गत मे महिनाको महिमा
- पञ्च विस्मृत
✍By Pancha Vismrit
विश्वकै धार्मिक कट्टरहरूतावादीहरूको देशको नाम साउदी अरेबिया हो; जुन कुरो विश्वव्यापीकरणको युगमा शायदै कसैलाई सम्झाइरहन आवश्यक छ । यहाँका महिला, हाम्रो आँखामा, वन्दीजीवन बिताउँछन् । के लगाउने र त्यसलाई कसरी लगाउने, कसरी खाने, कसरी बोल्ने र हाँस्ने, कहाँ जाने र कहाँ नजाने जस्ता अत्यन्त सामान्य कुराहरूका पनि नियम हुँदा रहेछन् मुस्लिम विश्वमा । यस्तोमा जिउन गैरमुस्लिमले शायदै कल्पनासम्म गर्न सक्छन् । यद्यपि, यहाँका महिला त्यही समाजभित्र स्वतन्त्रताको अनुभूति गर्दारहेछन् । यी प्रश्न गर्छन्— “नाङ्गिनु मात्र स्वतन्त्रता हो र ?” त्यसभन्दा पनि अनौठो कुरो त त्यस्तो रूढिवादी समाजकी एक सदस्य रोहा महारक संसारकै अग्लो सगरमाथाको शिखर चुम्न सफल भएकी छिन् ।
यहाँका महिलालाई मात्र नभएर यहाँ विदेशी महिलालाई समेत बुर्का लगाउन अनिवार्य छ । बुर्काबिना यहाँका महिलालाई आफ्नो ज्यान जोगाउन आगो लाग्दै गरेको घरबाट निस्केर भाग्न समेत अनुमति दिईँदैन । यसको एक कुशल उदाहरणको रूपमा सन् २०००, मार्च महिनाको घटनालाई लिन सकिन्छ; जहाँ पन्ध्र किशोरीहरूले अकालमा ज्यान गुमाउनु परेको थियो । वस्तुतः एक स्कुलमा आगो लाग्दा तिनलार्इ धार्मिक प्रहरीहरूले बुर्का नलगाएकै कारण भाग्न नदिएपछि सो बीभत्स घटना घटेको थियो ।
यहाँ महिलाले बुर्का लगाएर मात्र पनि धर छैन । बुर्का लगाउदा बुर्का कस्तो र कसरी लगाउने भन्ने नियमहरू समेत निर्धारण गरिएका छन् :
१, बुर्का पुग्दो ठूलो हुनु पर्ने, जसले शरीरका सम्पूर्ण भाग राम्ररी छोपोस् ।
२, बुर्का सादा हुनु पर्ने जसमा बुट्टा नहोस ।
३, बुर्का पुग्दो मोटो हुनु पर्ने, जसबाट छोपिएको अङ्गको छालाको रङ्ग नदेखियोस् र शरीरको आकार प्रकार समेत नदेखियोस् ।
४, बुर्कामा कुनै पनि खालको अत्तर प्रयोग गर्नु नहुने ।
५, बुर्का कुनै पनि हालतमा गैरमुस्लिमहरूले लगाउँने लुगाजस्तो हुनुनहुने ।
६, बुर्का लोग्ने मान्छेको लुगा जस्तो हुनुनहुने । मुस्लिम महिलाहरूलाई पुरूष जस्तो देखिन मनाइ छ ।
७, र, बढी महँगो र भड्किलो पनि हुनुनहुने ।
यहाँका प्रायः रेष्टुराँहरू दुई सेक्शनमा छुट्याइएका हुन्छन् — एकमा पुरूषले मात्र प्रवेश पाउँछन्, र जसलाई ‘सिङ्गल’को नाम दिइएको हुन्छ । दोस्रोमा परिवार लिएर आउनेहरूले मात्र प्रवेश पाउँछन् जसलाई ‘फेमिली’को नाम दिइएको हुन्छ । फेमिलीभित्र पनि पर्दाभित्र खाना खान्छन् यहाँका मानिस जबकी हामी खुल्ला टेबुलमा रमाउछौँ ।
सडकमा हिँडिरहेकी युवतीलार्इ बोलाउने या जिस्काउने यहाँ कसको हिम्मत छ ? यहाँका महिलासँग अनावश्यक रूपमा बोल्ने, जिस्किने या तिनलाई ठाडो नजरले हेर्ने जस्ता कृयाकलापलाई यहाँ मनाइ गरिएको छ । त्यसैले बोल्दा अत्यन्त सजगता अपनाउन जरूरी हुन्छ । जिस्किनै परे कतिसम्म जिस्किने भन्ने सन्दर्भमा भनिएको छ — “यदि शालीन ढङ्गले कहिलेकाहीँ, जहिल्यै हैन, भएको कुरामा जिस्किए त्यसलाई सकरात्मक रूपमा लिइन्छ ।”
कतै जानु परे यहाँका महिला एक्लै कमै निक्लन्छन् । निक्लिहाले भने यी हिँडिरहेका छन् या छिटोछिटो कदम चालेर भागिरहेछन् छुट्याउन गाह्रो हुन्छ । त्यसैले यहाँका सडक, बजारहरूमा केवल पुरूषको राज चल्छ । पैदल यात्रीहरूलार्इ हेर्ने हो भने एक प्रतिशत भन्दा कम महिलाको उपस्थिति देखिन्छ । वस्तुतः यहाँका महिला कुनै पुरूष अभिभावक या अभिभावकको अनुमतिबिना र सङ्गीबिना बाहिर निक्लँदैनन् ।
अचम्म !
राहा मोहारक यही समाजमा जन्मेकी हुन् । जेद्दाहमा जन्मिएकी २५ वर्षीय राहा मोहारकले मे १८ (२०१३) मा सगरमाथाको शिखर चुमेर फर्केकी छिन् । योभन्दा अचम्मको कुरा अरू के हुनसक्छ ? न्युजिल्याण्डमा जन्मिएका सर एड्मण्ड हिलारी र तेन्जिङ् नोर्गे शेर्पाले सन् १९५३ को मे २९ मा चढ्न सुरू गरेकै स्थानबाट मोहारक लगायत जम्मा ६४ आरोहीहरूले सफल आरोहण गरेका हुन् । राहाको समूहमा भने चार सदस्य थिए ।
बधाई छ राहालाई । यसबाट साउदी समाजको ‘भोलि’ सजिलै आँकन गर्न सकिन्छ ।
के यो वेगी समयसँग उसको केही लेनादेना छैन नै ? जबाफ प्रष्ट हुँदै गएको छ र हुनु पनि पर्दछ । तर पख्नोस्, राहा साउदीको घरबाट निस्केर हिँडेकी भने हैनन् । उनी हाल परिवारका साथ दुबाईमा बस्छिन् भने उनले सगरमाथा आरोहणको लागि परिवारबाट अनुमति पाउन धेरै कसरत गर्नु परेको थियो ।
"नेपाली राजदुतावास इजरायलको सक्रिय सहभागितामा विश्वको सर्वोच्च शिखर सगरमाथको चट्टान ल्याई विश्वको सबै भन्दा होचो मृत सागरको इकोलोजिकल पार्कमा
स्मारक स्थापना गर्ने कार्य आज सम्पन्न भएको छ । दुतावासको यो सह्रानीय कामले हामी सबै नेपालीलाई गौरवान्वित बनाएको छ ।”
- Bhagawati Basnet (भगवती बस्नेत)
‘मे’लाई अन्य दुई कारणले सगरमाथाको महिना भन्न सुहाउदो देखिन्छ । प्रथम, यही मे २९ कै दिन सगरमाथाको प्रथम पल्ट आरोहण गरिएको थियो । र, यही दिनलाई सगरमाथा आरोहणको साठीऔँ वार्षिक उत्सव मनाइएको छ । दोस्रो, विश्वको सबैभन्दा उच्च शिखर सगरमाथाको चट्टान विश्वको सबैभन्दा गहिरो स्थान मृतसागरको नजिक राख्ने काम यही मे महिनाको ३० तारिखका दिन सम्पन्न भएको छ । काठमाडाैंस्थित इजरायली दुतावास र इजरायलस्थित नेपाली दुतावासको सङ्युक्त तत्त्वावधानमा सम्पन्न सो ऐतिहासिक कार्यको मूख्य उद्देश्य भनेको नेपाल इजरायलबीच मैत्रीपूर्ण सम्बन्ध कायम राख्नुका साथै दुई देशमा ‘टुरिज्म’लाई प्रोत्साहन गर्नु रहेको छ । यसकोलागि इजरायलस्थित नेपाली दूत प्रल्हाद कुमार प्रसाइँ नेपाली जनताका धन्यवादका पात्र हुनुहुन्छ ।
र, शुभकामना हाम्रो गौरव सगरमाथालाई । साधुवाद ‘मे’लाई जसले भर्खरै मात्र छोडेर गएको छ ।
१ जून, २०१३ केएसए
✍By Pancha Vismrit
![]() |
राहा मोहारक |

तसबिर सौजन्यः भगवती बस्नेत |

सन्दर्भ सामग्रीः
1, Islamic Dress Code for Women, p.9
2, Arab News, May 19, 2013
3, Raha
Moharrak: First Saudi Woman to Climb Mount Everest
4,
Dead Sea, Wikipedia
encyclopedia, Last modified on 27 May 2013
Dead Sea in Israel Friday,
May 31, 2013, 20:41
Comments
Post a Comment