प्यालेष्टाइनी कवि अशसर फायद र उनको मृत्युदण्डको सजाय-प्रसङ्ग

– पञ्च विस्मृत
✍By Pancha Vismrit



यतिखेर सामाजिक सञ्जाललगायत विभिन्न मीडियामा प्यालेटाइनी कवि अशरफ फायाद निक्कै चर्चामा छन् । तर त्यो उनको कविताको सफलताको कारण भने हैन । बरु उनले लेखेको कविताकै कारण उनलाई साउदी सरकारले मृत्युदण्डको सजाय सुनाएपछि नेपाललगायत विश्वका विभिन्न मुलुकका कवि, लेखक, कलाकारहरु उनको बचाउका लागि आवाज उठाइरहेका हुन् ।

अशरफ फायदको पक्षमा ‘इन्टरनेशनल लिटरेचर फेष्टिवल बर्लिन’ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हामी यूके र यूएस सरकारबाट यो कुराको माग गर्दछौँ कि अशरफ फायदको पक्षमा हस्तक्षेपकारी कदम चाल्दै साउदी अरेबियाको मानव अधिकारसम्बन्धी मापदण्डहरुको बारेमा कुरा उठाउन दबाब दिइयोस् ।”

त्यसैगरि एमनेस्टी इन्टरनेशनल यूकेले आफ्नो विज्ञप्तिमा भनेको छ, “हामी साउदी अधिकारीहरुसँग फायदलाई उनीमाथि लगाइएका सम्पूर्ण अभियोगहरुबाट छुटकारा दिन अनुरोध गर्दछौँ । साथै धर्मत्यागको आरोपमा कसैलाई पनि मृत्युदण्डको सजाय नदिन समेत आग्रह गर्दछौँ ।”

फायदलाई लागेको आरोपहरुमध्ये धर्मत्याग (Apostasy) पनि एक हो ।

कला र कविता सम्बन्धी विभिन्न सङ्गठनहरुमा बसेर महत्त्वपूर्ण काम गर्दै आएका प्यालेष्टाइनी मूलका कवि फायदको जन्म सन् १९८० मा साउदी अरेबियामा भएको हो, भने उनी त्यहाँ शरणार्थीको रुपमा बस्दै आएका हुन् । एकदिन  एक साथीसित वादविवाद भएको थियो । र, त्यसैको निहुँमा उनी सन् २०१३, अगष्ट ६ मा पक्राउ परेका थिए । तर त्यसको भोलिपल्ट नै उनी जमानतमा छाडिएका थिए । पछि जनवरी १, २०१४ मा पुन: पक्राउ गरेर उनलाई कठघरामा उभ्याइयो, र त्यहाँ ४ वर्षको जेल  र ८०० कोर्राको सजाय सुनाइयो । जुन सजाय हल्का भएको निर्क्योल निकालेर सो मुद्धालाई पुन: ब्यूँताइयो । यसै सिलसिलामा पुनरावेदन अदालतले उनलाई तल्लो अदालतमा पठायो । जहाँ नोभेम्बर १७, २०१५ का दिन फायदको मुद्दा हेर्न नियुक्ति पाएका नयाँ न्यायाधिसले उनलाई सीधै मृत्युदण्डको सजाय सुनाए ।

उनको पक्षमा बहस गर्ने कुनै वकिल राख्ने अनुमति दिइएन । र, सबैभन्दा आश्चार्यको कुरा त यो पनि भनिएको छ कि न्यायाधिसले उनीसँग बोल्दा पनि नबोली मृत्युदण्डजस्तो सजाय सुनाएका थिए । यस घटनाले वास्तवमै अन्तर्राष्ट्रिय कानुनको उपहास गरेको देखिन्छ । तर साउदी सरकार भने यसको बारेमा मौन छ ।

फायदको सन् २००८ मा ‘इन्स्ट्रक्शनस् वीथीन्’ र्शीषकमा कविताकृति प्रकाशित भएको थियो । जुन पुस्तकमा सङ्ग्रहित कविताहरुले धर्म (इस्लाम)माथि प्रश्न चिन्ह खडा गर्दै नास्तिकताको सन्देश प्रवाह गरेको भनिएको छ । र, त्यही नै उनको दोषको रुपमा अघि सारिएको छ । साइबर क्राइम सम्बन्धी आरोप पनि उनलाई लागेको छ । उनको फोनमा एक महिला, जो उनकै कलकार साथी थिए, सित खिचेको फोटो फेला परेपछि उनलाई साइबर क्राइम सम्बन्धी मुद्दा लागेको हो । लामो कपाल पालेको, महिलासित अवैध सम्बन्ध राखेको जस्ता आरोपहरु समेत उनलाई लागेको छ ।

वस्तुत: ईश्वर (अल्लाह) र पैगम्बरलाई तिरस्कार गरेको, कुरानलाई उपहास गरेको, बोलाएको दिन अदालतमा हाजिर नभएको, र आफ्ना कवितामार्फत नास्तिकताको सन्देश फैलाएको आदि आरोप नै मुख्य हुन् । यद्यपि, साउदीका धार्मिक प्रहरीले एक पुरुषलाई कोर्रा हानिरहेको भिडियो अनलाइनमा पोष्ट गरेको कारण बदला लिइएको हो भन्ने धेरैको शङ्का रहेको छ । कलासँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थासित आबद्ध भएर काम गरेको कारण उनलाई शङ्काको दृष्टिले हेरिएको हुन सक्ने विश्लेषकहरु बताउँछन् । अझ फायद प्यालेष्टाइनी भएको र सिरिया, लेबनान, जोर्डन, र प्यालेष्टाइनबाट आएका आप्रवासीहरुलाई शङ्काको दृष्टिले हेरिने समेत विश्लेषकहरुको भनाइ रहेको छ ।

आफ्नो तर्फबाट क्षमा याचना गर्दागर्दै पनि मृत्युदण्डको सजाय सुनाइएका, कुनै गम्भीर या जघन्य अपराध नगरेका अथवा काटमार नगरेका कवि मृत्युदण्ड जस्तो भयानक सजायको भागीदार कसरी बन्न सक्छ ? साउदी अरेबियाबाहिरको दुनियाँमा कदम राखेर सोच्दा यो कुरा अनौठो अवश्य देखिन्छ । अझ मानवताविरोधी देखिन्छ । सीधै मानवअधिकारको उल्लङ्घन गरेको ठहरिन्छ । त्यही कारण नै यस घटनालाई लिएर विश्वकै कवि, लेखक, कलाकारहरु एकजुट भएर आवाज उठाउन विवश भएका हुन् । जनवरी १४ का दिन मात्र ‘इन्टरनेशनल लिटरेचर फेष्टिवल बर्लिन’ले ‘वर्ल्डवाइड रिडिङ्’को आव्हान गरेको थियो । एउटा कविलाई कविता लेखेकै आधारमा मृत्युदण्डको सजाय सुनाइएको विरोधमा फायदकै कविताहरु वाचन गर्न आव्हान गरिएको थियो । जसमा विश्वभरका ४४ भन्दा बढी देशका कवि, लेखक कलाकारहरुले भाग लिएका थिए । यता नेपालमा पनि अक्षर समूह चितवनले कवि गोष्ठी गरेको कुरा थाहा भएको छ ।

त्यसो त विदेशमा एउटा लेखक या कविलाई सम्बन्धित देशको सरकारले सजाय सुनाउनु, जेल हाल्नु कुनै नौलो कुरा हैन । चैनामा अहिले पनि चालीसभन्दा बढी, लेखक पत्रकारहरुले जेलको सजाय भोग्दै आएको बताइन्छ । विदेशमा बसेर लेख्दा सम्बन्धित देशको नियमकानुन, धर्मसंस्कृतिलाई खण्डन हैन सम्मान गरेर लेख्नु पर्छ भन्ने सन्देश यस घटनाले दिन्छ । अझ साउदी अरेबियाको घटनाले त के सन्देश पनि दिन्छ भने त्यहाँ मृत्युदण्डको सजायको भागीदार बन्नको लागि मान्छे मारिराख्न आवश्यक छैन - धर्मको विरोध, त्यहाँको संस्कृतिको विरोधका झीनामसिना स्वरहरु नै यस कुराका लागि काफी हुन्छन् । राइफ बदावी नामक ब्लगर, साउदी अरेयिबाकै नागरिक, यतिखेर पनि इस्लाम धर्मको अनादर गरेको र त्यहाँका विशिष्ट धार्मिक व्यक्तिहरुको आलोचना गर्दै लेखेको आरोपमा जेल सजाय भोगिरहेका छन् ।

जनवरी २ (२०१६)को एकाबिहान  साउदी अरेबियामा ४७ व्यक्तिलाई एकसाथ मृत्युदण्ड दिइएको थियो । जसमा ४३ जना सुन्नी थिए भने जम्मा ४ जना सिया रहेका थिए । यसको मतलव त्यो मृत्युदण्ड सिया सुन्नी बीचको सङ्घर्षको उपज थिएन । ती मृत्युदण्ड पाएका व्यक्तिहरु सबै आतङ्कवादी सङ्गठन अलकायदाका सदस्य थिए । ती ४७ मध्ये एक थिए निमर अलनिमर (Nimr al-Nimr, सिया), जसले पाएको मृत्युदण्डको विरोधमा विभिन्न मुलुकमा विरोध जुलुस निक्लिए । सिया मुलुक इरान चिढियो । इरानस्थित साउदी अरेबियाको दूतावासमा तोडफोर गरियो । अब इरान र साउदी अरेबियाबीच युद्ध हुने आशङ्का गरियो । तर सौभाग्यवश हुन चाहिँ पाएन ।

निमर अलनिमरले पनि त मान्छे मारेका थिएनन् ।

यसको बारेमा के भनिन्छ भने निमर अलनिमर स्वयम्ले कुनै त्यस्तो अपराध नगरे पनि उनका अनुयायीहरुले उनको उक्साहटमा त्यस्ता अपराध गरेका थिए ।

निमर अलनिमर साउदी सारकारको कट्टर विरोधी थिए । उनी मान्छेलाई उत्तेजित पार्ने (Incitement) काम गर्थे । र, यता फायदलाई पनि त्यही प्रकृतिको आरोप लागेको छ । फायदको त्यस्तो कुनै एजेण्डा नभए पनि उनको लेखनले मानसिक र  वैचारिक रुपमा नकरात्मक भूमिका खेल्न सक्ने ठहर गरिएको देखिन्छ ।

'द गार्डियन’का अनुसार केही दिन पश्चात फायदको मुद्दामाथि पुनर्विचार गर्न केही न्यायाधिसहरु छलफल गर्दैछन् । आजलाई भने विश्वको आवाज साउदी सरकारको कानमा परोस्, र एउटा कविले कविता लेखेकै कारण मृत्युदण्डको सजाय भोग्नु नपरोस्, यति नै कामना गर्न सकिन्छ ।

000


१७, जनवरी २०१६, साउदी अरेबिया



Also Published on:
: ईसमता
: गोर्खाज साप्ताहिक, जवनरी २३, २०१६





सन्दर्भ सामग्रीहरूः
१, अरब न्यूज, जनवरी १, २०१५
२, Amnesty International UK
३, बीबीसी न्यूज
४, Daily News Egypt, November 24, 2015
५, NEW YORK DAILY NEWS, Tuesday, September 22, 2015
६, the Guardian, 25 November, 2015




Comments Via Facebook

Nabin Abhilashi: फायदमाथि गहिराइमा पुगेर लेख्नुभएको छ ।

LB Chhetri: पढेँ । सबै जानकारी खुलस्त भयो । हामी मात्र यति भन्न सक्छौँ कविता लेखेकै आधारमा (beheaded) मृत्यु दण्ड नदिनु पर्ने हो । देश निकाला गरे पनि हुनेथियो ।

Dharati Calpana: शस्त्रअस्त्र भन्दा कलमले थर्कमान हुँदो रैछ देश ।

Gyanendra Rai Gyanu: सबै पढेँ । यो समाचार अनुवाद गरे जस्तो भयो कि ? तपाइँ आफैँ सर्जक भकोले आफ्नो विचार राख्नु भको भए राम्रो हुन्थ्यो कि। हुन त खुलस्त बोल्न नसकनु तपाइँको पनि आफ्नै वाध्यता होला। (नकारात्मक धारणा राखेको नबुझ्नु होला)

Pancha Vismrit: ज्ञानेन्द्र जी, अाफ्नो धारणा राख्नु भएकोमा धन्यवाद । यो कुनै सृजना हैन । यो एउटा लेख हो । सत्य तथ्यलार्इ बङ्ग्याएर अथवा सुनेको भरमा लेखियो भने त्यो लेख बन्दैन । त्यसैले तथ्यलार्इ जस्ताको तस्तै राख्दै अझ सन्दर्भ सामग्री, स्रोत खुलाएर अनि मात्र त्यसमाथि अाफ्नो धारणा राखेर लेख्ने हो । यो त्यति मात्रै हो । मैले त्यही गरेको छु । किनभने म गवाह हैन । 

Jeevit Khadka Magar: खुलस्त पारिदिनुभएकोमा धन्यवाद सर ।


Comments

Total Views

Please, leave a comment

Wikipedia

Search results

POEMS FROM THE HIMALAYAS

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रदर्शनीमा जिन्दगी – पञ्च विस्मृत उसको जिन्दगी आज सार्वजनिक स्थलमा प्रदर्शनको लागि टाँगिएको छ । कोही आउँछन् र दुई...

Posted by Pancha Vismrit on Friday, November 13, 2020

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

रेगिस्तानी दशैँ — पञ्च विस्मृत हिउँदको फूलजस्तो निस्तेज उमङ्ग परदेशीका आङमा बेखबर फुल्छ तर, सिङ्गो संवेदन हल्लाएर झर्छ...

Posted by Pancha Vismrit on Thursday, October 22, 2020

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

गाए गीत नगाए कविता - पञ्च विस्मृत ढुङ्गा हुँ म तिमी मलाई, प्रेमले गाल्न नखोज थानमा राख मन्दिरको, दिलमा राख्न नखोज भेल...

Posted by Pancha Vismrit on Monday, September 28, 2020

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Day 1 Today is the first day of my participation in this 8-day Russian poetry flash...

Posted by Pancha Vismrit on Wednesday, September 9, 2020

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

स्रष्टा परिचय र उपनामको रहस्य -- ४० -------------------------------------------------- कवि पञ्च विस्मृत बजारिया...

Posted by सगरमाथा साहित्य प्रतिष्ठान नेपाल on Sunday, July 26, 2020

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

कोरोनाले छोडेर गएको दिन - पञ्च विस्मृत एक दिन जब खुल्नेछ विश्व जब छोडेर जानेछ कोरोनाले – मजदुरहरुले पेटभर खाना खान...

Posted by Pancha Vismrit on Thursday, July 30, 2020

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

आशाको रङ — पञ्च विस्मृत मलाई यी उठ्दै गरेका अग्ला घरहरुको रङ खुब मन पर्छ मानौँ कि उठ्दैछन् नैराश्यताको जमिनलाई...

Posted by Pancha Vismrit on Thursday, July 16, 2020

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट म के गरुँ ? कहाँ जाऊँ ? मित्रलाई सम्झूँ कि शत्रुलाई सम्झूँ ? फूललाई सम्झूँ कि काँडालाई सम्झूँ ? सबैको...

Posted by Pancha Vismrit on Monday, April 27, 2020

Prakash Dipsali Writes

परदेशी कवि तथा लेखकहरुको प्रिय नाम हो पञ्च विस्मृत । मलेसियामा रहदा असाध्यै चर्चामा रहेका कवि पञ्च विस्मृत सुन्दर कविता...

Posted by Prakash Dipsali on Monday, April 27, 2020

नेपालबन्द । कविता । पञ्च विस्मृत

नेपालबन्द – पञ्च विस्मृत शोकमग्नझैँ लाग्छ आज यो मनको शहर कुनै सपना बुन्नु छैन न त टिप्नु नै छ जून आज मनको शहर बन्द...

Posted by Pancha Vismrit on Tuesday, March 31, 2020

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति – पञ्च विस्मृत तिम्रो रुपको वर्णन गर्ने कुनै शब्दको आविस्कार भइसकेको छैन दुनियाँमा । बस, तिम्रो...

Posted by Pancha Vismrit on Thursday, February 13, 2020

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने, साहस जुटाइदेऊ भगवान जीवनयुद्ध जित्ने एउटा, दर्शन सिकाइदेऊ भगवान असल मान्छे बन्न खाजेँ, आफ्ना पराइ...

Posted by Pancha Vismrit on Saturday, November 2, 2019

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ – पञ्च विस्मृत क्यालेण्डरका पानाहरु कुल्चँदै हुण्डरीको वेगमा एक निरपराध...

Posted by सिर्जना डबली on Wednesday, November 6, 2019

हजुरबा र समय । कविता । पञ्च विस्मृत

हजुरबा र समय — पञ्च विस्मृत सदियौँदेखि हो यो वेगीलाई समयलाई थुन्न हाम्रा हजुरबाहरुले फलामको बडेमानको पिँजडा बनाउँदै...

Posted by Pancha Vismrit on Thursday, October 4, 2018

अग्रजहरु । कविता । पञ्च विस्मृत

अग्रजहरु – पञ्च विस्मृत अलिक मास्तिर पहाडको उकालो बाटोमा गुनगुन गुनगुन गर्दै एक हुल मानिस हिँडिरहेका देखिन्छन्...

Posted by Pancha Vismrit on Thursday, May 16, 2019

याद २ । कविता । पञ्च विस्मृत

याद २ — पञ्च विस्मृत ब्यूँझिएको मात्र के हुन्छु समय नुहेको डालीमा बसेर एकाबिहानै चिर्बिर चिर्बिर गर्छे प्रिय...

Posted by Pancha Vismrit on Thursday, February 14, 2019

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर — पञ्च विस्मृत छिमेकीको हवेली देखेर मैले पनि ठडयाएँ कल्पनाको राजधानीमा बडेमानको घर । सपनाहरुको...

Posted by Pancha Vismrit on Thursday, August 16, 2018

शब्दहरु । कविता । पञ्च विस्मृत

शब्दहरु — पञ्च विस्मृत शब्दहरु यी मसिना शब्दहरु ! कुम्लो कुटुरो बोकेर बाहिरिएको मान्छे घर फर्किएजस्तै एउटा...

Posted by Pancha Vismrit on Friday, December 1, 2017

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

कहिले आउँने दिनभरि, आइपुग्ने कहिले शाम धाइरहने यो सम्झनाको, खै के होला नाम ? कुटुकुटु खाइरहन्छ, आँखाभरि...

Posted by Pancha Vismrit on Thursday, December 29, 2016

परदेशिएर । कविता । पञ्च विस्मृत

परदेशिएर मनभित्र कतै बज्छ सौन्दर्यको तीखो आवाज म सुन्छु म हेर्छु परेलाहरुमा अडिएर टिलपिल टिलपिल आँशु साँच्ची...

Posted by Pancha Vismrit on Monday, April 7, 2014

Popular posts from this blog

हजार शैली कविताका

ग्रहण छापियो दिवाकर रहेनन् !

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on

Facebook Page