आगो र जीवनयुद्ध : जित्ने उपायहरु

— पञ्च विस्मृत
By Pancha Vismrit

Photo source: इदैनिकपोस्ट

यो लेख मलेसियाबाट प्रकाशित श्री अभिलेख साप्ताहिकको वर्ष १, अङ्क ९, २०६४, मङ्सिर २२, शनिबार तदनुसार ८ डिसेम्बर, २००७ मा मेरो 'प्रवास' शीर्षकको स्तम्भमा प्रकाशित भएको थियो । जानकारीमूलक लेख भएकोले पुनर्प्रकाशन गरिएको छ । 

बिहान आधा घण्टाले चाँडो उठेँ । उठाइएँ भनौँ । समयद्वारा निर्देषित श्रमिक दिनचर्या । दोहोरिइरहने एकनासले । अनि भाग्नै पर्ने यसलाई, एक दुर्दम नियति ।

यद्यपि, यसपालीको मेरो उठाइमा केही नौलोपन थियो । चाँडै उठेको या उठाइएकोले भने पटक्कै हैन । एक तारिख बिहान सन् सात सेप्टेम्बरको, ‘पब्लिक फायर सेफ्टी एण्ड प्रिभेन्शन एजुकेशन सेन्टर’को बोलावट थियो– साबिकको समयभन्दा आधाघण्टा चाँडो उपस्थित हुनू । भनिए अनुसारले सबै स्टाफहरु जम्मा भयौँ । आगलागीबाट कसरी बच्ने, आगो लागिरहेको घरभित्रबाट आफू कसरी सुरक्षित तवरले उम्कने आदिको बारेमा एक घण्टे एक रोचक प्रशिक्षण दिइयो । हाम्रो लागि भनेर एक शब्द पनि अङ्ग्रेजी शब्द नबोलिएको चैनिज भाषाको प्रशिक्षणमा जानेका कुरा ‘प्रवास’मा राख्दा प्रवासीहरुलाई फाइदा नै पुग्ला लाग्यो ।

मलेसियामा कार्यरत नेपाली श्रमिकहरुले अनेक प्रकारका दुर्दशाहरु भोग्दै आएका छन् । गाली, यातना, जेल, लुटपात, सडक दुर्घटना आदि घटनाहरु गौण लाग्दछन् । जटिल समस्याको रुपमा विद्यमान प्रवासी श्रमिकहरुको प्रवासमा ‘सुतेको सुत्यै हुने’ समस्याको बारेमा नेपाल सरकारले एक कदम उठाउन झण्झट मानिरहेको अवस्था छ । यी समस्याका कुराका अलावा खतराका सन्दर्भहरु पनि उल्लेखनीय नै रहेका छन् । वस्तुत: मलेसियामा कार्यरत नेपाली श्रमिकहरुलाई धेरै कुराको खतरा छ । सम्बन्धित देश तथा जनताले भोग्नु पर्ने दैवीप्रकोप तथा दुर्दशाका भागीदार सम्बन्धित देशमा रहेका प्रवासीहरुले भोग्नै पर्दछ, माटो प्रयोग गरेपछि ।

सन् १९७१ मा मलेसियाका अधिकांश भाग बाढीग्रस्त बन्न पुगेको, र सङ्कटकाल नै लागू गर्नुपरेको इतिहास पढिँदै आएकोमा सन् २००६ को डिसेम्बर र सन् २००७ को जनवरीमा गरी दुई पल्ट मलेसियाले झण्डै त्यस्तै खालको दुर्दशा खेप्नु परेको थियो । प्रायद्वीपीय मलेसियाको दक्षिणपूर्वी राज्य जोहोर दुवैपल्टको बाढीबाट प्रभावित बनेको थियो । सन् २००६ डिसेम्बर महिनाको अर्थात् प्रथम बाढीमा मात्र सडक, ढल, बत्ती तथा अन्य आधारभूत संरचनाहरुको क्षतिको हिसाब पैँतालीस मिलियन आरएम निकालिएको छ । सन् २००७ जनवरी महिनाको अर्थात् दोस्रो बाढीबाट जोहोरका ७५,००० साबाहका २०००, पाहाङका १००० मान्छेको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपरेको थियो । जोहोरका २४ वटा सडक त बन्दै गर्नुपरेको थियो । दुवै पल्टको बाढीबाट जोहोर र साबाह राज्यका साथै मलाक्का, पाहाङ र तेरेङ्गानु राज्य समेत प्रभावित बनेका थिए । त्यसैगरि पूर्वका दुई राज्यमध्ये सारावाकमा गएको पहिरोबाट २०० जना घरबारविहीन बन्न पुगेको घटना सन् २००६ तिरकै हो । यता मलाक्काको बन्दार हिलिर भन्ने स्थानमा भएको आगलागीबाट चार बच्चाहरुको मृत्यु भएको घटना पनि आलै छ । यसरी पहिल्याउँदै जाने हो भने घटनाहरुको फेहरिस्त लामै बन्न सक्छ, जहाँ प्रवासी नेपाली श्रमिकहरुको नाम समेत आउने गरेको छ, जुन दु:खको कुरा हो ।

उत्तर–पश्चिम चिनको एक कोइला खानीमा पचास वर्षदेखि बल्दै आएको आगोले एक करोड बीस लाख टनभन्दा बढी कोइला सखाप पारेको र आगो निभाउन अग्नी समनकर्ताहरु बल्ल सफल भएको एक रोचक खबर भर्खरै प्रकाशनमा आएको छ । यस घटनाबाट पनि आगोको शक्ति सजिलै आँकलन गर्न सकिन्छ ।

के गर्ने, यदि हामी घरभित्र बसिरहेका छौँ, र आगो दन्किन थालेको छ ? प्रशिक्षणमा बाँढिएको ज्ञान म यहाँ राख्न चाहन्छु :

१, दन्किरहेको आगोबाट बच्दै सुरक्षित स्थानसम्म पुग्न स्वभावत: ताप, धुवाँ तथा आगोको ज्वालाबाट बच्दै जोगिँदै भाग्नुपर्ने हुन्छ । तपाइँ यदि एउटा कोठाभित्र थुनिनु भएको छ भने आतिएर ढोका नखोल्नुहोस् । बरु ढोका खोल्नुअघि ढोकाको ताप पत्ता लगाउनुहोस् । यदि त्यो तातो छ भने नखोल्नुहोस्, बरु वैकल्पिक बाटो खोज्नुहोस् । यदि त्यो तातो छैन भने घुँडा टेकेर सावधानीपूर्वक खोल्नुहोस् । यदि कोठाभित्र ताप र धुवाँ छिरिरहेको छ भने तुरुन्तै कुनै वस्तु जस्तो तौलिया, ब्ल्याङ्केट आदिले धुवाँ छिरिरहेको दुलोलाई टाल्नुहोस् ।

२, ढोकामा ताप छ भने वैकल्पिक बाटोको रुपमा झ्याललाई रोज्नुपर्ने हुनसक्छ । झ्याल खोल्नअघि ढोका राम्ररी बन्द रहेकोनरहेको जाँच्नुहोस् । यदि तपाइँ घरको प्रथम तलाको कोठामा थुनिनुभएको छ भने झ्यालबाट हाम फालेर भाग्न सक्नुहुन्छ । भुइँमा कोही छन् भने झ्यालबाट बच्चाहरुको उद्धार गर्न सजिलो हुन्छ । झ्यालबाट तपाइँ भाग्न खोजिरहनुभएको छ भने खुट्टा पहिले निकाल्नुहोस् । र, होसियार भएर समाएर कर परेपछि मात्रै हाम फाल्नुहोस् ।

३, तपाइँ यदि दोस्रो तलामा बस्नुभएको छ भने झ्यालबाट त्यसरी हाम फलेर भाग्ने प्रयास नगर्नुहोस् । त्यसो गर्नुभयो भने तपाइँ गम्भीर रुपमा घाइँते बन्न सक्नुहुनेछ । यस्तो अवस्थामा बरु वैकल्पिक बाटो जस्तो सिँढी, बार्दली या नजिकैको रुखलाई लिन सक्नुहुन्छ । नभए उद्धारकर्ताहरुको प्रतीक्षा गर्नु नै वेश हुन्छ । यदि तपाइँसित टेलिफोन या मोबाइलफोन छ भने फायर ब्रिग्रेड या मानवीय सहायताका लागि फोन गर्न नभुल्नुहोस् । फोन गर्दा आफू बसेको स्थानको सही र स्पष्ट सूचना दिनुहोस्, र देखिने ठाउँमा बस्नुहोस् । यदि त्यो रातको समय छ भने मान्छेको ध्यानाकर्षण गराउन टर्च लाइट बाल्ने, सेतो कपडा हल्लाउने या कराउने आदि कार्य गर्न सक्नुहुन्छ ।

४, तपाइँ धुवाँभित्र पर्नुभयो अथवा तपाइँको भाग्ने बाटो धुवाँम्मे भएको छ, र अन्य कुनै वैकल्पिक बाटो पनि देखिरहनुभएको छैन भने तपाइँको बच्ने चान्स कम हुन सक्छ । यद्यपि, यस्तो अवस्थामा तपाइँ बामे सर्दै अघि बढ्न सक्नुहुन्छ । किनभने भुइँको सतहदेखि ३० देखि ६० सेमीको भागमा अक्सिजन पाउने सम्भावना रहन्छ ।

५, यदि तपाइँको लुगा आगोले भेटिहाल्यो र त्यो बल्न थालेको छ भने "Stop, Drop, Roll"  विधीको प्रयोग गर्न सक्नुहुन्छ, जुन विधी प्रयोग गरेर विश्वका धेरै मान्छेले आफ्नो ज्यान बचाएका छन् । लुगा बलिरहेको अवस्थामा दौडनु भनेको आगोको ज्वालालाई अझ दन्किन दिनु हो । त्यसकारण पहिले अडिनुहोस् (Stop), भुइँमा ढल्नुहोस् (Drop), र दुवै हातले मुख छोपेर आगोको ज्वाला नमरुञ्जेल गुड्दै जानुहोस् (Roll) । अथवा भिजेको बोरा या ब्ल्याङ्केटले आफूलाई बेरेर पनि तपाइँ अगो निभाउन सक्नुहुन्छ ।

६, अन्ततः तपाइँ बच्नु भयो तर आगोले पोलेको घाउ लिएर । घाउले पोलेर दुखिरहेछ, र यदि त्यो घाउ प्रथम या दोस्रो डिग्रीको छ भने त्यसमाथि बरफ पानी खन्याने प्रयास नगर्नुहोस् । बरु त्यसलाई चिसो पानीले दशपन्ध्र मिनेटसम्म भिजाइराख्नुहोस् । र, पोलाइ र दुखाइ कम भएपछि उपचारका लागि लानुहोस् । तेस्रो डिग्रीको घाउ छ भने कुनै कपडाले, जुन रुवादार नहोस्, छोप्नुहोस् र उपचारतर्फ लगिहाल्नुहोस् । यदि पोलेको ठाउँमा आफूले लगाइराखेको लुगा टाँसिएको छ भने त्यसलाई छुट्टाउने प्रयास नगर्नुहोस् ।

यहाँ बुझ्नु पर्ने कुरा : छालाको बाहिरी भाग मात्र जलेको छ भने त्यसलाई प्रथम डिग्रीको मानिन्छ । यदि फोका नै उठेर पानी जमेको छ भने त्यो दोस्रो डिग्रीको हुन्छ । र, यदि त्योभन्दा पनि गम्भीर किसिमको घाउ बनेको भए त्यसलाई तेस्रो डिग्रीको भनेर बुझ्नु पर्छ, जसलाई इमर्जेन्सी उपचारको आवश्यकता पर्दछ ।

प्रशिक्षण सकियो । बीचबीचमा आगलागी पीडितका तसबिरहरु देखाइए । फायर एक्स्टिङ्ग्विशर, फायर ब्ल्याङ्केट आदिको प्रयोग गर्ने तरिकाहरु प्रदर्शन गरियो । समग्रमा प्रशिक्षण निक्कै जानकारीमूलक रह्यो ।

उठेर हिँड्दा सामान्य लाग्ने कुनै पनि विषय वास्तवमा  त्यति सामान्य पनि नहुँदा रहेछन् है भन्ने कुराको बोध भएर आयो ।

जय प्रवास ।


श्री अभिलेख साप्ताहिक, वर्ष १, अङ्क ९, २०६४, मङ्सिर २२, शनिबार । ८ डिसेम्बर, २००७ 



एसएमएसबाट प्रतिक्रिया :

"पञ्चजी, आगलागीबाट बच्ने उपाय (अमूल्य जानकारी) पत्रिकामार्फत दिनुभएकोमा धन्यवाद । 
अरु जानकारीहरु पनि दिँदै जानु होला ।"

+६०१६९६४४८१२ 

Comments

Total Views

Please, leave a comment

Wikipedia

Search results

POEMS FROM THE HIMALAYAS

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रदर्शनीमा जिन्दगी – पञ्च विस्मृत उसको जिन्दगी आज सार्वजनिक स्थलमा प्रदर्शनको लागि टाँगिएको छ । कोही आउँछन् र दुई...

Posted by Pancha Vismrit on Friday, November 13, 2020

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

रेगिस्तानी दशैँ — पञ्च विस्मृत हिउँदको फूलजस्तो निस्तेज उमङ्ग परदेशीका आङमा बेखबर फुल्छ तर, सिङ्गो संवेदन हल्लाएर झर्छ...

Posted by Pancha Vismrit on Thursday, October 22, 2020

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

गाए गीत नगाए कविता - पञ्च विस्मृत ढुङ्गा हुँ म तिमी मलाई, प्रेमले गाल्न नखोज थानमा राख मन्दिरको, दिलमा राख्न नखोज भेल...

Posted by Pancha Vismrit on Monday, September 28, 2020

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Day 1 Today is the first day of my participation in this 8-day Russian poetry flash...

Posted by Pancha Vismrit on Wednesday, September 9, 2020

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

स्रष्टा परिचय र उपनामको रहस्य -- ४० -------------------------------------------------- कवि पञ्च विस्मृत बजारिया...

Posted by सगरमाथा साहित्य प्रतिष्ठान नेपाल on Sunday, July 26, 2020

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

कोरोनाले छोडेर गएको दिन - पञ्च विस्मृत एक दिन जब खुल्नेछ विश्व जब छोडेर जानेछ कोरोनाले – मजदुरहरुले पेटभर खाना खान...

Posted by Pancha Vismrit on Thursday, July 30, 2020

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

आशाको रङ — पञ्च विस्मृत मलाई यी उठ्दै गरेका अग्ला घरहरुको रङ खुब मन पर्छ मानौँ कि उठ्दैछन् नैराश्यताको जमिनलाई...

Posted by Pancha Vismrit on Thursday, July 16, 2020

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट म के गरुँ ? कहाँ जाऊँ ? मित्रलाई सम्झूँ कि शत्रुलाई सम्झूँ ? फूललाई सम्झूँ कि काँडालाई सम्झूँ ? सबैको...

Posted by Pancha Vismrit on Monday, April 27, 2020

Prakash Dipsali Writes

परदेशी कवि तथा लेखकहरुको प्रिय नाम हो पञ्च विस्मृत । मलेसियामा रहदा असाध्यै चर्चामा रहेका कवि पञ्च विस्मृत सुन्दर कविता...

Posted by Prakash Dipsali on Monday, April 27, 2020

नेपालबन्द । कविता । पञ्च विस्मृत

नेपालबन्द – पञ्च विस्मृत शोकमग्नझैँ लाग्छ आज यो मनको शहर कुनै सपना बुन्नु छैन न त टिप्नु नै छ जून आज मनको शहर बन्द...

Posted by Pancha Vismrit on Tuesday, March 31, 2020

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति – पञ्च विस्मृत तिम्रो रुपको वर्णन गर्ने कुनै शब्दको आविस्कार भइसकेको छैन दुनियाँमा । बस, तिम्रो...

Posted by Pancha Vismrit on Thursday, February 13, 2020

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने, साहस जुटाइदेऊ भगवान जीवनयुद्ध जित्ने एउटा, दर्शन सिकाइदेऊ भगवान असल मान्छे बन्न खाजेँ, आफ्ना पराइ...

Posted by Pancha Vismrit on Saturday, November 2, 2019

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ – पञ्च विस्मृत क्यालेण्डरका पानाहरु कुल्चँदै हुण्डरीको वेगमा एक निरपराध...

Posted by सिर्जना डबली on Wednesday, November 6, 2019

हजुरबा र समय । कविता । पञ्च विस्मृत

हजुरबा र समय — पञ्च विस्मृत सदियौँदेखि हो यो वेगीलाई समयलाई थुन्न हाम्रा हजुरबाहरुले फलामको बडेमानको पिँजडा बनाउँदै...

Posted by Pancha Vismrit on Thursday, October 4, 2018

अग्रजहरु । कविता । पञ्च विस्मृत

अग्रजहरु – पञ्च विस्मृत अलिक मास्तिर पहाडको उकालो बाटोमा गुनगुन गुनगुन गर्दै एक हुल मानिस हिँडिरहेका देखिन्छन्...

Posted by Pancha Vismrit on Thursday, May 16, 2019

याद २ । कविता । पञ्च विस्मृत

याद २ — पञ्च विस्मृत ब्यूँझिएको मात्र के हुन्छु समय नुहेको डालीमा बसेर एकाबिहानै चिर्बिर चिर्बिर गर्छे प्रिय...

Posted by Pancha Vismrit on Thursday, February 14, 2019

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर — पञ्च विस्मृत छिमेकीको हवेली देखेर मैले पनि ठडयाएँ कल्पनाको राजधानीमा बडेमानको घर । सपनाहरुको...

Posted by Pancha Vismrit on Thursday, August 16, 2018

शब्दहरु । कविता । पञ्च विस्मृत

शब्दहरु — पञ्च विस्मृत शब्दहरु यी मसिना शब्दहरु ! कुम्लो कुटुरो बोकेर बाहिरिएको मान्छे घर फर्किएजस्तै एउटा...

Posted by Pancha Vismrit on Friday, December 1, 2017

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

कहिले आउँने दिनभरि, आइपुग्ने कहिले शाम धाइरहने यो सम्झनाको, खै के होला नाम ? कुटुकुटु खाइरहन्छ, आँखाभरि...

Posted by Pancha Vismrit on Thursday, December 29, 2016

परदेशिएर । कविता । पञ्च विस्मृत

परदेशिएर मनभित्र कतै बज्छ सौन्दर्यको तीखो आवाज म सुन्छु म हेर्छु परेलाहरुमा अडिएर टिलपिल टिलपिल आँशु साँच्ची...

Posted by Pancha Vismrit on Monday, April 7, 2014

Popular posts from this blog

हजार शैली कविताका

ग्रहण छापियो दिवाकर रहेनन् !

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on

Facebook Page