कोरोना डायरी १७ : फेसबुकलाइभ नेपाली कविताको पछिल्लो आयाम
– पञ्च विस्मृत
✍ Pancha Vismrit
कोरोना डायरी १७
८ अप्रिल, बुधवार, २०२०
दम्माम, साउदी अरेबिया
चौबीसै घण्टा कर्फ्यू सुरु भएको छ । सडक प्रायः सुनसान छ । अनिश्चित भविष्यको सङ्घारभित्र थुनिएका छन् लाखौँ विदेशी कामदार । सङ्क्रमितहरुको सङ्ख्या गनिरहेका छन् विभिन्न वेवसाइटहरु । उङिरहेछ सृजनशीलता । थकित छ मन । तर आशाको उज्यालो कतै त उदाएको छ । चैनाको वुहानमा मङ्गलवार कुनै बिरामीको मृत्यु भएन रे । यमनी विद्रोहीसँग पाँच वर्षदेखि युद्ध चलिआएकोमा साउदी अरेबियाले बिहीवारबाट “सिज फायर”को घोषणा गरेको छ रे । यी शुभ सङ्केत नै हुन् ।
कर्फ्यू भनिएता पनि यहाँको सरकार ‘प्राक्टिकल’ छ । आफ्नो वरपरको किराना पसलसम्म जान रोकतोक छैन । वस्तुतः यहाँ दुई कर्फ्यू चलिरहेका छन् । एउटा चौबीसै घण्टा, अर्को चाहिँ दिउँसोको ३ बजेदेखि बिहानको ६ बजेसम्म । पछिल्लो कर्फ्यू मूख्य कर्फ्यू हो, जुन समयसीमामा बाहिर निक्ले कडा कारबाहीको व्यवस्था छ ।
कति गन्नु कोरोना सङ्क्रमितहरुको सङ्ख्या ? एक महिना र झण्डै एक हप्ता भइसकेछ । यसबीच सङ्क्रमितहरुको सङ्ख्या २९३२ पुगेको छ, जुन सानोतिनो सङ्ख्या होइन । ४१ को मृत्यु भइसकेको छ, भने ६३१ ले स्वास्थ्यलाभ गरेका छन् । अझ यहाँको स्वास्थ्यमन्त्री भन्छन् "यो सङ्ख्या बढेर दश हजारदेखि दुई लाखसम्म पुग्नसक्छ । हामी सबै उत्तरदायी छौ भन्ने नारा यहाँका जनताले कार्यान्वयन गर्न नसकेको कारण यो दुर्दशा भोग्नु परेको हो ।"
००
आजको दिन व्यर्थै बित्यो । केही नै गरिएन । कुनै समय कविता नलेखे समय व्यर्थै बितेझैँ लाग्थ्यो, आज केही नै नलेखेर त्यही अनुभूति भयो । “प्रडक्टिभ” हुनु, सृजनात्मक हुनु सर्जकको धर्म हुनसक्छ शायद ।
आज मलाई लेखनको बारेमा एउटा कुराको गहिरो अनुभूति भयो । त्यो के भने, मान्छे लेखनमा निजात्मक अभिव्यक्तिलाई कमै प्रमोट गर्दारहेछन् । मान्छे अर्थात् लेख्नेहरु, सम्पादन गर्नेहरु, छाप्नेहरु । यीनलाई सरकारको प्रतिपक्षी आवाज हुनै पर्छ सिर्जनामा । कुनै व्यक्तिको, कुनै संस्थाको, अथवा सरकारप्रतिको विरोधको आवाज हुनै पर्छ यिनलाई । तर म यो हुनैपर्छ मान्दिनँ । बरु अबका सिर्जनामा दर्शनलाई विशेष ठाउँ दिनुपर्छ, समसामयिक धाराबाट अबको साहित्यले दर्शनमा छलाङ मार्नुपर्छ, म यसो सोच्न थालेको छु ।
जमाना फेरि एक पटक दर्शनको आएको छ । पृथ्वीमा मान्छे धेरै भयौँ, र हामी मान्छेबाटै प्रताडित छौँ । यस्तो अवस्थामा सद्गुरु, बिके शिवानी, गौर गोपाल दास आदिका अध्यात्मिक, दार्शनिक कुराहरु मान्छेको मनलाई शितलता दिन सक्षम छन् । यी अध्यात्मिक गुरुहरु विश्वमा चर्चित छन् । लाखौँले हेर्ने टेड टक्स आदिका भाषणहरुमा पनि दर्शनै दर्शन छन्, जहाँ व्यक्तिगत जीवनसँग जोडेर वक्ताले कसरी दार्शनिक निचोड निकाल्छ ? त्यो थिममा लेखे नेपालका सम्पादक कति हेर्न रुचाउँछन् ? यसबाट हामीले सिक्न जरुरी छ । यी कुराबाट सिकेर हाम्रो लेखकीय भाषा बदल्न जरुरी देखिन्छ ।
फ्री लिने र फ्री दिने यो जमानामा फ्रीमा दर्शन बाँढ्न सजिलो छ । ती फ्रीमा बाँढिएका दर्शन मानवका लागि हितकर पनि साबित भएका छन् । फ्री लिने र फ्री दिने भन्नुको मतलब “फ्री एप्प विथ एड्भर्टाइजमेन्ट, फ्री सफ्टवेयर विथ एड्भर्टाइजमेन्ट, यूट्यूब भिडियोज विथ एड्भर्टाइजमेन्ट” । त्यसो त विज्ञापन सँगै आउने भएकोले बजारका ती फ्री भनिएका वस्तुहरु वास्तवमा फ्री चाहिँ हैनन् । तर उपभोक्तालाई आफूले विज्ञापनको पैसा तिरिरहेको जस्तो लाग्दैन नि ! त्यसैले ती फ्री नै भए । तर त्यस्ता फ्री चीजहरुको उपभोग गर्न लाखौँ मान्छे किन तड्पिन्छन् ? किनभने मान्छे तिनबाट केही न केही लिईरहेका हुन्छन् ।
हाम्रा रचना फ्री भए, र तिनबाट पाठकले लिने कुरा पनि केही भएन । विरोधी वा प्रतिपक्षी स्वरहरुबाट मान्छेले के लिन सक्छन् ?
त्यसो भए समाज परिवर्तन र राजनीतिमा सचेतकको भूमिका कसले निभाउने ? यो प्रश्नको सवाल खोज्नअघि नेपाली साहित्यको हविगतमाथि एकपल्ट आँखा गाढेर सोच्नुहोस् –– तपाइँको सृजनात्मक सचेतकको भूमिकामाथि कसैले चासो त दिएको छ ? तपाइँको लगानी समेत कतै घरको कुनामा ढुसी परेर बसेको त छैन ?
००
कवि सञ्जीव राई लागातर पाँच दिनदेखि फेसबुक लाइभमा आइरहेका छन् । उनले नेपालभित्रका, नेपालबाहिरका र नारी स्रष्टाका कविताहरु हरेक दिन वाचन गर्दैआएका छन् । नेपालमा चलिरहेको लकडाउनको सदुपयोग हो यो । र, नेपाली स्रष्टाहरुप्रतिको सद्भाव पनि हो यो ।
आज उनले मेरो कविता पनि वाचन गरेका छन्, “समुद्र दुई” शीर्षकको । आफ्ना कविता अन्य सर्जकबाट रिकर्ड गराउने मेरो इच्छा पूरा हुँदै गइरहेको छ । आजसम्म मेरा रचना आरजे कवि रामगोपाल आशुतोष, कवि रमेश सायन, कवि विवेक दुलाल क्षेत्री र साहित्यकार वज्रकुमार थुलुङ राईबाट वाचित भइसकेका छन् । अब यिनमा कवि सन्जीव राई नाम पनि थपिएको छ ।
नेपाली साहित्यले आफ्नो माध्यम समयसँगै परिवर्तन गर्दै अथवा आफूलाई अपडेट गर्दै लगेको देखिन्छ । पुस्तक, मूलप्रवाहका पत्रिका, हवाइपत्रिका, वेवसाइट, भिजुअल र अडियोको रुपमा यूट्यूब, र सामाजिक सञ्जाल त्यसमा पनि फेसबुक नेपाली साहित्यले अपनाएका माध्यमहरु हुन् । फेसबुक लाइभ पछिल्लो आयाम हो ।
अनुवाद साहित्य पनि एउटा आयाम हो । यसमा काम गर्ने मेरो इच्छा बिस्तारै सेलाउँदै गएको त छैन भनेर कहिलेकाहीँ आफूलाई चिमोट्ने गर्छु । आदिवासीको अनुवाद प्रकाशित भयो, तर कविताको अनुवाद प्रकाशित हुन सकेको छैन । शीर्षक “भ्वाइस अफ द हिमालयन पोयटस्” राखेको छु । अलिकति सद्भाव, विश्वास र हौसलाको खाँचो महसुस गरेको छु ।
अँ, लक्ष्मी उप्रेती दिदीका कविताहरु थन्किएका छन् । मेरो लामो बिदामा तिनको अनुवाद गर्ने सोच जीवित त छ, हात अघि बढेको छैन ।
०००
You might also like recently recited poems:
#Coronavirus #Covid-19 Diary
✍ Pancha Vismrit
कोरोना डायरी १७
८ अप्रिल, बुधवार, २०२०
दम्माम, साउदी अरेबिया
(कवि सन्जीव राईको लाइभ वाचन)

२, हङकङबाट वज्रकुमार थुलुङ राई
फेसबुक लाइभमा पञ्च विस्मृतको कविता वाचन गर्दै : नेपालबन्द
१, विवेक दुलाल क्षेत्री फेसबुक लाइभमा
पञ्च विस्मृतको गीत वाचन गर्दै : फर्किँदैछु स्वदेश पिरतीको घाम बोकी
#Coronavirus #Covid-19 Diary
Comments
Post a Comment