के हो अनन्तता ?
अनुवादः पञ्च विस्मृत
✍Translated by Pancha Vismrit
अनन्त !
कल्पना गर्नुस् यसको विराट् अर्थ ।
तपाइँले प्राय: देख्नुभएकै छ समुद्र किनारको बालुवा । कति मसिना हुन्छन् यी ! र, एक बच्चाको मुठीमा कति अँट्दछ यो, जो ऊ खेल्नलाई समात्दछ । अब कल्पना गर्नुस् त्यो बालुवाको पहाड, दसौँ लाख माइल उच्च, पृथ्वीबाट सबैभन्दा टाढाको स्वर्ग छोइरहेको, र दसौँ लाख माइल फराकिलो, दूर-दूरसम्म फैलिएको, र दसौँलाख माइल बाक्लो ।
र, कल्पना गर्नोस्, यतिविघ्न अनगिन्ती बालुवा, यसको गुणौँगुणा जङ्गलमा पातहरू, समुद्रमा पानीका थोपा, चराका प्वाँख, माछाका छालाका पत्र, जनावरका रौँ, हावाका फैलिएका अणु । र, कल्पना गर्नोस्, हरेक दसौँ लाख वर्षका अन्तमा एउटा सानो चरो त्यो बालुवाको पहाडमा आएको, र आफ्नो चुच्चोले एक टुक्रा बालुवा बोकेर लगेको ।
त्यो चरोले त्यसरी बोकिलगेर त्यो पहाडको सिर्फ एक वर्गफुट सक्नअघि कति दसौँ लाखमाथि दसौँ लाख शताब्दी बित्थे होलान् । कति अपरिमेय कालमाथि काल बित्थे होलान् - त्यो चराले त्यो पहाडको सबै बालुवा ओसारेर सकुन्जेल सम्ममा ।
तर त्यतिन्जेल पनि अनन्तको एक अंशसम्म अन्त भएको कसैले शायदै भन्न सक्लान्, न त ती दसौँ अर्व, दसौँ खर्व वर्षहरूमा अनन्तको सुरूवात भएकै । अनि चराले एकएक टुक्रा गरी ओसारेर सकेको त्यो पहाड फेरि उभियो, त्यो चरा फेरि आयो र त्यसैगरि ओसारेर सक्यो, फेरि उभियो, फेरि सक्यो; त्यति नै क्रमको सङ्ख्यामा आकाशका ताराहरू, हावाका अणु, समुद्रमा पानीका थोपा, रूखका पात, चराका प्वाँख, माछाका छालाका पत्र, जनावरका रौँ ...।
र, त्यो बालुवाको पहाडको असङ्ख्य उभिने र सकिने क्रमहरूको अन्तमा पनि अनन्तको एक अंशसम्म अन्त भएको कसैले शायदै भन्न सक्लान् । र, यस्तो समयको अन्तमा पनि अनन्तको सुरवात भएको शायदै कसैले भन्न सक्लान् ।
सिर्फ रिँगटा चलाउने हाम्रा धारणाहरू ।
(आइरिश उपन्यासकार जेम्स जोयसको ‘A Portrait of the Artist as a Young Man’ उपन्यासबाट लिइएको एक अंश ।)
✍Translated by Pancha Vismrit
![]() |
जेम्स जोयस |

Comments
Post a Comment