इतिहासको चाबी पानी पतिया

🖋 पञ्च विस्मृत



युद्ध साहित्यका सर्जक काङमाङ नरेश राई लाहुरे हुन् । अर्थात् गोर्खा सैनिक हुन् । विश्व भाषामा भन्ने हो भने उनी गुर्खा सैनिक हुन् । यी विशेषणहरु नेपाली पहिचान हुन्; भने पानी पतिया इतिहास हो । र, कसरी यी विशेषणहरु नेपाली इतिहासको ढोका खोल्ने विश्वसनीय चाबी हुन् भन्ने कुरा ‘पानी पतिया’ पढेबाट प्रष्ट हुन्छ । 

आम मान्छेका लागि लाहुरे आर्थिक हिसाबले सम्पन्न मानिसको पहिचान मात्र हुँदैआएको छ । लाहुरेहरुले भोगेको विभेद, अन्याय र पानी पतियाको बारेमा आम मानिसलाई चासो कहाँ छ ?  जसरी विदेशिएका अस्सी लाख दाजुभाइ दिदी बहिनीहरुको साहित्य कसले पढेको छ ? आधुनिक दासमा रुपान्तरित तिनको जीवनवृत्ति जान्ने जाँगर कसलाई छ ? तर त्यसको लागि पुग्दो लेख्नु चाहिँ पर्छ । 

काङमाङ नरेश राईले लेखे । प्राज्ञिक क्षेत्रले विदेशिएका युवा र लाहुरेहरुलाई हेय दृष्टिले हेर्ने गरेको पाइन्छ । त्यसकारण आत्मसम्मानको लागि पनि विद्रोह गर्न आवश्यक छ, लेख्न आवश्यक छ । पानी पतियाजस्ता कृतिहरुको जन्म दिन आवश्यक छ । 

मोफसलमा बसेर बालेनको गुनगान गाउनु भन्दा त आफ्नै नगरपालिकामा के भइरहेको छ भन्ने बारे चासो राख्नु राम्रो होला नि ! 

आफ्नो क्षेत्रको बारेमा आफूले लेखेन भने बाहिरका मान्छे आएर लेखिदिन्छन् । लाहुरे अर्थात् गोर्खा सैनिकहरुको बारेमा त्यही हुँदै आएको थियो । गोर्खाहरुलाई विदेशीले गुर्खा भन्नु पर्छ भन्ने सिकाए । जसरी नेपालको सान सगरमाथा अर्थात् चोमोलुङ्मालाई विदेशीले माउन्ट एभरेष्ट भनी सिकाए । नेपालीहरु यति कमजोर कि विश्वको सर्वोच्च शिखर सगरमाथा विदेशीले नै पत्ता लगाइदिए । र, एक ब्रिटिशरको नामबाट माउन्ट एभरेष्ट नाम रहनगयो । चोमोलुङमा शब्द पनि लिम्बू भाषाजस्तो सुनिन्छ, तर यसलाई पनि तिब्बतको स्थानीय भाषा भनेर उल्लेख गरिएको पाइन्छ ।  

यो पङ्क्तिकारले प्रथम पल्ट मलेसियामा गुर्खाहरुको बारेमा लेखिएको अङ्ग्रेजी किताब पढेको थियो– ‘हु वन द मलायन इमर्जेन्सी’ ? नेपालीका बारेमा विदेशीले लेखेको पुस्तक । सो पुस्तक मलेसियामा लागु भएको सङ्कटकालमा लेफ्टिनेन्टको रुपमा काम गरेका, अझ भनौँ गुर्खा सैनिकहरुसँगै काम गरेका ब्रिटिशरले लेखेका थिए । विदेशमा तीन कुराले नेपालीलाई चिनिने गरेको छ । एउटा सगरमाथाले, दोस्रो बुद्धको जन्मभूमि भनेर र तेस्रो गुर्खाहरुको गौरवमय इतिहासले । मलेसियामा पनि त्यही भएको थियो । आफूलाई गुर्खाको सन्तानको रुपमा हेरिन थालेपछि उक्त पुस्तक पढ्ने प्रेरणा मिलेको थियो ।

सो पुस्तकको चर्चा गर्नुको अर्को कारण भनेको चाहिँ सो पुस्तकमा सन् १९४८ देखि १९६० सम्म चलेको मलेसियाको सङ्कटकालको समय गुर्खाहरुले त्यहाँ कम्युनिस्ट विद्रोहीहरुसँग गुरिल्ला युद्घ लडेका थिए; त्यसमा पनि १९५९ सम्म युद्धमा सक्रिय थिए भन्ने कुरा उल्लेख गरिएको छ । सोही तथ्यको बारेमा पानी पतियामा भने “सन् १९४८–१९५६ सम्म गोर्खा सेनाले मलेसियनहरुसँग लडेका थिए । सन् १९६३–६७ सम्म मलायामा भइरहेको कम्युनिस्ट विद्रोहीहरुविरुद्ध गोर्खा सैनिक तैनाथ गरिएको थियो ।” भनेर उल्लेख गरिएको छ ।

देवेन्द्र सुर्केलीद्वारा लिखित ‘मलेसियामा नेपाली साहित्य’ पुस्तकमा “सन १८७५ मा बेलायती साम्राज्यको अधिनमा मलेसियामा पेराक राज्यमा स्थानीय फौजविरुद्धको लडाइँमा गोर्खा फौजले पहिलो पटक मलेसिया भूमि टेकेको हो ।” भनी उल्लेख गरिएको छ ।  

यी तथ्यहरुले मलेसियामा मात्र पनि गोर्खा सैनिकहरुको गौरवमय इतिहास लामो रहेको र आजसम्म जीवित रहेको भन्ने बुझिन्छ । जीवित यसअर्थमा पनि कि त्यहाँ आज गुर्खा सैनिकहरुको सन्तानहरुको एक समुदाय नै बसेको छ । त्यहाँको नागरिकता लिएर मलेसियन नागरिक भएर बसेका नेपालीहरुको सङ्ख्या करिब २००० रहेको कुरा ‘मलेसियामा नेपाली साहित्य’ पुस्तकमा उल्लेख गरिएको छ । 

करिब ४० देशमा युद्ध लडिसकेका गुर्खा सैनिकहरुको बारेमा विस्तृत रुपमा लेखेर १९१ पेजको पानी पतियामा अँटाउन सम्भव पनि देखिँदैन । 

पानी पतिया गोर्खा सैनिकहरुको आन्तरिक कथा हो । तर यसले कसरी नेपालको सिङ्गो इतिहासलाई छोएको छ भन्ने कुरा ‘पतिया’ शब्दबाट मात्र पनि थाहा हुन्छ । पतियाको अर्थ आफ्नो जातबाट पतीत भएका व्यक्तिले आफ्नो जातमा मिल्नको लागि गरिने सुद्धि हो । जात व्यवस्थामा आधारित नेपाली समाजमा गैर हिन्दू गोर्खा सैनिकहरुलाई कसरी हिन्दू संस्कृतिको अभ्यास गराइयो, हिन्दू धर्म लादियो भन्ने कुरा पानी पतियामा राम्ररी केलाइएको छ । यसका अलावा गोर्खा सैनिकहरुभित्र श्रम शोषणका कुराहरु, विभेदहरु यस पुस्तकले बलियो रुपमा आफ्नो विषय बनाएको छ । 

‘हामी वीर छौँ  

तर बुद्धु छौँ

हामी बुद्धु छौँ

र त हामी वीर छौँ

हामी बुद्धु नभइकन वीर कहिल्यै हुन सकेनौँ ।’  

– हामी (भूपि शेरचन)

प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा गोर्खा शैनिकको रुपमा नेपालीहरु विश्वभरि फैलिए । वीरताको गाथा लेखे । विदेशीले नेपालीहरुको प्रशंसामा अनेक उचाल्ने स्लोगनहरु बनाए । अनेक कुरा लेखिदिए । अत्यन्तै प्रतिष्ठित भिक्टोरिया क्रस पुरस्कार दिइए । ‘हु वन द मलायन इमर्जेन्सी’मा “गुर्खाहरू साहसी, इमानदार र आत्मविश्वासी हुन्छन् । ती कमै झूट बोल्छन् र चोर्छन् । युद्धमा पनि कमै हार्छन् ।” भनी लेखिएको छ । 

अर्काको देशका खातिर ज्यान दाउमा राखेर लड्नु, र ज्यान गुमाउनु सायद बुद्धु हुनुको परिणाम नै हो । पानी पतियामा लढ्ने र ज्यान गुमाउनेहरुको कथा पढ्दा कहाली लाग्छ । 

गोर्खा भर्तीदेखि पानी पतिया, गोर्खा सैनिकमाथि गरिएको असमान व्यवहार र तिनले नेपाली समाज र राजनीतिमा गरेको योगदानहरुको बारेमा चर्चा पानी पतियामा गरिएको छ । यस पुस्तकको सबै भन्दा रोचक कुरा भनेको चाहिँ गोर्खाहरुको कोणबाट नेपालको इतिहास बुझाइनु हो । पुस्तकलाई निबन्धात्मक इतिहास भनिएपनि लेखकले पुस्तकमा आफ्ना निजात्मक अनुभूतिहरु कमै लिपिबद्घ गर्ने काम गरेका छन् । यद्यपि पुस्तक पढ्दै जाँदा कहिँ रोकिन मन लाग्दैन । सुरुमा विषयलाई चसक्क छोएर केही पर्तिर त्यसको विस्तृत रुपमा चर्चा गर्नाले पुस्तक रोचक बनेको छ ।   

समग्रमा पानी पतिया पढ्नै पर्ने पुस्तक हो । सङ्ग्रह गर्नैपर्ने पुस्तक हो । 



जुलाइ १३, २०२४, धरान


प्रकाशित : sahityapost.com



लेखक काङमाङ नरेश राईसँग, धरान २०८१


फेसबुक प्रतिक्रिया

---

अर्काको देशका खातिर ज्यान दाउमा राखेर लड्नु, र ज्यान गुमाउनु सायद बुद्धु हुनुको परिणाम नै हो । पानी पतियामा लढ्ने र ज्यान गुमाउनेहरुको कथा पढ्दा कहाली लाग्छ ।
प्रमोद सारङ्ग, कवि ।



पढेँ गज्जब लाग्यो सर ।
सिन्धु पाैडेल, कवि । 



यस ब्लगका सबै रचनाहरू - All Posts



Comments

Total Views

50,402

Please, leave a comment

Wikipedia

Search results

Banibuto Garna Nikleko Manis by Pancha Vismrit

गीत

गीत

कविताः हर्क साम्पाङ

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

Prakash Dipsali Writes

नेपालबन्द । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

हजुरबा र समय । कविता । पञ्च विस्मृत

अग्रजहरु । कविता । पञ्च विस्मृत

याद २ । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

शब्दहरु । कविता । पञ्च विस्मृत

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

परदेशिएर । कविता । पञ्च विस्मृत

Popular posts from this blog

तक्सङमा जन्मिएकी तक्सङ माइली

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on