लेख्न नभ्याएको एउटा समीक्षा : समयस्ट्रोक्सको

— पञ्च विस्मृत
✍By Pancha Vismrit




मैले बुझेका रवि रोदन :
कवितालाई बुझेर लेख्ने, बिचार र शिल्पको सुन्दर संयोजनमा विश्वास राख्ने, शब्दहरुको प्रयोगमा कञ्जुस्याइ गर्दै कालजयी कविता कोर्ने कविको नाम नै रवि रोदन हो ।

‘समयस्ट्रोक्स’ हात पार्नअघि मैले कवि रवि रोदनको बारेमा बनाएको धारणा थियो त्यो । एउटा कविलाई बुझ्न उनका धेरै कविताहरु पढिराख्न आवश्यक छैन, लाग्छ । रोदनको समयस्ट्रोक्स पूरै पढेँ; त्यसमा सङ्ग्रिहित जम्मै पैँतालीस कविता पढेँ; तर मैले आफ्नो ‘रेडिमेड’ धारणालाई परिवर्तन गर्न चाहिनँ ।

नेपाली साहित्यानुरागीहरुले त्यस्ता धेरै नामहरु पढेका छन् जो नेपालको सिमानाबाहिरबाट आएका हुन् । जस्तो प्रकाश कोवित, युधिर थापा, इन्द्रबहादुर राई, लीलबहादुर क्षेत्री, मनप्रसाद सुब्बा, विन्द्या सुब्बा, मनोज बोगटी, राजा पुनियानी आदि । यीमध्ये केहीले नेपाली भूमिमा रहेका नेपाली पाठकहरुलाई सिक्किम, कालेबुङ्, दार्जिलिङ्ग सबैतिर मज्जाले घुमाउन सफल भएका छन् । नेपालबाहिरका भएर पनि विदेशी नलाग्ने यी कलमजीवीहरु आफूले बाँचेको समाजका कुरा शब्दमा उनेर हामीलाई बाँढ्छन् । यदि हामीबीच साँस्कृतिक नाता वास्तवमै प्रगाढ छ भन्न सकिन्छ भने त्यसको श्रेय प्रथमत: लेखनलाई नै जान्छ ।

यता, लिम्बू इतिहासकार इमानसिंह चेम्जोङ्ग दार्जिलिङ्गमै जन्मेका हुन् । वैरागी काइँला, ईश्वर वल्लभ र इन्द्रबहादुर राईले ल्याएको तेस्रो आयामको इतिहास पनि दार्जिलिङ्गबाट सुरु हुन्छ । अहिलेको सन्दर्भमा, इण्डियाका विभिन्न भूभागमा नेपाली भाषी र नेपाली साहित्यमा कलम चलाउने नेपालीहरु बसोबास गर्छन् भन्ने कुरा सुन्नमा आइरहन्छ । नेपाली साहित्यको समालोचना–लेखन, जुन नेपालमा लेखिन्छ, मा नेपालबाहिरका त्यस्ता धेरै उल्लेखनीय नामहरु छुट्ने गरेको भए पनि हामीले तिनको नाम मुक्तकण्ठले लिनै पर्छ । तिनको नेपाली साहित्यमा विशिष्ट योगदान स्वीकार्नै पर्छ । नेपालबाहिरको त्यही मलिलो माटोमा जन्मेका एक कलाप्रेमी, कविताकर्ममा साधनारत कविको नाम नै रवि रोदन हो ।

उपल्लो भूगोलमा नेपाली नश्ल र मन लिएर जन्मिएका कविका कविता हामी आम नेपालीका लागि रुचिको विषय हुनै पर्छ । त्यसैले कवि रोदनका कविताको पठन हैन, अध्ययन गर्न जरुरी देखिन्छ । हामी सबैले लेख्ने भाषा एउटै भए पनि हाम्रो चिन्तन, सिद्धान्त र विषयवस्तुहरु फरक हुन सक्छन् । फरक परिवेशमा बसेर लेखिएका कविताहरुको अध्ययन गर्न पाउनु हाम्रो लागि अहोभाग्यको कुरा हो । त्यसैले उनका कविताहरुलाई विश्वकविताको स्थानमा राखेर समेत पठन आवश्यक छ । अङ्ग्रेजी या अन्य भाषाको साहित्यलाई मात्रै विश्वसाहित्यको स्थानमा राखेर अध्ययन गर्नु कति पनि तर्कसङ्गत देखिँदैन ।

समयस्ट्रोक्स :

“.... मान्छेले मान्छेकै अनुहार
खोसेर
मान्छेलाई निर्वासित पारेको
नाङ्गो कथा
घर–घरमा झुण्डिएको छ
जसका सिरानमा
बुद्ध हाँसिरहेको हुन्छ ।

हरिमाया दर्जीकै सियोले सिएको
सुकिलो लुगा लगाउँछ हर्कमान बाहुन
झिल्केले अर्जापेको खुकुरी
कम्मरमा भिर्छन् हर्कमान अधिकारी
सन्तवीरले सिलाएको जुत्ता लाएर
भुइँ टेक्छन् हर्कमान तामाङ ।

हर्कमानहरु
मालिक भएर हिँडेपछि
बाटो मुन्तिर
हरिमायाहरु/हर्केहरुले
जदौ जदौ भन्नु पर्ने हुन्छ ... ।”

(निर्वासित मान्छे)

नेपालबाहिर बसेर लेख्ने लेखक, कविहरुको कृति पढ्दा मुख्यत: तिनले उठाउने विषयवस्तु, तिनको लेखन शैली, तिनका सृजनामा पाइँने कालजयीता, समसामयिकता हामी सबैको चासोको विषय हुन सक्दछ । भनेँ, यतिखेर मेरो हातमा छ नेपाली मूलका भारतीय कवि रवि रोदनको ‘समयस्ट्रोक्स’ । र, म छु समयमा लेख्न नभ्याएका शब्दहरुसित ।

समयस्ट्रोक्सभित्रको उपर्युक्त कवितांशबाट के बुझ्न सकिन्छ भने नेपालमा बस्ने नेपालीहरुको सृजना र भारतमा बस्ने नेपाली मूलका सर्जकहरुको सृजनामा खासै अन्तर छैन । उनीहरु पनि हामीले जस्तै जातीय विभेद, छुवाछूतविरुद्धको आवाज उठाउँदा रहेछन् भन्ने कुरा ‘निर्वासित मान्छे’ले प्रष्ट पारिसकेको छ । यो विषयलाई नेपालमा जतिकै प्रखर रुपमा उठाउनु पर्ने वाध्यता रहेछ त्यहाँ पनि । समयस्ट्रोक्सभित्र हाम्रै सृजनामा पाइने खालका अभाव र पीडाका स्वरहरु छन् । मक्किएको चप्पल, फुटेको कुर्कुचामै अल्झिएको रहेछ त्यहाँको लेखन पनि— भन्ने कुरा समयस्ट्रोक्सले देखाउँछ । मालिक र खेतबारीको कुरा, श्रमको बखानमै सीमित रहेछ अहिलेसम्म हाम्रो लेखन । कहिलेसम्म टिप्ने गरिबीका विम्वहरु ?  कलम चलाउने आम कविहरुले गरिब, निरीहहरुकै पक्षमा वकालत गरेको सुन्छौँ, पढ्छौँ । रवि रोदनका कवितामा त्यस्ता स्वरहरु चर्काचर्का लाग्छन् । गरिब किसानको पक्षमा लेखिँदोरहेछ कविता त्यहाँ । आर्थिक, सामाजिक, सांस्कृतिक विषमताहरुबीच समानता खोज्नु नेपाली र नेपाली मूलका भारतीय कविहरुको साझा मुद्धा रहेछ ।  देशमा विकाशले गति लिन नसकेकोप्रति असन्तुष्टि प्रकट गर्ने बानी रहेछ त्यहाँ पनि । अँश्रुग्यास र लाठी चार्जकै कुराहरु हुँदा रहेछन् कविताहरुमा । यहाँ जस्तै त्यहाँ पनि पहिचानका मुद्धाहरु उठाइँदो रहेछ । भारतभूमिमा नेपाली पहिचान माँगिदोरहेछ । आदिवासी सपनाहरुकै खात ओढेर दिदाउँदारहेछन् त्यहाँका मान्छे पनि । समयस्ट्रोक्सभित्रका कविताहरुले त्यही भन्छ । अझ, त्यहाँ उल्लिखित हर्कमान, हरिमाया, सन्तवीरहरु नेपालका बासिन्दा हुन् कि उत्तैका छुट्याउन निक्कै मुस्किल हुन्छ । ती सबै पात्रहरु आत्मीय लाग्छन्, छिमेकी लाग्छन् । जेभएपनि हामी सबैको एउटै मूल विषय भनेको जीवनको लयमा कविता लेख्नु रहेछ ।

वस्तुत: कवि रवि रोदनका कविताहरु त्यति सजिला छैनन् । जति सरल देखिन्छन् त्यति नै गहिरा छन् । उनका कविताहरु वस्तुत: अमूर्त चित्रकलाझैँ लाग्छन् । शायद उनी स्वयम् चित्रकार भएर हुनसक्छ त्यो । हुन पनि यस्तै कविताहरुको खाँचो छ सहरमा, लाग्छ । किनभने यो सहरमा धेरै कवि कवितै लेख्दैनन् । रोदनका कविता सरल लाग्छन् तर दोहोर्याएर पढ्नु पर्छ । उनी कवितामार्फत के भन्न चाहन्छन् त्यो पत्ता लगाउन एकछिन अडिएर सोच्नै पर्छ । त्यसरी अडिएर सोच्दा कविताले भन्न खोजेको कुरा पाठकको मनमा बोध भएर आउनुचाहिँ पर्छ । रोदनका कतिपय कविता पढ्दा झनै अमूर्त लाग्छन् । यसतर्फ भने कविले सचेत हुन आवश्यक देखिन्छ । कतिपय कविताहरु बिनानिचोर अन्त भएका हुन् कि ? ‘कोहेजन’मा अझै ध्यान दिनसकेको भए समयस्ट्रोक्सले झनै पाठकको मन जित्न सफल हुन्थ्यो ।

आरोहण प्रकाशनबाट सन् २०१५ मा प्रकाशित कवि रवि रोदनको कविताकृति समयस्ट्रोक्सभित्र पैँतालीस कविताहरु समेटिएका छन् । कवि स्वयम्को आवरण चित्रमा सजिएको आकर्षक कृति समयस्ट्रोक्समा कवि मनोज बोगटीले सङ्ग्रहित कविताहरुलाई जिम्मेवार कविताको संज्ञा दिँदै सारगर्भित भूमिका लेखेका छन् । यसमा समाविष्ट कविताहरुको स्केच समेत कोरिएकोले सुनमा सुगन्ध थपेको महसुस हुन्छ ।

समग्रमा समयस्ट्रोक्स एक सङ्ग्रहणीय कृति हो ।


१६ फेब्रुअरी, २०१७, केएसए

Also published on: सूचना खबर डट्कम 

"समीक्षा राम्रो लाग्यो। रवि रोदनलाई थोरै शब्दमा गहिरोसँग चिनाउन सफल हुनुभएको छ विस्मृतजी ।"
— भरतकुमार भट्टरार्इ (Via Facebook) 



यस ब्लगका सबै रचनाहरू - All Posts

Comments

Total Views

Please, leave a comment

Wikipedia

Search results

POEMS FROM THE HIMALAYAS

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रदर्शनीमा जिन्दगी – पञ्च विस्मृत उसको जिन्दगी आज सार्वजनिक स्थलमा प्रदर्शनको लागि टाँगिएको छ । कोही आउँछन् र दुई...

Posted by Pancha Vismrit on Friday, November 13, 2020

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

रेगिस्तानी दशैँ — पञ्च विस्मृत हिउँदको फूलजस्तो निस्तेज उमङ्ग परदेशीका आङमा बेखबर फुल्छ तर, सिङ्गो संवेदन हल्लाएर झर्छ...

Posted by Pancha Vismrit on Thursday, October 22, 2020

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

गाए गीत नगाए कविता - पञ्च विस्मृत ढुङ्गा हुँ म तिमी मलाई, प्रेमले गाल्न नखोज थानमा राख मन्दिरको, दिलमा राख्न नखोज भेल...

Posted by Pancha Vismrit on Monday, September 28, 2020

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Day 1 Today is the first day of my participation in this 8-day Russian poetry flash...

Posted by Pancha Vismrit on Wednesday, September 9, 2020

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

स्रष्टा परिचय र उपनामको रहस्य -- ४० -------------------------------------------------- कवि पञ्च विस्मृत बजारिया...

Posted by सगरमाथा साहित्य प्रतिष्ठान नेपाल on Sunday, July 26, 2020

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

कोरोनाले छोडेर गएको दिन - पञ्च विस्मृत एक दिन जब खुल्नेछ विश्व जब छोडेर जानेछ कोरोनाले – मजदुरहरुले पेटभर खाना खान...

Posted by Pancha Vismrit on Thursday, July 30, 2020

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

आशाको रङ — पञ्च विस्मृत मलाई यी उठ्दै गरेका अग्ला घरहरुको रङ खुब मन पर्छ मानौँ कि उठ्दैछन् नैराश्यताको जमिनलाई...

Posted by Pancha Vismrit on Thursday, July 16, 2020

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट म के गरुँ ? कहाँ जाऊँ ? मित्रलाई सम्झूँ कि शत्रुलाई सम्झूँ ? फूललाई सम्झूँ कि काँडालाई सम्झूँ ? सबैको...

Posted by Pancha Vismrit on Monday, April 27, 2020

Prakash Dipsali Writes

परदेशी कवि तथा लेखकहरुको प्रिय नाम हो पञ्च विस्मृत । मलेसियामा रहदा असाध्यै चर्चामा रहेका कवि पञ्च विस्मृत सुन्दर कविता...

Posted by Prakash Dipsali on Monday, April 27, 2020

नेपालबन्द । कविता । पञ्च विस्मृत

नेपालबन्द – पञ्च विस्मृत शोकमग्नझैँ लाग्छ आज यो मनको शहर कुनै सपना बुन्नु छैन न त टिप्नु नै छ जून आज मनको शहर बन्द...

Posted by Pancha Vismrit on Tuesday, March 31, 2020

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति – पञ्च विस्मृत तिम्रो रुपको वर्णन गर्ने कुनै शब्दको आविस्कार भइसकेको छैन दुनियाँमा । बस, तिम्रो...

Posted by Pancha Vismrit on Thursday, February 13, 2020

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने, साहस जुटाइदेऊ भगवान जीवनयुद्ध जित्ने एउटा, दर्शन सिकाइदेऊ भगवान असल मान्छे बन्न खाजेँ, आफ्ना पराइ...

Posted by Pancha Vismrit on Saturday, November 2, 2019

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ – पञ्च विस्मृत क्यालेण्डरका पानाहरु कुल्चँदै हुण्डरीको वेगमा एक निरपराध...

Posted by सिर्जना डबली on Wednesday, November 6, 2019

हजुरबा र समय । कविता । पञ्च विस्मृत

हजुरबा र समय — पञ्च विस्मृत सदियौँदेखि हो यो वेगीलाई समयलाई थुन्न हाम्रा हजुरबाहरुले फलामको बडेमानको पिँजडा बनाउँदै...

Posted by Pancha Vismrit on Thursday, October 4, 2018

अग्रजहरु । कविता । पञ्च विस्मृत

अग्रजहरु – पञ्च विस्मृत अलिक मास्तिर पहाडको उकालो बाटोमा गुनगुन गुनगुन गर्दै एक हुल मानिस हिँडिरहेका देखिन्छन्...

Posted by Pancha Vismrit on Thursday, May 16, 2019

याद २ । कविता । पञ्च विस्मृत

याद २ — पञ्च विस्मृत ब्यूँझिएको मात्र के हुन्छु समय नुहेको डालीमा बसेर एकाबिहानै चिर्बिर चिर्बिर गर्छे प्रिय...

Posted by Pancha Vismrit on Thursday, February 14, 2019

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर — पञ्च विस्मृत छिमेकीको हवेली देखेर मैले पनि ठडयाएँ कल्पनाको राजधानीमा बडेमानको घर । सपनाहरुको...

Posted by Pancha Vismrit on Thursday, August 16, 2018

शब्दहरु । कविता । पञ्च विस्मृत

शब्दहरु — पञ्च विस्मृत शब्दहरु यी मसिना शब्दहरु ! कुम्लो कुटुरो बोकेर बाहिरिएको मान्छे घर फर्किएजस्तै एउटा...

Posted by Pancha Vismrit on Friday, December 1, 2017

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

कहिले आउँने दिनभरि, आइपुग्ने कहिले शाम धाइरहने यो सम्झनाको, खै के होला नाम ? कुटुकुटु खाइरहन्छ, आँखाभरि...

Posted by Pancha Vismrit on Thursday, December 29, 2016

परदेशिएर । कविता । पञ्च विस्मृत

परदेशिएर मनभित्र कतै बज्छ सौन्दर्यको तीखो आवाज म सुन्छु म हेर्छु परेलाहरुमा अडिएर टिलपिल टिलपिल आँशु साँच्ची...

Posted by Pancha Vismrit on Monday, April 7, 2014

Popular posts from this blog

हजार शैली कविताका

ग्रहण छापियो दिवाकर रहेनन् !

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on

Facebook Page