एक दूर विगतः श्रम साप्ताहिकसँगको

- पञ्च विस्मृत
✍By Pancha Vismrit




श्रम र मेरो प्रवास

प्रवासको माटोमा पसिना सिञ्चित गरेर घरबासको खेतबारीमा अन्न फलाउनु आम नेपालीको नियति बनेको छ आजभोलि । फलतः विवशताले विदेश लाग्ने आफ्नै दाजुभाइमाथि अराष्ट्रवादी, आत्मस्वाभिमान हराएको, पलायन जस्ता मानसिक आघात पुर्याउने विशेषहरूको वाण प्रहार गर्नेहरू धेरै छन् नेपालमा । आफूमै सीमित ती दाजुभाइले वास्तवमा बुझेकै हुँदैनन् कि एक नेपाली जहाँ गएपनि ऊ नेपाल बोकेर हिँड्छ, नेपाली पहिचान लिएर हिँड्छ भन्ने कुरा । तराजुमा जोखेर हेर्ने नै हो भने देशप्रतिको माया घरबासीको भन्दा दोब्बर प्रवासीको हुन्छ भन्नुमा अतिशयोक्ति नहोला । आफ्नो देशभन्दा टाढा जानेहरूलाई नै थाहा हुन्छ वास्तविक देशको माया, आमाको माया !

मलेसियाको माटोमा हाम्रा पुर्खाहरूले हाम्रो लागि ‘गुर्खा’को पहिचान छोडेका रहेछन् । वर्तमान पुस्ता भने यतिबेला बौद्धिक पहिचानको बीउ रोप्दैछन्, ‘नेपाल सन्देश’ र ‘पृष्ठभूमि’ हुर्काउँदैछन् , ‘श्रम’ फुलाउँदैछन्, फलाउँदैछन् मलेसियामा ।

नेपाली जतिको राजनीतिक गफ हाँक्न सक्ने मान्छे संसारमा शायदै कोही होलान् । साहित्यको कुरा गर्ने हो भने चोकचोक गल्ली गल्लीमा भेटिन्छन् सृजनामा अभ्यस्त मान्छे । जबकि मलेसियाका मेरा कुनै समकक्षीहरूले पनि राजीति मन पर्छ भनेनन्, भने साहित्य बुझेँ भनेर भनेनन् । यहीँनेर हाम्रो पृथक पहिचानलाई खुट्याउन सकिन्छ । यसलाई विदेशीले छिट्टै चिन्नेछन् ।

मलेसिया प्रवेश गर्न अघि वास्तवमै त्यहाँ श्रम साप्ताहिक जस्तो अत्यन्त लोकप्रिय पत्रिका प्रकाशित हुन्छ भन्ने कुराको अनुमानसम्म थिएन ममा । म्यानपावरको ढोका ढकढकाउँदै मैले एउटा प्रश्न फ्याँकेको थिएँ, “के त्यहाँ नेपाली पत्रपत्रिका पढ्न पाइएला ?”

व्यापारिक सम्मोहनको भाषामा जबाफ पाएको थिएँ, “हेर भाइ, मैले ब्लाष्ट टाइम्स विदेशमै पढेको थिएँ ... ।”

यस जबाफले मेरो मनमा मिहिन आशाको झिल्को सञ्चार गरेको थियो । नलेखी र पत्रपत्रिका नपढी बस्न नसक्ने मेरो आदत भएकोले पूर्णतः चिन्तित थिएँ म त्यतिबेला । वस्तुतः मलेसियामा पत्रकारिता र नेपाली साहित्यको अनौठैगरि विकाश भएको रहेछ । रोजगारीको सिलसिलामा त्यहाँ भित्रिएका शिक्षित वर्ग पत्रकारिता र साहित्य सृजनामा आफूलाई अभ्यस्त गराउँदै आएका रहेछन् ।

म कुरा गरिरहेको छु सन् २००४ तिरको । वर्षौंपछि हात लागेको थियो श्रम साप्ताहिक । यसलाई खरिद गर्ने स्थान त्यहाँ नजिक नभएको कारण केही साथीहरूसित मिलेर तुरन्त वार्षिक ग्रहक बन्न गुगेको थिएँ । पत्रपत्रिकाप्रति खासै चासो नभएका साथीहरूलाई लिएर वार्षिक ग्राहक बन्नुको एउटा प्रमुख कारण थियो श्रममा आफ्ना लेखरचना प्रकाशित गर्ने तीव्र आकाङ्क्षा मभित्रको । यसभन्दा अर्को पनि उल्लेख्य कारण थियो रिङ्गेटको माया । र, विदेशमा बसेर स्वदेशको खबर जान्ने इच्छा त स्वाभाविक कारण भइहाल्यो ।

श्रम साप्ताहिक नियमित रूपमा आउन थाल्यो । मैले आफ्ना लेख रचना सम्प्रेषण गर्न थालेँ । "हाम्रो जीवन, हाम्रो प्रवास र हाम्रो नियति" शीर्षकको लेख नै श्रम साप्ताहिकमा प्रकाशित मेरो प्रथम रचना थियो । नेपालमा रहँदै २२ वर्षको उमेरमा जानीनजानी कोरेका कविताहरूको सङ्ग्रह ‘नदेखिएको आकाश’ प्रकाशित गरिसकेको थिएँ वाणी प्रकाशन विराटनगरबाट । श्रम साप्ताहिकमा मेरा लेखरचना छापिएर आउँदा मेरा साथीहरू मलाई आदरभावले हेर्थे । मेरो कृति प्रकाशनदेखिको साहित्यिक जीवनबारे जान्न खोज्थे । यसैमा मेरो आनन्द छुपेको थियो । उता, श्रम साप्ताहिकमा समेटिने लेखरचना क्रान्तिकारी र श्रमिकको पक्षमा हुने भएकाले मेरा साथीहरूले यसलाई एक भिन्न स्वादमा पाए । ड्यूटी सकेर फर्किंदा केही साथी ओछ्यानमा उपरखुट्टी लगाएर श्रमका पानामाथि घोरिएर ढल्केको देख्दा मनमा आनन्द आउँथ्यो ।

वि. सं. २०६२ मा गोरखाली वेदनाको प्रकाशन भयो । नेपालमा । मेरो अनुरोधमा कवि तथा कथाकार विवश पोखरेलले यसको दोस्रो चरणको प्रुफरिडिङ्देखि छपाइसम्मको काम सम्हाल्नुभएको थियो । यसको  प्रमुख सम्पादन मैले गरेको भए पनि सो सँगालोमा सम्पादकको स्थानमा मेरो नाम भने छैन । बरू सल्लाह सुझाव दिने र सहयोगीको स्थानमा छ । पेनाङ्का जागरूक साथीहरूको पहलमा प्रकाशन सम्भव भएको सो सँगोलोमा मेरो नाम सम्पादकको स्थानमा नहुनुका दुई कारण छन् । प्रथममा, त्यसमा समाविष्ट रचनामा गुणस्तरको कमी हुनु । दोस्रोमा, म आफू प्रवासमा रहेको कुरा बाहिर ल्याउन चाहँदै नचाहनु । वस्तुतः मैले विराटनगरमा विवश पोखरेललाई गोरखाली वेदना छपाइकोलागि सम्पर्क गर्दा समेत म आफू प्रवासमा रहेको कुरा खुलाएको थिइनँ । मेरो साहित्यिक घर विराटनगरको साहित्यिक माहौलबाट चुपचाप बाहिरिएको मैले त्यसरी आफूलाई छुपाएर राखेको थिएँ । यसको एउटै कारण थियोः विदेशिनु र विदेशिनेप्रतिको गहिरो घृणा । वस्तुतः यो विश्व भूमण्डलीकरण युगको एक प्रकृति रहेछ — बोध भयो पछि । अहिले पनि नेपालमा केही साथीहरू ‘बलवैँश विदेशमै सकेर बूढो, काम नलाग्ने शरीरमा मात्र स्वदेशमा ल्याउने’ भन्दै गाली गर्छन् । मेरो मानसिकता पनि त्योभन्दा पृथक थिएन त्यसताका ।

अन्ततः गोरखाली वेदना प्रकाशित भयो जसलाई पूर्वाञ्चलका विभिन्न स्थानहरूमा निःशुल्क वितरण समेत गरियो ।

मेरो यो साहित्यिक वृत्तिको चर्चा यहाँ यसकारणले पनि गरेँ कि यसको श्रम साप्ताहिसँग सानोतिनो, माने ठूलै, लेनदेन रहेको छ । त्यो के भने मैले आफूलाई जति छुपाउन खोजे पनि अन्ततोगत्वा म छुप्न सकिनँ । श्रम साप्ताहिकको एक लेखको लेखकको नामले मलाई  यस्तरी ब्यूँझायो कि त्यसपछि मेरो सिङ्गो संसार परिवर्तित भएर आयो । वास्तवमा मलाई थाहै थिएन कि मजस्ता कलम समाउनेहरूले समेत विदेश ताकेका हुन्छन् भन्ने । मभन्दा पनि अग्रजहरूले समेत मभन्दा पहिल्यै प्रवास भोगिरहेको सत्य अघि म गौण बनेँ । अन्नततः त्यही श्रम साप्ताहिकको एक टुक्राको कारण एक सकसकबाट छुट्कारा पाएँ । र, छाती फुलाएर खोक्न थाले प्रवासमा । यस प्रसङ्गलाई मैले श्रमिक यात्राको एक अङ्कमा पनि चर्चा गरेको छु ।

नियतिले मलाई मलेसियाको एक अत्यन्तै ऐतिहासिक राज्य मलाक्कामा पछारीदिएको थियो । त्यो राज्य ऐतिहासिक थियो यस अर्थमा म भाग्यमनी थिएँ । पछि त्यहाँका बिभिन्न ऐतिहासिक स्थल, किल्ला र सङ्ग्रहालयहरू घुमेर पुस्तक समेत तयार पार्न सफल भएँ, जुन प्रकाशोन्मुख छ । म अभागी साबित भएँ यसअर्थमा कि मलाक्काबाट क्वालालम्पुर (मलेसियाको राजधानी) पुग्न करिब दुई घण्टे बस यात्रामा थेचारिनु पर्थ्यो । कवि मित्र इन्द्र नारथुङ्गेको भाषामा “शून्य शून्य कोतराया” भन्ने स्थान यहीँ पर्दछ । नेपाली बजारको रूपमा चिनिने कोतरायाको खुल्ला सडकमा प्रवासका मेरा दुई मित्र लुटिएको घटना मेरो मानसपटलमा अझसम्म आलो भएपनि त्यहाँ पुगेपछि कलम बोकेर श्रमिकका कथाव्यथा सङ्कलन गर्ने पत्रकार, प्रवासलाई सृजनामा उन्ने कवि− साहित्यकार र नेपाल गाउने गायक, सङ्गीतकारहरूसँग त्यही स्थानमा भेट हुने भएकोले कोतरायाप्रति मेरो मनमा एक नजानिँदो आस्था छ ।

यही नै नेपाली बुद्धीजीविका लागि वास्तविक राजधानी हो । तर जसबाट टाढा रहे पनि नेपालको जस्तो मोफसलमा रहेको अनुभव कहिल्यै भएन, जहाँ मधुपर्क, गरिमा जस्ता राष्ट्रिय साहित्यिक पत्रिकाले ठम्याउँदैनन् । गोरखापत्र, कान्तिपुर जस्ता राष्ट्रिय समाचारपत्रले चिन्दैनन् । टाढैबाट मैले श्रमलाई आफ्नै जस्तो मानेँ । मेरो पाँच वर्षको प्रवासभरि ऊ मेरो साथमै रह्यो, म उसको साथमै रहेँ ।


श्रम र अनुवाद साहित्य

पत्रकार तथा साहित्यकार देबेन्द्र सुर्केली नेपाल सन्देश साप्ताहिकमा ‘अभिव्यक्ति’ शीर्षकमा एउटा स्तम्भ लेख्नुहुन्थ्यो । मैले उहाँको अघि अनुवादको भाषण धेरै छाँटेर हो कि एक दिन केएलको एक कार्यक्रम सकेर फर्किने क्रममा उहाँले उही स्तम्भका केही लेखहरू मेरो अघि सार्नु भयो, र भन्नुभयो, “ल, यिनको अङ्ग्रेजी अनुवाद गर्नुहोस् । यस स्तम्भका लेखहरूलाई जम्मा पारेर एउटा पुस्तक तैयार पार्नु पर्यो— अङ्गेजी र नेपाली दुवैलाई राखेर ।”

मैले ती लेखहरूलाई साथमा लिएँ र राजधानी बाहिरिएँ । मलाक्का पुगेर सोच्दा उहाँको कुरा एक ख्याल जस्तै लाग्यो । अन्ततः उहाँले मेरो अनुवाद कहिल्यै सोध्नु भएन पनि ।

अनुवाद साहित्यलाई धेरैले नबुझेको पाएको छु । नेपालमा कहीं, कतै अनुवादकलाई पुरस्कृत गरिएको सुन्नुभएको छ ? अनुवादकको चर्चा भएको सुन्नु भएको छ ?

साउदी अरेबियाको कुरा गर्ने हो भने यहाँ अनुवादकलाई करोडौँको पुरस्कार दिइन्छ । यहाँको एक प्रिन्स भन्छन्, “Translation opens window to other cultures and civilizations”. अर्थात् अनुवादबाट नै हामीलाई दोस्रो विश्वको सभ्यता, संस्कृति र रहनसहनको बारेमा जानकारी लिन मद्दत मिल्दछ । वास्तवमा अनुवादको काम नभएको हुँदो हो त साहित्यानुरागी नेपालीले न माक्सिम गोर्कीको ‘आमा’ पढ्न पाउँथे, न त क्रिष्चियन धर्मावलम्वीहरूले बाइबल । विदेशका धेरै ज्ञानगुनका कुरा पनि अनुवादबाटै आएका छन् । मुस्लिम विश्व भन्छः सोह्रौँ शताब्दीसम्म युरोप औषधि र अन्य शिक्षाको स्रोतको रूपमा अरबलाई लिन्थ्यो । अरबिकमा लेखिएका औषधि सम्बन्धी केही पुस्तक बाह्रौँ र तेह्रौँ शताब्दीमै अनुदित भएको उदाहरण छन् । वस्तुतः नेपालमा पनि अनुवादका काम यथेष्ट रूपमा भएका छन् । तसलिमा नसरिनका नेपालीमा अनुदित धेरै पुस्तकहरूले नेपालमा बजार लिएको देखिएको छ । नेपली साहित्यलाई पनि अङ्ग्रेजीमा अनुवाद गरेर विश्व साहित्यअघि पुर्याउने काम पनि उल्लेख्य भएका छन । अनुवादको क्षेत्रमा युयुत्सु शर्मा, खगेन्द्र सङ्ग्रौला, पद्म देवकोटा, मुकुल दाहाल, मनु मन्जिल, दिनेश पौडेल आदिबाट म धेरै प्रभावित भएको छु ।

एक समय मलेसियाको बसाइमा लेखिएका कविताहरूको सङ्ग्रह प्रकाशित गर्ने महाभूत सवार भएको थियो मेरो मनमा अचानक । मेरो सो दोस्रो कविता सङ्ग्रहका सम्पूर्ण कविताहरूलाई अङ्ग्रेजीमा समेत अनुवाद गरेर राख्ने इच्छा झन् चर्को भएर आएको थियो । त्यसको लागि मैले मेरा आदरणीय कवि मनु मन्जिललाई गुहारेको थिएँ । उहाँले अनुवाद समयमा गर्न सक्नु भएन । अन्ततः कम्प्युटरको काम आधा गरेर बीचैमा छोड्नु पर्यो । मेरो त्यो म आफूभन्दा पनि ठूलो सपना छिन्नभिन्न भएपछि फेरि कुनै पुस्तक प्रकाशनको सोच बनाउन सकेको छैन आजतक । तर अनुवादको काम भने फाट्टफुट्ट गर्न थालेँ त्यही समयपछि ।

र, यति भनिसकेपछि मलाई यो भन्नमा गर्व लाग्ने छ :

मलेसियाको पाँचौँ प्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको ‘पीस विथइन’ शीर्षकको अङ्ग्रेजी कवितालाई मैले नेपालीमा अनुवाद गरेको थिएँ, जुन श्रम साप्ताहिकमा प्रकाशित भएको थियो। र, त्यही नै मैले अनुवाद गरेको रचना प्रथम  पल्ट प्रकाशित भएको हो । एक अन्तरक्रियाको कार्यक्रममा श्रम साप्ताहिकका प्रधान सम्पादक तथा प्रकाशक रमेश तुफानको बोलावटमा म राजधानी छिरेको बेला गणेश खड्काजीले श्रम साप्ताहिककै लागि मेरो एक लामो अन्तरवार्ता लिनुभएको थियो । पत्रिकालाई अन्तरवार्ता मेरो लागि दोस्रो भए पनि श्रम साप्ताहिकमै प्रथम पल्ट अनुवाद साहित्यको प्रसङ्ग ल्याएको थिएँ । त्यसैले अनुवादको कुरा आउँदा मेरो मनमा सधैँ श्रम साप्ताहिक नाम तरङ्गिने गरेको छ ।


श्रम र श्रमिक यात्रा

आज मलेसियामा कार्यरत कोही आफूलाई श्रमिक ठान्दछ भने त्यो श्रमिकमुखी श्रम साप्ताहिककै देन हो । विदेशमै पनि केही नेपाली लाजुभाइ कामको विषयलाई लिएर तँ सानो म ठूलो को लज्जास्पद बहस गर्ने गरेको पाइन्छ । तिनलाई श्रम साप्ताहिकले चित्तबुझ्दो गरी सम्झाउने गरेको छ ।

दिपक कुमार खत्री दैलेखी मलाक्कामा सक्रिय रूपमा एनएलओ (नेपाल लेबर अर्गनाइजेशन) विस्तारको कार्यमा हुनुहुन्थ्यो । मलेसियामा कार्यरत नेपाली श्रमिकहरूको न्यायिक पक्षमा वकालत गर्न वा लड्न गठित एनएलओको सङ्गठन विस्तार मलेसियामा त्यतिखेर उल्लेख्य रूपमा भएको थियो । हामीले मलाक्का बसपार्कमा छोटो भेट गरेका थियौँ । त्यहाँ उहाँले ल हामी मिलेर तपाइँको क्षेत्रमा पनि एनएलओको गठन गरौँ, रमेश तुफान सरलाई बोलाएर यहाँका श्रमिकहरूमाझ आवश्यक अन्तरक्रियाको कार्यक्रम आयोजना गरौँ जस्ता कुराहरू राख्नुभएको थियो ।

यी सङ्गठन विस्तारका कुरा मात्र नभएर पत्रिका प्रकाशनको काम समेत अवैधानिक हुन जाने भएको कारण र म आफू सधैँ काममा व्यस्त रहनुपर्ने कारण मैले उहाँलार्इ हुन्छ भन्न सकिनँ । त्यहाँ हामीबीच पूँजीवादको सम्बन्धमा समेत केही विवाद भएको थियो । भर्खरै मात्र माओवादी−सरकारबीच शान्ति सम्झौता भएको थियो । देश संक्रमणकालिन अवस्थामा थियो । यस्तोमा 'सुरूमा जनता धनी हुनु पर्छ' भन्ने बहसहरू नेपालमा भइरहेको समय एनएलओका नेताहरूबाट पनि पहिले श्रमिक पूँजीपति हुनुपर्ने तर्कहरू आउनु कुनै आश्चर्यको कुरा थिएन । तर माओवादी होस् या एनएलओ, यिनले कम्युनिज्मसँग निकटता राख्ने भएकोले यिनले पूँजीवादको कुरा गर्नु अस्वाभाविक भयो भन्ने तर्क मेरो थियो । पूँजीवादलाई नै श्रमिक लक्ष्य बनाएर मलेसियामा श्रमिक श्रमिक मिलेर सामूहिक लगानीमा व्यवसाय चलाउने जस्ता कार्यक्रमको पनि धेरै चर्चा भयो । त्यो कार्यक्रम अन्तर्गत थालिएको व्यवसाय यतिखेर फुल्नेफल्ने क्रममा रहेको कुरा कोपिता गौतमबाट फेसबुकमा अपलोड गरिएका केही तसबिरहरूबाट अनुमान लगाउन सकिन्छ । हामीमाझ यस्ता केही विवादहरू भएपनि श्रमिक यात्राको प्रकाशनमा उहाँलाई मेरो नगण्य भए पनि सहयोग थियो ।

वस्तुतः मलेसियामा एनएलओको विस्तारले त्यहाँ कार्यरत नेपालीहरूलाई श्रमिक शब्दको बोध गराएको छ, जुन अत्यन्तै सकारात्मक कुरा हो । किनभने हामी जबसम्म आफूलाई सही रूपमा पहिचान गर्न सक्दैनौँ तबसम्म आफ्ना काम कर्तव्य र अधिकारका सम्बन्धमा पनि अनजान नै रहन्छौँ। दिपकजी, अहिलेलाई पूँजीवाद नै जिन्दावाद ! किनभने नेपालको तथाकथित क्रान्तिबीच कम्युनिज्मको सक्कली अनुहार पनि देख्न पाइयो ।


यतिबेला श्रम साप्ताहिक मदेखि टाढा छ । मसँग सिर्फ उसको न्यानो सम्झना बाँकी रहेको छ । मरूभूमिको उत्तप्त बालुवा कुल्चँदै म यतिखेर सोचिरहेको छु मलेसियाको साहित्यिक न्यानोपन । श्रमको माया । श्रम नहुँदो हो त शायदै मेरा कोही शुभेच्छुक हुन्थे यतिखेर । श्रमले बाह्र वर्ष टेकेको उपलक्षमा हार्दिक हार्दिक शुभकामना ।


000


२९, अप्रिल २०१३, दम्माम, केएसए


प्रकाशितः श्रम साप्ताहिक, ४ मे, २०१३







Facebook Comments:




KhilBahadur Bhandari अनि त्यहाँ समावेशी मासिक पनि आउँछ, खोजेर पढ्नु होला ।










  • Gyanendra Rai Gyanu vismrit g tapaiko lekhle purano kura malai pani yad dilayo.tapai melaka ma bhayako sheropheroma ma pani melakama nai thiya ra tapai lai pratakshya nachine pani shram saptahik bata chinna thaleko ho.samayako antaralma tapai ksa pugnu bhayo ma puna malaysia mai tara arko thauma chhu.deepak dailekhi g ko prasanga aauda k hi lekhna man lagyo.waha hamrai companyko branchma kam garnu hunuhunthyo waha kam ko shilsilama durghatana ma pare pachhi sakriya rupma NLO ko gathan ma lagnu bhako ho.maile yahi kura bujhna sakeko thiyana ki kina wahako durghatana pachhi teti dherai lagaw bhayo NLO ma gathanma.shramik yatra prakashan NLO ko gathan ma sahabhagi ra sadashya bhaya pani karya byastatale garda maile pura samaya dina sakina.pachhi deepak g sanga baicharik kura namileko hunale ra sunday pani duty garnu parne hunale ma sakriya huna sakina.malai k lagchha bhane teti khera ka sabai yuwama maobadi dwondako prabhab pareko thiyo naganya la chhadera.thaha chhaina yati khera deepak g kaha hunuhunchha tara pani tapaiko lekh le wahako samjhana lai taja garayo.wahale durghatana ko bima paunu bhayo ki bhayana tyo pani thaha bhayana.
  • पञ्च जी आप्रवासी श्रम यात्रामा तँपाईले सिर्जिएका साहित्य, समिक्षा, संस्मरण र संस्कारहरु नव यात्रीहरुका लागि अनुकरणीय छन् । तपाँई का योगदानहरुको साक्षीको रुपमा श्रम साप्ताहिक पनि निरन्तर बाँचिरहेको छ । तँपाईको यस संस्मरणको प्रकाशनपछि पत्रिका र पत्रिकाका सहयात्रीहरुलाई एक ताजा इतिहासको समीक्षा र सम्झना गर्न बाद्य बनाएको छ । यस यात्रामा लाखौं ‘दूर’ यात्रीहरुको हुलबाट तँपाईले ईमान्दारिता र निष्कपट ढंङ्गले जुन संस्मरण गर्नु भयो । तँपाई र तँपाईहरुप्रति श्रम साप्ताहिकको अनबरत र जोखिमपूर्ण यात्राको अगुवाको नाताले मुरी मुरी कृतघ्न बनाएको छ मलाई । निर्मम ‘बिगत’ का ती श्रम साप्ताहिकका प्रिय÷अप्रिय सहयात्रीहरु जसले श्रम साप्ताहिकका जगै पुर्दै हिँडे, धुरी उदारेर सुँकुच्चा ठोके, घर पोलेर आगो तापे । आज वहाँहरुलाई तँपाईले जस्तै ईमान्दार भएर आत्म समिक्षा गर्न हिम्मत मिलोस भन्ने कामना गर्दछुु ।

  • Pancha Vismrit अमूल्य प्रतिक्रियाको लागि KhilBahadur Bhandari, Gyanendra Rai Gyanu तथा Ramesh Tufan Pandit मा हार्दिक आभार । ज्ञानेन्द्रजी, त्यतिखेर तपाइँ पनि दिपकजीसँग नजिक भएर काम गरेको, र NLO को सदस्यता समेत लिएको कुरा थाहा पाउदा खुसी लाग्यो । म जहाँ पुगे पनि मलेसियाको त्यो साहित्यिक र पत्रकारिताको माहोेेललाई चर्चाको विषय बनाउदै आएको छु र बनाइरहनेछु । रमेश सर, म के भनूँ, तपाइँहरूकै मायाले आज केही मान्छेले चिन्छन् । म त सधै श्रम साप्ताहिको उत्तरोत्तर प्रगतीको कामना गर्दछु । अझ यसले अनलाइनमा जाने कुराले त झनै खुसी तुल्याएको छ मलाई ।



  • Comments

    1. thanks pancha sir tyo birsana nasakine shram-saptahikko sarai yaad dilaidinu bhayo yatikhera pani, ma pani tyaskai nyano samjhanama bachiraheko chhu,

      ReplyDelete
      Replies
      1. देबिन जी, मैले तपार्इंलार्इ श्रमिक यात्रामा प्रकाशित तपार्इंको एक लेखबाट राम्ररी चिन्न थालेको हूँ । अहिले हामी मलेसियादेखि टाढा रहे पनि श्रम साप्ताहिकको याद हामीमा सदा रहने छ । Thanks for the comment.

        Delete

    Post a Comment

    Total Views

    Please, leave a comment

    Wikipedia

    Search results

    POEMS FROM THE HIMALAYAS

    स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

    स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

    स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

    कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

    प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

    प्रदर्शनीमा जिन्दगी – पञ्च विस्मृत उसको जिन्दगी आज सार्वजनिक स्थलमा प्रदर्शनको लागि टाँगिएको छ । कोही आउँछन् र दुई...

    Posted by Pancha Vismrit on Friday, November 13, 2020

    प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

    रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

    रेगिस्तानी दशैँ — पञ्च विस्मृत हिउँदको फूलजस्तो निस्तेज उमङ्ग परदेशीका आङमा बेखबर फुल्छ तर, सिङ्गो संवेदन हल्लाएर झर्छ...

    Posted by Pancha Vismrit on Thursday, October 22, 2020

    ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

    गाए गीत नगाए कविता - पञ्च विस्मृत ढुङ्गा हुँ म तिमी मलाई, प्रेमले गाल्न नखोज थानमा राख मन्दिरको, दिलमा राख्न नखोज भेल...

    Posted by Pancha Vismrit on Monday, September 28, 2020

    A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

    Day 1 Today is the first day of my participation in this 8-day Russian poetry flash...

    Posted by Pancha Vismrit on Wednesday, September 9, 2020

    Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

    स्रष्टा परिचय र उपनामको रहस्य -- ४० -------------------------------------------------- कवि पञ्च विस्मृत बजारिया...

    Posted by सगरमाथा साहित्य प्रतिष्ठान नेपाल on Sunday, July 26, 2020

    कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

    कोरोनाले छोडेर गएको दिन - पञ्च विस्मृत एक दिन जब खुल्नेछ विश्व जब छोडेर जानेछ कोरोनाले – मजदुरहरुले पेटभर खाना खान...

    Posted by Pancha Vismrit on Thursday, July 30, 2020

    Pancha Vismrit, Sketched by Krishna Marsani

    आशाको रङ । कविता । पञ्च विस्मृत

    आशाको रङ — पञ्च विस्मृत मलाई यी उठ्दै गरेका अग्ला घरहरुको रङ खुब मन पर्छ मानौँ कि उठ्दैछन् नैराश्यताको जमिनलाई...

    Posted by Pancha Vismrit on Thursday, July 16, 2020

    काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

    काँडाको ओछ्यानबाट म के गरुँ ? कहाँ जाऊँ ? मित्रलाई सम्झूँ कि शत्रुलाई सम्झूँ ? फूललाई सम्झूँ कि काँडालाई सम्झूँ ? सबैको...

    Posted by Pancha Vismrit on Monday, April 27, 2020

    Prakash Dipsali Writes

    परदेशी कवि तथा लेखकहरुको प्रिय नाम हो पञ्च विस्मृत । मलेसियामा रहदा असाध्यै चर्चामा रहेका कवि पञ्च विस्मृत सुन्दर कविता...

    Posted by Prakash Dipsali on Monday, April 27, 2020

    नेपालबन्द । कविता । पञ्च विस्मृत

    नेपालबन्द – पञ्च विस्मृत शोकमग्नझैँ लाग्छ आज यो मनको शहर कुनै सपना बुन्नु छैन न त टिप्नु नै छ जून आज मनको शहर बन्द...

    Posted by Pancha Vismrit on Tuesday, March 31, 2020

    प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

    प्रेम र राजनीति – पञ्च विस्मृत तिम्रो रुपको वर्णन गर्ने कुनै शब्दको आविस्कार भइसकेको छैन दुनियाँमा । बस, तिम्रो...

    Posted by Pancha Vismrit on Thursday, February 13, 2020

    आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

    आँधीवेहरीसँग जुध्ने, साहस जुटाइदेऊ भगवान जीवनयुद्ध जित्ने एउटा, दर्शन सिकाइदेऊ भगवान असल मान्छे बन्न खाजेँ, आफ्ना पराइ...

    Posted by Pancha Vismrit on Saturday, November 2, 2019

    उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

    उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ – पञ्च विस्मृत क्यालेण्डरका पानाहरु कुल्चँदै हुण्डरीको वेगमा एक निरपराध...

    Posted by सिर्जना डबली on Wednesday, November 6, 2019

    हजुरबा र समय । कविता । पञ्च विस्मृत

    हजुरबा र समय — पञ्च विस्मृत सदियौँदेखि हो यो वेगीलाई समयलाई थुन्न हाम्रा हजुरबाहरुले फलामको बडेमानको पिँजडा बनाउँदै...

    Posted by Pancha Vismrit on Thursday, October 4, 2018

    अग्रजहरु । कविता । पञ्च विस्मृत

    अग्रजहरु – पञ्च विस्मृत अलिक मास्तिर पहाडको उकालो बाटोमा गुनगुन गुनगुन गर्दै एक हुल मानिस हिँडिरहेका देखिन्छन्...

    Posted by Pancha Vismrit on Thursday, May 16, 2019

    याद २ । कविता । पञ्च विस्मृत

    याद २ — पञ्च विस्मृत ब्यूँझिएको मात्र के हुन्छु समय नुहेको डालीमा बसेर एकाबिहानै चिर्बिर चिर्बिर गर्छे प्रिय...

    Posted by Pancha Vismrit on Thursday, February 14, 2019

    छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

    छिमेकीको हवेली देखेर — पञ्च विस्मृत छिमेकीको हवेली देखेर मैले पनि ठडयाएँ कल्पनाको राजधानीमा बडेमानको घर । सपनाहरुको...

    Posted by Pancha Vismrit on Thursday, August 16, 2018

    शब्दहरु । कविता । पञ्च विस्मृत

    शब्दहरु — पञ्च विस्मृत शब्दहरु यी मसिना शब्दहरु ! कुम्लो कुटुरो बोकेर बाहिरिएको मान्छे घर फर्किएजस्तै एउटा...

    Posted by Pancha Vismrit on Friday, December 1, 2017

    कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

    कहिले आउँने दिनभरि, आइपुग्ने कहिले शाम धाइरहने यो सम्झनाको, खै के होला नाम ? कुटुकुटु खाइरहन्छ, आँखाभरि...

    Posted by Pancha Vismrit on Thursday, December 29, 2016

    परदेशिएर । कविता । पञ्च विस्मृत

    परदेशिएर मनभित्र कतै बज्छ सौन्दर्यको तीखो आवाज म सुन्छु म हेर्छु परेलाहरुमा अडिएर टिलपिल टिलपिल आँशु साँच्ची...

    Posted by Pancha Vismrit on Monday, April 7, 2014

    Popular posts from this blog

    तक्सङमा जन्मिएकी तक्सङ माइली

    आमा, तिम्रो सम्झनामा

    ग्रहण छापियो दिवाकर रहेनन् !

    कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

    Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

    समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

    नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

    फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

    प्रिय विगत । कविता । पञ्च विस्मृत

    अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

    बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

    On Instagram

    View this post on Instagram

    Dedicated to those staying abroad

    A post shared by Pancha Vismrit (@pancha.vismrit) on