कसरी गरेँ आदिवासी उपन्यासको अनुवाद ?
— पञ्च विस्मृत
✍By Pancha Vismrit
भयवाद :
अनुवादको काम ढुङ्गा चपाउनु जतिकै गाह्रो काम हो । अथवा यसो भनौँ, अनुवाद भनेको भीरको गोरेटोमा यात्रा गर्नु जतिकै गाह्रो काम हो, न खुलेर हिँड्न सकिन्छ, न त मर्जी अनुसार ओह्रालो देख्दैमा चप्पल हातमा स्युरेर दौडिन नै पाइन्छ । यता, आफूले चाहेर पनि धेरै मीठा शब्दहरु, वाक्यहरु, टुक्काहरु, वाक्यांशहरु छुट्छन्, र छुट्टाउनु पर्ने हुन्छ अनुवादमा । तर जब अनुवाद गरिसकिन्छ, सबै उकालो बाटो काटेर शिखर टेकेजतिकै आनन्द आउँछ । आदिवासी उपन्यासको अङ्ग्रेजी अनुवाद गरिसकेपछि मैले आफूलाई यही अनुभूतिबीच पाएँ ।
नेपाली साहित्य, दर्शन र वादको दुनियाँमा भयवादले आफ्नो छुट्टै र स्वतन्त्र दुनियाँ बनाउन सफल भएको छ । यति मात्र नभएर यसले देशको सीमारेखा काटेर अन्तर्राष्ट्रिय स्तरमै पनि आफ्नो सबल उपस्थिति जनाउन सफल भइसकेको अवस्था छ । भयवाद पुस्तकको अङग्रेजी संस्करण 'Philosophy of Fearism' एक अन्तर्राष्ट्रिय प्रकाशन संस्थाबाट प्रकाशित हुनु र पछि त्यसले अमेरिकामा प्रत्येक वर्ष प्रदान गरिने एक प्रतिष्ठित पुरस्कार 'National Indie Excellence Award 2015 USA' तथा 'International Book Award Finalist 2015 USA' प्राप्त गर्न सफल हुनु यसका पछिल्ला आधारहरु हुन् । अझ यस आधारलाई बिचार्दा नेपाली साहित्य र दर्शनको दुनियाँमा भयवाद नै यस्तो दर्शन हो, जसले छिमेकी मुलुक भारतको सिमाना समेत काटेर, अन्तराष्ट्रिय चिन्तनको विषय बन्न सफल भयो ।
आदिवासी उपन्यास :
आदिवासी उपन्यास यही चर्चित दर्शनमा आधारित उपन्यास हो । त्यसैले यो एक ऐतिहासिक उपन्यास पनि हो । वि. सं. २०६४ सालमा प्रकाशित उपन्यास आदिवासीको अङ्ग्रेजी अनुवाद (वि. सं. २०७२) ले पक्कै पनि भयवादको विकासमा थप सहायता गर्नेछ भन्ने सोचका साथ मैले निक्कै मिहिनेत गरेर यसको अङ्ग्रेजीमा अनुवाद गरेको हुँ । र, सबैभन्दा खुसीको कुरा चाहिँ मेरो प्रथम अनुवाद कृति एक अन्तार्राष्ट्रिय प्रकाशक संस्थाबाट प्रकाशित भएर आएको छ : 'The Tribesman's Journey to Fearless' शीर्षकमा ।
'आदिवासी' शीर्षक सुन्ने, पढ्ने बित्तिकै धेरैलाई लाग्न सक्छ कि यो उपन्यास नेपालका आदिवासी जनजातीहरुको चर्को आवाज बोकेको उपन्यास हो : त्यो त्यस्तो आवाज, जुन अहिलेको पहिचानवादी मुद्दासँग जोडिएको होस् । अथवा अहिले आन्दोलनरत राजनीतिज्ञ या ‘एक्टिभिष्ट’हरुको बोली बोलेको होस् । त्यसो सोचियो भने त्यो सरासर गलत साबित हुन जानेछ । किनभने आदिवासी उपन्यासले जातीय मुक्तिको कुरा अवश्य गरेको छ, तर त्यो मुक्ति आन्दोलन र सत्ताबाट भन्दा पनि, आत्मसुद्धिबाट हुनु पर्छ भन्ने तर्क यसले अघि सारेको देखिन्छ । मध्यपान, फौजदारी, जुवातास आदिमा फसेका तङ्वादेनका गाउँलेहरु कसरी सुध्रिन्छन, र उनीहरुको घरमा वर्षभरिलाई खाने अन्न उब्रिन्छ । वर्तमानमा चलिरहेको आन्दोलनको उति समर्थन गरेको देखिँदैन यसले, यद्धपि पुरातात्विक वस्तुहरुको उत्खनन गरेर गराएर निस्साम आफ्नो बुवाहरुले चलाएको जनजाती आन्दोलन, आफ्नो भाषा, धर्म, संस्कृति र जातीलाई मजबुत बनाउन चाहन्छ ।
देश सुब्बाहरु सांस्कृतिक सचेततावादी हुनु पर्नेमा उत्तरआधुनिकतावादको सांस्कृतिक विशिष्टतावादी भएको र उत्तरआधुनिकतावादले सबै वादहरुको मोर्चाबन्दी हुन नदिने भन्दै मदन पुरस्कार विजेता राजन मुकारुङले आदिवासी उपन्यासको अन्त ओढारमै पुर्याएर टुङ्ग्याएकोमा असन्तुष्टि पोखेका छन् । जनजाती आन्दोलनसित जोडेर राजन मुकारुङले यस उपन्यासको अपव्याख्या गर्न खोजेका हुन् कि भन्ने भान हुन्छ मलाईचाहिँ । किनभने उपन्यासको अन्त ओढारमै भएपनि यस उपन्यासमा एक अग्रगामी चेतको अनुभव गर्न सकिन्छ । आदिवासी बस्तीहरुमा ओढारबासी सधैँ समाज सुधारकको रुपमा उभिन्छन् । यायावरहरु जङ्गल फाँडेर बस्ती बसाउँछन्, आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउछँन् । निस्साम आफूले प्राप्त गरेको ज्ञान गाउँलेहरुलाई बाड्छँन्, अझ एक राम्रो काममा लगाउन चाहन्छन् ।
"समस्या आफ्नै कारणले उत्पन्न हुन्छ र समाधान पनि आफैँभित्र हुन्छ" ('The Tribesman's Journey to Fearless' को लेखकीयबाट) भन्नुले आदिवासी जनजातीहरु, तिमीहरु पछाडि हट भनेको हैन, बरु यसले आत्म समीक्षा गर, र आफ्नो समस्याकोलागि अर्काको मुख ताक्न छोडेर आफूभित्रबाट समाधान निकाल भन्न खोजेको देखिन्छ । यसले वर्तमान आन्दोलनहरुमाथि एक प्रकारको अनास्था देखाएता पनि लेखकको मूल ‘भिजन' भनेको अग्रगमन नै हो ।
यता वरिष्ठ साहित्यकार कृष्ण धराबासीले भने “उपन्यास पढिसक्दा पनि एउटा अन्यौलचाहिँ कायमै रहन्छ – यो उपन्यासलेखनको लेखकीय उद्धेश्यचाहिँ भयवादको प्रायोगिक अभ्यास हो कि, आदिवासीको उत्खनन् ... ?” भनेर आफ्नो समीक्षात्मक टिप्पणी पेश गरेका छन् । वस्तुत: यस उपन्यासले उठाएको मूल विषय भय हो । र, वास्तवमा भय के हो र त्यसबाट कसरी मुक्ति पाउन सकिन्छ, अथवा भयलाई उल्टै प्रयोग गरेर त्यसबाट कसरी फाइदा लिन सकिन्छ भन्ने हो । यसका लक्षित वर्ग भनेका आदिवासी जनजाती नै हुन् । र, यससँगै आदिवासी उत्खनन् पनि भएको छ । यद्यपि, आदिवासीको उत्खननले यस उपन्यासमा पूर्णता पाएको छैन । तुलनात्मक रुपमा भयको मीयोमा बढी घुम्छन् मूख्य पात्र । यस तथ्यलाई बिचार्दा, ‘लेखकको लेखकीय उद्धेश्य आदिवासीको उत्खनन् कम र भयवादको प्रायोगिक अभ्यास बढी’को रुपमा लिन सकिन्छ ।
यो उपन्यास लिम्बू जातीको धर्मकर्म र इतिहासको एक अत्यन्तै असल अभिलेखन पनि हो । लिम्बू जातीको संस्कार, संस्कति र रहनसहनको यति सजीव चित्रण नढाँटी भन्नु पर्दा मैले यसअघि कहीँ पढेको थिइनँ । यसमा धेरै मिथकहरु आएका छन् जसलाई पहिल्याउँदै जाने हो भने सिङ्गो लिम्बूइतिहास खुलेर आउँछ । आदिवासी उपन्यास वास्तवमै लिम्बू इतिहासको जगमा बलियोगरि उभिएको देखिन्छ । निस्साम, लुकी, बाला र तुत्तुहरुको अस्तित्व अहिले पनि नेपालको पहाडी इलाकाहरुमा रहेको पाइन्छ । धामी, झाँक्री बिजुवाहरुको अस्तित्व अझैँ देख्न सकिन्छ । कतिपल्ट बिरामी हुँदा यिनैको सहायता म स्वयम्ले लिएको छु । मैले आफ्नै आँखाले देखेको छु, निश्चित समयकोलागि बहुलाएका मान्छे— जसरी उपन्यासका पात्र निस्साम बहुलाउँछन् । र, बहुलाउँदा काँप्छन्, उफ्रिन्छन्, चिच्याउँछन् ।
अनुवाद :
यस्तो ऐतिहसिक उपन्यासका मूल लेखक देश सुब्बाका दुई रेखा कविताको अङ्ग्रेजी अनुवाद गरिसकेपछि उहाँले यो सिङ्गो उपन्यास नै थमाउनु भएको थियो । पुस्तकाकारमा कहिल्यै अध्ययन गर्न नपाएको करिब ४७ पेजको उपन्यासको अनुवाद गर्नमा उहाँले छ महिनाको समय दिनुभएको थियो ।
वास्तवमा अनुवादको काम मेरो पेशा हैन, एउटा रुचिको विषय भने अवश्य हो । र, अनुवाद साहित्य यो ग्लोबलाइजेशनको युगमा हरेक कलमजीविहरुको समेत रुचिको विषय हुनु पर्छ भन्ने जिकिर मेरो रहँदै आएको छ । केही वर्षयता विभिन्न नेपाली कविका कविताहरु अङ्ग्रेजीमा अनुवाद गर्दै आएको छु । खुसीको कुरा त यो हो कि मैले गरेका केही अनुवाद केही पुस्तक र सँगालोहरुमा समाविष्ट समेत भइसकेका छन् । अनुवाद साहित्य नेपालमा फस्टाउँदै जानुपर्छ भन्ने मेरो बिचार रहेको छ । अनुवादसाहित्यको माध्यमबाट नै हामी आफ्ना कुरा विश्वलाई बुझाउन समर्थ हुनेछौँ । र, यस कुराको पुष्टि भयवादले पनि राम्ररी नै गरिसकेको छ ।
अनुवाद मेरो पेशा नभएकोले मैले यसैलाई मात्र समय दिइरहन सकिनँ । ब्यस्तताको बावजूद पनि यसको अनुवाद दिनको करिब एक या दुई घण्टाको दरले गर्दै गएँ, तोकिएको समयभन्दा एक महिना बढी लिएँ । धेरैपल्ट पुर्लेखन गरेँ, कहिले कम्प्युटरको ह्याङसमयमा अलमलिएर बसेँ । कहिले त लेखिसकेको कुरा केही कारणवश पत्तै नपाई उडेर गएको हुन्थ्यो । मलाई ठूलो चुनौती यस कुराको पनि थियो कि अनुवादको लागि दिइएको छ महिने समय सकेपछि, अथवा अनुवादको काम सकेपछि यदि त्यो अनुवाद राम्रो भएन भने के होला ? तर मलाई आफूले गरेको कामप्रति पूर्ण विश्वास थियो ।
अनुवाद गर्दागर्दै यसको नाम मैले 'The Indigene' राखेको थिएँ । उपन्यासको मूल लेखकले पछि ‘मैले त 'Journey to Fearless' राख्ने सोच बनाएको छु' भन्नुभयो । मलाई कुनै पनि कुराको नाम मिलेको पटक्कै मन पर्दैन । मान्छेको समेत नाम नमिलोस् भन्ने चाहन्छु म । 'Journey to Fearless' अमेरिकी गायिका टेलर स्वीफ्टको साङ्गीतिक कन्सर्टको नाम हो भन्ने कुरा पत्ता लगाइसकेको थिएँ । र केही आनाकानी गर्ने प्रयास गर्दै 'The Tribesman's Joueney to Fearless' शीर्षक सिफारिस गरेँ । यद्धपि, मूल लेखकले मैले छानेको नाम खासै मन नपरेको भन्ने कुराको ज्ञान मलाई भएको थियो । तर पछि कभर डिजाइन भने मैले छानेकै नामबाट भएछ ।
अनुवाद गर्दै जाँदा कहिलेकाहीँ आफूले आफैँलाई विश्वास गर्दिनथेँ कि म आदिवासी उपन्यासको अनुवाद गर्दैछु ! किनकि यति ठूलो भरोसा र जिम्मेवारीको अपेक्षा म कमै मात्र गर्न सक्थेँ । जेहोस्, अनुवादको काममा मैले आदिवासी उपन्यासमाथि पक्कै न्याय गरेको छु भन्ने ठानेको छु ।

३१, मे २०१५, आइतबार, जेठ १९ २०७२, दम्माम केएसए
READ THIS BOOK ON PUSTAKALAY.ORG
![]() |
The Tribesman's Journey to Fearless By Desh Subba Translated from Nepali by Pancha Vismrit Preview of this book is available HERE Read already? Please write a review HERE |
What does R.Michael Fisher (a Canadian author) think about the book ?
Comments
Post a Comment