हाङपाल आङबुहाङको म्यूजिकभिडियो र यसको सबटाइटलको बारेमा

✍ पञ्च विस्मृत




गीत, गजल, मुक्तक आदि अनुप्रासयुक्त रचनाहरुको अनुवाद निक्कै कठिन कार्य हो । कहिलेकाहीँ यो असम्भवजस्तै बन्दछ । जब कलमजीवी, संस्कृतिकर्मी हाङपाल आङबुहाङले आफ्नो एक लिम्बू म्यूजिकभिडियोको सबटाइटलको लागि मसित कुरा गर्नुभयो मेरो मनमा यिनै कुरा आए ।

उहाँले कसो कसो मलाई एक अनुवादकको रुपमा पनि चिन्नुभएको रहेछ । अब उहाँलाई चिन्ने पालो मेरो थियो । उहाँको एउटा प्रकाशित कृतिको बारेमा कतै पढेको थिएँ, तर नाम बिर्सेछु । फेसबुकमा खोजेँ । सजिलै भेट्न सकिनँ । गूगलमा ‘च्याब्रुङको आवाज’ टाइप गरेर खोजेँ । त्यो मेरो झटारो थियो, लाग्यो । च्याब्रुङको आवाज केही सालअगाडि प्रकाशित हाङपाल आङबुहाङकृत हाइकु सङ्ग्रह हो । यसको मतलव उहाँलाई एक कलमजीवीको रुपमा उहिल्यै चिनेको रहेछु । च्याब्रुङजस्तो लिम्बू पहिचान बोकेको बाजाको आफ्नो कृतिमार्फत प्रोमोट् गर्नु नै लिम्बू कला र संस्कृतिका लागि केही गर्नु हो । यस कोणबाट उहाँलाई एक संस्कृतिकर्मीको रुपमा समेत चिनेको रहेछु । यता, ‘याप्मी लाजेओ येप्मा ए पोङ्लो’ गीत सुनिसकेपछि हाङपाल आङबुहाङलाई  लिम्बू भाषा साहित्यका लागि पनि केही गरिरहेका एक सर्जकको रुपमा चिन्न कर लाग्यो। सिङगापुरजस्तो ठाउँमा लिम्बू पहिरन, गरगहाना पहिरेर लिम्बू गीतको छायाङ्कन गर्नु चाचुने काम पक्कै हैन, लाग्छ । यसको लागि लिम्बू समुदायका साधुवादका पात्र हुनुहुन्छ उहाँ र उहाँको टिम ।

सबटाइटलको कुरा उहाँको लिम्बू गीतलाई अङग्रेजीमा अनुवाद गर्ने भन्ने थियो । ‘याप्मी लाजेओ येप्मा ए पोङ्लो’ गीतको अनुवाद । तर म आफूलाई लिम्बू भाषाको ज्ञाताको रूपमा उति सम्झन्नँ । त्यसैले आफ्नो लिम्बू भाषाको सृजनालाई नेपालीमा समेत उल्था गरेर पठाउन भनेँ । उहाँले त्यसै गर्नुभयो ।

धेरै लिम्बू भाषाका सर्जकहरुले मलाई सोध्ने गर्नुहुन्छ कि लिम्बू भाषामा लेख्नुहुन्न ? म सजिलै भन्ने गर्छु अहँ, लेख्दिनँ । यसका दुई कारण छन् । प्रथममा मैले दुई भाषालाई निक्कै प्राथमिकता दिएर कलम चलाएकोछु : १, नेपाली । २, अङ्ग्रेजी । दोस्रो कारणचाहिँ मेरो क्षेत्रमा जस्तो लिम्बू भाषा बोलिन्छ त्यो वास्तविक लिम्बू भाषा होइन, जहाँ अधिकांशत: नेपाली शब्दहरु मिसाएर बोल्ने गरिन्छ । त्यसो र हामीले लेखेको सृजनाले लिम्बू भाषा साहित्यलार्इ कुनै योगदान दिन सक्दैन भन्ने मेरो निजी ठम्याइ हो । सिकेर बोलेर, लेखेर लिम्बू भाषा साहित्यलाई अगाडि बढाउने जिम्मा म नयाँ पुस्ताले लियोस् भन्न चाहन्छु । यस क्षेत्रमा धेरै विद्वानहरु लागिपर्नु भएको छ । नयाँ पुस्ताले तिनले बाँढेका ज्ञानहरुको अनुसरण गर्ने नै छन् भन्ने लागेको छ । सबै भन्दा महत्त्वपूर्ण कुरा लिम्बू भाषाको एकरुपताको हो । लिम्बू समुदायको बसोबास रहेका ताप्लेजुङ (हाङपाल आङबुहाङको जन्मस्थान), छत्थर, पाँचथर, चौबीस (यो पङ्क्तिकारको जन्मस्थान) जस्ता स्थानहरुमा लिम्बू भाषा आआफ्नै तरिकाले बोल्ने गरिन्छ । र, सबैलाई आफूले बोलेको भाषा ठीकै हो जस्तो लाग्छ । यस्तोमा एक पक्षले हामीले बोलेको भाषा र तिमीले बोलेको भाषिका भन्न सक्ने अवस्था सृजना भइरहेको छ । यस समस्याको समाधान साहित्य लेखनबाट मात्रै सम्भव छ । र, यसको लागि हाङपाल आङबुहाङजस्ता लिम्बू भाषा साहित्यका सर्जकहरुको लेखनको अर्थ रहनेछ । अझ नयाँ पुस्ताले नयाँ जोसकासाथ यस क्षेत्रमा अगाडि आउन जरुरी छ ।

अन्तत: ‘याप्मी लाजेओ येप्मा ए पोङ्लो’ अनुवाद भयो— सबटाइटलको लागि । रचनाकारले सामान्य अनुवाद मात्र भनेको भएपनि सामान्य अनुप्रास मिलाउन खोजेको छु यसमा ।

 ‘याप्मी लाजेओ येप्मा ए पोङ्लो’ गीतमा प्रवासीको पीडा र वाध्यतालाई अभिव्यक्त गरिएको छ । प्रवासमा कसरी अर्काको अधीनमा दैनिकी गुजार्नु पर्छ भन्ने कुरा गीतद्वारा अभिव्यक्त गरिएको छ । र, यसका साथै दिवास्वप्न नदेख्न र आफ्नै मुलुकमा फर्केर केही गर्नुपर्ने सन्देश समेत यस गीतले दिएको छ ।

गीत आकारले छोटो भएपनि करिब पाँच मिनेटको भिडियो बनेको छ । लिम्बू भाषाको गीत भएकोले अन्यभाषीकालागि सबटाइटल राख्नु राम्रो कुरा हो । तर भिडियो हेर्दा सबटाइटल अलिक मिलाएर राखेको भए हुन्थ्यो जस्तो लाग्छ । यस गीतलार्इ हाइलाइट नेपालले अाफ्नो यूट्यूब च्यानलमार्फत सार्वजनिक गरेको छ ।

याप्मी लाजेओ येप्मा ए पोङ्लो,  निङ्वा ए मेन्दाए
खासाङाङ् वाआ पाप्माए पोङ्लो, नुरिके मेङ्घाए

याप्मी पान् खेम्नु नुनुबा सेप्माङ्, लेन्दिकसा निमेन्लो
आतिसाङ् याङ्सा मेधक्नेन् चुम्से, होम्ब्रिक्वा मेन्धाए

लाम् पोत्नुपोत्नु वयिमेन् चुम्से याप्मिरे लाजे ओ
नुक्सिरो आल्ल आनी लाजे ओ, थक्लाएन् मेन्नाए

सबटाइटलको लागि अनुवाद :

Yapmi Lajeo by Hangpal Angbuhang

In foreign lands, you have to keep smiling, no matter what
You have to pretend you have eaten enough, no matter what

Listening to others, do not dream beautiful daydreams
No fortune can be made, anywhere friends, without sweating streams

Being lost in foreign lands, the idea of staying more, friends, let's not hold
Let's return now to our own land before we get old

Translated by Pancha Vismrit

000

Please, also watch Rangahau Khojdai Janda translated by Pancha Vismrit
✦Please, also watch Jindagima Sadhain sadhain translated by Pancha Vismrit
✦ Please, also watch Mimjire Mim  translated by Pancha Vismrit


Comments

Total Views

Please, leave a comment

Wikipedia

Search results

POEMS FROM THE HIMALAYAS

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रदर्शनीमा जिन्दगी – पञ्च विस्मृत उसको जिन्दगी आज सार्वजनिक स्थलमा प्रदर्शनको लागि टाँगिएको छ । कोही आउँछन् र दुई...

Posted by Pancha Vismrit on Friday, November 13, 2020

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

रेगिस्तानी दशैँ — पञ्च विस्मृत हिउँदको फूलजस्तो निस्तेज उमङ्ग परदेशीका आङमा बेखबर फुल्छ तर, सिङ्गो संवेदन हल्लाएर झर्छ...

Posted by Pancha Vismrit on Thursday, October 22, 2020

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

गाए गीत नगाए कविता - पञ्च विस्मृत ढुङ्गा हुँ म तिमी मलाई, प्रेमले गाल्न नखोज थानमा राख मन्दिरको, दिलमा राख्न नखोज भेल...

Posted by Pancha Vismrit on Monday, September 28, 2020

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Day 1 Today is the first day of my participation in this 8-day Russian poetry flash...

Posted by Pancha Vismrit on Wednesday, September 9, 2020

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

स्रष्टा परिचय र उपनामको रहस्य -- ४० -------------------------------------------------- कवि पञ्च विस्मृत बजारिया...

Posted by सगरमाथा साहित्य प्रतिष्ठान नेपाल on Sunday, July 26, 2020

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

कोरोनाले छोडेर गएको दिन - पञ्च विस्मृत एक दिन जब खुल्नेछ विश्व जब छोडेर जानेछ कोरोनाले – मजदुरहरुले पेटभर खाना खान...

Posted by Pancha Vismrit on Thursday, July 30, 2020

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

आशाको रङ — पञ्च विस्मृत मलाई यी उठ्दै गरेका अग्ला घरहरुको रङ खुब मन पर्छ मानौँ कि उठ्दैछन् नैराश्यताको जमिनलाई...

Posted by Pancha Vismrit on Thursday, July 16, 2020

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट म के गरुँ ? कहाँ जाऊँ ? मित्रलाई सम्झूँ कि शत्रुलाई सम्झूँ ? फूललाई सम्झूँ कि काँडालाई सम्झूँ ? सबैको...

Posted by Pancha Vismrit on Monday, April 27, 2020

Prakash Dipsali Writes

परदेशी कवि तथा लेखकहरुको प्रिय नाम हो पञ्च विस्मृत । मलेसियामा रहदा असाध्यै चर्चामा रहेका कवि पञ्च विस्मृत सुन्दर कविता...

Posted by Prakash Dipsali on Monday, April 27, 2020

नेपालबन्द । कविता । पञ्च विस्मृत

नेपालबन्द – पञ्च विस्मृत शोकमग्नझैँ लाग्छ आज यो मनको शहर कुनै सपना बुन्नु छैन न त टिप्नु नै छ जून आज मनको शहर बन्द...

Posted by Pancha Vismrit on Tuesday, March 31, 2020

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति – पञ्च विस्मृत तिम्रो रुपको वर्णन गर्ने कुनै शब्दको आविस्कार भइसकेको छैन दुनियाँमा । बस, तिम्रो...

Posted by Pancha Vismrit on Thursday, February 13, 2020

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने, साहस जुटाइदेऊ भगवान जीवनयुद्ध जित्ने एउटा, दर्शन सिकाइदेऊ भगवान असल मान्छे बन्न खाजेँ, आफ्ना पराइ...

Posted by Pancha Vismrit on Saturday, November 2, 2019

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ – पञ्च विस्मृत क्यालेण्डरका पानाहरु कुल्चँदै हुण्डरीको वेगमा एक निरपराध...

Posted by सिर्जना डबली on Wednesday, November 6, 2019

हजुरबा र समय । कविता । पञ्च विस्मृत

हजुरबा र समय — पञ्च विस्मृत सदियौँदेखि हो यो वेगीलाई समयलाई थुन्न हाम्रा हजुरबाहरुले फलामको बडेमानको पिँजडा बनाउँदै...

Posted by Pancha Vismrit on Thursday, October 4, 2018

अग्रजहरु । कविता । पञ्च विस्मृत

अग्रजहरु – पञ्च विस्मृत अलिक मास्तिर पहाडको उकालो बाटोमा गुनगुन गुनगुन गर्दै एक हुल मानिस हिँडिरहेका देखिन्छन्...

Posted by Pancha Vismrit on Thursday, May 16, 2019

याद २ । कविता । पञ्च विस्मृत

याद २ — पञ्च विस्मृत ब्यूँझिएको मात्र के हुन्छु समय नुहेको डालीमा बसेर एकाबिहानै चिर्बिर चिर्बिर गर्छे प्रिय...

Posted by Pancha Vismrit on Thursday, February 14, 2019

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर — पञ्च विस्मृत छिमेकीको हवेली देखेर मैले पनि ठडयाएँ कल्पनाको राजधानीमा बडेमानको घर । सपनाहरुको...

Posted by Pancha Vismrit on Thursday, August 16, 2018

शब्दहरु । कविता । पञ्च विस्मृत

शब्दहरु — पञ्च विस्मृत शब्दहरु यी मसिना शब्दहरु ! कुम्लो कुटुरो बोकेर बाहिरिएको मान्छे घर फर्किएजस्तै एउटा...

Posted by Pancha Vismrit on Friday, December 1, 2017

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

कहिले आउँने दिनभरि, आइपुग्ने कहिले शाम धाइरहने यो सम्झनाको, खै के होला नाम ? कुटुकुटु खाइरहन्छ, आँखाभरि...

Posted by Pancha Vismrit on Thursday, December 29, 2016

परदेशिएर । कविता । पञ्च विस्मृत

परदेशिएर मनभित्र कतै बज्छ सौन्दर्यको तीखो आवाज म सुन्छु म हेर्छु परेलाहरुमा अडिएर टिलपिल टिलपिल आँशु साँच्ची...

Posted by Pancha Vismrit on Monday, April 7, 2014

Popular posts from this blog

हजार शैली कविताका

ग्रहण छापियो दिवाकर रहेनन् !

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on

Facebook Page