किन घट्छन् बलात्कारका घटना ?

— पञ्च विस्मृत
✍By Pancha Vismrit

(March Against Rape Culture and Gender Inequality)

सन् २००९ को कुरा, झण्डै १७ घण्टाको यात्रामा निक्लिएको थिएँ । इटहरीदेखि काठमाडौँसम्मको रात्रिबसको यात्रा । जति प्रयास गरे पनि बाटोमा पर्ने स्थानहरुको नाम मलाई कण्ठ हुन्न । त्यस्तै दुई तीन घण्टा हिँडेपश्चात्को समय बाटोमा दुई युवती बस चढे । फेशनेवल कपडामा सजिएका ती दुई युवती पछि गाडीका स्टाफका राम्रा साथी बने । खाना खान बाहिँदा ती दुई गाडीका स्टाफसँगै खाइरहेका देखिए । रात छिप्पिँदै गयो । अनौठो त के भने ती अनजान दुई युवती गाडीका स्टाफहरुसित अँगालोमा बेरिएर जिस्किँदै रमाइलो गर्न समेत पछि परेनन् । पछि तिनले एउटै सिटमा निद्रा पुर्याए पनि ।

जब जब बलात्कारका घटनाहरु चर्चामा आउँछन्, त्यही दृश्य मेरा आँखामा आउने गर्दछ । चिनेजानेको मान्छेको छेउ र आफ्नो गाउँ, समाजमा मात्रै इमान, इज्जतको कुरा आउँदो रहेछ । एउटा सहर काटेपछि त मान्छे एक प्रकारले स्वतन्त्रताको अनुभूति गर्दोरहेछ, र मनमा आएको सबै कुरा गर्न पनि पछि पर्दो रहेनछ । र, त्यही समाजका मान्छे घाँटी सुकुन्जेल प्रश्न गरिरहन्छन्, किन घट्छन् बलात्कारका घटना ?

यो घटना हाम्रो समाजको एउटा पाटो भयो । अर्को पाटो धर्म र संस्कृतिसँग सम्बन्धित छ । मेघालयका एक गैरहिन्दुले जाकिर नाइकलाई यस्तो सवाल सोधे पश्चात् तुरुन्त मुश्लिम बनेका थिए, “हामी श्रीकृष्णलाई सबभन्दा ठूलो भगवान मान्छौँ । तर हिन्दु शास्त्रमा लेखिएको छ कि श्रीकृष्णले शङ्खासुरकी पत्नी तुलसी देवीको बलात्कार गरेका थिए । हामीले एक बलात्कारीलाई भगवान किन मान्ने ? शिवलाई हामी भगवान मान्छौँ । हिन्दु शास्त्रमा लेखिएको छ कि उनले भिक्षा मागेर आफ्नो पेट पालेका थिए । र, नशालु चीज खाने गर्थे । एक भिखारी र एक ‘नशावाला’लाई हामी किन भगवान मान्ने ?”

उक्त गैरहिन्दुले भनेको कुरा कति सही कति गलत त्यो विवाद र बहसको विषय हो । ल मानौँ कि त्यो एक भ्रम फैलाउने काम मात्र भएको थियो; तर नेपालमा शास्त्रका किताब सिरानीमा राखेर धर्मकर्ममा लागेका मान्छे औँलामा गन्न सकिनेजति मात्र होलान् भन्न सकिन्छ— क्रिश्चियन र मुस्लिमसँग दाँजेर हेर्ने हो भने । अधिकांश नेपालीलाई आफ्नो धर्मको नाम मात्र थाहा छ, अरु बढी केही भए भ्रमका कुरा ।

हामी पनि त्यही गैर हिन्दुको समाजका मान्छे हौँ, जो कृष्णभक्त छौँ । हामी पनि गोपिनीहरुसँगको रासलीला चाहन्छौँ । यस्तोमा कतै भित्रभित्रै श्रीकृष्ण हाम्रो आदर्श भगवान त बनिरहेको छैन भन्ने कुरा अनुशीलन गर्न जरुरी छ । बलिउड, हलिउडजस्ता फिल्म उद्योग हामीलाई रासलीला कसरी रच्ने भन्ने कुराको पाठ पढाइरहेका छन् । रोमान्सका पाठ पढाइरहेका छन् । एउटा सहर काटेपछि गरेको रोमान्स आफूले जानेको मान्छेको आँखामा पर्दा बलात्कारको विषय बन्न के बेर ?

तर नेपालमा त बलात्कारका घटना त घरभित्रै घटिरहेका छन् । विदेशीने चेलीहरुको कथा अर्कै होला, नेपालमा बस्ने चेलीहरु आफ्नै बुवाबाट बलात्कृत भइरहेका छन् । यी घृणित घटनाहरुमध्ये कुनै मात्र बहिर आउँछन्, जसले हात्तीको रुप लिन्छन् । भित्रभित्रै सेलाएर जाने घटनाहरु हाम्रै समाजभित्र छन् । सबै घटना बाहिर आउने हो भने दैनिक दस जना महिला बलात्कृत हुने तथ्याङ्क बाहिर आउने कुराको दावी गरिन्छ । कुनै मुस्लिम मुलुकहरुमा बलात्कारको केश रिपोर्ट गर्नेलाई उल्टै सजाय दिइन्छ । छिमेकी मुलुक पाकिस्तानमै पनि यस्ता घटनाहरु घट्छन् । साउदी अरेबियामा एक महिला ग्याङ्ग रेपमा पर्दा उल्टै २०० कोर्रा र छ महिनाको जेल सजाय सुनाइएको थियो । आफ्नो सम्बन्धित (Relative) भन्दा बाहिरका मान्छेहरुसँग घुलमिल गरेका कारण पनि उनको सजाइलाई कडा बनाइएको थियो । महिलाका लागि बढी कडा कानुन भएको मुस्लिम देशहरुमा वेश्यावृत्तिमा लाग्नेहरुलाई अझ ढुङ्गा हानेर मार्ने गरिन्छ ।

के हो बलात्कार ?
“कुनै स्त्रीलाई उसको इच्छाविरुद्ध जबर्जस्तीसँग सम्भोग गर्ने काम; बलपूर्वक सतीत्व नष्ट पार्ने काम ।” नेपाली बृहत् शब्दकोश (नेपाल प्रज्ञा–प्रतिष्ठान, पाँचौं संस्करण) ।

"Penetration, no matter how slight, of the vagina or anus with any body part or object, or oral penetration by a sex organ of another person, without the consent of the victim." (पीडितको सहमतिबिना योनी वा गुदद्वारभित्र शरीरको कुनै पनि भाग वा वस्तु, जति कम मात्रामा नै किन नहोस्, छिराउने काम, अथवा दोस्रो व्यक्तिको यौनाङ्गको मौखिक मैथुन ।” - एफबीअाइ ।

नेपालको कानुनअनुसार महिलाको सहमतिबिना पुरुषले शारीरिक सम्बन्ध राख्नु (मुलुकी ऐन २०२०, महल १४, जबरजस्ती करणी), अथवा १६ वर्ष भन्दा कम उमेरकी युवतीसँग सहमति लिएरै भए पनि शारीरिक सम्बन्ध राख्नुलाई बलात्कार भनिन्छ ।

बलात्कारलाई सिर्फ यौन प्यास मेटाउने माध्यमको रुपमा मात्रै अर्थ्याइएको पाइन्छ । तर वास्तवमा कुरा त्यतिमा मात्रै सीमित छैन । कुनै झगडा, रिसइबी बलात्कारमा गएर टुङ्गिन सक्छ भन्ने कुराप्रति सचेत हुन जरुरी छ । पुरुष पुरुषको झगडा कुटाकुटमा टुङ्गिन सक्छ, तर पुरुष र महिलाको झगडामा त्यो सम्भव छैन । यदि बलात्कार यौन प्यास मेटाउनलाई मात्र गरिने हो भने ९० वर्षीय महिलाले किन बलात्कृत हुनुपर्थ्याे ?

बलात्कार महिला जाति र पुरुष जातिबीचको लडाइँ पनि हो । पुरुषहरुलाई जति बलियोबाङ्गोको रुपमा अर्थ्याइँदै आइएको भए पनि वास्तवमा सबै पुरुष यौनिक रुपमा त्यति बलिया छैनन् । बलात्कारको समस्या समाजको पारिवारिक समस्या पनि हो । नेपालमा सरकारले महिला अधिकारको नाममा सम्बन्ध विच्छेदको कानुनलाई अत्यन्तै जटिल बनाएको छ । जसले गर्दा चाहेर पनि सम्बन्ध विच्छेद गर्न नसकी भित्रभित्रै तड्पिएर बाँचेका दम्पती समाजमा धेरै देखिन्छन् । यसले पुरुषमा महिलाप्रति हेर्ने दृष्टिकोण बद्लाईदिएको छ । एक प्रकारको तनावमा मान्छे बाँचेका देखिन्छन् । यसको नकरात्मक परिणाम कहीँ न कहीँ देखा पर्छ नै ।

बलात्कार यौन प्यास मेटाउने कुरासँग सतप्रतिशत सम्बन्धित नभएकै कारण नेपालमा वेश्यालय खोल्ने अनुमति दिँदैमा यसलाई रोक्न सकिने छैन । थोरै घटाउन भने सकिएला । यौन प्यासलाई मात्र कारक तत्वको रुपमा लिने हो भने त यूरोप अमेरिकामा बलात्कारका घटना हुने नै थिएनन् । भारतमा यस्ता घटना कमै सुनिने थिए ।

बलात्कारीलाई मृत्युदण्डको कडा सजाय दिएर मात्रै पनि बलात्कार रोक्न सकिन्न । यदि त्यसरी सकिने हो भने भारतमा बलात्कारका घटना हुने नै थिएनन्, जहाँ मृत्युदण्डको सजाय त छँदैछ, गरिब जनता खुलेआम सडकमा नाङ्गो पारेर पिटिन्छन्, मारिन्छन् । जेलबाटै निकालेर लगेर मारिन्छन् । त्यसैले सरकारले कडा सजायको अलावा बलात्कार घटनाका पछाडि के के कारक तत्व रहेका छन् भन्ने कुराको गम्भीर अध्ययन गर्न जरुरी छ । जस्तो बलाकारको घटनाको मुख्य ‘मोटिभ’ के हो, बलात्कारीको यौनिक इतिहास के हो ? मानसिक अवस्था के हो ? आदि । त्यसको आधारमा समस्यालाई नजिकबाट बुझ्न सकिन्छ ।

बलात्कार रोक्नको लागि नेपालमा गाउँगाउँमा जनचेतनामूलक कार्यक्रमहरु ल्याउन जरुरी छ, नियम कानुन पढाउन जरुरी छ । सबै भन्दा महत्त्वपूर्ण कुरा नेपालमा पोर्न साइटहरुलाई ब्लक गर्न जरुरी छ । एक दुई क्लिकमै के बालक, के युवा, के बृद्ध सबैले अश्लील भिडियोहरु इन्टरनेटमा देख्न सक्छन् । यसको बारेमा सरकार सचेत हुन जरुरी छ । पोर्नले मान्छेलाई कुनै पनि खालको यौन शिक्षा दिँदैन, बरु यसले महिलाप्रति हेर्ने नकरात्मक दृष्टिकोणको सिर्जना गर्दछ भन्ने कुरा बुझ्न जरुरी छ ।

१५ विलियन भन्दा बढी मूल्यको पोर्न इन्डस्ट्रीले आज मान्छेको दिमागमा नयाँ–नयाँ प्रोग्रामहरु इन्स्टल गरिदिएको छ, गरिदिँदैछ, जसले यौनलाई हेर्ने मान्छेको दृष्टिकोणमा परिवर्तन ल्याएको छ । त्यो कति नकरात्मक कति सकरात्मक भन्ने कुरा त समयले बताउँदै जाला, तर ती प्रोग्रामका असर भने बलात्कारजस्ता जघन्य अपराधमा देख्न सकिन्छ । हुन त यो एक अपुष्ट तथ्य हो, तर सोचौँ, पोर्नमा किन सेक्सको लागि महिला नै तड्पिऊन् भन्ने देखाइन्छ ? पुरुषले भन्दा महिलाले नै बढी आनन्द लिइरहेको कुरा किन देखाइन्छ ? महिलालाई नै बढी एक सेक्स अब्जेक्टको रुपमा किन प्रस्तुत गरिन्छ ? यौनको मामलामा महिला कतिसम्म गिर्न सक्छन् भन्ने कुरा यौनमा देखाएर महिलाको गलत इमेजको निर्माण किन गरिन्छ ? पोर्न त्यस्तो चीज हो जहाँ महिलाको नकरात्मक र काल्पनिक चरित्रको सिर्जना गर्ने गरिन्छ । फलस्वरुप पुरुष त्यही नकरात्मक र काल्पनिक चरित्रको आधारमा महिलासित व्यवहार गर्न पछि पर्दैन । त्यही क्रममा बलात्कारका घटना घट्न सक्छन् ।

अहिले समय यस्तोसम्म आएको छ कि आफ्नै भिडियो खिचेर आफैँ इन्टरनेटमा अपलोड गर्ने । यस मामलामा महिलाहरु पनि निक्कै अगाडि छन् । यसले पुरुषमा नराम्रो सन्देश जान्छ भन्ने कुरा महिलाले सम्झन सकेका छैनन् । महिलाले आफ्नो अस्मिता, इज्जत र समाजमा सम्मानजनक बाँच्न पाउने अधिकारको आफैँले पनि रक्षा गर्न आवश्यक छ भन्ने कुरा बुझ्न सकेका छैनन् ।

यसबारे सबै सचेत होऔँ !


००


२ अगष्ट, २०१८, केएसए






Comments

Total Views

Please, leave a comment

Wikipedia

Search results

POEMS FROM THE HIMALAYAS

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रदर्शनीमा जिन्दगी – पञ्च विस्मृत उसको जिन्दगी आज सार्वजनिक स्थलमा प्रदर्शनको लागि टाँगिएको छ । कोही आउँछन् र दुई...

Posted by Pancha Vismrit on Friday, November 13, 2020

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

रेगिस्तानी दशैँ — पञ्च विस्मृत हिउँदको फूलजस्तो निस्तेज उमङ्ग परदेशीका आङमा बेखबर फुल्छ तर, सिङ्गो संवेदन हल्लाएर झर्छ...

Posted by Pancha Vismrit on Thursday, October 22, 2020

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

गाए गीत नगाए कविता - पञ्च विस्मृत ढुङ्गा हुँ म तिमी मलाई, प्रेमले गाल्न नखोज थानमा राख मन्दिरको, दिलमा राख्न नखोज भेल...

Posted by Pancha Vismrit on Monday, September 28, 2020

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Day 1 Today is the first day of my participation in this 8-day Russian poetry flash...

Posted by Pancha Vismrit on Wednesday, September 9, 2020

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

स्रष्टा परिचय र उपनामको रहस्य -- ४० -------------------------------------------------- कवि पञ्च विस्मृत बजारिया...

Posted by सगरमाथा साहित्य प्रतिष्ठान नेपाल on Sunday, July 26, 2020

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

कोरोनाले छोडेर गएको दिन - पञ्च विस्मृत एक दिन जब खुल्नेछ विश्व जब छोडेर जानेछ कोरोनाले – मजदुरहरुले पेटभर खाना खान...

Posted by Pancha Vismrit on Thursday, July 30, 2020

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

आशाको रङ — पञ्च विस्मृत मलाई यी उठ्दै गरेका अग्ला घरहरुको रङ खुब मन पर्छ मानौँ कि उठ्दैछन् नैराश्यताको जमिनलाई...

Posted by Pancha Vismrit on Thursday, July 16, 2020

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट म के गरुँ ? कहाँ जाऊँ ? मित्रलाई सम्झूँ कि शत्रुलाई सम्झूँ ? फूललाई सम्झूँ कि काँडालाई सम्झूँ ? सबैको...

Posted by Pancha Vismrit on Monday, April 27, 2020

Prakash Dipsali Writes

परदेशी कवि तथा लेखकहरुको प्रिय नाम हो पञ्च विस्मृत । मलेसियामा रहदा असाध्यै चर्चामा रहेका कवि पञ्च विस्मृत सुन्दर कविता...

Posted by Prakash Dipsali on Monday, April 27, 2020

नेपालबन्द । कविता । पञ्च विस्मृत

नेपालबन्द – पञ्च विस्मृत शोकमग्नझैँ लाग्छ आज यो मनको शहर कुनै सपना बुन्नु छैन न त टिप्नु नै छ जून आज मनको शहर बन्द...

Posted by Pancha Vismrit on Tuesday, March 31, 2020

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति – पञ्च विस्मृत तिम्रो रुपको वर्णन गर्ने कुनै शब्दको आविस्कार भइसकेको छैन दुनियाँमा । बस, तिम्रो...

Posted by Pancha Vismrit on Thursday, February 13, 2020

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने, साहस जुटाइदेऊ भगवान जीवनयुद्ध जित्ने एउटा, दर्शन सिकाइदेऊ भगवान असल मान्छे बन्न खाजेँ, आफ्ना पराइ...

Posted by Pancha Vismrit on Saturday, November 2, 2019

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ – पञ्च विस्मृत क्यालेण्डरका पानाहरु कुल्चँदै हुण्डरीको वेगमा एक निरपराध...

Posted by सिर्जना डबली on Wednesday, November 6, 2019

हजुरबा र समय । कविता । पञ्च विस्मृत

हजुरबा र समय — पञ्च विस्मृत सदियौँदेखि हो यो वेगीलाई समयलाई थुन्न हाम्रा हजुरबाहरुले फलामको बडेमानको पिँजडा बनाउँदै...

Posted by Pancha Vismrit on Thursday, October 4, 2018

अग्रजहरु । कविता । पञ्च विस्मृत

अग्रजहरु – पञ्च विस्मृत अलिक मास्तिर पहाडको उकालो बाटोमा गुनगुन गुनगुन गर्दै एक हुल मानिस हिँडिरहेका देखिन्छन्...

Posted by Pancha Vismrit on Thursday, May 16, 2019

याद २ । कविता । पञ्च विस्मृत

याद २ — पञ्च विस्मृत ब्यूँझिएको मात्र के हुन्छु समय नुहेको डालीमा बसेर एकाबिहानै चिर्बिर चिर्बिर गर्छे प्रिय...

Posted by Pancha Vismrit on Thursday, February 14, 2019

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर — पञ्च विस्मृत छिमेकीको हवेली देखेर मैले पनि ठडयाएँ कल्पनाको राजधानीमा बडेमानको घर । सपनाहरुको...

Posted by Pancha Vismrit on Thursday, August 16, 2018

शब्दहरु । कविता । पञ्च विस्मृत

शब्दहरु — पञ्च विस्मृत शब्दहरु यी मसिना शब्दहरु ! कुम्लो कुटुरो बोकेर बाहिरिएको मान्छे घर फर्किएजस्तै एउटा...

Posted by Pancha Vismrit on Friday, December 1, 2017

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

कहिले आउँने दिनभरि, आइपुग्ने कहिले शाम धाइरहने यो सम्झनाको, खै के होला नाम ? कुटुकुटु खाइरहन्छ, आँखाभरि...

Posted by Pancha Vismrit on Thursday, December 29, 2016

परदेशिएर । कविता । पञ्च विस्मृत

परदेशिएर मनभित्र कतै बज्छ सौन्दर्यको तीखो आवाज म सुन्छु म हेर्छु परेलाहरुमा अडिएर टिलपिल टिलपिल आँशु साँच्ची...

Posted by Pancha Vismrit on Monday, April 7, 2014

Popular posts from this blog

हजार शैली कविताका

ग्रहण छापियो दिवाकर रहेनन् !

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on

Facebook Page