पञ्च विस्मृतका पाँच कविता
- पञ्च विस्मृत
एक,
नीलोको खोजमा
सुँक्क सुँक्क गरिरहन्छ
छाँद हालेर मलाई मेरो छायाँ ।
जीवन नै थुतेर भागेझैँ गरेर
घामको एक लम्बे निठूर रश्मिले
व्याँसी झर्दै, लेक चढ्दै
छक्याउदै
नौडाँडा काट्दैछ ।
यति लामा-लामा टाँग फारेर कि
वल्लोदेखि पल्लो डाँडा
कदम राख्नु मामुली कुरा हो ।
पछ्याएर समाउने सामर्थ्य छैन मेरो
यसो भनेर म न आफैँलाई
एक लुटेराको हातमा राजिनामा गरिदिन सक्छु
जीवनको उत्तरार्धले मक्किए जस्तो शरीर
दौडाइरहन्छु, दौडाइरहन्छु ...
मेरो छायाँको मन राख्न ।
आत्तिनु आत्तिन्छ तर ऊ
र यस्तरी हेरिदिन्छ ट्वाल्ल
कि किंकर्तव्यविमूढ उभिएको हुँ
या कहिल्यै नदेखेको होस् यसअघि मलाई
मेरो आफ्नै छायाँले ।
भन्दाभन्दै देखिन्छ डुब्न लागेको
सुस्तरी आफ्नै तालमा
अस्ताचलमा रश्मि ।
यता निभ्छ मेरो छायाँको मुहार
जोगाएर आफ्ना दुई हत्केलाले आफूलाई
म भने हेर्छु पीडा चपाउदै
आफ्नो मनको दूर प्रदेशमा :
मेरी निठूरी मायालु
मलाई पिठिउँ फर्काएर
आफ्नो व्यक्तिगत, नीजी
नीलोको खोजमा हिँडिरहेकी, हिँडिरहेकी ...
अविराम— कहिल्यै नर्फकन ।
रचनाकालः १७, पुस २०६६ , १ जनवरी २०१०, इटहरी ४ सुनसरी
वाचितः वाणी प्रकाशन विराटनगरको २२२ औं पाक्षिक कविगोष्ठीमा (माघ २२ २०६६, ५ फेब्रुअरी २०१०)
Also Published ON: www.freenepal.com.np (FNN) 2 July, 2010
: www.shrijana.com 7 January, 2012
-----------------------------------------------
दुई,
बिहानी हराएको सूचना
हरेक हरेक दिन
चियाको गिलासमा माया फिटेर
बिहानी
मलाई खुवाउथी ।
उज्यालो भएको हैन
मंजन र ब्रश हातमा थमाएर
वाथरूमतिर अघि पठाउथी
किताबका चाङ देखाएर
‘भोलि’ सम्झाउथी ।
अर्धनिन्द्रित आङ तन्काएर
म निस्तब्ध पहाड
केही खुम्चिन्थेँ र माया पिउथेँ
तन्किन्थेँ र किताबका चाङ्ममाथि घोरिन्थेँ ।
त्यही मलजलले त ठू......लो हुनु थियो ।
आज बिहानी हराएकी छे कतै
शून्यतै शून्यताको व्याप्ती
राजनीतिक ब्वाँसाहरूले पो निले कि मेरी मायालु
रत्नपार्कमा प्रहरी र आन्दोलनकारीका
लाठी मुङ्ग्री र ढुङ्गा लागेर मरी कि
या निरङ्कुशहरूको पोल्टामा परि !
या सङ्घिय गोली लाग्यो
तराइतिर या पहाडतिर हिँड्दा हिँड्दै
वा चट्टानहरूले चिरिइन् र मिल्काइन्
वा बौद्धिक स्वाँठहरूले चपाएर निले ?
जेहोस् , यहाँ पूर्वक्षितिज ब्यूँझेको छैन अझैँ
सगरमाथाको शीर टल्केको छैन ।
जेहोस् जेसुक्कै होस्
म भने
यो रित्तिएको काखमा माया मागिरहेछु
बिर्सिएर पुनः प्राप्त गरेको
मीठो प्रीति मागिरहेछु ।
म मेरी हराएकी बिहानी खोजिरहेछु
म मेरी हराएकी बिहानी खिजिरहेछु ।
Published on: www.samakalinsahitya.com
-------------------------------------------------
तीन,
समयको चौरास्तामा
१,
हेरिरहेछु अनवरत
समयको चौरास्तामा उभिएर :
जन्मिरहेका मान्छे
हुर्किबढिरहेका मान्छे
बुढ्याउलीले अँठयाउदै लगेका
मृत्युले लुछ्दै लगेका मान्छेहरू
त्यसरी नै
म न जन्मिनै सकेँ नौलो आयाम
न हुर्कि बढ्नै सकेँ उल्लेख्य
न त बुढ्याउलीले छुन सक्यो
मलाई देखी
न मृत्युले नै र्याल काढ्न सक्यो
त्यसरी नै तर
ठिङ्ग उभिएर सगरमाथा
हेरिरहेछु अनवरत अनवरत
यसरी नै ... ।
२,
हेरिरहेछु अनवरत
समयको चौरास्तामा उभिएर :
दिल खोलेर रमाइरहेका मान्छे
पीडा खसाएर रोइरहेका मान्छेहरू
त्यसरी नै
म न उत्ताउलिएर रमाउन सकेँ
न त स्वयम्लाई भूलेर हाँस्न सकेँ
न नानाभाँति सम्झीसम्झी
रून नै सकेँ ।
त्यसरी नै तर लम्पसार परेर
एउटा तिरस्कृत विराट् मरूभूमि
धर्ती अवयव
हेरिरहेछु अनवरत अनवरत
यसरी नै ... ।
मलाक्का मलेसिया वैशाख २०६५, मे २००८
Published on www.samakalinsahitya.com 2011
www.sanjaal.com
---------------------------------------------
चार,
काठमाडौंमा
उफ्रिरहेछ कर्सर
यो विराट् शहरको विराट् स्क्रिनमा
जहाँ अक्षर उपस्थित हुनुछ
अक्षर सजिनुछ
कट हुनुछ
कपि र पेस्ट हुनुछ ।
केही फ्रेजहरू
म्यानपावर कम्पनीको कोलमतिर
लामबद्ध छन्
कट्टीबद्ध छन् ती
सपनाको एक सुदूर बस्ती कल्पेर
लक्ष्यको उच्च धरहराको छायाँ तापेर
प्रवेशाज्ञाको महत्वकाङ्क्षाले तातिएर
हम्किँदै
मानवतस्कर घरहरूको आँगनभरि
आफ्नो पैसाले आफैँलाई बेच्न ।
केही शब्दहरू पाइला चाल्दैछन्
एक उल्लसित पाइला चाल्दैछन्
एक साँघुरो कोलमतिर
मायावी आवाजमा- सोल्टी ! है हैण्डसम !!
आउनू न एकछिन्
जिन्दगी सल्काऊँ
मुखभरि तानेर जिन्दगीको धूवाँ
हामी सँगै उडाऊँ, सिर्फ साठी त हो नि
एक खिलीको
सिर्फ सात सय त हो नि
एक बोतलको
सँगै तानौँ, सँगै उडाऊँ जिन्दगीलाई
हामी यो काठमाडौंको आकाशमा ।
कुनै अक्षरहरू ताक्दैछन् एक उत्तेजक कोलम
आफ्ना व्यथित हातहरूले
फूटपाथमा बसेर गन्दै सिक्काहरू
महलको रोहबरमा बसेर
मागिरहेछन् कोही एक छाकको जीवन
बिसाएर कथैकथाको भारी सडक किनारमा ।
उफ्रिरहेछ कर्सर
बस् उफ्रिरहेछ कर्सर... ।
८ जुलाइ, २०१०, बिहीबार, २४ असार, २०६७,काठमाडौं, मित्रपार्क, नयाँबसपार्क, स्टारहोटल
Published on: www.shrijana.com, October 8, 2011
--------------------------------------------
पाँच,
Living in the Restless World
My consciousness
Tends to sink below the dark horizon
Calling out the tranquil nights and stars
I just wish I were asleep
My steps so afraid of tomorrow
My steps so afraid of cliff edges on the journey
My steps so afraid of unknown, incomprehensible paths,
Want to halt warily
Hardly pretending to move up to the day after tomorrow
My fatigued eyes are forgetting their blinks
My hands are forgetting their motions
I am going far beyond optimism
I am awake reluctantly,
However, here I am in the restless world
To be awake
To be sober, to be alerted
That anything can happen any moments
Any moments I can be crushed under one’s selfishness
One’s dictatorship
Also to avoid the poisonous trees that could grow
On the bare desert, on the road and pollute my way
While escaping to get rid of ups and downs of life
And also to stop the wind that could blow against me
Against the humanism I have faith in
And finding beloved ones all smiles
Walk a long journey
Reach the summit of the Mt. Everest
Of the ultimate destination,
An ultimate success
However, I am here to compete
Compete, compete and compete
With the world, against the destiny
Why doesn’t somebody tell me?
That the world I live in
Has its own motion, own goal I might get it
Why doesn’t someone just remind me that:
It will never stop its steps when could hardly take a step ahead
It will never stop growing as I prefer to be dreamless
It will never be quiet as I forget the words of interactions
Will never remain the same as I kill all of my ambitions.
8, August 2012, Dammam, KSA
एक,
नीलोको खोजमा
सुँक्क सुँक्क गरिरहन्छ
छाँद हालेर मलाई मेरो छायाँ ।
जीवन नै थुतेर भागेझैँ गरेर
घामको एक लम्बे निठूर रश्मिले
व्याँसी झर्दै, लेक चढ्दै
छक्याउदै
नौडाँडा काट्दैछ ।
यति लामा-लामा टाँग फारेर कि
वल्लोदेखि पल्लो डाँडा
कदम राख्नु मामुली कुरा हो ।
पछ्याएर समाउने सामर्थ्य छैन मेरो
यसो भनेर म न आफैँलाई
एक लुटेराको हातमा राजिनामा गरिदिन सक्छु
जीवनको उत्तरार्धले मक्किए जस्तो शरीर
दौडाइरहन्छु, दौडाइरहन्छु ...
मेरो छायाँको मन राख्न ।
आत्तिनु आत्तिन्छ तर ऊ
र यस्तरी हेरिदिन्छ ट्वाल्ल
कि किंकर्तव्यविमूढ उभिएको हुँ
या कहिल्यै नदेखेको होस् यसअघि मलाई
मेरो आफ्नै छायाँले ।
भन्दाभन्दै देखिन्छ डुब्न लागेको
सुस्तरी आफ्नै तालमा
अस्ताचलमा रश्मि ।
यता निभ्छ मेरो छायाँको मुहार
जोगाएर आफ्ना दुई हत्केलाले आफूलाई
म भने हेर्छु पीडा चपाउदै
आफ्नो मनको दूर प्रदेशमा :
मेरी निठूरी मायालु
मलाई पिठिउँ फर्काएर
आफ्नो व्यक्तिगत, नीजी
नीलोको खोजमा हिँडिरहेकी, हिँडिरहेकी ...
अविराम— कहिल्यै नर्फकन ।
रचनाकालः १७, पुस २०६६ , १ जनवरी २०१०, इटहरी ४ सुनसरी
वाचितः वाणी प्रकाशन विराटनगरको २२२ औं पाक्षिक कविगोष्ठीमा (माघ २२ २०६६, ५ फेब्रुअरी २०१०)
Also Published ON: www.freenepal.com.np (FNN) 2 July, 2010
: www.shrijana.com 7 January, 2012
-----------------------------------------------
दुई,
बिहानी हराएको सूचना
हरेक हरेक दिन
चियाको गिलासमा माया फिटेर
बिहानी
मलाई खुवाउथी ।
उज्यालो भएको हैन
मंजन र ब्रश हातमा थमाएर
वाथरूमतिर अघि पठाउथी
किताबका चाङ देखाएर
‘भोलि’ सम्झाउथी ।
अर्धनिन्द्रित आङ तन्काएर
म निस्तब्ध पहाड
केही खुम्चिन्थेँ र माया पिउथेँ
तन्किन्थेँ र किताबका चाङ्ममाथि घोरिन्थेँ ।
त्यही मलजलले त ठू......लो हुनु थियो ।
आज बिहानी हराएकी छे कतै
शून्यतै शून्यताको व्याप्ती
राजनीतिक ब्वाँसाहरूले पो निले कि मेरी मायालु
रत्नपार्कमा प्रहरी र आन्दोलनकारीका
लाठी मुङ्ग्री र ढुङ्गा लागेर मरी कि
या निरङ्कुशहरूको पोल्टामा परि !
या सङ्घिय गोली लाग्यो
तराइतिर या पहाडतिर हिँड्दा हिँड्दै
वा चट्टानहरूले चिरिइन् र मिल्काइन्
वा बौद्धिक स्वाँठहरूले चपाएर निले ?
जेहोस् , यहाँ पूर्वक्षितिज ब्यूँझेको छैन अझैँ
सगरमाथाको शीर टल्केको छैन ।
जेहोस् जेसुक्कै होस्
म भने
यो रित्तिएको काखमा माया मागिरहेछु
बिर्सिएर पुनः प्राप्त गरेको
मीठो प्रीति मागिरहेछु ।
म मेरी हराएकी बिहानी खोजिरहेछु
म मेरी हराएकी बिहानी खिजिरहेछु ।
Published on: www.samakalinsahitya.com
-------------------------------------------------
तीन,
समयको चौरास्तामा
१,
हेरिरहेछु अनवरत
समयको चौरास्तामा उभिएर :
जन्मिरहेका मान्छे
हुर्किबढिरहेका मान्छे
बुढ्याउलीले अँठयाउदै लगेका
मृत्युले लुछ्दै लगेका मान्छेहरू
त्यसरी नै
म न जन्मिनै सकेँ नौलो आयाम
न हुर्कि बढ्नै सकेँ उल्लेख्य
न त बुढ्याउलीले छुन सक्यो
मलाई देखी
न मृत्युले नै र्याल काढ्न सक्यो
त्यसरी नै तर
ठिङ्ग उभिएर सगरमाथा
हेरिरहेछु अनवरत अनवरत
यसरी नै ... ।
२,
हेरिरहेछु अनवरत
समयको चौरास्तामा उभिएर :
दिल खोलेर रमाइरहेका मान्छे
पीडा खसाएर रोइरहेका मान्छेहरू
त्यसरी नै
म न उत्ताउलिएर रमाउन सकेँ
न त स्वयम्लाई भूलेर हाँस्न सकेँ
न नानाभाँति सम्झीसम्झी
रून नै सकेँ ।
त्यसरी नै तर लम्पसार परेर
एउटा तिरस्कृत विराट् मरूभूमि
धर्ती अवयव
हेरिरहेछु अनवरत अनवरत
यसरी नै ... ।
मलाक्का मलेसिया वैशाख २०६५, मे २००८
Published on www.samakalinsahitya.com 2011
www.sanjaal.com
---------------------------------------------
चार,
काठमाडौंमा
उफ्रिरहेछ कर्सर
यो विराट् शहरको विराट् स्क्रिनमा
जहाँ अक्षर उपस्थित हुनुछ
अक्षर सजिनुछ
कट हुनुछ
कपि र पेस्ट हुनुछ ।
केही फ्रेजहरू
म्यानपावर कम्पनीको कोलमतिर
लामबद्ध छन्
कट्टीबद्ध छन् ती
सपनाको एक सुदूर बस्ती कल्पेर
लक्ष्यको उच्च धरहराको छायाँ तापेर
प्रवेशाज्ञाको महत्वकाङ्क्षाले तातिएर
हम्किँदै
मानवतस्कर घरहरूको आँगनभरि
आफ्नो पैसाले आफैँलाई बेच्न ।
केही शब्दहरू पाइला चाल्दैछन्
एक उल्लसित पाइला चाल्दैछन्
एक साँघुरो कोलमतिर
मायावी आवाजमा- सोल्टी ! है हैण्डसम !!
आउनू न एकछिन्
जिन्दगी सल्काऊँ
मुखभरि तानेर जिन्दगीको धूवाँ
हामी सँगै उडाऊँ, सिर्फ साठी त हो नि
एक खिलीको
सिर्फ सात सय त हो नि
एक बोतलको
सँगै तानौँ, सँगै उडाऊँ जिन्दगीलाई
हामी यो काठमाडौंको आकाशमा ।
कुनै अक्षरहरू ताक्दैछन् एक उत्तेजक कोलम
आफ्ना व्यथित हातहरूले
फूटपाथमा बसेर गन्दै सिक्काहरू
महलको रोहबरमा बसेर
मागिरहेछन् कोही एक छाकको जीवन
बिसाएर कथैकथाको भारी सडक किनारमा ।
उफ्रिरहेछ कर्सर
बस् उफ्रिरहेछ कर्सर... ।
८ जुलाइ, २०१०, बिहीबार, २४ असार, २०६७,काठमाडौं, मित्रपार्क, नयाँबसपार्क, स्टारहोटल
Published on: www.shrijana.com, October 8, 2011
--------------------------------------------
पाँच,
Living in the Restless World
My consciousness
Tends to sink below the dark horizon
Calling out the tranquil nights and stars
I just wish I were asleep
My steps so afraid of tomorrow
My steps so afraid of cliff edges on the journey
My steps so afraid of unknown, incomprehensible paths,
Want to halt warily
Hardly pretending to move up to the day after tomorrow
My fatigued eyes are forgetting their blinks
My hands are forgetting their motions
I am going far beyond optimism
I am awake reluctantly,
However, here I am in the restless world
To be awake
To be sober, to be alerted
That anything can happen any moments
Any moments I can be crushed under one’s selfishness
One’s dictatorship
Also to avoid the poisonous trees that could grow
On the bare desert, on the road and pollute my way
While escaping to get rid of ups and downs of life
And also to stop the wind that could blow against me
Against the humanism I have faith in
And finding beloved ones all smiles
Walk a long journey
Reach the summit of the Mt. Everest
Of the ultimate destination,
An ultimate success
However, I am here to compete
Compete, compete and compete
With the world, against the destiny
Why doesn’t somebody tell me?
That the world I live in
Has its own motion, own goal I might get it
Why doesn’t someone just remind me that:
It will never stop its steps when could hardly take a step ahead
It will never stop growing as I prefer to be dreamless
It will never be quiet as I forget the words of interactions
Will never remain the same as I kill all of my ambitions.
8, August 2012, Dammam, KSA
You might also like:
Comments
Post a Comment