साउदी अरेबियामा मर्स–आतङ्क
– पञ्च विस्मृत
✍By Pancha Vismrit
साउदी अरेबियामा प्रथमपल्ट देखा परेको उपचारहीन भाइरस मर्सले महामारीको रुप लिन सक्ने आशङ्कामा विश्वका विभिन्न मुलुकहरु सजग हुन थालेका छन् । अरब न्यूजको गत शनिवारको रिपोर्ट अनुसार सन् २०१२ को जूनमा प्रथम पल्ट देखा परेको सो भाइरसबाट साउदी अरेबियामा पछिल्लो घटनाको रुपमा एक ७७ वर्षीय साउदी वृद्ध र २७ वर्षिया एक विदेशी महिलाको मृत्यु भएको छ । र, यससँगै मर्स भाइरसबाट मृत्यु हुनेको सङ्ख्या जम्मा ४५३ पुगेको छ, भने यस भाइरसबाट सङ्क्रमित बिरामीहरुको सङ्ख्या जम्मा १०३० पुगेको छ । यस रोगको कुनै उपचार आजसम्म पत्ता नलागेको भनिए पनि यसबाट प्रभावित ५६८ जनालाई निको पारिएको जनाइएको छ ।
Middle East Respiratory Syndrome (MERS) नाम दिइएको उक्त भाइरसबाट साउदी अरेबिया पछिको सबैभन्दा बढी प्रभावित भएको मुलुक साउथ कोरिया रहेको छ, जहाँ बीबीसीको जुन १५ को रिपोर्ट अनुसार यसबाट मृत्यु हुनेहरुको सङ्ख्या जम्मा १६ पुगेको छ । उक्त मुलुकमा गत शनिवारको अरब न्यूजको रिपोर्टमा यसबाट सङ्क्रमित बिरामीहरुको सङ्ख्या ४१ रहेको उल्लेख गरिएको थियो भने जुन १५ को बीबीसी रिपोर्टमा १५० पुगेको उल्लेख छ । यसबाट पनि सो मुलुकमा मर्सको महामारी कति गम्भीर हुँदै गएको रहेछ भन्ने कुराको आँकलन गर्न सकिन्छ । यसरी दुवै देशमा मर्स सङ्क्रमित हुने र मृत्यु हुनेको सङ्ख्या बढ्दो क्रममा देखिनुले सम्बन्धित मुलुकमा कार्यरत नेपाली कामदारहरु मर्स आतङ्कका शिकार भइरहेका देखिन्छन् ।
साउदी अरेयिबा र साउथ कोरिया बाहेक यस भाइरस देखिएका देशहरुमा दुबाइ, कतार, ओमन, जोर्डन, कुवेत, यमन, लेबनन, इरान, युके, फ्रान्स, तुनिसिया, इटाली, मलेसिया, फिलिपिन्स, ग्रीस, इजिप्ट, अमेरिका, नेदरल्याण्डस्, अल्जेरिया, अष्ट्रिया, टर्की, जर्मनी र चैना रहेका छन्, स्वास्थ्यसँग सम्बधित वेवसाइटहरुमा उल्लेख छ ।
मर्स कोरोना भाइरसबाट उत्पन्न हुने र सोही भाइरसबाट सन् २००३ मा सार्स (MERS) उत्पन्न भएको बताइन्छ, जसले सयौँको ज्यान लिएको थियो । सुरुका रिपोर्टहरुमा ऊँटबाट मान्छेमा सरेको आशङ्का गरिएको मर्स भाइरसको आजसम्म कुनै उपचारविधी अथवा सुइ पत्ता लागेको छैन । बिरामीको आवश्यक हेरचाहबाट नै यस रोगको निदान खोज्ने काम भइरहेको छ । बीबीसीका अनुसार यस भाइरसबाट सङ्क्रमित करिब ३६ प्रतिशत विरामीको मृत्यु हुने गरेको छ ।
वस्तुत: यो भाइरसले मूख्यरुपमा श्वासप्रश्वास प्रणालीमा समस्या ल्याउछ । यस भाइसका मूख्य लक्षणहरुमा :
– ज्वरो आउने
– खोकि लाग्ने र
– श्वास बढ्ने रहेका छन् । अन्यमा यसबाट सङ्क्रमित बिरामीलाई डायरिया हुने, बान्ता हुने, निमोनिया हुने र अझ किड्नीले समेत काम गर्न छोड्ने जस्ता लक्षणहरु रहने उल्लेख गरिएको छ । सामान्य रुपमा श्वासबाट सर्ने अनुमान गरिएको यो रोगको अरु सर्ने तरिकाहरु अझसम्म पत्ता नलागेको बताइन्छ ।
आजका मानव आफ्नो सभ्यता र विकासको उचाइलाई कायम राख्न प्राकृतिक प्रकोप, भोकमरी, शोक, रोग, महामारी आदिसँग युद्ध लड्दै निरन्तर अगाडि बढिइरहेका छन् । यस भाइरसबाट लड्नका लागि अथवा यस महामारीको उपचारविधी पत्ता लगाउनका लागि सम्बन्धित निकायहरु गम्भीर हुँदै आएका देखिन्छन् । ‘The U.S. National Institutes of Health’ नामक संस्था यस रोगको निदान पत्ता लगाउने काममा लागिपरेको छ । त्यस्तै सबैभन्दा बढी मर्सप्रभावित मुलुक साउदी अरेबिया र साउथ कोरियाकाबीच यस रोगको निदानका लागि के गर्न सकिन्छ भन्ने कुरामा छलफल र सहकार्य अघि बढिरहेको बताइन्छ ।
साउदी अरेबियामा कार्यरत करिब दुई लाख भन्दा बढी नेपाली कामदारका लागि मर्स गम्भीर विषय हुन सक्छ । तर अधिकांश नेपाली यसबारेमा अनभिज्ञ छन् । यहाँ मर्सबारे प्रचारप्रसार गरिएपनि यहाँको सरकारले कुनै खास चेतावनी जारी गरेको भने छैन । त्यसो र यहाँको जनजीवन आजसम्म सामान्य नै रहँदै आएको छ । स्वाइन फ्लू, बर्डफ्लू जस्ता महामारीहरुबाट पार नपाउँदै मर्सले नेपाल भित्रिए नेपालीले धेरै ठूलो सङ्कट खेप्नु पर्ने हुन्छ । यो रोग आजसम्म नेपालमा देखा नपरिसकेको अवस्थामा सरकारले यसबारे बेलैमा सोच्न आवश्यक देखिन्छ । प्लेगले १४ औँ शताब्दीमा १५ मिलियन युरोपियनको ज्यान लिएको इतिहास छ, जुन त्यहाँको त्यतिबेलाको जनसङ्ख्याको ६० प्रतिशत हो । पछि यसले विश्वका अन्य भागमा पनि उतिकै मानव जातीको विनाशकको रुपमा टाउको उठायो, जसलाई आज हामी ‘ब्ल्याक डेथ’को रुपमा चिन्छौँ । यता इबोलाको आतङ्क अफ्रिकामा अझैँ छ । यस्ता महामारीहरुबाट बच्न र यस्ता महामारीले देशको सीमारेखा काट्न नदिन सरकारले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ, र सक्नु पर्छ ।
मर्सको निदान आजसम्म पत्ता नलागे पनि यसबाट बच्ने सम्भावित उपायहरु यस प्रकार दिइन्छ :
– साबुन पानीले नियमित हात धुने । यदि साबुन पानी नभएमा सेनिटाइजरको प्रयोग गर्ने ।
– खोक्दा र हाछिउँ गर्दा टिस्यू पेपरले मुख छोप्ने र सो टिस्यू निश्चित स्थानमा फाल्ने ।
– नधोएको हातले आँखा नाक मुख नछुने ।
– बिरामीसँग चुम्बन नगर्ने, एउटै थाल या गिलासमा नखाने, नपिउने ।
– छोइरहने या चलाइरहने सामानहरुको सफाइ गरिरहने ।
– श्वासप्रश्वासबाट सर्न सक्ने भएकोले भीडभाडमा मास्कको प्रयोग गर्ने ।
– ऊँटको दुध राम्ररी उमालेर मात्र सेवन गर्ने आदि ।
०००
Also Published on : फोनिज कोरिया डट्कम
सन्दर्भ सामग्रीहरु :
१, History Today
२, अरब न्यूज मे १४, २०१४
३, अरब न्यूज अप्रिल २०, २०१४
४, अरब न्यूज जुन १३, २०१५
५, http://www.bbc.com/news June 14, 2015
६, www.bbc.com/news June 15, 2015
७, Middle East respiratory syndrome coronavirus
From Wikipedia, the free encyclopedia
८, CDC

★ यो लेख सर्वप्रथम १६ जून, २०१५ मा प्रकाशित भएको थियो । आज पनि साउदी अरेबियामा यस रोगबाट विरामी हुने र मृत्यु हुनहरूको सङ्ख्या उस्तै रहेको कारण जनचेतनाको लागि पुनर्प्रकाशन गरिएको छ । यस रोगको बारेमा निम्न लिङ्कहरूबाट जानकारी लिन सकिन्छ :
Comments
Post a Comment