एक अरपेको नोटबुक

— पञ्च विस्मृत
✍By Pancha Vismrit


मे २७  : हाय मेरो साहित्यिक कर्म !
पचास दिने ‘वेकेशन’मा घर फर्किएको छु । लामो समयपश्चात् सुमसुम्याएको छु केही किताब । यहाँ इन्टरनेट महँगो छ । किताब सस्तो छ । इन्टरनेटको दुनियाँभन्दा परको दुनियाँमा किताब राम्रै साथी बन्दोरहेछ ।

तर सोच्छु, म लेखन र पठनबाट निक्कै उदासीन हुँदै गइरहेको छु । त्यसो हुँदै जानु यो उमेरको करामत हो या त निराशाले निम्त्याएको एक ‘फेज’, आफ्नो भोलिको स्पष्ट पहिचान हुनु या त आफ्नो उत्पादनको बजारमा कुनै मूल्य नहुनु, या समयको अनौठो परिवर्तन ? अथवा संसरकै उत्कृष्ट सृजना जन्माउने धृष्टता गरिरहनु, र थाक्नु । किनभने त्यो कहिल्यै सम्भव छैन, र कहिल्यै सम्भव हुने छैन पनि । वस्तुत: संसार उत्कृष्टहरुको मात्र हैन । संसार ठूलाबडाहरुको मात्रै पनि हैन । सानाहरु पनि उत्तिकै अधिकारसम्पन्न हुन्छन् एउटा मुलुकभित्र । हुनसक्छ यस कुराको बुझ पचाउनु । परिवारको लागि एक पारिवारिक सदस्य लेख्नेहरुको बीच लेखक । हुनसक्छ सबैतिर लेखक हुन चाहनु ? अथवा ‘लेखन एउटा सामाजिक दायित्व हो’ भन्ने ज्ञानभित्र ‘के फाइदा’को किर्नु पर्नु । लेखन एक ‘ह्याबिट’ हो, धर्म हो, भन्ने चेतना धमिलो हुँदैजानु ।

नत्र एकाएक उपल्लो किनारामा उछिट्टिनुको अर्को के कारण हुनसक्थ्यो ?

तर यो कुरा सत्य हो कि आज म जे छु, जुन स्थानमा छु मेरो साहित्यप्रतिको मोहका कारण छु । यसले मलाई कहिल्यै पनि शब्दहरुसितको खेलबाट अलग हुन दिएन । यसले मेरो चेतनाको ढोका कहिल्यै बन्द हुन दिएन । कुनै परीक्षापत्रहरुमा घोरिनु थिएन, तर सयौँ किताबहरु पढिरहेँ । चेतनाको मार्गमा शब्दहरुको कुशल लीला मेरो मनोरञ्जनको माध्यम हुन पुग्यो । मैले शब्दहरुसित प्रेम गरिरहेँ ।

पचास दिने ‘वेकेशन’मा घर फर्किएको छु । घरदेशमा महँगी आकाशिएको छ । अहो, सबै कुराको पछाडि पैसा भन्ने चीज छ । सबैकुराको पछाडि बिजनेश चलेको छ । एउटा सन्तको प्रवचन, कुनै मिस्टिकको दर्शन, देशको धर्म र राजनीति, सडकमा चल्दै गरेको मानवभेषी वानरको नाच, सबैको पछाडि पैसा छ । यता हामीले चलाउने निशुल्क मोबाइल एप्प, हामीले डाउनलोड गर्ने निशुल्क सफ्टवेयर, हेर्ने निशुल्क भिडियोहरु कुनै निशुल्क हैनन् । तीसँगै विज्ञापनहरु आउँछन् । र, ती विज्ञापनहरुसँगै पैसाका कुरा आउँछन् ।

गाउँमा एक भाइ भन्दै थिए, “दुई गीत रेकर्ड गरियो ।” फेरि उही नै भन्दै थियो, “आजकलको जमानामा गीत बिक्दैन ।” गायकको अब रेकर्ड बेचेर हैन, ‘पर्फम’ गरेर पैसा कमाउने समय आएको छ । उनका रेकर्डहरु त सिर्फ विज्ञापन हुन् । बिचरो गीतकारले त कसरी फाइदा लेओस् । भन्दै थियो, “रेकर्ड सिर्फ रेकर्डको लागि हो । पछि सन्तानले सुन्छन्, बुबाले लेखेको भनेर ।”

कुनै कुरा महान बन्छ किनभने कसैले त्यसलाई महत्त्व दिन्छ । नत्र त त्यो सिर्फ कसिङ्गर बन्दछ । नेपाली सृजना, कलालाई महत्त्वको बनाउन पैसाको भूमिका नखोज्नु सर्जक र कलाकारहरुको लागि दुर्भाग्य हो । अझ यसो भनौँ, नेपालमा पैसाबिना पनि अस्तित्व कायम गर्न खोज्ने भनेको चाहिँ नेपाली साहित्य लेखन रहेछ ।

आज हिन्दी चलचित्र किन विश्वमै चर्चित छ ? भाषा त विश्वका सबैले बुझ्दैनन् । हिन्दी चलचित्र रिलिज हुनेबितिकै त्यसको कमाइको गणना सुरु हुन्छ— सय करोडभन्दा बढीको  । यता एउटा कुनामा हाम्रा एक कवि पैसा केही हैन भन्ने सन्देशमा कविता लेखेर बस्छ ।

अहो, जमाना बदलिसक्यो, पैसा ठूलो कुरा हैन भन्ने दर्शन बाँढेर बस्यो भने भोलिका दिनमा दु:ख पाउने निश्चित छ— भन्छ मभित्रको सोल्टी ।


जून २४ : जहाँतहीँ भाषिक अराजकता
साहित्य लेखनले भाषिक विकाश हुन्छ भन्ने चेतनाले मचाहिँ लेख्न खोज्दोरहेछु । त्यसैले ‘माइनोरिटी’मा पर्दोरहेछु । घरबाट के निक्लेको मात्र हुन्छु मलाई यही कुराको बोध हुने गर्दछ । के सरकारी, के निजी सबै क्षेत्रका आधिकारिक डकुमेन्टहरुमा, अझ विद्यालयहरुमा समेत गलत हिज्जेको प्रयोग गरेर लेखिँदोरहेछ । ती कुराहरुलाई सुधार्ने पक्षमा कोही छ ? प्रज्ञा प्रतिष्ठानले शब्दकोश प्रकाशित त गर्छ, तर त्यसको सही प्रयोग भइरहेको छ कि छैन भन्ने कुरा हेरेको छ ? अथवा कसैले गलत हिज्जे प्रयोग गरेर साइनबोर्डमा लेखेको छ भने त्यसलाई सधार भन्ने कोही छ ?

हिज्जे कसरी गलत हुन्छ ? र, कसरी हिज्जेमा समानता ल्याउने भन्ने कुरामा लेखनकर्ममा लाग्नेहरुमा समेत द्विविधा देखियो । त्यसको लागि शब्दकोश किन पल्टाउँदैनन् मान्छे ? शब्दकोश प्रयोग गर्छु भन्नेहरुले पनि गलत मोबाइल एप्पहरु डाउनलोड गरेर गलत हिज्जे सिकिरहेको पाइयो । ती गलत हिज्जे राखेर शब्दकोश प्रकाशित गर्ने मोबाइल एप्प निर्माताहरुलाई कारबाही गर्ने निकाय को हो ? गलत हिज्जे राखेर गीति एल्बम निकाल्ने, भाषा नहेराई गीत रेकर्ड गर्ने, भाषा नहेराई पुस्तक पत्रिका प्रकाशित गर्ने, र यो त गलत भयो भन्दा म यसरी नै राख्छु भनेर गैरजिम्मेवारपूर्ण बोली बोल्ने सर्जक भनाउँदाहरुलाई कसले सम्झाउने ?

यी कुराहरु धरानदेखि काठमाडौंसम्मको रात्रिबसमा यात्रा गर्दा मनमा खेलाएको हूँ, जब मैले चढेकै गाडीमा प्रतीकलाई प्रतिक लेखेको पाएँ, वर्गलाई बर्ग लेखेको पाएँ, सीतालाई सिता लेखेको पाएँ र प्रा. लि. लाई प्रा. ली. लेखेको पाएँ । बाहिरतिर हेरिपठाउँदा होटललाई रेष्टुरेन्ट र रेष्टुरेन्टलाई होटल लेखिएको पाएँ । सबैभन्दा अनौठो त अधिकांश नेपालीहरुले हिन्दी हिज्जे प्रयोग गरिरहेको पाएँ । ‘बाजेको पेडा’को ‘पे’ नेपाली र ‘ड़ा’ हिन्दी पाएँ । नेपालीमा ड़को प्रयोग भए पनि अक्षर छैन । यो त बाहिरको कुरा भयो । पञ्चलाई पंच लेखिदिएर नागरिकता र शैक्षिक प्रमाणपत्रमा भिन्नाभिन्नै हिज्जे बनाइदिने सरकारी कर्मचारीहरुले अब सरकारी कामकाजमै मलाई कति दु:ख दिने हुन् म त्यो दिन पर्खिरहेको छु ।

यो भाषिक अराजकताको जिम्मेवार निकाय अवश्य छ । तर मौन छ । ऊ स्वयम् अराजकता फैलाउनमा उद्यत छ भन्ने कुरा पनि हामीलाई थाहा छ । एक श्रमजीवीले बुद्धिजीवी पल्टेको शायद सुहाउँदैन, तर यही श्रमजीवीका छोराछोरीलाई त्यसरी गलत हिज्जे घोकाएर पछि परीक्षामा असफल गराउने पनि त्यही निकाय हो भन्ने कुराको ज्ञान पनि यही श्रमजीवीलाई छ । त्यसैले जय अराजकता !


जून २६ : आकाशे पुलको कथा
यी ठिङ्ग उभिएका रमितेहरु कोही पनि काठमाण्डूबासी हैनन शायद, म अनुमान लगाउँछु । आकाशजस्तो विशाल सपनाहरु कुनै एक गेष्ट हाउसमा बिसाएर यो आकाशे पुलमा हावा खाँदै उभिएकाहरुमध्ये कोही वास्तवमा कुनै पनि बेला देशको सिमाना काटिरहेका हुनेछन् । तर कतिन्जेल थेग्ने यो पुलले ? देशका ठाउँठाउँमा अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण भएसँगै अब यसरी आकाशे पुलमा उभिनेहरुको सङ्ख्या पनि कम हुँदे जाला भन्ने यो ‘आउटसाइडर’को अनुमान छ । आकाशे पुल— काठमाडौं नयाँ बसपार्कको ।

त्यही रमितेहरुको हुलमा मिसिएर कतै पुग्नुछ झैँ गरेर हिँड्दै थिएँ, एक पुलिस एक सानो भाइको छातीमा समाएर खै के के सम्झाउदै थियो । पुलिस थुप्रै चोटि फोन डायल गरीगरी बोल्न पनि छोडेको थिएन । हेर्दाहेर्दै किशोरमाथि लाठी बर्सायो, छातीमाथि लात्ती बजार्‍यो । भाइ भाइ भन्दै सम्झाउन पुगेँ– त्यो किशोर पुलबाट झण्डै खसेको देखेर । त्यो किशोरले मुख नफर्काएको भए पुलिस आवेशमा आउने थिएन । त्यो सानो भाइले जाँड खाएर बसेको रहेछ । र, पुलिस उसलाई त्यहाँबाट हटाउन खोज्दो रहेछ । त्यतिकैमा भनाभन भएको रहेछ । मैले हेर्दाहेर्दै पुलिसले हात छोडिहाल्यो । त्यो पुलिस भन्दै थियो, “तिमीहरु जाँड खाएर बस्ने, यहाँ चोरीलुटपात हुन्छ ... ।” आदिआदि । उनको मनसाय शायद तिमीहरु जाँड खाएर लफडा गर्छौ, यहाँबाट भागिहाल भन्ने थियो । पुलिसहरु कमै ‘डिस्कस’ गर्छन् । कमै इतिहास खोतलीबस्छन् । ती आफ्नो भनाइ सीधै जनताको टाउकोमा राख्छन्, मन परे शिरोधार्य, मन नपरे पनि शिरोधार्य । त्यहाँको घटनाबाट मैले त्यही कुरा बुझेँ ।

त्यहाँबाट बाहिरिँदा अलिक 'कन्फ्यूज्ड' भएँ– के त्यो पुलिस मेरो स्वभावको थियो या म उसको स्वभावको परेँ ?

हुन पनि आकाशे पुल बाटो काट्ने कामको लागि निर्माण गरिएको हो । तर त्यहाँ हरेक खाले मानिसहरु भेला हुँदारहेछन् । व्यापारीहरु पुलिस हिँड्ने बित्तिकै कुम्लो बोकेर उक्लिँदारहेछन् । पुलिस हुँदा छरपस्टिएकाहरु पुलिस हिँड्ने बित्तिके पुन: जम्मा हुँदारहेछन् । रमाइलो लुकामारी चल्दोरहेछ त्यहाँ पुलिस, आम मानिस र व्यापारीबीच ।

तपाइँमध्ये कोही त्यहाँ पुग्नुभएकै होला । ती ठिङ्ग उभिएका मान्छेहरुको बीचमा उभिने अथवा हिँड्ने हरेक युवतीहरु यौनकर्मीजस्ता लागे सम्झनोस् तपाइँलाई पनि कुनै युवतीले सुटुक्क आएर अथवा साँझ कुनै अँध्यारो स्थानको मौका पारेर “तेह्र सयमा जाने हो ?” भनेको हुनुपर्छ ।

००

जून २७, २०१८, मित्रपार्क, काठमाडौं




अरपे शब्दको उत्पति :
केही श्रमजीवीहरु मिलेर अरपे साहित्यको परिकल्पना गर्यौँ। प्रस्तावना नै नलेखिएता पनि यदि कुनै कुराको अस्तित्व छ त छ । त्यही कुरालाई ठम्याउने प्रयत्नमा हामीले एकदुई शब्द खर्च गर्यौँ ।

अरब भन्नाले मध्यपूर्व र अफ्रिकाका उत्तरी भागमा अवस्थित मुलुकलाई जनाउँछ भन्ने हामीलाई थाहा छ; जसरी लाहोर पाकिस्तान पर्छ भन्ने कुरा बुझेका थियौँ । गाउँघरमा पैसा कमाउन विदेश लागेकाहरुलाई अरपे भन्छन्; जसरी ब्रिटिस, इण्डियन आर्मीमा भर्ती भएर जानेहरु लाहुरे कहलिए । लाहोरलाई लाहुर बनाइयो, अरबलाई अरप बनाइयो। नेपाली जनजिब्रोमा स्थापित शब्दहरु भए यी । कालान्तरमा लाहुरे शब्द फराकिलो भएको कुरा यिनै हरफबाट बुझिसक्यौँ । भनेपछि अरपे शब्दले फराकिलो आयाम नलिने त कुरै भएन । बस, बुझ्नेहरुले सम्मानपूर्वक यसको उच्चारण गरिदिनुपर्यो  । र, अरपे साहित्य प्रवासी श्रमिक कलमजीवीहरुको आत्मसम्मानको बाटो निर्माण गर्ने औजार हो भनेर बुझिदिनुपर्यो ।










You might also like: 

Comments

Total Views

50,402

Please, leave a comment

Wikipedia

Search results

Banibuto Garna Nikleko Manis by Pancha Vismrit

गीत

गीत

कविताः हर्क साम्पाङ

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

Prakash Dipsali Writes

नेपालबन्द । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

हजुरबा र समय । कविता । पञ्च विस्मृत

अग्रजहरु । कविता । पञ्च विस्मृत

याद २ । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

शब्दहरु । कविता । पञ्च विस्मृत

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

परदेशिएर । कविता । पञ्च विस्मृत

Popular posts from this blog

तक्सङमा जन्मिएकी तक्सङ माइली

इतिहासको चाबी पानी पतिया

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on