नस्लीय चेत बोकेका गजलहरु

- पञ्च विस्मृत
✍By Pancha Vismrit



यदि देश र समाजले नयाँ फड्को मार्न असमर्थ हुने हो भने, इतिहासमा नौला अध्यायहरुले जोडिएर आउन डराउने हो भने शायद हामीले लेख्ने साहित्यको अनुहार उही पुरानो थोत्रो र एक पल्ट हेरेर बिर्सिसकेको जस्तो मात्र हुने थियो । प्रगतिशील या प्रगतिवादः हामीले बाँचेको समयका प्रतिवेदन हुन्, जसमाथिको आस्था नेपालको तथाकथित माओवादी क्रान्तिले केही धमिल्याएको हो कि लाग्छ, अहिले । तेस्रो आयाम, लीला लेखन, उत्तरआधुनिकतावाद, रेखा साहित्य, भयवाद आदिको राष्ट्रिय र ऐतिहासिक विमर्शले वैचारिक फड्को या आयामको जनाउ दिन्छ । यिनको लेखनमा प्रगतिशील या प्रगतिवादको जस्तो भिन्न र स्पष्ट अनुहार नआउनाले यी सिर्फ दर्शनमा सीमित रहने भए कि भन्ने चिन्ताको गुञ्जाइस छ । पछिल्लो लेखनको रुपमा डायस्पोरा साहित्य, प्रवासी साहित्य र अझ यता अरपे साहित्य र पहिचानवादी साहित्यको अस्तित्व नेपाली साहित्यको इतिहासले खुट्टयाउनु र साथै स्वीकार्नु पर्दछ ।

गजलकृतिमाथिको मन्तव्यलेखनमा म किन वाद र चिन्तन दर्शनको बकबक गरिरहेको छु ? अझ, लेखन त स्वतन्त्र चिन्तनबाट जन्मिनु पर्छ भन्नेहरु धेरै होलान् । मेरै सहित्यिक गुरुहरु त्यसै भन्थे । तर यसभित्र बुझ्नु पर्ने एउटा कुरो छ । अधिकांश कलमजीवीहरुका कलम एक स्थायी माइण्डसेटद्वारा सञ्चलित देखिए । फलस्वरुप आत्मरतिको दुनियाँ अनपेक्षाकृत रुपमा फराकिलो बन्न पुग्यो । र, सो दुनियाँका कलमबाजका कलमले देश, समाज र विश्वको समसामयिकतालाई छुन नसकेको देखियो – चाहे जति नै ठूलो फड्को मारेको किन नहोस् देश र समाजले, इतिहासले । बरु एउटै कथा र परिवेशलाई मात्र दोहोर्याइरहेको पाइयो । हामीले हाम्रा माइण्डसेटलाई समयसापेक्ष परिवर्तन गर्न सक्नु पर्दछ भन्छु । अथवा एउटै चिन्तन, दर्शनलाई आत्मसात् गरेर त्यही दर्शनमा घोटिईरहनु भन्दा हरेक वाद, दर्शन र सिद्धान्तमा आफूलाई अभिव्यक्त गर्नु, अमेरिका पुगेर उही झरनाको सौन्दर्यगान गाइरहनु भन्दा सोही स्थानको विम्वहरु टिपेर स्वदेशीलाई बाँढ्नू, लाहुरेले लाहुरे र अरपेले अरपे साहित्य सृजना गर्नू नै स्थायी माइण्डसेट बिरुद्धका कदम हुन् ।

सन्तोष माबुहाङको कलम यदि त्यही स्थायी माइण्डसेटद्वारा निर्देशित भएको भए उनी यतिबेला पनि उही जनयुद्धबाट उत्पन्न भय, त्रास र पीडानुभूतिमा पोखिएका देखिन्थे । मलेसियाको अरपे जीवन डो¥याइरहेका उनी उही पहाड र गाउँबेँसीका सुसेली सुसेलेका हुन्थे । गाउँगाउँमा बिजुली, गाडी पुगिसकेको अवस्थामा पनि उही भरियाको दुःख्ख लेखेर बसेका हुन्थे । तर माबुहाङले यसो गरेका छैनन् । माबुहाङका गजलहरुले नेपालको राजनीतिक चेतलाई आत्मसात् गर्दै नस्लीयबोध मार्फत डराएका, हिचकिचाएका, आफैँलाई बिर्सेका या अन्धकारमा भास्सिएकाहरुका लागि समयसापेक्षतः माटोको मुन्धुम हुँदै चेतनाको एउटा चर्को आवाज लिएर आएका छन् ।


अझ भित्र जाँदा, उनका गजलहरुमा परदेश दुःख्छ जुन उनको वर्तमान हो । ग्यान्टिङमा कवान र सायाङसित जलान जलान गर्छन् । नियति कि ! अरपे साहित्यको सुगन्ध छर्छन्, विवशता । लेखन यात्रामा सृजनाको कालजयीतामाथि पनि उतिकै गम्भीर हुन आवश्यक हुन्छ, जसप्रति माबुहाङ सचेत देखिन्छन् । उनका गजलहरु नास्तिकता, विकृतिप्रति आक्रोश, प्रेम, सादा विचार, पीडानुभूति, नैराश्यता र देशको चिन्ताले लछप्पै भिजेको अनुभव हुन्छ । तिनमा माबुहाङले चर्चित लिम्बू शब्दावलीहरुको समेत सम्यक् प्रयोग गरेर पहिचानवादी, समावेशीताको सन्देश सम्प्रेषित गरेका छन् । नेपाली गजलको इतिहासमा यो एउटा नौलो प्रयोग पनि हो । लुङा शब्दलाई विकृत रुपमा प्रयोग गर्नेहरुले तिनलाई पनि प्रयोग गरुन् !

मैला पोतिएको मलेसियाको माटोमा श्रम बेच्दै अनुभूतिहरु साट्दै नेपाली साहित्यको श्रीवृद्धिको यात्रामा एक स्पष्ट पहिचान बनाउन सफल सन्तोष माबुहाङको माटोको मुन्धुम पढिसकेपछि वास्तवमै माबुहाङ नेपाली गजलको माहोललाई काँधमा लिन सक्ने प्रतिभा हुन् र उनलाई समयले चाँडै नै पहिचान गर्नेछ भन्ने कुरामा ढुक्क हुन सकिन्छ । यो शब्द दौडमा गजलको इतिहास र संरचनातिर गइनँ म । प्रथम कारण, जसले पनि यिनै कुरा कोट्याउछन् । दोस्रो, देश र समाजको उन्नति विकाश र शान्तिको गजलको बाह्य संरचनासँग कुनै लेनादेना छैन । कुनै पनि सृजनामा विषय, विचार, शिल्प र भावना मूल कुरा हुन् । त्यसैले आगामी सृजनाहरुमा माबुहाङले आफूलाई ग्लोबल भिलेजमा समेत उभ्याउनु पर्छ भन्ने आग्रह छ ।

अग्रगामी यात्राकालागि अन्तोष माबुहाङ र उनको गजलकृति माटोको मुन्धुमलाई हार्दिक शुभकामना । शुखद आगमनको लागि बधाई ।

 २५, मार्च २०१५, केएसए




प्रकाशित :
गोर्खाज साप्ताहिक, ३१ नोभेम्बर २०१५

कृति विमोचन कार्यक्रमका केही झलकः
मितिः आइतबार, २७ सेप्टेम्बर,  २०१५
स्थानः जोहोर, मलेसिया





Comments

Total Views

50,402

Please, leave a comment

Wikipedia

Search results

Banibuto Garna Nikleko Manis by Pancha Vismrit

गीत

गीत

कविताः हर्क साम्पाङ

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

Prakash Dipsali Writes

नेपालबन्द । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

हजुरबा र समय । कविता । पञ्च विस्मृत

अग्रजहरु । कविता । पञ्च विस्मृत

याद २ । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

शब्दहरु । कविता । पञ्च विस्मृत

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

परदेशिएर । कविता । पञ्च विस्मृत

Popular posts from this blog

तक्सङमा जन्मिएकी तक्सङ माइली

इतिहासको चाबी पानी पतिया

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on