रेखा साहित्य लेखन समयको माग हो

— पञ्च विस्मृत
✍By Pancha Vismrit



रेखा साहित्यको प्रवर्तन र यसको वर्तमानः

भखर्रै मात्र रेखा कवि टङ्क सुब्बाले हङकङबाट नेपाल फर्केर रेखा साहित्यमाथि ‘विमर्श’ चलाएका छन् । र, यसलाई नेपालका केही राष्ट्रिय पत्रिकाहरुले महत्त्वका साथ चर्चा समेत गरेका छन् । यससँगै एउटा नौलो आयाम बोकेर उदाएको रेखा साहित्य लेखनमाथि नेपाली कविहरुले फेरि एक पटक आँखा तानेका छन्, र कान ठाडो पारेका छन् । वस्तुतः  हत्याहिंसाले आक्रान्त भएको आजको विश्वमा रेखा साहित्य लेखनलाई समयको मागको रुपमा लिन सकिन्छ ।

विश्व साहित्यमाझैँ नेपाली साहित्यको इतिहासमा पनि विभिन्न मान्यता, सिद्धान्त, वाद र आन्दोलनहरु सतहमा आउदै निश्चित समयसम्म पानीको फोकाझैँ देखिएर पट्ट फुटेर विलाएका देखिन्छन् । र, तिनले स्वाभावतः समयले स्वीकारुञ्जेल सतहमा देखिने र समयको परिर्वतनसँगै परिवर्तित चेतनाले खण्डन गर्न थालेपछि इतिहासको सुरक्षित स्थानमा लुक्न जाने प्रवृत्ति विश्व साहित्यमाझैँ नेपाली साहित्यमा सधैँ देख्नु परेको छ । मानव सभ्यताको यो बदलिँदो रुपका कारण मानिसलाई वस्तुलाई हेर्ने एउटा दृष्टिले पुगेको छैन । एक पछि अर्को नयाँ दृष्टिकोणको जन्मलाई समयले पनि सहजताकासाथ अनुमोदन गर्दै आएको छ । त्यही कारण आजसम्म कसैले पनि दर्शनमा अन्तिम सत्य पत्ता लगाउन सकेका छैनन्, न त अन्तिम उत्कृष्ट लेखनसिद्धान्तको नै । रेखा साहित्य सामान्य अर्थमा त्यस्तै एक अन्तिम सत्य र अन्तिम उत्कृष्ट लेखन सिद्धान्त पत्ता लागाउन निक्लेको एउटा चिन्तन हो ।

रेखा साहित्यको प्रारम्भ देश सुब्बाको ‘सीमा अधीनस्थ गर्दछु’शीर्षकको कविताबाट भएको हो, जुन कविता प्रथमपल्ट सन् २०१० को सेप्टेम्बर १२ तारिखका दिन सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको थियो । सो कवितालाई रेखा भनेर नामाकरण गर्ने सर्जक चाहिँ धरानका साहित्यकार प्रदिप मेन्याङ्बो हुन् ।

रेखा साहित्यको चिन्तनमाथि उभिएर हरेक विधामा लेख्न सकिन्छ, सुरुवात कविताबाट भएको छ । रेखा कविताको इतिहास छोटो भए पनि यसमाथि उल्लेख्य कविता लेखिसकिएका छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा त रेखा साहित्यकै नाममा कवि अतीत मुखियाले एउटा खण्डकाव्य समेत प्रकाशित गरिसकेको अवस्था छ ।

रेखा कवि तथा भयवादका प्रवर्तक देश सुब्बाका अनुसार प्रथम रेखा साहित्यको पुस्तकको रुपमा अतीत मुखियाको खण्डकाव्य ‘अचानो आहत’ प्रकाशित भएको हो, भने दोस्रो कृतिको रुपमा कविता सङ्ग्रह अन्तर अवलोकन प्रकाशनको तैयारीमा रहेको छ । अर्कातिर लोक सिङ्गक रेखा कविताको बारेमा अंग्रेजीमा पुस्तक लेखिरहेका छन् ।

रेखा कविहरुका बारेमा उनी भन्छन्, “एक समय विश्वभरिका १२ जना कविहरू रेखा कविता लेख्थे । अहिले टङ्क सम्बाहाम्फे, अतीत मुखिया र देश सुब्बा निरन्तर लेखिरहेका छन् ।”

को को हुन् त ती १२ कवि ? टङ्क सुब्बाले तैयार पारेको एउटा सूचि यस्तो छः १, देश सुब्बा (हङकङ) २, बिमल राई (हङकङ) ३, टङ्क सम्बाहाम्फे (हङकङ) ४, डी. बी. पालुङ्वा (हङकङ) ५, मनोज बोगटी (दार्जिलिङ, भारत) ६, अतीत मुखिया (नेपाल) ७, लोक सिङ्गक (नेपाल) ८, हिमाल सुब्बा (नेपाल) ९, केदार सङ्केत (अफगानिस्तान) १०, टङ्क वनेम (बेलायत) ११, खेरेस देबेन्द्र (बेलायत) १२, अर्जुन प्रधान (अमेरिका)

त्यसो भए के हो त रेखा साहित्य ?

हङकङमा प्रथाम पल्ट रेखा कविता लेखिएको चार वर्ष पश्चात् अमेरिकाबासी कवि तथा हाइकुकार नारायण अधिकारीले लेखेछन् त्यस्तै रेखा कविता । रेखा कविता लेखनको जन्मप्रति अनभिज्ञ सर्जक नारायण अधिकारीले जब टङ्क सुब्बाले नेपालमा चलाएको विर्मशको बारेमा समाचार पढे, उनी छक्क परे । र, सोध्न पुगे के हो यो ? त्यसरी नै देश सुब्बाले पनि मलाई नै यसको बारेमा सम्पर्क गरे । यसको कारण म रेखा कवि अथवा रेखा साहित्य लेखनको विज्ञ भएर चाहिँ हैन । बरू यी दुवै सर्जकको कविता अङ्ग्रेजीमा अनुवाद गरेर ‘पोयम्स फ्रम द हिमालया’मा राखेको कारण हुन सक्छ ।

कुरा यहाँसम्म आइपुग्दा रेखा साहित्यको बारेमा नारायण अधिकारीमा भएको द्विविधा त हट्यो नै होला, यता मचाहिँ आश्चार्यमा परेँ । किनभने देश सुब्बा र नारायण अधिकारीको रेखा सम्बन्धि विश्लेषण धेरै मिल्दोजुल्दो देखियो ।

वास्तवमै के हो त रेखासाहित्य लेखन ?

“रेखा भन्नाले एउटा विन्दुबाट सुरु भएर निरन्तर लम्बिरहने अथवा अर्को विन्दुसम्मको दूरीलाई बुझ्नु पर्दछ । रेखा कवितामा प्रस्थान विन्दु र अन्त आपसमा भेटिँदैनन् । त्यसैले नथाकुञ्जेल र लम्ब्याउन सकेजति लम्ब्याउने हो ।”— भन्ने मान्यतामा रहेर नारायण अधिकारीले सन् २०१४ को पूर्वार्धमा रेखा कविता लेखेका थिए । सर्जक देश सुब्बाको रेखा विश्लेषण पनि यही नै हो । रेखालाई जति लम्ब्यायो त्यति नै लम्बिन सक्छ । त्यसलाई घुमाएर जोडे त्यो रेखा रेखा नभएर एउटा वृत्त बन्न पुग्दछ । यसमा देश सुब्बाको आयामिक मान्यता चाहिँ के हो भने उनी रेखा साहित्यमा सिर्फ सरल रेखाको कुरा गर्दैनन्, रेखा साहित्यको धरातलमा उभिएर उनी रेखाबाट बन्ने विभिन्न कोणहरुलाई समेत देख्छन्, केर्छन् र लेखनमा तानेर ल्याउँछन् । देश सुब्बा र नारायण अधिकारीबीच रहेको रेखा चिन्तनमा फरक पनि यही नै हो । जे भएपनि दुवैले कुरा गरेको आधारभूत रुपमा रेखा नै हो । र, रेखाको कोणबाट जीवन र जगतलाई हेर्ने दृटिकोणबाट नै रेखा साहित्य लेखनको जन्म भएको हो ।

रेखा साहित्यको सृजना गर्दा जम्मा छ बुँदाहरुमाथि ध्यान दिनु पर्ने हुन्छ । जस्तोः

१, समानताः सहअस्तित्वलाई मूल मन्त्र बनाएर के महिला, के पुरुष, के उच्च, के नीचो, सबैलाई समान रुपले हेर्ने दृष्टिकोण समानताको रेखाबाट पहिल्याउन सकिन्छ । समानताको रेखालाई दुई अतिवादी रेखाहरुको मध्यस्थकर्ता रेखाको रुपमा पनि व्याख्या गर्छन् टङ्क सुब्बा ।

२, क्षेत्रताः विश्व अहिले एउटा सानो गाउँमा रुपान्तरित भएको अवस्थामा आफूले जुन देश या क्षेत्रमा बसेको छ त्यहीँको विचार र अनुभूतिहरुको रेखीय लेखन क्षेत्रता हो ।

३, सामयिकताः धेरै कुराहरु समयानुसार सापेक्ष बन्ने गर्दछन् । समयसापेक्षतः परिवर्तीत सोच, विचार या चिन्तनको लेखन यस रेखामा पर्दछन् ।

४, सहनशीलताः कसैको हीत हुन्छ भने आफ्ना सानोतिनो क्षति सहनु पनि पर्छ भन्ने चिन्तन यस रेखाले बोकेको छ ।

५, अलङ्कारिताः यसले सृजनाको भित्री र बाहिरी सौन्दर्य खोज्दछ ।

६, रेखीय प्रस्तुतिः रेखाको मूल प्रवृत्तिलाई बुझेर आफ्नो लेखनलाई रेखाको ढाँचा या शैलीमा ढालेर लेख्नु रेखीय प्रस्तुति हो ।

यति भएपछि रेखा साहित्यको जन्मदेखि मूल उद्देश्य र मर्मसम्म प्रष्ट भयो । यसलाई लिएर अब साहित्य लेखनको विश्वतिर फर्केर र्हेर्दा वादको चौघेरोमा बाँधिन नचाहने मजस्तैहरुको जमात ठूलो देखिन्छ । वस्तुतः आजका सर्जक कसैले पनि एउटा दर्शन, वाद, चिन्तन अथवा एउटै बाटोमा सङ्कुचित भएर लेख्न असम्भव छ, जिउन पनि असम्भव छ । रेखा— दर्शन, वाद, तिन्तन अथवा बाटो सबै हो । त्यसोभए सम्भावनाहीनताको बोध हुँदाहुँदै रेखा कविता लेखनको चर्चा किन चलाइन्छ ?

तर यस सवालको जवाफ छ ।

त्यो के हो भने, संसारमा वाद, र्दशन र लेखन शैली धेरै आएका छन् । ती सबै जीवन र जगतलाई हेर्ने मान्छेका आँखाहरु हुन् । मेरो विचारमा कसैले ईश्वर र इतिहासको मृत्युको घोषणा गर्दछ, त्यो सही नै हो । कसैले वस्तुताले जीवन र जगतलाई र्हेनु पर्छ भन्छ, त्यो पनि ठीकै हो । लेखकको मृत्यु, महाआख्यानको मृत्यु सबै ठीक हुन् । भयवादीय दृष्टिकोण पनि ठीक हो, र रेखीय दृष्टिकोण पनि सही नै हो । मेरा लागि यी सबै बजारमा पाइने विभिन रङका सनग्लासेस हुन् । कालो लगाउदा सबैतिर कालै देखिन्छ, पहेँलो लगाउदा सबैतिर पहेँलै । तर तिनबाट जे देखिन्छ त्यो दृश्य 'एक्यूरेट' हैन भन्न सकिन्न । सन ग्लासेस फरक भए पनि वस्तु त एकै रहन्छ । जब वस्तु, स्थान र समय बद्लिन्छ, स्वाभाविक रुपमा सनग्लासेस पनि बद्लिन्छ । अर्थात् वस्तुलाई हेर्ने दर्शन, वाद, चिन्तन अथवा बाटो बद्लिन्छ । त्यसैले सबै लेखकले हरेक स्थान र समयमा सधैँ एउटै सनग्लासेस लगाउनु पर्छ भन्ने हुन्न । यदि कोही त्यसो भन्छ भने त्यो दर्शनको तानाशाह हो ।

अहिलेका कलमजीवीले रेखा–रङको सनग्लासेस लगाएर जीवन र जगतलाई हेर्ने समय आएको छ ।

त्यसो भए रेखाको वास्तविक रङचाहिँ के हो त ? अथवा रेखा साहित्यको अनुहार कसरी ठम्याउने ? जसरी गजल, कविता, मुक्तक या विभन्नि छन्दमा कविताको अनुहार प्रष्ट ठम्याउन सकिन्छ । रेखा साहित्य लेखनको नाममा दिइएका छ बुँदा त सामान्यतया हरेक सृजनामा हुन सक्छ नि ! कवि, हाइकुकार नारायण अधिकारीले यो सवाल एक लामो र्इ–पत्रको रुपमा मलाई पठाउनु भएको छ । जसको जवाफ म स्वयम् दिन असमर्थ छु ।

धेरै अगाडि मैले पनि यही सवाललाई लिएर केही नयाँ, पुराना दर्शनका व्याख्याताहरुलाई सम्पर्क गरेको थिएँ । उनीहरुको कुरा बुझ्दा यो वास्तवमा संरचनाको सवाल हैन । गजल, कविता, मुक्तक या छन्द, यी सबै सृजनाका संरचनागत कुरा भए । र, यिनले कुनै दर्शनको मसाल पनि त बोक्दैनन् । लीला लेखन होस् चाहे क्वान्टम कविता, अथवा बहुरङ्गवाद, सृजनशील अराजकतावाद, यी सबै वादको चौघेरोमा बाँधिएका सृजनाहरुको दोहोरो पहिचान दिइएको हुन्छ । अझ भनौँ सिर्फ कविता नभनेर क्वान्टम कविता, सिर्फ कविता नभनेर रेखा कविता भनिनु नै दोहोरो पहिचान दिनु हो । त्यसैले ती कविताहरुले सम्बन्धित वाद या दर्शनको मूल विषय या मर्मलाई छोएका छन् कि छैन् भन्ने कुरा तपसिलका कुरा हुन जान्छन्— बाहिरी रुपलाई हेर्ने हो भने । तर तिनको अन्तर्वस्तुले भने सम्बन्धित वाद या दर्शनलाई छोएकै हुनुपर्छ, यसमा कुनै द्विविधा छैन ।

देश सुब्बाको भनाइ पनि यही छ, “एक पल्ट आइडेन्टिटी दिइसकेपछि त्यसको संरचना महत्त्वपूर्ण कुरा भएन ।”

हुन पनि, यदि कवितालाई हेर्ने हो भने हरेक कविताको संरचना, शैली आदिमा एकरुपता छ । भाव त केलाउने कुरा भयो । यसको लागि देश सुब्बा तेस्रो आयामको जगमा लेखिएको वैरागी काइँलाको ‘मातेको मान्छेको भाषण मध्यरातको सडकसित’ कविताको उदाहरण पेश गर्छन्, जुन एक अत्यन्तै चर्चित र कालजयी कविता पनि हो ।

नेपालमा उल्लेख्य दर्शनहरु आइसकेका छन् । पुराना पुस्ता र नयाँ पुस्ताबीच नयाँ नयाँ दर्शनको खोजी गर्ने एउटा होड नै चलेको हो कि लाग्छ । जसले जुन रुपमा जीवन र जगतलाई अर्थ्याएता पनि तिनले मानवतावादको सीमा नाँघेका छैनन् । मानवतावादको विरोध गर्न सकेका छैनन् । मानवतावादको पक्षमा बरु पत्थरझैँ कठोर भएर उभिएका देखिन्छन्, जुन सकरात्मक कुरा भयो ।

यो अस्तव्यस्त विश्वमा रेखा  साहित्यले जीवन र जगतलाई समानताको दृष्टिले र्हेन प्रेरित गर्दै, हाम्रा क्षेत्रीय सोचहरुलाई सामयिकताको तराजुमा तौलन बाध्य बनाउदै, अलङ्कारिताको शोरुमबाट सौन्दर्य खरिद गरेर
रेखीय प्रस्तुतिमा शब्द खेती गर्न सिकाउनेछ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ ।

यही नै समयको माग पनि हो ।


१९, जुलार्इ, २०१४, दम्माम, केएसए



प्रकाशित :
: नेपाल पृष्ठभूमि साप्ताहिक, अगष्ट २ २०१४
: द गोर्खाज साप्ताहिक, अगष्ट २ २०१४
: समकालीन साहित्य डट्कम
: नयाँ समय डट्कम
: पुस्तक संसार डट्कम








Comments

Total Views

Please, leave a comment

Wikipedia

Search results

POEMS FROM THE HIMALAYAS

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रदर्शनीमा जिन्दगी – पञ्च विस्मृत उसको जिन्दगी आज सार्वजनिक स्थलमा प्रदर्शनको लागि टाँगिएको छ । कोही आउँछन् र दुई...

Posted by Pancha Vismrit on Friday, November 13, 2020

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

रेगिस्तानी दशैँ — पञ्च विस्मृत हिउँदको फूलजस्तो निस्तेज उमङ्ग परदेशीका आङमा बेखबर फुल्छ तर, सिङ्गो संवेदन हल्लाएर झर्छ...

Posted by Pancha Vismrit on Thursday, October 22, 2020

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

गाए गीत नगाए कविता - पञ्च विस्मृत ढुङ्गा हुँ म तिमी मलाई, प्रेमले गाल्न नखोज थानमा राख मन्दिरको, दिलमा राख्न नखोज भेल...

Posted by Pancha Vismrit on Monday, September 28, 2020

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Day 1 Today is the first day of my participation in this 8-day Russian poetry flash...

Posted by Pancha Vismrit on Wednesday, September 9, 2020

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

स्रष्टा परिचय र उपनामको रहस्य -- ४० -------------------------------------------------- कवि पञ्च विस्मृत बजारिया...

Posted by सगरमाथा साहित्य प्रतिष्ठान नेपाल on Sunday, July 26, 2020

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

कोरोनाले छोडेर गएको दिन - पञ्च विस्मृत एक दिन जब खुल्नेछ विश्व जब छोडेर जानेछ कोरोनाले – मजदुरहरुले पेटभर खाना खान...

Posted by Pancha Vismrit on Thursday, July 30, 2020

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

आशाको रङ — पञ्च विस्मृत मलाई यी उठ्दै गरेका अग्ला घरहरुको रङ खुब मन पर्छ मानौँ कि उठ्दैछन् नैराश्यताको जमिनलाई...

Posted by Pancha Vismrit on Thursday, July 16, 2020

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट म के गरुँ ? कहाँ जाऊँ ? मित्रलाई सम्झूँ कि शत्रुलाई सम्झूँ ? फूललाई सम्झूँ कि काँडालाई सम्झूँ ? सबैको...

Posted by Pancha Vismrit on Monday, April 27, 2020

Prakash Dipsali Writes

परदेशी कवि तथा लेखकहरुको प्रिय नाम हो पञ्च विस्मृत । मलेसियामा रहदा असाध्यै चर्चामा रहेका कवि पञ्च विस्मृत सुन्दर कविता...

Posted by Prakash Dipsali on Monday, April 27, 2020

नेपालबन्द । कविता । पञ्च विस्मृत

नेपालबन्द – पञ्च विस्मृत शोकमग्नझैँ लाग्छ आज यो मनको शहर कुनै सपना बुन्नु छैन न त टिप्नु नै छ जून आज मनको शहर बन्द...

Posted by Pancha Vismrit on Tuesday, March 31, 2020

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति – पञ्च विस्मृत तिम्रो रुपको वर्णन गर्ने कुनै शब्दको आविस्कार भइसकेको छैन दुनियाँमा । बस, तिम्रो...

Posted by Pancha Vismrit on Thursday, February 13, 2020

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने, साहस जुटाइदेऊ भगवान जीवनयुद्ध जित्ने एउटा, दर्शन सिकाइदेऊ भगवान असल मान्छे बन्न खाजेँ, आफ्ना पराइ...

Posted by Pancha Vismrit on Saturday, November 2, 2019

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ – पञ्च विस्मृत क्यालेण्डरका पानाहरु कुल्चँदै हुण्डरीको वेगमा एक निरपराध...

Posted by सिर्जना डबली on Wednesday, November 6, 2019

हजुरबा र समय । कविता । पञ्च विस्मृत

हजुरबा र समय — पञ्च विस्मृत सदियौँदेखि हो यो वेगीलाई समयलाई थुन्न हाम्रा हजुरबाहरुले फलामको बडेमानको पिँजडा बनाउँदै...

Posted by Pancha Vismrit on Thursday, October 4, 2018

अग्रजहरु । कविता । पञ्च विस्मृत

अग्रजहरु – पञ्च विस्मृत अलिक मास्तिर पहाडको उकालो बाटोमा गुनगुन गुनगुन गर्दै एक हुल मानिस हिँडिरहेका देखिन्छन्...

Posted by Pancha Vismrit on Thursday, May 16, 2019

याद २ । कविता । पञ्च विस्मृत

याद २ — पञ्च विस्मृत ब्यूँझिएको मात्र के हुन्छु समय नुहेको डालीमा बसेर एकाबिहानै चिर्बिर चिर्बिर गर्छे प्रिय...

Posted by Pancha Vismrit on Thursday, February 14, 2019

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर — पञ्च विस्मृत छिमेकीको हवेली देखेर मैले पनि ठडयाएँ कल्पनाको राजधानीमा बडेमानको घर । सपनाहरुको...

Posted by Pancha Vismrit on Thursday, August 16, 2018

शब्दहरु । कविता । पञ्च विस्मृत

शब्दहरु — पञ्च विस्मृत शब्दहरु यी मसिना शब्दहरु ! कुम्लो कुटुरो बोकेर बाहिरिएको मान्छे घर फर्किएजस्तै एउटा...

Posted by Pancha Vismrit on Friday, December 1, 2017

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

कहिले आउँने दिनभरि, आइपुग्ने कहिले शाम धाइरहने यो सम्झनाको, खै के होला नाम ? कुटुकुटु खाइरहन्छ, आँखाभरि...

Posted by Pancha Vismrit on Thursday, December 29, 2016

परदेशिएर । कविता । पञ्च विस्मृत

परदेशिएर मनभित्र कतै बज्छ सौन्दर्यको तीखो आवाज म सुन्छु म हेर्छु परेलाहरुमा अडिएर टिलपिल टिलपिल आँशु साँच्ची...

Posted by Pancha Vismrit on Monday, April 7, 2014

Popular posts from this blog

हजार शैली कविताका

ग्रहण छापियो दिवाकर रहेनन् !

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on

Facebook Page