अरपे साहित्यको कसीमा ‘यो मेसिनको सहर हो’

🖋 पञ्च विस्मृत



स्ति असार २२ गते धरानमा कलरव धरानले एउटा भव्य कार्यक्रमको आयोजना गरेको थियो । नाम दिएको थियो ‘धरान साहित्य उत्सव’ । यो ‘मेसिनको सहर हो’ कविता सङ्ग्रह त्यही कार्यक्रममा हात लागेको थियो । कवि पराजित पोमुले सप्रेम उपहार दिनुभएको थियो मलाई । 

धरान साहित्य उत्सवको पाँचौँ चरणको कार्यक्रम ‘समकालीन कविता विमर्श’को थियो । सहजकर्ता थिए कवि पराजित पोमु । सवालका जबाफ दिएर बसेका थिए डा. तुलसी गौतम । सो कार्यक्रममा कविताका थुप्रै कुराहरु उठे । यता हलबाहिर कवि मनि राई गोठालेका कवितामाथिका गहन विचार सुनेपश्चात् तुलसी गौतमलाई सुन्न बसेको मैले केही कुरा खट्केको महसुस गरेँ । तुलसी गौतमले तेस्रो आयाम, उत्तरवर्ती सोच, सृजनशील अराजकतादेखि कुकुर कवितासम्मको नाम लिए । कुकुर कविताको नाम लिँदा मान्छे गललल हाँसेता पनि त्यो थियो त आन्दोलनको नाम । 

आज विदेशिएकाहरुले त्यस्ता कुनै चर्चायोग्य आन्दोलन गर्न सकेका रहेनछन् । मलाई यो मेसिनको सहर हो पढेर दुई शब्द लेख्ने जाँगर चलिहाल्यो ।

अरपे साहित्य’ एक आन्दोलनको नाम हुनसक्थ्यो । 

मलेसियामा नेपाली साहित्य’ पुस्तकमा लेखक देवेन्द्र सुर्केलीले अरपे साहित्यलाई मलेसियामा प्रतिपादित नयाँ विधाहरुमध्ये एक भनेर उल्लेख गरेका छन् । शायद प्रथम पल्ट अरपे साहित्य शब्दले पुस्तकमा प्रवेश पाएको थियो । तर के त्यो एक विधा थियो त ? परदेशी साहित्य, प्रवासी साहित्य, डायस्पोरिक/डायस्पोरा साहित्य भनिएजस्तै अरपे साहित्य एक हो । अरपे साहित्यको चर्चा गर्ने शायद आजको मितिमा कथाकार जीवन देवान गाउँले एक्ला सर्जक हुन् । गुगल सर्चमा पनि उनी मात्र आउँछन् । विदेशमा हुँदा अरपे साहित्यको नाम लिने सर्जकहरु स्वदेश फर्केपश्चात् चुपचाप छन् । यस तथ्यले सर्जकहरुमा सङ्गठनात्मक कलाको अभाव दर्शाउँदछ, या त तिनमा उत्साहको अवसान ।  

अरब शब्दबाट अपभ्रंश भएको शब्द नै अरपे हो । यो गाउँले लबज हो । आज पनि गाउँघरमा विदेशिएकाहरुलाई अरपे नै भन्ने चलन छ । अरपे शब्दले युरोप अमेरिकामा बसेर लेखिएका साहित्यलाई समेट्दैन । यसले निश्चित अवधीसम्म काम गरेर परिवारकहाँ फर्कने सर्जकहरुलाई मात्र समेट्दछ । त्यसकारण मलेसिया र मध्यपूर्व (खाडी) मा कार्यरत सर्जकहरु अरपे हुन् । आजको दिनमा साउथ कोरियामा कार्यरत सर्जकहरुलाई पनि समेट्न सकिने आधारहरु छन् । त्यसो भन्दा त्यहाँ कार्यरत सर्जकहरुले हीनताबोध महसुस गर्लान् भन्ने पिर पनि छ । उहाँहरुलाई सुदूर गाउँघर (विशेषगरि पूर्वी) मा आफ्नो आधारभूत पहिचान के हो खोजी गर्न सुझाव दिन्छु ।   

र, अरपे साहित्यलाई कुनै नयाँ विधा भन्दा पनि एक आन्दोलनको रुपमा लिन सकिन्छ । विदेशिएका युवाले आफूले लेखेका भोगेका कुरा विदेशकै पृष्ठभूमिमा उभिएर लेख्न जरुरी छ– सधैँभरि नभएपनि केही हदसम्म, कमसेकम एक दुई पटक । प्रथम र दोस्रो विश्वयुद्ध लडेका हाम्रा पुर्खाका लाहुरे कथाकहानीहरु कसले पढ्न पाएको छ ? काङमाङ नरेश राईकृत पानी पतियाजस्तो कृतिले समेट्न सकेको छैन ती कुरा । आज विदेशिएका युवाका दर्दनाक कथाहरु पनि नामेट भएर जानेछन् एकदिन यदि यसमाथि समयमै विचार गरिएन भने ।

अहिलेको वैदेशिक रोजगार दासप्रथाको आधुनिक रुप हो भनेर कतै सुन्नुभएको छ भने त्यो सत्य हो । विदेशिएका अधिकांश दाजुभाइ दिदीबहिनीहरु बहुराष्ट्रिय कम्पनीहरुमा एक दासको रुपमा कार्यरत छन् । आधुनिक दास यस अर्थमा कि यिनलाई बोल्ने, संघसंस्था खोल्ने, आफ्नो कामसम्बन्धी असन्तुष्टि पोख्ने कुनै अधिकार छैन । काम गर तलब थाप, नत्र फर्केर जाऊ, नत्र सजाय भोग । एक जनावरको भन्दा पनि तल्लो स्तरको व्यवहार विदेशिएका नेपालीहरुमाथि गरिन्छ । उनीहरु आफ्नो भविष्य र परिवारका अनुहार सम्झेर चुपचाप काम गर्न विवश छन् ।

त्यसकारण विदेशिएका युवाहरुसँग अनेक अलिखित कथाहरु छन्, अनुभूतिहरु हुन्छन् । 

विदेशिएकाहरुले विदेशकै पृष्ठभूमिमा रहेर कलम चलाए त्यो अरपे साहित्य हुन्छ । र, अरपे साहित्य आन्दोलन बन्दछ । अरपे साहित्य हीनताबोधको लागि हैन, आत्मसम्मानको लागि लेखिनुपर्छ । विदेशिएका अस्सी लाख नेपाली दाजुभाइ दिदीबहिनीहरुद्वारा सिर्जित रचनाहरुलाई पनि आजको समालोचनाले समेट्न आवश्यक छ ।


यो मेसिनको सहर हो

कवि पराजित पोमुद्वारा सम्पादित कविताकृति यो मेसिनको सहर हो एक मात्र यस्तो कृति हो जसमा नेपाली र कोरियन भाषा गरी दुई भाषामा ३५ कविका कविता पढ्न सकिन्छ । आजसम्म कहीँ पनि यस्ता कृति आएका छैनन् । यो एक पृथक कार्य हो । जहाँ गए पनि त्यहाँका स्थानीय सर्जकहरुसँग सहकार्य गर्नु ठूलो कुरा हो । त्यसो गर्न नसके पनि आफ्ना कुरा उनीहरुकै भाषामा सम्झाउन खोज्नु महत्त्वपूर्ण कर्म हो । यो मेसिनको सहर हो पढ्नमा रहरलाग्दो छ । प्रकाशकीयमा भनिएअनुसार यस कृतिमा समेटिएका कविहरुमध्ये अनिल किरातीबाहेक सबै कवि दक्षिण कोरियामा कार्यरत थिए र छन् । यस कृतिको अझ रोचक पक्ष भनेको चाहिँ यसमा एक कोरियाली लेखकले नेपालीले जसरी नै र बडो रोचक ढङ्गले समीक्षात्मक भूमिका लेखेका छन् । 

यो मेसिनको सहर हो सँगालोका कविताहरु अरपे साहित्यका प्रतिनिधि कविता हुन् भन्ने तर्क म यहाँ सार्दछु ।

अरपे साहित्य लेखनको पहिलो सर्त हो इमानदारी । इमानदार नभई लेखकले विदेशको वास्तविकता प्रस्तुत गर्न सक्दैन । कवि निर्गराज राई आफ्नो बारेमा आफ्ना मालिकलाई सम्बोधन गरेर लेख्छन् :


“उहिले मेरी आमाले कालो हाँडीमा भुटेको मकै

र, अहिले हजुरको मेसिनले भुटेको मेरो मगज

उस्तै छ साजाङनीम (मालिक)

भन्नू–

कुन लयमा गाउँ अब खै

जीवनको एउटा वसन्त गीत ?

कुन रङ्गले रङ्गिउँ खै रङ्ग हराएको 

रङ्गहीन म एउटा मानिस ?

म त अनेकौँ

रहर र चाहनाहरुको विरुद्घ

अभावको बतासहरुले 

बक्तिँदै बत्तिँदै

बाध्यताको छालहरुले

छचल्किँदै छलल्किँदै

हजुरसम्म आएको मान्छे

म त 

गोधुली क्षितिजको डिलमा

टुत्रुक्क बसेको एक युगल

ईश्वरलाई छोडी हिँडेको मान्छे

म त साजाङ्नीम ... ।”

– निर्गराज राई, महायन्त्रको विलाप, पृष्ठ ८८ ।


विदेशमा सबै भन्दा ठूलो समस्या भनेको मानसिक यातना हो । उक्त कवितामा कविले त्यहाँ काम गर्दाको आफ्नो ‘मगज’को अवस्था आमाले कालो हाँडीमा कमै भुटेकोसँग दाँजेका छन् । मानसिक यातनाको अर्को उदाहरण :


“तिम्रो अनुहारमा खुसी खोज्न

हरदिन हररात आफू घोटिनु


घोट्दाघोट्दा ज्यान थाकेर 

कम्मरमा हात राखेर एकैछिन उभिनु

ठ्याक्कै त्यही बेला तिमी आउनु र देख्नु ...।”

– राजकुमार राई, असफल प्रयास, पृष्ठ १०० ।


हरेक कामदार आफ्नो मालिक आफ्नो कामबाट खुसी भएको देख्न चाहन्छन् । त्यसको लागि एउटा कामदार हदै पार गर्न तैयार हुन्छ । शायद यही नै असल कामदारको पहिचान पनि हो । तर पनि ऊ :


“अस्तित्व छैन मेरो यहाँ मुना !

तिम्रो यो ‘मदन’को

आधुनिक यो भोटमा

स्वाभिमान छैन

अभिमान छैन

र छैन कुनै अस्तित्व ... ।”

– सञ्जय काउछा, मदनको गन्थन, पृष्ठ ११४ ।


तर पनि ऊ सधैँ सधैँ आफ्नो आत्मसम्मान हराएको महसुस गरिरहन्छ । ऊ आफूलाई आधुनिक दासको रुपमा महसुस गरिरहन्छ । विदेशमा कामको ‘रिस्पेक्ट’ हुन्छ भन्नु एक ‘मिथ’ मात्र हो । त्यसो त कामदारको अवस्था त्यहाँको सुपरभाइजर र म्यानेजरको हातमा पनि निर्भर गर्दछ । तर मेसिनको सहरमा कसको मुटु हुन्छ ? 


“यो मेसिनको सहर हो साथी,

यहाँ ममता छर्केर हाँस्दैनन् बेली, चमेली र मखमलीहरु

गाउँदैनन् चराहरुले शान्तिको गीत 

यहाँ त मेसिनको कर्कश आवाजसँगै 

ब्यूँझन्छन् मानिसहरु  ... ।”

– सरोज सर्वहारा, मेसिन, पृष्ठ १३५


विदेशमा लेखिएका कविता स्वदेशीलाई छुने (रिलेटेबल) नहुँन पनि सक्छ । यो एक जोखिम हो एक कविका लागि, लेखकका लागि । नेपाली साहित्यमा प्रतिसमालोचनाको चर्चा चलिरहेको अवस्थामा मेरा आफ्ना कविता पनि पाठकहरुले नबुझेको पाएको छु । युद्धग्रस्त मुलुकको छिमेकमा बसेर आतङ्कवादको विरुद्घमा लेख्दा नछोएको पाएको छु । मृत्युको खेल नजिकबाट हेर्न त कि इजराइलमा बसेको हुनुपर्छ, कि त जनयुद्ध भोगेको हुनुपर्छ । मेसिनको कर्कश आवाजसँगै ब्यूँझनेहरुको अनुभूतिले नछुन पनि सक्छ स्वदेसीलाई । एउटा साँघुरो कोठामा तीन तलाको ट्रेन्चबाट सुरु गरेको अरपे जीवन स्वदेसीले कहाँ भोगेको हुन्छ ?


“एउटा साँघुरो कोठा

तीन तला बेड भएका दुई ट्रेन्च

ढोकानिरको ट्रेन्चको भुइँतलामा म

सिरानीको दाहिनेतिर प्लग्ड गरिएको मोबाइल चार्जर

त्यसैको फेदमा थुप्रिएको मोबाइल फोन

अनि नजिकै गुज्मुजिएको इयरफोन


देब्रेपट्टि बेपर्वाह छरिएका केही थान किताब

जसमा खोजेर भेट्न चाहन्थेँ

जिन्दगीको सुखद गन्तव्य भेट्ने छुमन्तर जादु

तर ती किताबका कहानीभन्दा गह्रुङ्गो सत्यताले किचिएर

म 

किताबका भाषा नै नबुझ्ने भैसकेछु ... ।”

– दिलिप बान्ताबा, म, पृष्ठ १६९


अरु अरपे साहित्य पढ्न आतुर छु । अरु धेरै अरपे साहित्य लेखियोस् । किनभने प्रवासीका हर पीडाहरुमा देशको अर्थशास्त्र दुःखेको हुन्छ । 


०००


अगष्ट ७, २०२४, धरान























--- प्रतिक्रिया ---

अरपे साहित्य बारे पहिलो पटक सुने | अरपे शब्दसँग परिचित थिइन | परिचित भएँ साथै हर्षित पनि | एक नयाँ शब्द र अरपे साहित्यसँग परिचय प्राप्त भएकोमा | आइडिया थाहा थियो किनकि विश्वको कुनै पनि देशमा पुगेका नेपालीहरूले कविताको माध्यमबाट आफ्नो पीडा लेखेका छन् र लेख्छन नै | एक पटक अस्ट्रेलियाको पर्थमा एकजनाले आफ्नो कविता सुनाउनु भयो - 'हे आमा म यहाँ दुख पाई रहेछु |' कवितामा उनले भौतिक दुखको कुरा गरेका थिए | मलाई चित्त बुझेन | मैले मेरो पालो आउँदा भने - अघि भरखर कार्यक्रम सुरु हुनु अघि तपाईं भन्दै हुनुहुन्थ्यो - नेपालमा मैले महिनाको ६/७ लाख कमाउँथें | पर्थमा तपाईंले घर पनि किन्नु भएको छ | पीआर/नागरिकता लिनु भएको छ | यहाँ दुख छ भने आफ्नै देशको नागरिकता त्यागेर अस्ट्रेलियाको नागरिकता किन लिनु भयो ? किन फर्किनु हुन्न आफै देश? तपाईंले कवितालाई बदनाम गर्नु भयो |

पञ्च विस्मृतको लेख पढेर लाग्छ मैले ठीक भनेको रहेछु | “अरपे शब्दले युरोप अमेरिकामा बसेर लेखिएका साहित्यलाई समेट्दैन । यसले निश्चित अवधिसम्म काम गरेर परिवारकहाँ फर्कने सर्जकहरूलाई मात्र समेट्दछ ।“

“अहिलेको वैदेशिक रोजगार दासप्रथाको आधुनिक रूप हो भनेर कतै सुन्नुभएको छ भने त्यो सत्य हो”
अरपे साहित्यको मात्र नभएर कुनै पनि साहित्यको शर्तहो इमान्दारी खास गरेर कविता साहित्यको | पर्थका ती महोदयको कवितामा इमान्दारी थिएन | तसर्थ मैले खुल्ला चुनौती दिएको थिएँ | “लेखनको पहिलो शर्त हो इमानदारी । इमानदार नभई लेखकले विदेशको वास्तविकता प्रस्तुत गर्न सक्दैन ।“ सत्य हो | पञ्च विस्मृतको भनाईसँग पूर्ण सहमत छु |

कवि निर्गराज राईको कविताले निकै छोयो | मलाई लाग्छ यो नै हो खाडी प्रदेशमा दास जीवन बिताई रहेका प्रत्येक इमानदार कामदारको दैनिकी र पीडा |

“उहिले मेरी आमाले कालो हाँडीमा भुटेको मकै
र, अहिले हजुरको मेसिनले भुटेको मेरो मगज
उस्तै छ साजाङनीम (मालिक)
भन्नू–
कुन लयमा गाउँ अब खै
जीवनको एउटा वसन्त गीत ?

म पनि धेरै भन्दा धेरै अरपे साहित्य पढ्न इच्छुक छु । म पनि पढ्न चाहन्छु प्रवासीका पीडामा देशको अर्थशास्त्र बोली रहेको कथा ।

     – एलबी क्षेत्री, कवि तथा कथाकार

-------

Comments

Total Views

Please, leave a comment

Wikipedia

Search results

POEMS FROM THE HIMALAYAS

Banibuto Garna Nikleko Manis by Pancha Vismrit

गीत

गीत

कविताः हर्क साम्पाङ

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रदर्शनीमा जिन्दगी – पञ्च विस्मृत उसको जिन्दगी आज सार्वजनिक स्थलमा प्रदर्शनको लागि टाँगिएको छ । कोही आउँछन् र दुई...

Posted by Pancha Vismrit on Friday, November 13, 2020

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

रेगिस्तानी दशैँ — पञ्च विस्मृत हिउँदको फूलजस्तो निस्तेज उमङ्ग परदेशीका आङमा बेखबर फुल्छ तर, सिङ्गो संवेदन हल्लाएर झर्छ...

Posted by Pancha Vismrit on Thursday, October 22, 2020

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

गाए गीत नगाए कविता - पञ्च विस्मृत ढुङ्गा हुँ म तिमी मलाई, प्रेमले गाल्न नखोज थानमा राख मन्दिरको, दिलमा राख्न नखोज भेल...

Posted by Pancha Vismrit on Monday, September 28, 2020

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Day 1 Today is the first day of my participation in this 8-day Russian poetry flash...

Posted by Pancha Vismrit on Wednesday, September 9, 2020

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

स्रष्टा परिचय र उपनामको रहस्य -- ४० -------------------------------------------------- कवि पञ्च विस्मृत बजारिया...

Posted by सगरमाथा साहित्य प्रतिष्ठान नेपाल on Sunday, July 26, 2020

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

कोरोनाले छोडेर गएको दिन - पञ्च विस्मृत एक दिन जब खुल्नेछ विश्व जब छोडेर जानेछ कोरोनाले – मजदुरहरुले पेटभर खाना खान...

Posted by Pancha Vismrit on Thursday, July 30, 2020

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

आशाको रङ — पञ्च विस्मृत मलाई यी उठ्दै गरेका अग्ला घरहरुको रङ खुब मन पर्छ मानौँ कि उठ्दैछन् नैराश्यताको जमिनलाई...

Posted by Pancha Vismrit on Thursday, July 16, 2020

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट म के गरुँ ? कहाँ जाऊँ ? मित्रलाई सम्झूँ कि शत्रुलाई सम्झूँ ? फूललाई सम्झूँ कि काँडालाई सम्झूँ ? सबैको...

Posted by Pancha Vismrit on Monday, April 27, 2020

Prakash Dipsali Writes

परदेशी कवि तथा लेखकहरुको प्रिय नाम हो पञ्च विस्मृत । मलेसियामा रहदा असाध्यै चर्चामा रहेका कवि पञ्च विस्मृत सुन्दर कविता...

Posted by Prakash Dipsali on Monday, April 27, 2020

नेपालबन्द । कविता । पञ्च विस्मृत

नेपालबन्द – पञ्च विस्मृत शोकमग्नझैँ लाग्छ आज यो मनको शहर कुनै सपना बुन्नु छैन न त टिप्नु नै छ जून आज मनको शहर बन्द...

Posted by Pancha Vismrit on Tuesday, March 31, 2020

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति – पञ्च विस्मृत तिम्रो रुपको वर्णन गर्ने कुनै शब्दको आविस्कार भइसकेको छैन दुनियाँमा । बस, तिम्रो...

Posted by Pancha Vismrit on Thursday, February 13, 2020

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने, साहस जुटाइदेऊ भगवान जीवनयुद्ध जित्ने एउटा, दर्शन सिकाइदेऊ भगवान असल मान्छे बन्न खाजेँ, आफ्ना पराइ...

Posted by Pancha Vismrit on Saturday, November 2, 2019

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ – पञ्च विस्मृत क्यालेण्डरका पानाहरु कुल्चँदै हुण्डरीको वेगमा एक निरपराध...

Posted by सिर्जना डबली on Wednesday, November 6, 2019

हजुरबा र समय । कविता । पञ्च विस्मृत

हजुरबा र समय — पञ्च विस्मृत सदियौँदेखि हो यो वेगीलाई समयलाई थुन्न हाम्रा हजुरबाहरुले फलामको बडेमानको पिँजडा बनाउँदै...

Posted by Pancha Vismrit on Thursday, October 4, 2018

अग्रजहरु । कविता । पञ्च विस्मृत

अग्रजहरु – पञ्च विस्मृत अलिक मास्तिर पहाडको उकालो बाटोमा गुनगुन गुनगुन गर्दै एक हुल मानिस हिँडिरहेका देखिन्छन्...

Posted by Pancha Vismrit on Thursday, May 16, 2019

याद २ । कविता । पञ्च विस्मृत

याद २ — पञ्च विस्मृत ब्यूँझिएको मात्र के हुन्छु समय नुहेको डालीमा बसेर एकाबिहानै चिर्बिर चिर्बिर गर्छे प्रिय...

Posted by Pancha Vismrit on Thursday, February 14, 2019

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर — पञ्च विस्मृत छिमेकीको हवेली देखेर मैले पनि ठडयाएँ कल्पनाको राजधानीमा बडेमानको घर । सपनाहरुको...

Posted by Pancha Vismrit on Thursday, August 16, 2018

शब्दहरु । कविता । पञ्च विस्मृत

शब्दहरु — पञ्च विस्मृत शब्दहरु यी मसिना शब्दहरु ! कुम्लो कुटुरो बोकेर बाहिरिएको मान्छे घर फर्किएजस्तै एउटा...

Posted by Pancha Vismrit on Friday, December 1, 2017

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

कहिले आउँने दिनभरि, आइपुग्ने कहिले शाम धाइरहने यो सम्झनाको, खै के होला नाम ? कुटुकुटु खाइरहन्छ, आँखाभरि...

Posted by Pancha Vismrit on Thursday, December 29, 2016

परदेशिएर । कविता । पञ्च विस्मृत

परदेशिएर मनभित्र कतै बज्छ सौन्दर्यको तीखो आवाज म सुन्छु म हेर्छु परेलाहरुमा अडिएर टिलपिल टिलपिल आँशु साँच्ची...

Posted by Pancha Vismrit on Monday, April 7, 2014

Popular posts from this blog

ग्रहण छापियो दिवाकर रहेनन् !

एक दूर विगतः कवि कृष्णभूषण बलसँगको

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on