कतार सङ्कट : नेपालीलाई गोरु जुधाइ बाच्छो मिचाइ

– पञ्च विस्मृत
✍By Pancha Vismrit




छिमेकी आँखामा कतार :
एक दिन मेरो म्यानेजरले मलाई बोलाएर भने, “कतारी पैसा नलिनू, यदि लिएको खण्डमा आफै ‘पे गर्नू’ ।” उनको ‘पे गर्नू’ भन्ने भनाइ ठट्टा थियो, तर उनले जुन कुरा इङ्गित गरिरहेका थिए त्यो भने ठट्टा  थिएन ।

म साउदी अरेबियाको दम्माम भन्ने सहरमा बस्दै आएको छु । यस मुलुकको पूर्वतिर क्रमश: कुवेत, बाहराइन, कतार र युएई (दुबाई) पर्दछन् । यसको दक्षिणतिर ओमन र यमन भन्ने मुलुकहरु रहेका छन् भने उत्तरतर्फ, जोर्डन, सिरिया र इराक पर्दछन् । पश्चिममा इजिप्ट र सुडान रहेका छन्, र ती अफ्रिका महादेशमा पर्दछन् ।

वर्तमान सन्दर्भमा साउदी अरेबियासित सबैभन्दा नराम्रो सम्बन्ध भएको मुलुक इरान हो, जुन पूर्वतिर पर्दछ । जनवरी २ (२०१६)को एकाबिहान साउदी अरेबयाले ४७ व्यक्तिलाई एकसाथ मृत्युदण्ड दिएको थियो । जसमा ४३ जना सुन्नी थिए भने जम्मा ४ जना सिया रहेका थिए । ती ४७ मध्ये एक थिए निमर अलनिमर (Nimr al-Nimr, सिया), जसले पाएको मृत्युदण्डको विरोधमा विभिन्न मुलुकमा विरोध जुलुस निकालिए । सिया मुलुक इरान चिढियो । इरानस्थित साउदी अरेबियाको दूतावासमा तोडफोर गरियो । इरान र साउदी अरेबियाबीच युद्ध हुने आशङ्का समेत गरियो ।

तर सौभाग्यवश हुनचाहिँ पाएन ।

यी दुई देशलाई पर्सियन गल्फले छुट्टाएको छ ।

इरानसित ‘कोल्ड वार’ गरिरहेको साउदी अरेबियाले यमनभित्रको आफ्नो मिशन पूरा गरिसकेकाे छैन, जुन मिशनमा कतारसितै मिलेर लडिरहेको छ । सन् २०१५ मा यसले कतारसहित मध्यपूर्वीय र अफ्रिकी मुलुकहरुलाई बोलाएर एक सङ्युक्त रुपमा त्यहाँको सरकार पुन:स्थापनाको लागि हस्तक्षेपकारी युद्ध थालेको थियो । यस्तोमा अचानक कतारसित कूटनीतिक सम्बन्ध तोडेको छ, जून ५, २०१७ बाट।

यसरी कूटनीतिक सम्बन्ध तोड्नेहरुमा क्रमश: साउदी अरेबिया लगायत युएई (दुबाई), इजिप्ट र बाहराइन रहेका छन् । अन्य धेरै मध्यपूर्वीय मुलुकहरुको नाम लिइएता पनि यी चार मुलुकको नाम मुख्य खेलाडीका रुपमा आएका छन् । कतारलार्इ अतिवादी जिहादी, हमास, इजिप्टको मुस्लिम ब्रदरहुड जस्ता आतङ्कवादी सङ्गठनहरुलाई आर्थिक सपोर्ट गरेको, तथा साउदी अरेबियासित सम्बन्ध बिग्रेको इरानसित बढी नजिक रहेको जस्ता आरोपहरु लागाइएको छ । तर कतारले ती आरोपहरुलाई अस्वीकार गरेको छ । बरु आफू वार्ता गर्न तैयार रहेको तर आत्मसमर्पण नगर्ने बताउँदै आएको छ ।

यी मध्यपूर्वीय मुलुकहरु वस्तुत: आतङ्कवादी सङ्गठनहरुको जन्मस्थल नै हुन् । मुस्लिम कट्टरतावाद नै आतङ्कवादको द्योतक बन्दै आएको छ । सन् २००१ को सेप्टेम्बर ९/११ मा अमेरिकाको वर्ल ट्रेड सेन्टरपेन्टागनमा आक्रमण गर्ने १९ मध्ये १५ साउदी नागरिक थिए । र, अन्य युएई, इजिप्ट र लेबनानका नागरिक थिए । कतिपय विश्लेषकहरुले अहिलेको सबैभन्दा डरलाग्दो र बर्बर आतङ्वादी सङ्गठन आइएस अथवा आइएसआइएलको जन्म हुनुको पछाडि साउदी अरेबियामा चलेको सालफिज्मवहाविज्म जस्ता धार्मिक बिचारधारा या राजनैतिक धार्मिक आन्दोलनलाई लिन्छन्, जुन ती सङ्गठनहरुले अवलम्बन गरेका बिचारधारासँग धेरै नजिक देखिन्छ । सामान्यत: इस्लामलाई सक्कली अर्थात् मौलिक रुपमा फर्काउने, कुरानमा जे लेखिएको छ त्यही नै मान्नु पर्छ भन्ने मान्यता यी दुई बिचारधाराको वकालत रहेको छ । मध्यपूर्वीय मुलुकहरुको स्थापना समेत धार्मिक सुद्धिकरणको सिलसिलामा भएको इतिहास हामी पढ्न पाउँछौँ ।

तर यति भएर पनि साउदी अरेबियाले आतङ्कवादको सधैँ विरोध गर्दै आएको छ । आतङ्कवाद विरुद्धको लडाइँमा लड्दै समेत आएको उदाहरण सिरियामा अमेरिकासँग मिलेर आइएसविरुद्ध लडिरहेको तथ्यबाट प्रष्ट हुन्छ । अन्तर्राष्ट्रिय चिन्ताको विषय बन्दै गएको आइएस जस्तो आतङ्कवादी सङ्गठनले साउदी अरेबियाभित्र पनि लामो समयदेखि आक्रमण गर्दै आएको छ, भने यहाँ सयौँ आइएस आक्रमणकारी मारिएका छन्, सयौँ पक्राउ परेका छन् ।

यतिखेर, २० मे २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरेबिया भ्रमणको क्रममा साउदी अरेबियालाई ११० विलियनको अतियार बेच्ने सम्झौता भएको भन्ने समाचार गलत भएको भन्न थालिएको छ । उनले वास्तविक कन्ट्रयाक्टमा सही नगरेको कुरा बाहिर आएको छ । उल्लेखनीयत: उनले आफ्नो साउदी अरेबिया भ्रमण आतङ्कवादको उन्मुलनको सुरुवात भएको कुरा गरेका छन् । आज कतारलाई एक्लो बनाइनु नै आतङ्कवादको अन्तको सुरुवात भएको कुरा बताएका छन् । र, आज कतार एक्लो बनाइनुको श्रेय समेत ट्रम्प आफूले लिन चाहन्छन् ।

गोरु जुधाइ बाच्छो मिचाइ :
सन् २०१६ को जनवरीमा मैले अशरफ फायदको बारेमा लेख्दा कवि एलबी क्षेत्रीले साउदीमै बसेर त्यसरी लेख्दा अप्ठेरो पर्दैन भनेर चिन्ता व्यक्त गर्नुभएको थियो । प्यालेस्टाइनी कवि अशरफ फायदका कविताले इस्लाममाथि प्रश्न चिन्ह खडा गरेको र नास्तिकताको सन्देश प्रवाह गरेको भनिएको थियो । त्यसैको आधारमा साउदी अरेबियाको अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

आज लाखौँ नेपालीहरु द्वन्द्वग्रस्त मुलुकहरुमा ज्यानको बाजी थापेर काम गरिरहेका छन् । उनीहरुलाई धेरै कुराको अप्ठेरो छ । तर यिनलाई सम्बन्धित मुलुकमा व्याप्त समस्यासित कुनै लेनादेना छैन । यिनलाई सम्बन्धित मुलुकको धर्म, मान्यता बिचारधारासित केही लेनादेना छैन । यस्तो हुँदाहुँदै पनि सन् २००४ को अगष्टमा इराकमा निर्दोष १२ जना नेपाली मारिएका थिए । सन् २०१६ को जूनमा अफगानिस्तानको काबुलमा १४ नेपालीले ज्यान गुमाउनु परेको थियो । मलेसियामा धेरै नेपालीहरुले गुण्डागर्दीको सिकार हुनुपरेको तथ्य जोहोरबाहरु राज्यमा नेपालीहरूमाथि भएको  स्थानीयआक्रमणबाट पुष्टि हुन्छ । इराकमा भएको विस्फोटमा मारिएका नेपालीहरु हामी जस्तै सामान्य कामदार थिए । मुस्लिम मुलुकहरुमा गैर मुस्लिमले त्यसरी अनाहकमा आतङ्कवादको सिकार बन्नु विडम्बना हो । वास्तवमा कट्टर मुस्लिम आँखाले हेर्ने हो भने हामी जस्ताको मध्यपूर्वीय मुलुकहरुमा कुनै स्थान छैन । यो कुरा वहाविज्मको अध्ययन गरेबाट प्रष्ट हुन्छ । र, यो छुट्टै बहसको विषय हो ।

अहिले, यी साँढे मुलुकहरुको जुधाइको मारमा कतारमा कार्यरत धेरै नेपाली कामदार पर्ने नै छन् भन्ने कुरा निश्चित छ । समस्या भएपछि अप्ठेरो त भोग्नै पर्छ, त्यो कुरा सबैलाई थाहा छ । अहिलेलाई समस्याचाहिँ कतिन्जेल रहने सम्भावना छ, त्यसमाथि बिचार गरौँ :

१, खाद्यान्न : सन् २०१६ को विश्वकै धनी, ग्यासका धनी मुलुक कतारले करिब ४० प्रतिशत खाद्यान्न साउदी अरेबियाबाट आयात गर्दै आएको छ । यदि साउदी अरेबियाबाट खाद्यान्न नभित्र्याउने हो भने यसले हवाइजहाज र पानीजहाजको माध्यमबाट अन्य देशबाट भित्र्याउनु पर्ने हुन्छ । र, यसरी भित्र्याइँदा मुलुकभित्र महँगी बढ्न सक्ने सम्भावना देखिन्छ । त्यसो त इरानले खाद्यान्न सप्लाइ गर्ने भनेको छ, तर के यही नै पर्याप्त होला त ?

२, आरोपको खण्डन : कतारका धनाढ्यहरुबाट र कतार सरकारबाटै पनि अतिवादी, आतङ्कवादी सङ्गठनहरूलार्इ आर्थिक सहयोग गरिँदै आएको भन्ने छिमेकी मुलुकहरुको आरोपलाई कतारी सरकारले स्वीकारेको छैन । अाफूहरु प्रगतिशील भएको कारण यी सब भएको, र आफूहरुले आत्मसमर्पण नगर्ने कतारी सरकारको भनाइ छ । तर विश्लेषकहरूकाे भनाइमा छिमेकीहरूको अारोपमा सत्यता भने छ ।

३, फ्लाइटमा प्रत्यक्ष प्रभाव : कतार एयरवेज विश्वकै ठूला एयरलाइन्सहरुमध्येमा पर्दछ । छिमेकी मुलुकहरुले कुटनीतिक सम्बन्ध तोडेपछि कतार एयरवेजका विमानलाई साउदी, इजिप्ट, बाहराइन, र अमिराती एयर स्पेश प्रयोगमा प्रतिबन्ध गरिएको छ । ग्लोबलाइजेशनको युगमा यो भन्दा ठूलो सङ्कट अरु के हुन सक्दछ ।

४, फुटबल : कतारले सन् २०२२ को फिफा फुटबल होस्ट गर्ने अधिकार प्राप्त गरेको छ । र, त्यसका लागि स्टेडियमहरु निर्माणाधिन अवस्थामा छन् । स्टेडियम निर्माणका क्रममा १२०० भन्दा बढी कामदारहरुले ज्यान समेत गुमाइसकेका छन् । त्यसरी ज्यान गुमाउनेहरुमा धेरै नेपालीहरु समेत रहेका छन् । यस विषयलार्इ लिएर कतारले चौतर्फी विरोध समेत खेप्दै आएको छ । वस्तुत: छिमेकीहरुबाट एक्लो बनाइनुले स्टेडियम निर्माणमा प्रत्यक्ष प्रभाव पर्ने निश्चित छ । जस्तो कि स्टेडियम निर्माणका लागि चाहिने आवश्यक वस्तुहरुको निर्यातमा समस्या सबैभन्दा ठूलो समस्या हो, भने यदि कालान्तरमा समेत समस्या सुल्झिन सकेन भने त झनै ठूलो समस्या देखिन्छ ।

५, जनता : भारतले नेपाललाई पछिल्लो पटक वि. सं. २०७२, असाेजमा सुरू हुनेगरि अघोषित नाकाबन्दी लगाएको थियो । तर न त भारतले र न त नेपालले नै  तिम्रो नागरिक फिर्ता लैजाै भनेर अादेश जारी गरेको सुनियो । सरकारको कुटनीतिक कुरामा बिचरा सोझासीधा जनतालाई कतै देश छोड्ने आदेश दिइन्छ भने त्यो मुध्यपूर्वमा । युएई र साउदी अरेबियाले कुटनीतिक सम्बन्ध तोडे लगत्तै कतारी जनतालार्इ १४ दिनभित्र आफ्नो  देशमा फर्किसक्नु पर्ने उर्दी जारी गरेका छन् । युएईले त अझ सामाजिक सञ्जालमा कतारमाथि सहानुभूति पोख्नेहरुलाई समेत जेल सजाय हुने घोषणा गरेको छ, जुन कदमलार्इ पछि बाहराइनले पनि पछ्याएको छ । यी आदि समस्याहरुबाट दोस्रो मुलुकमा व्यापार गरेर बसेका, अथवा सम्बन्ध गाँसेका जनताको व्यापार व्यवसायमाथि  नकरात्मक असर पर्ने देखिन्छ । अर्कातिर एउटै परिवार समेत बाँढिने सम्भावना देखिन्छ, जुन दु:खद कुरा हो ।

यी पाँच तथ्यहरुलाई हेरिसकेपछि हामी के निश्कर्षमा पुग्छौँ भने यो नाटक धेरै समय मञ्चन हुने छैन । चाँडै नै कतारी जनता र तिनको माझमा काम गरिरहेका नेपालीहरुले शान्तिको सास फेर्न पाउने छन् । किनभने माथिका समस्याहरु सानातिना समस्या हैनन् । फेरि कतार सरकार अथवा कतारी धनाढ्य जनताले आतङ्कवादी सङ्गठनहरूको साथ दिएकै हो भने त्यो सरासर गलत हुनजान्छ । त्यसमाथि आत्मसमीक्षा गरेर छिमेकीहरुसँगको आफ्नो सम्बन्ध सुधार्नु ती पहाड जत्रा समस्याहरुको सामु निकै सानो कुरा देखिन्छ ।

अन्ततोगत्वा कतारले घुँडा टेक्नै पर्ने देखिन्छ।


१० जून, २०१७, केएसए









Comments

Total Views

50,404

Please, leave a comment

Wikipedia

Search results

Banibuto Garna Nikleko Manis by Pancha Vismrit

गीत

गीत

कविताः हर्क साम्पाङ

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

Prakash Dipsali Writes

नेपालबन्द । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

हजुरबा र समय । कविता । पञ्च विस्मृत

अग्रजहरु । कविता । पञ्च विस्मृत

याद २ । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

शब्दहरु । कविता । पञ्च विस्मृत

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

परदेशिएर । कविता । पञ्च विस्मृत

Popular posts from this blog

तक्सङमा जन्मिएकी तक्सङ माइली

इतिहासको चाबी पानी पतिया

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on