर्नु भएको थियो– एउटा सुझवसहित, “आँखाले नदेखेता पनि मनमा सजाइएको आकाश सुन्दर हुन्छ । तर विस्मृतजी, साहित्यले समाजसँग प्रत्यक्ष सरोकार राख्छ । त्यसैले हामीले सामाजिक विषयवस्तुहरूप्रति पनि संवेदनशील हुनुपर्छ । ... माया, प्रेम, सौन्दर्य, यौवनका शीतल अनुभूतिहरु लेख्ने तपाइँको कलमले सामाजिक कुराहरुप्रति पनि राम्रोसँग लेख्न सक्छ ।”
अत्यन्तै हृदयग्राही सुझाव थियो त्यो मेरो लागि ।
त्यसपछि हामीबीच पत्र आदानप्रदानको क्रम अघि बढेको थियो । थाहा छैन के के लेखियो, जे भएपनि निर्धक्क भावना पोख्ने काम गरियो । हामीबीच मानवीय नाताभन्दा गहिरो लेखकको नाता थियो । तर दृष्टिकोणहरुमा बाँडिन्थ्यौँ । विचारहरु नमिल्न खोज्थे, तर कहीँ न कहीँ मिलनविन्दु भेट्टाउँथ्यौँ ।
अघि बढ्छु ।
मसित केही सवालहरु हुन्छन्, यात्राको क्रममा मनमा उत्पन्न केही अनुभूतिहरु हुन्छन् । र, एक अनौपचारिक कुराकानी सुरु हुन्छ यसरी :
१, म पञ्च विस्मृत । मसित केही जिज्ञासाहरु छन्, समाधान गरिदिनुसक्नु हुन्छ ?
झमक घिमिरे : सक्ने भए म गरिदिन्छु, नजानेको त सक्दिनँ ।
२, कति समय दिनुहुन्छ ?
झमक घिमिरे : आज चाहिँ जति माग्नुहुन्छ त्यति नै दिन्छु, भोलिदेखि मेरो काम छ ।
३, यहाँसित भेट भयो, खुसी लाग्यो । “स्वयम् समयको इजलासमा जिउनुको मुद्दा खेपिरहेकी झमक बेकसूर तारिखहरु धाइरहेकी छिन् ।” यसरी तारिख धाइरहेकी झमकको जीवन र जगतप्रतिको धारणा के होला ?
झमक घिमिरे : झमकले कतै आवेग, कतै समवेदना, कतै आक्रोशका स्वरहरु ओकलेकी छे आफ्ना कृतिहरुमा । वास्तवमा झमक त्यतिमै सीमित रहन सक्दिन । झमकको व्यक्तिगत जीवन र सार्वजनिक जीवन अर्कै छ, किन ?
झमक व्यक्तिगत जीवनमा कसैकी छोरी चेली, कुनै वर्गकी सदस्य हो । सार्वजनिक जीवनमा झमक एउटी स्रष्टा हो ।
४, जीवन र जगतको अनुभूति भाषाले उतार्ने काम साहित्य हो । कुनै अनुभूतिहरुलाई व्यक्त नगरिदिँदा कतिको पीडा महसुस हुन्छ तपाइँलाई ?
झमक घिमिरे : सत्य नमिलेको आकाश नै मैले स्वीकारे के हुन्छ ?
५, विचार मन पर्यो।
साहित्यलाई अनुत्पादक क्षेत्र भनिन्छ नि ? यसको बारेमा के भन्नुहुन्छ ?
झमक घिमिरे : साहित्य आर्थिक हिसाबले चाहिँ पैसा फल्ने क्षेत्र हैन । बौद्धिक हिसाबले चाहिँ उत्पादनशील क्षेत्र हो ।
६, साहित्यकारको व्यक्तित्व कस्तो हुनु पर्छ जस्तो लाग्छ तपाइँलाई ?
झमक घिमिरे : साहित्यकारको व्यक्तित्व एकदमै सफा हुनुपर्छ । तर त्यस्तो व्यक्तित्व एकै जनामा देखेँ – श्यामप्रसाद शर्मामा छ । उहाँ बडो सरल मान्छे हुनुहुन्छ ।
७, तपाइँलाई म प्रगतिशील साहित्यकार मान्छु । प्रगतिशील र प्रगतिवादका भेदहरु भनिदिनोस् न ।
झमक घिमिरे : प्रगतिशील भनेको मार्क्सवादीलाई सघाउने मात्रै, पूर्णमा मार्क्सवादी हैन । प्रगतिवादी पूर्ण मार्क्सवादी हो ।
म मार्क्सवादी विचार पनि मन पराउँछु, गान्धीको, नेहरुको विचार पनि मन पराउँछु । यसैको आधारले जेवादी भनिदिए पनि म समानतावादी मान्छे हूँ । म कर्मवादी मान्छे हूँ ।
८, परशु प्रधान लेखन स्वयम् विद्रोह हो भन्नुहुन्छ । यसबारे के भन्नु हुन्छ ?
झमक घिमिरे : परशु प्रधानको लेखनलाई म विद्रोह हो भन्ने ठान्दिनँ । उहाँको लेखनमा यौन कुण्ठा, यौनपीडाका कुराहरु हुन्छ । त्यो प्रकृतिमा छ, तर व्यक्त गर्न सकिरहेको छैन मान्छे । त्यो व्यक्तिले व्यक्त गर्न नसकेको कुरो लेखनले भनिदिनु धर्म नै हो ।
९, यौनलाई कुन रुपमा लिनुहुन्छ ?
झमक घिमिरे : प्रकृतिको सुन्दर उपहारको रुपमा लिन्छु म त ।
१०, कविता कस्तो हुनुपर्छ ? र, कविता केका लागि लेख्नुहुन्छ ? म कविताभित्र कविता खोज्छु, सम्झाइदिनोस् न ।
झमक घिमिरे : कविता मानवजीवनवादी हुनुपर्छ । म कविता त्यसैको लागि लेख्छु । तपाइँ कविताभित्र कविता खोज्नु हुन्छ भने पहिला आफैँले आफैँलाईखोज्दा कसो होला ?
११, आजको राजनीतिक परिवेश कस्तो लाग्छ ?
झमक घिमिरे : अहिलेको राजनीतिक परिवेश हेर्दा यस्तो लाग्छ कुर्सीको लागि सङ्घर्ष ।
१२, कवि मनु मञ्जिलले एक पल्ट चिन्ता व्यक्त गर्दै भन्नु भएको थियो कि झमक सुन्दर कविताका स्रष्टा हुन् । तर धेरै फुर्क्याइएकोले कतै आफ्नो डेग छोड्ने त हैन ?
झमक घिमिरे : झमकले डेग छोड्ने कुरो नसोचे पनि हुन्छ । झमकले धेरै दु:ख सुख भोगिसकेकी छे । त्यो विचलित हुन्थी भने त्यतिबेलै हुन्थी नि !
१३, आफूलार्इ मन पर्ने कवि कवयित्रीहरुको नाम लिइदिन सक्नुहुन्छ ?
झमक घिमिरे : नामै मेटियो मेरो दिमगबाट ।
१४, के कारणले होला ?
झमक घिमिरे : किनभने मैले कहिल्यै भेदको दृष्टिकोणले हेर्न जानिनँ ।
१५, कवितामा कला पक्षको स्थान कस्तो देख्नुहुन्छ ?
झमक घिमिरे : कवितामा कला हुनु पर्छ, त्यसको स्थान पनि राम्रै छ । युवा कविहरुमा मुकुल दाइ मन पर्छ ।
उहाँको सबैभन्दा ठूलो सम्पति भनेको उहाँको खुट्टा हो । लेख्ने, दराज खोल्ने,चस्मा लगाउने आदि सबै काम खुट्टाले नै गरेको देख्दा जो कोही आश्चार्यचकित हुन्छन् । सबैभन्दा आश्चार्यको कुरा त त्यति भएर पनि उहाँमा निहीत बौद्धिकता, चेतनाको उचाइ र कवि व्यक्तित्व हो, जसका कारण हामी जस्ता केही लेख्छु भन्नेहरु उहाँप्रति श्रद्धाले भित्रैदेखि पग्लिन बाध्य हुन्छौँ ।
मान्छेहरुको सहरमा
अरे मान्छे नै बेपत्ता छ । (नौलो प्रतिविम्ब)
नौलो प्रतिविम्बमा परशु प्रधान लेख्नुहुन्छ, “झमक घिमिरे स्वयम् पीडा र पीडाका कविता हुन् ।”
तर म भन्छु आफ्ना सम्पूर्ण पीडाहरुलाई दबाएर भोलिको सुनौलो बिहान लेख्ने झमक आस्थाका कविता हुन् । कुनै वादको मशाल बोक्न नमान्ने समानतावादी झमकसितको मेरो त्यो छोटो साक्षात्कार अविष्मरणीय रह्यो ।
र, अविस्मरणीय रहनेछन् उहाँका यी शब्दहरूः
“पञ्च विस्मृत नेपाली साहित्यमा उदाउँदा प्रतिभा हुन् । धनकुटाले जन्माएका छोरा हुन् । उनीसँग मेरो पत्रबाट भेट निक्कै अगाडिदेखि नै हुँदै आएको हो । प्रत्यक्ष भेटघाट चाहिँ आजै मात्र मेरो घरमा भयो । विराटनगर र इटहरीलाई आफ्नो कर्मथलो बनाएका पञ्चले मलाई यसअगाडि पनि पत्रबाटै मायाका भावहरू दर्शाउने गर्थे । आथित्यता साटासाट गर्थे ।
हाम्रा विचारहरू आपसमा मिल्दैनन् । विस्मृत एउटा विचार बोक्छन्, म अर्को विचार बोक्छु । तर हामीमा समझदारीको विन्दु एउटै कुरामा हुने गर्छ, त्यो हो मानवता । हामी दुवैको धेरै कुरामा फरक मत भए पनि मानवताको कुरामा एउटै मत हुने गर्छ । आफूभन्दा फरक विचार र धारणाका साथीहरू पनि छन् मेरा । तर म मान्छेलाई विचार र धारणाका आधारमा मित्रवत व्यवहार गर्न छोड्दिनँ । यसैको उपज हो विस्मृत र मेरो मित्रता पनि ।”
२०६१, असार १३, आइतबार
— झमकको डायरी ‘समय-विम्ब’बाट ।
जाँदैछु कतै एउटा रेलको डब्बाभित्र कोचिएर । बस्ने सिट छैन, त्यसैले डब्बाकै अन्त्यमा एउटा कुना छ, त्यही कुनामा सकिनसकी टुसुक्क बस्छु र खोल्छु मोबाइलको प्याट्रन । देख्छु पञ्च विस्मृतद्वारा लिखित झमक घिमिरेको सानो अन्तर्वार्ता । घोत्लिँदै कतै डुबिजान्छु । अगाडिको सिटमा मान्छे मस्त निदाएको रहेछ, उसको सिट झुकेर मेरो ख्याउटे गाला तिर पुगेछ, पत्तै पाइन । ट्रेनको एक झड्काले बेस्सरी ठोकियो । आईया...भनेछु । निदाउने मान्छे बिउँझेर आफ्नो सिट कस्यो । म भने मनभरि खेलाईरहेछु दुई होनहार लेखकको प्रश्नउत्तर, र यो गहिरो मित्रताको प्रतीक मानवता !!

+ + +

Comments on this article:

जीवन खत्रीः
पढेँ, गज्जब लाग्यो, पुरानो मित्रता लोभलाग्दो। झमक घिमिरेज्यूको केही भनाई खुब मन परे।
Comments
Post a Comment