'लुट्न सके लूट कान्छा' गीत र राजनीतिको माउ लागेको कलमजीवीको चेतना

– पञ्च विस्मृत
✍By Pancha Vismrit

(पशुपति शर्माको विवादित गीतको स्क्रीनशट)

सिर्जनाको शक्ति :
"कायरहरू कविता लेख्छन् अनि अणुपरमाणु, क्षेप्यास्त्र सम्झन्छन् आफ्नो सिर्जनालाई ।" यो तुलसी बिन्दुको फेसबुक स्टाटस थियो; जसको जबाफमा निम्न स्टाटस लेखेको केही हप्ता मात्रै बितेको थियो पशुपति शर्माको ‘लुट्न सके लूट कान्छा’ गीतले देशै ततायो :

“अवश्य पनि कविताको आवाज मान्छेले सडकमा चिच्याएकोजस्तो कर्कश नलाग्न सक्छ, कविताले उठाएको अवाज आवाज बन्नै समय लाग्न सक्छ । तर आवाज आवाज हो । सडकमा उफ्रने कतिपयले कविताको सहारा लिएको सत्य स्वीकार्नै पर्छ ।

“कविता अध्यात्मिक कुरा हो । बिसे नगर्चीको बयानजस्ता कविताले तिनै सकड तताउने जनताको मस्तिष्कमा ठूलै भूमिका खेलिरहेको पनि हुन सक्छ ।

“कविता मार्मिक अभिव्यक्ति मात्रै हैन, कवितामा आक्रोश हुनसक्छ, आगोको ज्वाला हुन सक्छ । ती सबै अनुभूत गर्ने कुरा हुन् । अनुभूत गरेर जनताको विचार र अपेक्षा बुझ्ने कुरा हो । कविताले जनताको मनमस्तिष्कमा प्रवेश गर्न सक्छ भने कवितामा अभिव्यक्त विचार अवश्य पनि शासकसम्म पुग्न सक्छ ।

“त्यसैले पनि कविता कायरहरूले मात्रै लेख्छन् भन्नु त्यति उपयुक्त नहोला कि भन्ने मेरो ठम्याइ हो ।”

त्यसो त पशुपति शर्माको सिर्जना गीत थियो, कविता हैन । तर के कुरा प्रष्ट छ भने यदि उनले गीत भनेर नगाएको भए त्यो कविता बन्थ्यो । वस्तुतः गीत कविताकै एक रुप हो । देवकोटाको ‘कुन मन्दिरमा जान्छौ यात्री’ र सिद्धिचरण श्रेष्ठको ‘मेरो प्यारो ओखलढुङ्गा’ कविता भनेर लेखिएका सिर्जना हुन् । गाइएपछि गीत बने ।

र अर्को कुरा, यदि युवा सङ्घ नेपालले पशुपति शर्माको गीतलाई बेवास्ता गरेको भए त्यो तरङ्ग पक्कै देखिने थिएन । अथवा भनौ“ सिर्जनाको त्यो शक्ति पक्कै देखिने थिएन । बोलिएका सबै कुरा मान्छेले सुन्दैनन्, न त लेखिएका सबै कुरा नै पढ्छन् । यदि सुनिदिने, पढिदिने हो भने त संसारमा धेरै कुरा बदलिन केही बेर पनि लाग्दैन । ‘लुट्न सके लूट कान्छा’ शासक वर्गको कानमा परेको हो । र, यो एउटा ठूलो सफलता हो । यस ऐतिहासिक गीतबाट नेपाली सर्जकले प्रेरणा लिन आवश्यक छ ।

सिर्जनामाथि लगाइने प्रतिबन्ध र अभिव्यक्तिको स्वतन्त्रताको सवाल :
वि. सं. २०७२ को महाभूकम्पमाथि यही पङ्क्तिकारले लेखेको एउटा कविता एक अनलाइन साहित्यिक वेबसाइटले प्रकाशित गरे पनि तुरुन्तै हटाएको थियो । कारण थाहा भएन, र जान्न पनि खोजिएन । त्यस कवितामा नौ हजार भन्दा बढीको ज्यान लिएको महाभूकम्पलाई भन्दा विश्वमा व्याप्त आतङ्कवादलाई शक्तिशाली भनेर निचोड निकालिनुप्रति सो वेबसाइटको आपत्ति हो कि भन्ने चिसो मनमा अझै छ ।

नेपालमा मात्र हैन विश्वमै वैचारिक विविधतालाई सम्मान गर्ने व्यक्ति, संस्था या मीडिया खोज्न धेरै मिहिनेत गर्नु पर्ने विडम्बना छ । सम्मति रहेको विचारलाई स्थान दिएर आपत्ति रहेको विचारलाई पाखा लगाउने नेपाली मात्र हैन विश्वकै मीडियाको चरित्र हो । कुनै रचना कुनै मीडियाले प्रकाशित नगरिदिनु, अथवा प्रकाशित रचनालाई हटाउनुलाई ‘प्रतिबन्ध’ कै संज्ञा दिँदा खासै फरक पर्दैन ।

बीबीसीले विगतमा कैयन् गीतमाथि प्रतिबन्ध लगाउने गर्थ्यो । त्यसरी अनुपयुक्त भनेर प्रसारणमा रोक लगाइका गीतहरुको फेहरिस्त लामो छ । नेपालभन्दा बढी प्रजातान्त्रिक देखिने कैयन् मुलुकहरुले सर्जकका सिर्जनामाथि प्रतिबन्ध लगाएको घटना पढ्न सकिन्छ । छिमेकी राष्ट्र भारतस्थित अल इण्डिया रेडियोले अम्बर गुरुङको ‘नौ लाख तारा उदाए’ बोलको गीतमाथि प्रतिबन्ध लगाएको थियो । नेपालको इतिहासमा ‘मकैको खेती’ पुस्तकको बारेमा प्रायः सबैले पढेकै हुनु पर्छ । मकैको खेती लेखेकै कारण त्यसका लेखक कृष्णलाल अधिकारी (वि.सं. १९४४-१९८०) लाई जेलमा कोचियो, र त्यहीँ नै उनी नेपालका प्रथम साहित्यिक शहीद बन्न पुगे । कालीप्रसाद रिजालले ‘मुटुमाथि ढुङ्गा राखी’ बोलको गीत लेखेका कारण झण्डै मृत्युदण्डको भागीदार बन्नु परेको थियो । जेबी टुहुरेको ‘आमा दिदी बहिनी हो’ जस्ता जनवादी गीतहरु कुनै समय प्रतिबन्धित थिए ।

यी तथ्यहरुबाट के बुझिन्छ भने कुनै सिर्जनालाई प्रतिबन्धित गर्ने काम प्रजातान्त्रिक अभ्यासभित्रै पर्दछ । प्रजातन्त्र शब्द स्वयम् स्वतन्त्रतासँग जोडिएको त हुन्छ, तर प्रजातन्त्रमा जे पनि गर्न पाइन्छ भन्ने बुझइ गलत हो । त्यसरी नै वाक स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रतालाई मानव अधिकारको सिमारेखाभित्र व्याख्या गरिएको भएपनि निश्चित मापदण्डहरु पनि कोरिएका पाइन्छन् । अर्थात् यी स्वतन्त्रताहरु सार्वभौमिक, नैसर्गिक अधिकारभित्र पर्दैनन् । निश्चित मापदण्ड भन्नाले यूनिभर्सल डिक्लेरेशन अफ ह्यूमन राइट्स (UDHR)  को आर्टिकल १९ को अनुसार मान्छेलाई अभिव्यक्तिको स्वतन्त्रताको अधिकार भएपनि त्यस अधिकारलाई प्रयोग गर्दा विशेष दायित्व र जबाफदेहीता वहन गर्नुपर्ने हुन्छ । त्यसकारण अभिव्यक्तिको स्वतन्त्रताको अधिकार प्रतिबन्धित पनि हुन सक्ने भनिएको छ; त्यस्तो अवस्थामा जब कसैको अधिकार र प्रतिष्ठामाथि आँच आउन सक्ने, अथवा राष्ट्रिय सुरक्षा र सार्वजनिक व्यवस्थामाथि खलल पुग्न सक्ने, अथवा सार्वजनिक स्वास्थ्य र शिक्षाको रक्षागर्नु पर्ने अवस्था आउँछ । आर्टिकल १९ को अलावा समाजमा अमान्य हुने अशीष्ट यौनका कुरा, अपशब्दको प्रयोग, सामाजिक मूल्य मान्यता विरुद्धका कुराहरु आए सिर्जना प्रतिबन्धमा पर्न सक्छ ।

त्यसैले प्रजातन्त्र या लोकतन्त्रमा जे पनि बोल्न र लेख्न पाइन्छ भन्नु गलत हुन्छ ।

त्यसो त एउटा सर्जकको सिर्जनालाई विभिन्न कोणबाट हेर्न सकिन्छ । पाठक र श्रोताले एउटै सिर्जनाको थुप्रै अर्थ निकाल्न सक्छन् । त्यस अर्थमा कुनै सिर्जनामाथि प्रतिबन्ध लगाउनु या सिर्जनाकै आधारमा कसैलाई दण्डित गर्नु त्यति जायज देखिँदैन । तर सिर्जना बिम्बात्मक, प्रतीकात्मक, रुपक (metaphor) र उपमा (simile)को प्रयोग भएको हुन आवश्यक छ । प्रायः प्रगतिवादी, जनवादी लेखकहरुले यस कुरालाई मानेको देखिँदैन । फलस्वरुप ती सोझो अभिव्यक्ति दिन्छन् । जस्तो कि लुट्न सके लूट कान्छा गीत ।

लुट्न सके लूट कान्छा गीतमा आपत्तिजनक कुरा के छ ?
यस गीतले भन्न खोजेको कुरातिर जाने हो भने यस गीतमा आपत्तिजनक कुरा केही पनि छैन । अर्थात् यस गीतले भन्न खोजेका कुरा सबै सत्य हुन् । जनताको चित्तबुझ्दो र भन्न चाहेको कुरा नै यस गीतमा आएका छन् । यसअर्थमा यो गीत जनताको गीत हो । जनताको गीतलाई प्रतिबन्धित गर्न खोज्नु सरकारलाई घातक साबित हुन सक्दछ ।

तर यति कुरा गर्दा अलिकति विचार गर्नु पर्ने कुरा पनि छन् । जस्तो कि लुट्न सके लूट कान्छा गीतमा राष्ट्रपतिले डेढ अरबको हेलिकप्टर चढ्ने कुरा आएको छ, जसले देशको राष्ट्रपति पद्धति या संस्थाप्रति अविश्वासको अवस्था सिर्जना गरेको छ । राष्ट्रपति संस्था संवेदनशील र देशको सर्वोच्च संस्था हो, जुन जनताको आन्दोलन र वलिदानबाट आएको हो । अर्कातिर यमराजको शासन भन्दा युवा सङ्घको झण्डा एडिटिङको क्रममा अनजानवश प्रयोग भएको भनिएको छ, जुन विश्वास गर्न अलिक गाह्रो छ । किनभने एडिटिङ गर्दा प्रायः शतप्रतिशत फोकशको आश्यकता पर्दछ । कार्यकर्ता कुकुरजस्तै भुक्छन् भन्नु सोझो अभिव्यक्ति हो । कुकुर शब्द कडा शब्द हो, जुन अपशब्दको प्रयोग भएको जस्तो देखिन्छ । यसले स्वभावतः सम्बन्धित व्यक्ति या संस्थालाई असर गर्छ ।

त्यसरी कडा शब्द प्रयोग गरेको प्रसङ्गमा युवा सङ्घ नेपालका अध्यक्ष रमेश पाैडेल एपी सेन्टरसँगको अन्तर्वार्ताको क्रममा प्रकाश सायमीमाथि प्रश्न गर्छन्, “प्रकाश सायमी चोर डाका हो भनेर लेखे के हुन्छ ?”

वस्तुतः युवा सङ्घ नेपालको आपत्ति सो गीतको भाव या विचारप्रति भन्दा पनि त्यसमा प्रयुक्त शब्दहरूप्रति रहेको बुझिन्छ । यस कोणबाट हेर्दा युवा सङ्घ नेपालको आपत्तिलाई सामान्य अर्थमै लिन सकिन्छ ।

धेरैले पशुपति शर्माको गीत ‘ब्यान’ गरिएको भनेर बुझे । तर वास्तविकता भनेको युवा सङ्घ नेपालको आपत्तिपछि गायकले यूट्यूबबाट आफ्नो गीत हटाएको मात्र हो । यो एकदमै सामान्य प्रक्रिया थियो, तर यति कुरा देशभर चर्चाको विषय बन्यो ।

प्रतिबन्ध अथवा सेन्सरशीप अवश्य चाहिन्छ पनि । गीत सङ्गीतमा मात्रै यो व्यवस्था नभएको हो । चलचित्रमा त छँदैछ । चलचित्रमा भएको सेन्सरशीपलाई किन अभिव्यक्तिको स्वतान्त्रताविरुद्धको कदमको रुपमा लिइँदैन ? अझ गलत हिज्जेमा लेखिएका पुस्तक, पत्रिका, गीति एल्बमलाई समेत सेन्सरशीपको प्रक्रिया अन्तर्गत प्रज्ञाप्रतिष्ठानले सुधार्न लगाउने या आवश्यक सल्लाह सुझाव दिने काम गर्नुपर्ने आवश्यकता यहाँ देखिँदै आएको छ ।

कता हराए समीक्षकहरु ?
युवा सङ्घ नेपालले आपत्ति जनाएपछि गायकले यूट्यूवबाट आफ्नो गीत हटाएको विषय राजनीतिक विषय होला । त्यसपछि आएका गालीगलौजका विषय पनि राजनीतिक विषय नै होलान् । गीतकै विषयमा नेपालका ठूल्ठूला बुद्धिजीवीहरु मीडियाभरि बोलिरहनु, त्यही गीतको भाव र त्यसले ल्याएको तरङ्गको मीयोमा फनफनी घुमिरहनु, सडकमा केही मान्छे (जो कार्यकर्ता हुन सक्छन्) मिलेर त्यही गीत घन्काउँदै छमछमी नाच्नु, रातारात त्यही गीतसँग मिल्दोजुल्दो गीत रेकर्ड गरिनु यी सबै कुरा राजनीतिक विषय नै होलान्, तर एक सर्जकले अथवा साहित्यानुरागीले हेर्ने एउटा लुप्त पाटो पनि छ । त्यो हो समीक्षाको पाटो ।

आम जनता लुट्न सके लूट कान्छाको पक्षमा आगो ओकलिरहँदा सर्जकहरुले समेत सिर्फ हो मा हो मिलाउने काम गरेको देखियो । सर्जकको काम भनेको त सिर्जनाको समीक्षात्मक र रचनात्मक टिप्पणी दिने हो । हो भने के कारणले हो र हैन भने के कारणले हैन भन्ने कुरा खुट्टयाएर भन्ने हो । अधिकांश कलमजीवीले हो मा हो मिलाउनुको कारण भनेको सरकारप्रति असन्तुष्टि जनाउनु मात्र हैन, अभिव्यक्तिको स्वतन्त्रताको वकालत गर्नु पनि हो भनेर बुझ्न सकिन्छ । यस्तोमा गीतले बढी राजनीतिक रुप लिएको हो । अथवा भनाैँ कला साहित्यका समीक्षकहरुको बलियो उपस्थितिबीच कला साहित्यका समीक्षकहरु कतै बेपत्ता भएका हुन् ।

फलतः राजनीतिकर्मीहरुले सो गीतलाई खुब प्रयोग गर्न भ्याए । विशुद्ध साहित्यिक समीक्षा गर्छुु भन्नेले पनि सो गीतमा खोट देख्न सकेनन् । किनभने तिनको चेतनामा राजनीतिको माउ लागेको थियो । बरु अचानक अधिकांश मान्छे आङकाजी शेर्पाका चिन्तनको पक्षमा उभिए । अर्थात् शोषित पीडित वर्गले सानो स्वरमा बोले शासक वर्गको कानमा पर्दैन, चर्को स्वरमा नै बोल्नु पर्दछ । बिम्बात्मक लेखन सानो समिनो बोली हो । लुट्न सके लूट कान्छा चर्को र खस्रो बोली हो ।

युग अब भाइलको जमानामा प्रवेश गरेको छ । त्यसो त कुकुर र बिरालो लडाइँ पनि भाइरल बन्न सक्छ । तर नेपाली गीत सङ्गीतको इतिहासमा लुट्न सके लूट कान्छा गीत भाइरल हुनु अर्थपूर्ण छ ।


२६ फेब्रुअरी, २०१९, केएसए



                   "मननयोग्य लेख ।" - रवि प्राञ्जल ।    



Comments

Total Views

Please, leave a comment

Wikipedia

Search results

POEMS FROM THE HIMALAYAS

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रदर्शनीमा जिन्दगी – पञ्च विस्मृत उसको जिन्दगी आज सार्वजनिक स्थलमा प्रदर्शनको लागि टाँगिएको छ । कोही आउँछन् र दुई...

Posted by Pancha Vismrit on Friday, November 13, 2020

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

रेगिस्तानी दशैँ — पञ्च विस्मृत हिउँदको फूलजस्तो निस्तेज उमङ्ग परदेशीका आङमा बेखबर फुल्छ तर, सिङ्गो संवेदन हल्लाएर झर्छ...

Posted by Pancha Vismrit on Thursday, October 22, 2020

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

गाए गीत नगाए कविता - पञ्च विस्मृत ढुङ्गा हुँ म तिमी मलाई, प्रेमले गाल्न नखोज थानमा राख मन्दिरको, दिलमा राख्न नखोज भेल...

Posted by Pancha Vismrit on Monday, September 28, 2020

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Day 1 Today is the first day of my participation in this 8-day Russian poetry flash...

Posted by Pancha Vismrit on Wednesday, September 9, 2020

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

स्रष्टा परिचय र उपनामको रहस्य -- ४० -------------------------------------------------- कवि पञ्च विस्मृत बजारिया...

Posted by सगरमाथा साहित्य प्रतिष्ठान नेपाल on Sunday, July 26, 2020

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

कोरोनाले छोडेर गएको दिन - पञ्च विस्मृत एक दिन जब खुल्नेछ विश्व जब छोडेर जानेछ कोरोनाले – मजदुरहरुले पेटभर खाना खान...

Posted by Pancha Vismrit on Thursday, July 30, 2020

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

आशाको रङ — पञ्च विस्मृत मलाई यी उठ्दै गरेका अग्ला घरहरुको रङ खुब मन पर्छ मानौँ कि उठ्दैछन् नैराश्यताको जमिनलाई...

Posted by Pancha Vismrit on Thursday, July 16, 2020

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट म के गरुँ ? कहाँ जाऊँ ? मित्रलाई सम्झूँ कि शत्रुलाई सम्झूँ ? फूललाई सम्झूँ कि काँडालाई सम्झूँ ? सबैको...

Posted by Pancha Vismrit on Monday, April 27, 2020

Prakash Dipsali Writes

परदेशी कवि तथा लेखकहरुको प्रिय नाम हो पञ्च विस्मृत । मलेसियामा रहदा असाध्यै चर्चामा रहेका कवि पञ्च विस्मृत सुन्दर कविता...

Posted by Prakash Dipsali on Monday, April 27, 2020

नेपालबन्द । कविता । पञ्च विस्मृत

नेपालबन्द – पञ्च विस्मृत शोकमग्नझैँ लाग्छ आज यो मनको शहर कुनै सपना बुन्नु छैन न त टिप्नु नै छ जून आज मनको शहर बन्द...

Posted by Pancha Vismrit on Tuesday, March 31, 2020

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति – पञ्च विस्मृत तिम्रो रुपको वर्णन गर्ने कुनै शब्दको आविस्कार भइसकेको छैन दुनियाँमा । बस, तिम्रो...

Posted by Pancha Vismrit on Thursday, February 13, 2020

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने, साहस जुटाइदेऊ भगवान जीवनयुद्ध जित्ने एउटा, दर्शन सिकाइदेऊ भगवान असल मान्छे बन्न खाजेँ, आफ्ना पराइ...

Posted by Pancha Vismrit on Saturday, November 2, 2019

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ – पञ्च विस्मृत क्यालेण्डरका पानाहरु कुल्चँदै हुण्डरीको वेगमा एक निरपराध...

Posted by सिर्जना डबली on Wednesday, November 6, 2019

हजुरबा र समय । कविता । पञ्च विस्मृत

हजुरबा र समय — पञ्च विस्मृत सदियौँदेखि हो यो वेगीलाई समयलाई थुन्न हाम्रा हजुरबाहरुले फलामको बडेमानको पिँजडा बनाउँदै...

Posted by Pancha Vismrit on Thursday, October 4, 2018

अग्रजहरु । कविता । पञ्च विस्मृत

अग्रजहरु – पञ्च विस्मृत अलिक मास्तिर पहाडको उकालो बाटोमा गुनगुन गुनगुन गर्दै एक हुल मानिस हिँडिरहेका देखिन्छन्...

Posted by Pancha Vismrit on Thursday, May 16, 2019

याद २ । कविता । पञ्च विस्मृत

याद २ — पञ्च विस्मृत ब्यूँझिएको मात्र के हुन्छु समय नुहेको डालीमा बसेर एकाबिहानै चिर्बिर चिर्बिर गर्छे प्रिय...

Posted by Pancha Vismrit on Thursday, February 14, 2019

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर — पञ्च विस्मृत छिमेकीको हवेली देखेर मैले पनि ठडयाएँ कल्पनाको राजधानीमा बडेमानको घर । सपनाहरुको...

Posted by Pancha Vismrit on Thursday, August 16, 2018

शब्दहरु । कविता । पञ्च विस्मृत

शब्दहरु — पञ्च विस्मृत शब्दहरु यी मसिना शब्दहरु ! कुम्लो कुटुरो बोकेर बाहिरिएको मान्छे घर फर्किएजस्तै एउटा...

Posted by Pancha Vismrit on Friday, December 1, 2017

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

कहिले आउँने दिनभरि, आइपुग्ने कहिले शाम धाइरहने यो सम्झनाको, खै के होला नाम ? कुटुकुटु खाइरहन्छ, आँखाभरि...

Posted by Pancha Vismrit on Thursday, December 29, 2016

परदेशिएर । कविता । पञ्च विस्मृत

परदेशिएर मनभित्र कतै बज्छ सौन्दर्यको तीखो आवाज म सुन्छु म हेर्छु परेलाहरुमा अडिएर टिलपिल टिलपिल आँशु साँच्ची...

Posted by Pancha Vismrit on Monday, April 7, 2014

Popular posts from this blog

हजार शैली कविताका

ग्रहण छापियो दिवाकर रहेनन् !

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on

Facebook Page