मोबाइल मेनिया

 - पञ्च विस्मृत
By Pancha Vismrit





सावधान !

चोक-चोककाहरू, गल्ली-गल्लीकाहरू, महलकाहरू, झुपडीकाहरू सबैलाई सावधान ! 
भर्खरै मात्र हो, एउटा नयाँ रोग देखा पर्या छ । भन्ने बितिक्कै लामै फेहरिस्त बन्यो होला मनमनमा बर्डफ्लू, स्वाइनफ्लू, यताफ्लू, उताफ्लू, गोलफ्रेण्डफ्लू, बोइफ्रेण्डफ्लू, महलमा श्रीमानफ्लू, श्रीमतीफ्लू, झुपडीमा बुढाफ्लू, बुढीफ्लू । यसरी तपाइँ जे पनि भन्नुहोला, आखिर छेउ नभेटेर दंगदास पर्नुहोला । र, मैले नै भन्नलार्इ अघि सर्नुपर्ला । भैगो मै भन्छुतर पख्नोस्, हतार के छ ?

रोगको नामै भन्नु अघि यसका लक्षणहरू बताइहालूँ : राती छट्पटी चल्ने, निँद्रा कम लाग्ने, निँद्रै नलागेर कम लाग्ने । बोइफ्रेण्ड पूर्व फर्किंदा गोलफ्रेण्ड पश्चिम फर्किने । श्रीमान ढोकातिर कोल्टे फेर्दा श्रीमती कुनातिर जर्किने । बुढा राती अबेरसम्म घर आउँदैनआउने । बुढी नै बुढाको सट्टा सक्सी धोकेर बरबराउने । कसैलाई चुरोट खान नपाएको अम्मलीलाईझैँ घरी के खाउँ घरी के नखाउँ हुने । चोकतिर बरालिउँ, मनको उकुसमुकुस आँखा चिम्लेर पोखूँ लाग्ने । ढुङ्गा-माटो अघि सहायताको हात पसार्ने । घरीघरी फूलमाया, सुनमाया, खत्तममाया जस्ता नाम उच्चारण गरिरहने । ज्याक, माइकल, फुटाइकल जस्ता नाम ओँठमा झुण्ड्याइरहने । भित्र-भित्रै डराइरहने, मोबाइलफोन हातमा खेलाइरहने । एसएमएस आइरहने, डिलेट भइरहने । फोनबुक पल्टाइरहने । भर्खरै चिट्ठा काटेर भविष्य कल्पेको जुवाडेझैँ सयौँ नम्बरहरू कण्ठ पारिरहने, भट्भट्याइरहने ।

यति जानिसकेपछि यसका असरबारे किन नजान्ने ? यो रोग लागे पछि धेरैले सिमकार्ड फेर्छन् । मोबाइलफोन हराएको बहाना गर्छन् । सोझाहरू झूटा बन्छन् । झूटाहरू सोझा बन्छन् । अपराधीझैँ डरपोक बनेर आफ्नै साथीलाई नचिन्ने हुन्छन् । चिनेकालाई बिर्सेको पल्टिन्छन् । वारि हिँड्दाहिँड्दै पारि हुत्तिन्छन्, पारि पुग्दा वारि उछिट्टिन्छन् । टुप्पी हेर्दाहेर्दै नाङ्गो सडकमा अलप हुन्छन् । खलासीहरू कन्डक्टर बन्छन्, कन्डक्टरहरू ड्राइभर बन्छन् । कर्मचारीहरू व्यापारी बन्छन्, व्यापारीहरू प्याक्पारी बन्छन् । शिक्षकहरू विद्यार्थी बन्छन्, प्रोफेसरहरू विद्यार्थी बन्छन् । अनि विद्यार्थीहरू चाही विद्यालयमै जगल्ट्याइ खान्छन्, पाखुरा सुर्क्याइ खान्छन् ।

यसरी दुई कुरा जानेपछि यो रोगको बारेमा धेरै थाहा भयो होला । म त डाक्टर पनि हैन त्यसो त । अर्काको रोग, पीडाव्यथा बोक्ने ट्याक्टर पनि हैन । अर्काको रोगको फ्याक्टर पनि हैन । जे भए पनि रोगीसित पलेँटी कसेर बस्ने च्याटर चाही हुँ । रोगको उपचारकोलागि उपचार सिद्धान्त बताउने मास्टर चाही हूँ । मास्टर त भनेँ, यति भनेपछि फेरि सबैका टाउका रोबोटकाझैँ मैतिर घुमे होलान् । तर त्यो सिद्धान्त म बताइहाल्दिनँ । बताए के फाइदा मलाई ? मोटरलाई गुड्नलाई पेट्रोल चाहिएझैँ मान्छेलाई बोल्ने कुरामा कन्ट्रोल त चाहिन्छ नै । जेजे भनिहालूँला । लेकबेसी सबै बोलिहालूँला । सोही अनुसार गर्नुहोला र कसैले टाउका फोर्नुहोला, हातखुट्टाका गोलीगाठा सबै तोड्नुहोला । बर्बाद हुनुहोला र उल्टै सराप्दै मैमाथि आइलाग्नुहोला ।

मोबाइल मेनिया हो सो रोगको नाम । पाँच वर्ष अघि मोबाइल फोनको टुप्पी नदेख्नेहरू आज मोबाइल फोनको अनुहार रातोदिन हेर्याहेर्यै छन् । घरबार भाँड्याभाँड्यै छन् । दिल तोड्यातोड्यै छन् । बन्धन चुँड्याचुँड्यै छन् । नम्बर मिलाई मिलाई अर्काको र अर्काकीलाई हानेपछि ती सब नहुने त कुरै भएन ।

अब जे हुनु भैहाले पछि मैलेजस्तै पुरानो सिमकार्डलार्इ रद्दीको टोकरीमा मिल्काएर नयाँ चोखो, कुनै दाग नलागेको सिमकार्ड लिने हो कि ? अझ यसलार्इ बिहानबिहान अगरबत्ती बालेर पूजा नै गर्ने हो कि ?  पशुपतिनाथले सबैको कल्याण गरून् ।


चैत्र २०६६, २०१० अप्रिल, इटहरी ४ सुनसरी




प्रकाशितः ब्लाष्ट टाइम्स दैनिक, २०६६, चैत्र २९  आइतबार, ११ अप्रिल, २०१० 
 : नेपाल पृष्ठभूमि साप्ताहिक,  शनिबार, भदौ ९, २०६९, अगष्ट २५, २०१२


              
                 


You might also like:  नाक 



Comments

Total Views

50,404

Please, leave a comment

Wikipedia

Search results

Banibuto Garna Nikleko Manis by Pancha Vismrit

गीत

गीत

कविताः हर्क साम्पाङ

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

Prakash Dipsali Writes

नेपालबन्द । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

हजुरबा र समय । कविता । पञ्च विस्मृत

अग्रजहरु । कविता । पञ्च विस्मृत

याद २ । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

शब्दहरु । कविता । पञ्च विस्मृत

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

परदेशिएर । कविता । पञ्च विस्मृत

Popular posts from this blog

तक्सङमा जन्मिएकी तक्सङ माइली

इतिहासको चाबी पानी पतिया

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on