मान्छेको मृत्युको महिमा
— पञ्च विस्मृत
✍By Pancha Vismrit
बाँचुन्जेल त मान्छेले उनको बारेमा खोइरो खनिरहे । उनको मृत्यु भएको दिन श्रद्धाञ्जली लेख्न सबैलाई हतार भयो ।
उनको मृत्यु भएको दिन मृत्यु भएको हो कि हैन भन्ने पक्का गर्न अनलाइन खबरहरुले तछाडमछाड गरे । ठूल्ठूला पत्रकारहरु ठूल्ठूला क्यामरा बोकेर घटनास्थलतर्फ हान्निए, मानौँ कि ती उद्दारकार्यका लागि दौडिएका नौजवानहरु हुन् । सर्बसाधारणको ओइरो लाग्यो । वरपरको ढुङ्गा पनि शोकमा डुबेको भान हुन्थ्यो, तर रमिता हेर्नेहरुका मनस्थिति बुझ्न त्यति गाह्रो हुँदैनथ्यो । कहिल्यै अखबार नपढ्नेहरु पनि अचानक पत्रिका पसल पुगे । समाचार नसुन्नेहरुले पनि अब समाचार सुन्न थाले । टिभी स्क्रीनबाट हिन्दी चलचित्र र गीतले आराम पायो । बरु बज्न सुरु भयो नमीठो शोक धुन । टाढाका जनता जनार्दनका आँखाले आफ्ना कम्प्युटर र मोबाइलस्क्रीनबाट हट्न मानेन ।
अब रातारात लामा लामा संस्मरणात्मक लेखहरु तैयार भए । समाचार गहिरियो । मृतकको भद्दा तसबिरलाई फोटोशपले महानायकको जस्तै बनाइसकेको थियो । र, जसले मृतकले सिङ्गो संसार जितेर परलोक गएको आभाष दिन्थ्यो ।
मृतकका दिन फेरिएजस्तै भयो । वास्तवमै उनका प्रशंसाका दिन सुरु भएजस्तै भयो । देशका ठूल्ठूला मान्छेहरुले लाशनजिक गएर फोटो खिचे । र, तिनले फोटोमुन्तिर गज्जब गज्जबका ‘क्याप्शन’हरु लेखे । त्यसरी अर्काको परिवारको मृतकको तसबिरको प्रचार रोक्ने कुनै कानुन बनेको देखिएन । मीडियामा लाशको तसबिर देखेर मान्छेले के महसुस गर्लान् भन्ने कुरा कसैले सोच्न सकेन । लाशको पनि अब एकाएक अवैतनिक मोडलिङ्ग सुरु भयो । हुँदाहुँदा अब मृतकका परिवारका दर्द, परिवारका हरेक चालढाल क्यामराले कैद गर्न भ्यायो । त्यो वियोगको अब एउटा ‘डकुमेन्ट्री’ नै बन्न लाग्यो । परिवारको निजी दर्द सार्वजनिक दर्दमा परिणत भइसकेको थियो । मृतक परिवारका आँशु सार्वजनिक आँशु बनिसकेको थियो । अब तिनको ‘प्राइवेसी’ भन्ने कुरा कल्पनासम्म सम्भव थियो, त्यसैले त तिनको आँखाबाट आँसु खस्छ कि भनेर क्यामराले ढुकिरह्यो । कथाको विकाशका चरणहरु पर्खिरह्यो पत्रकार । र, क्यामरावालाहरुलाई जसरी पनि पारिवारिक चोट र आँसु प्रदर्शनीमा राखेर जनतालाई देखाउनु थियो । चोट, पीडा र आँशुको मूल्य यति आकाशिएको जिन्दगीमा प्रथम पल्ट देखिँदै थियो ।
अर्कातिर मृतकका काला कर्तुतहरुमाथि रङरोगन सुरु भइसकेको थियो । यिनै नयाँ रहस्यहरु थिए, जो उद्घाटित हुन लागे । उनले भाँचेको सिन्को अब महान कार्यमा दरियो । यता फेसबुक स्टाटसहरुमा प्रेमको ‘कन्फेशन’ सुरु भयो । वास्तवमा अब स्टाटसका शब्दहरुले रुपरङ नै फेरे । आकार–प्रकार बदलियो शब्दहरुको । पुराना ‘स्टेटमेन्ट’हरु मेटिए । नाकमा ठाक्किईरहने दुर्गन्धित हावा आफसेआफ ‘फिल्टर’ भएर गयो । अब इतिहासले इतिहास आफ्नो हातमा लियो । इतिहास बाङ्गिनु र सोझिनु उसकै मर्जी भयो ।
अब मन्दिरबाट खसेको देवता आफसेआफ थानमा गएर बसे । मनबाट खसेको मान्छे मनमै फर्कियो । एउटा आस्था, जो भाँच्चिएको थियो, जोडियो । सहानुभूतिका स्वरहरुले कतै जयजयकार गरिरहे ।
श्रद्धञ्जली शब्द एक उत्सवको रुपमा परिणत भइसकेको कसैलाई थाहा भएन ।
प्रेम, सहानुभूति र समवेदनाका शब्दहरु छताछुल्ल पोखिएका त देखिए, तर कताकता लिबियानहरुले गद्दाफीको मृत्युउत्सव मनाएजस्तो, अमेरिकनहरुले ओसामा बिन लादेनको, मियामियनहरुले फिडेल क्यास्ट्रोको मृत्युउत्सव मनाएजस्तो आभाष भयो ।
मान्छे मान्छेको प्रगतिका कथाहरु मात्र रुचाउन्नन्, उनको मृत्युको खबरमा पनि उतिकै रुचि राख्छन् भन्ने कुरा प्रमाणित भयो । शोक सन्देश (Obituary) त ठीकै थियो, मृत्यु नोटिस/सूचना (Death notice)प्रति यति धेरै रुचि किन भन्ने सवाल कतै अलपत्र भेटियो ।
वास्तविकता त धेरै मान्छेले मान्छेको मृत्युको महिमागान गरिरहेका थिए ।
म एक किनरामा उभिएको मान्छे, मैले श्रद्धाञ्जलीको 'श्र' लेख्न सकिनँ ।
म मर्दा पनि कसैले श्रद्धाञ्जली नलेख्नू ।
२४ नोभेम्बर, २०१४, केएसए
✍By Pancha Vismrit
![]() |
Image source: pixabay |

प्रकाशित : स्वदेशनेपाल डट्कम
सुनदर
ReplyDelete