डोल्मा, रीजाना र अनिशहरूको नियति हामी सबैको साझा नियति हो

— पञ्च विस्मृत
✍By Pancha Vismrit


मृत्युदण्डको भागीदार बन्नकोलागि मातृभूमिको न्यानो काख छोडेर  सर्प र बिच्छीहरूको जङ्गलमा पलायन हुने सपना शायदै कसैको हुन्छ । बृद्ध बा−आमाको आशिर्वाद लिएर चुहिने घरको छानो र फाटेको सखीको ब्लाउज टाल्न विदेश भासिएका नेपाली दाजुभाइ; त्यस्तै नियति भोग्न विवश नेपाली दिदीबहिनीहरूमाथि विदेशमा हुने अन्याय र अत्याचारको विरूद्धमा कसले के गर्न सक्ने ? कसले बोलिदिने ? सम्बन्धित देशका दुतावासहरूबाट विज्ञप्ति जारी गर्ने बाहेक उल्लेख्य काम भएको कमै देखिन्छ । र, कमै आशा गर्न सकिन्छ आपदविपदहरूमा पनि । हामी विदेशमा दिनदहाडै लुटिन्छौँ, कुटिन्छौँ । बिना कसूर मारिन्छौँ । यसको कुनै लेखाजोखा छैन । यतिखेर सारा प्रवासीहरूको ध्यानको केन्द्रबिन्दु बनेका छन् दुबाईमा मृत्युदण्डको सजाय सुनाइएका अनिश खालिङ राई । दुर्भाग्यतः पुनरावेदन अदालतले मृत्युदण्डको फैसला सुनाएपछि बल्ल उनी चर्चामा आएका छन् ।

सन् २००८ मा कुवेतको एक अदालतले सिन्धुपाल्चोककी डोल्मा शेर्पालाई यसैगरि मृत्युदण्डको सजाय सुनाएको थियो । त्यतिखेर उनका पति आङ्तेन्जी शेर्पा इराकको अमेरिकी शैनिक क्याम्पमा साँझको खाना बनाउने तैयारीमा थिए । अचानक सो क्याम्पको एक नेपाली एकाउन्टेन्टले मृत्युदण्ड जस्तो अप्रिय खबर पत्ता लगाएर सुनाएपछि स्वाभावतः उनी खङ्ग्रङ्ग नै भए । श्रीमती कुवेत गएपछि साढे ४ वर्षे छोरालाई गुम्बाकी एक भिक्षुणीको हातमा छोडेर इराक लागेका आङ्तेन्जी शेर्पा सो खबर सुने लगत्तै नेपाल फर्किए । डोल्मालाई बचाउन महिला अगुवाहरूको एक समूह परराष्ट्र मन्त्रालयसम्म हारगुहार गर्न पुग्यो । त्यहाँबाट ‘डोल्मा बचाऔँ अभियान’को सुरूवात नै भयो । नेपालको राजधानीबाट चलेको सो अभियानमा त्यहाँका मानवाधिकारकर्मी र विभिन्न सामाजिक सङ्घसंस्थाहरूको साथ र सहयोग रह्यो । सौभाग्यवश त्यसले छिट्टै अन्तर्राष्ट्रिय रूप लियो । र, सफल पनि भयो ।

एक दुर्गम गाउँ र आर्थिक विपन्नताले गाँजिएर भविष्य खोज्दै कुवेत पुगेकी डोल्माको एक फिलिपिनी महिलाको हत्याअभियोगमा सुनाइएको मृत्युदण्डको सजायबाट बच्ने एउटै उपाय थियो : ‘ब्लड मनी’ स्वरूप दस हजार अमेरिकी डलर पीडित पक्षको परिवारलाई दिनु पर्ने। सो मोटो रकम बुझाएपछि पीडित परिवारबाट क्षमायाचना-पत्र लिएर त्यसलाई फिलिपिन्स दुतावासबाट प्रमाणित गर्नुपर्ने प्रावधान रहेको कुरा डोल्माको मुद्दा लडिराखेका वकिल तारेख अल खुर्सले प्रष्ट पारेका थिए । गरिबीको कारण विदेश भासिएका हामी जस्ताकालागि सो रकम मामुली हुँदै हैन । यद्यपि, नेपालीमा एकताको भावना कति माथि रहेछ भन्ने कुरा छर्लङ्ग भयो जब सो रकम देशविदेशबाट सङ्कलन सम्भव भयो । त्यसकोलागि डोल्मा बचाऔँ अभियानमा विश्वभर छरिएर रहेका नेपालीहरू एकजुट भएका थिए ।  विचारले, धर्मसंस्कृतिले फरकफरक धारका भएपनि आइपरेको बेलामा हामी नेपाली एक हुने नै रहेछौँ भन्ने कुरा प्रमाणित भयो । डोल्माको पीडालाई गहिराइमा अनुभूत गर्न सक्ने डोल्माजस्तै प्रवास भासिएकाहरूको सहयोग नहुँदो हो त घरबासी एक्लैले डोल्मालाई शायदै बचाउन सक्थे । यतिबेला पनि अनिशको मुद्दालार्इ लिएर सारा प्रवासीहरू चिन्तित भएका छन् । र, हुनु पनि पर्दछ । सौभाग्य नै भनौँ, अनिश र डोल्मालार्इ तोकिएको रकम बुझाएर उम्कन पाउने ठाउँ दिइयो । एकपल्ट सोचौँ—  यदि नदिइएको भए के हुन्थ्यो ?

सन् २०१३ को जनवरी ९ का दिन रीजाना नाफिक नामकी श्रीलङ्काली २४ वर्षिय महिलालाई साउदी अरेबियाको राजधानी रियाद नजिक सार्वजनिक स्थलमा तरवारले काटेर  मृत्युदण्ड दिइयो । श्रीलङ्काली प्रवासी र घरबासीहरूमा हामीमा निहित एकताको गुण भएको भएपनि तिनले रीजानाको जीवन बचाउन सक्दैनथे । किनभने उनको ‘ब्लम मनी’ अस्वीकार गरिएको थियो । यद्यपि, रीजानाको कथा अनिश−डोल्माको कथाभन्दा धेरै फरक छैन । रीजानाले पनि अनिश−डोल्माले जस्तै आफ्नो र परिवारको लागि केही भएपनि कमाउन भनेर नै विदेशको माटो टेकेकी थिइन् । रीजाना पनि  अनिश−डोल्मा जस्तै  एक गरिब परिवारकी सदस्य थिइन् । डोल्मा जस्तै उनी घरेलु कामदार थिइन् । एक साउदी घरमा काम गर्न थालेको मात्र दुई हप्ता भएकोमा उनले स्याहार्ने गरेको बच्चाको मृत्यु भएपछि अचानक बच्चा मारेको अभियोग लगाएर जेल पुर्याइएकी थिइन् रिजाना । र, अन्ततः उनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । साउदी सरकारले प्रक्रिया पुर्याएर नै रीजानालाई मृत्युदण्डको मुखमा पुर्याएको र आफूले पनि बचाउन भरमग्दुर प्रयास गरेको भनेतापनि रीजाना भर्खरै मात्र काम गर्न थालेकोले उनको हातबाट त्यस्तो अनर्थ हुने सम्भावना कमै देखिन्थ्यो । किनभने उनी सो घरमा मान्छे मार्न हैन श्रम बेचेर पैसा कमाउन भित्रिएकी थिइन् । जे नहुनु त्यही भइहालेपछि भर्खर साउदी अरेबिया छिरेकी र भाषामा कमजोर रीजानाले सो घटनालाई कसरी बुझाइन् भन्ने प्रश्न उठ्नु स्वभाविक नै हो । यिनै कारणले यस मुद्दालाई शङ्काको दृष्टिले हेरियो ।

सो बच्चाको मृत्यु हुँदा रीजाना मात्र १७ वर्षकी थिइन् । पासपोर्टमा उमेर बढाएर साउदी अरेबिया छिरेकी उनलाई मृत्युदण्ड दिन अन्तर्राष्ट्रिय कानुनले दिँदैनथ्यो । किनभने १८ वर्ष मुनिकाले कुनै त्यस्तो अपराध गरेमा मृत्युदण्ड दिन नमिल्ने अन्तर्राष्ट्रिय कानुन रहेको छ । तर अन्तर्राष्ट्रिय कानुन, विभिन्न मानवअधिकारकर्मीको सल्लाह, उनको देशको अनुरोध, उनका परिवारका आँशु र आफन्तको चिन्ताले त के खुद दैवले बचाउन सकेन रीजानालाई !

त्यसको चार महिना पश्चात साउदी अरेबियामै पाँच यमनीहरूलाई एकसाथ झुण्ड्याएर मृत्युदण्ड दिइयो, जो हत्या र लुटपातमा सङ्लग्न भेटिएका थिए । उनीहरूको मृत शरीरलाई दुई क्रेनको सहायताले सार्वजनिक स्थलमा प्रदर्शनमा समेत राखियो । सो दृश्य त्यहाँकाले मात्र देखेनन्, इन्टरनेटको माध्यमबाट पूरै विश्वले हेर्यो । विश्वले ती यमनी मृत शरीरलाई मात्र हेरेन, प्रदर्शनमा राखिएका ती मृत शरीरमा साउदी अरेबियाको पशुवत् व्यवहारलाई समेत राम्रैसँग नियाल्यो । ठीक छ, साउदी अरेबियाको कानुनअनुसार ती मृत्युदण्डको भागीदार नै थिए, तर त्यहाँ पनि धेरैको तिनको ‘ट्रायल’ पारदर्शी नभएको कुरा आयो । एमनेष्टी इन्टरनेशनलले समेत त्यहाँको ‘ट्रायल’ चित्तबुझ्दो नभएको, आरोपितलाई यातना दिएर अपराध स्वीकार्न बाध्य पार्ने जस्तो अवैज्ञानिक प्रकृयाको सहारा लिइएको जस्ता आरोप लगायो ।

यमनीहरू त अरबिक नै बोल्छन् । ‘ट्रायल’मा आफ्नो कुरा राख्न सक्छन् । रीजाना, डोल्मा र अनिश  जस्ता सम्बन्धित मुलुकको भाषा नजान्नेहरूले के बुझेर र कसरी आफ्नो कुरा राख्छन् ? यस्तो अवस्था रहनुले पनि धेरै मध्यपूर्वीय मुलुकहरूमा एक विदेशीलाई दण्डसजाय सुनाउने अदालती कामकारबाहीप्रति धेरैले असन्तुष्टि पोख्ने गरेका छन् ।      

सन् २०११ को  अक्टोबर ७ का दिन साउदी अरेबियामै एकसाथ आठ बङ्लादेशीको घाँटी ताछिएको घटना बङ्लादेशले शायदै भुल्नेछ । एक गोदाममा चोरी गर्ने क्रममा एक इजिप्सियन सेक्युरिटी गार्डको हत्या गरेको अभियोगमा दोषी ठहर्याई आठ बङ्लादेशीलाई तरबारले काटेर मृत्युदण्ड दिइएको थियो । पीडित परिवारलाई ‘ब्लड मनी’ दिएर ती आठको ज्यान जोगाउने प्रयास भएको भएपनि असफल भएको कुरा साउदीस्थित बङ्लादेशी राजदुतले एक दैनिक पत्रिकालाई बताए । गाँस, बास र कपासको लडाइँमा होमिएका हामी जस्तै श्रमिक थिए बिचरा ती । तिनको घरमा स्वाभावतः रूवाबासी नै चल्यो, जुन टिभी च्यानल र पत्रपत्रिकाहरूको खजाना बन्यो । विश्वले एक पटक श्वास रोकेर समाचार सुन्यो, पढ्यो ।

साउदी अरेबियामा मृत्युदण्ड पाउनेहरूमध्ये केही भाग्यमानी पनि साबित भएका छन् । केही समयअगाडि एक फिलिपिनो पीडित पक्षलाई ‘ब्लड मनी’ दिएर स्वदेश फर्के । सन् २०१३ को अगष्टतिर पापाचन नामको एक इण्डियन घरेलु ड्राइभर त्यसरी नै छुटे । ऊ यसअर्थमा झनै भाग्यमानी देखियो कि उनको मोहम्मद अलुङ्गल नामको एक व्यापारीले साउदी रियाल दुई लाख पच्चीस हजार ‘ब्लड मनी’ तिरिदिए । उनकालागि त सो ब्यापारी साक्षात भगवान कै रूपमा प्रस्तुत भए । लाखको सपना देखेर साउदी अरेबिया भित्रिएका पापाचन साउदी रियाल तीन हजार लिएर घर फर्किए, जुन उनले जेलमा बस्दा कमाएका थिए ।

सन् २०१२ को फेब्रुअरीमा पापाचनले चलाएको कारले एक साउदीलाई ठक्कर दिई मारेको थियो ।

अब यता हाम्रो अनिशको भाग्य हामीले निर्माण गर्ने बेला आएको छ ।

गाउँसहर उजाडेर विदेश लागेका नेपालीहरूको सङ्ख्या कति छ भन्ने कुराको अनुमान सहजै गर्न सकिन्छ । र, ती (हामी) विदेश लागेका प्रत्येक नेपालीहरूले आफ्नो एक बिहानको कफी पिउने पैसा मात्रै अनिशको नाममा छुट्याए पनि उनको ज्यान जोगाउन सकिने सम्भावना देखिन्छ ।

वस्तुतः सङ्खुवासभा जिल्लाको मत्स्यपोखरी, वडा नम्बर ३ घरभई वि.सं. २०६८ मा रोजगारको सिलसिलामा दुबाई छिरेका २३ वर्षीय अनिश खालिङ राईको हातबाट मिसलदिन नामका एक पाकिस्तानीको ज्यान गएपछि त्यहाँको अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको बुझिएको छ । उनले पुनरावेदन अदालतमा समेत हारिसकेको हुनाले अब बच्ने एउटै बाटो देखिन्छ । ८२ लाख रूपियाँ पीडित परिवारलाई क्षतिपूर्ति स्वरूप दिएपछि उनी बच्न सक्नेछन्, जुन सानो रकम हुँदै हैन । यस घटनाबाट उनको परिवारमाथि कस्तो खालको मानसिक आघात गुगेको छ भन्ने कुरा टाढैबाट बुझ्न सकिन्छ । गरिबीको कारण पढाइ छोडेर आम नेपाली युवाहरूजस्तै विदेश लागेका अनिशकी ५७ वर्षीय आमा, श्रीमती र नाबालक छोरा रहेको बुझिएको छ ।

इन्टरनेटको विकाशसँगै ‘गे’ र ‘लेस्बियन’को सभ्यतातर्फ विश्व धकेलिँदै गएको छ । ठूल्ठूला राष्ट्रहरूले ‘गे म्यारिज’लाई अनुमोदन समेत गरिसकेका छन्, भने धेरैले यसमाथि सकरात्मक टिप्पणी गरेका छन् । र, यो सभ्यताको दुषित हावालाई इन्टरनेटले उत्सुक मनमस्तिष्कहरूमा कथित स्वच्छ र दैविक हावाको रूपमा प्रवेश गराउन थालेको छ । यो दुषित हावाले छोएकाहरू हरेक मङ्गोलियन अनुहार परेकाहरूलाई ‘गे’को संज्ञा दिन्छन् । किनभने मङ्गोलियन अनुहार परेकाहरू जस्तो चैनिज, कोरियन, जापानिज, नेपालमा राई, लिम्बू, गुरूङ आदिको अनुहारको आकारप्रकार स्त्रीजातिसँग केही प्रतिशत मिल्दछ । केही प्रतिशत त्यसरी मिल्दैमा र चालढाल स्त्रीजातिसँग मिल्दैमा कोही पनि ‘गे’ या ‘लेस्बियन’ हुँदैन, र यो जन्मजात हुने कुरा पनि हैन भन्ने तथ्य धेरैले बुझ्न सकेका छैनन् । यदि जन्मजात नै हुँदो हो त हाम्रा गाउँघरमा पनि कमसेकम एक गाउँमा एक ‘गे’ या ‘लेस्बियन’ हुन्थे । यो त बिभिन्न सर्जरी र औषधीको प्रयोग गरेर आफ्नो रङ्गरूप र लिङ्ग परिवर्तन गरेर गरिने एक घृणित फेशन हो भनेर धेरैले बुझेका छैनन् । यसै अज्ञानताको फलस्वरूप एक पाकिस्तानी एक नेपालीमाथि कुदृष्टि राख्छन् । र, मृत्युको मुखमा पुग्छन् । बिचरा नेपाली किंकर्तव्यविमूढ उभिन्छ बुझिनसक्नुको विश्वमा । र, जीवनरक्षाको भीख माग्छ ।

किनभने ऊ गरिब र शक्तिहीन छ ।

सिरियामा बसाल असादले सयौँको ज्यान लिएको छ । पूरै विश्व हत्याहिंसाको चपेटामा पर्दै गुज्रिदै आएको छ । नेपालमा पनि जनयुद्ध र क्रान्तिको नाममा हजारौँको ज्यान लिने अपराधीहरूको उचाइ कसैले नाप्न सकेको छैन । यी सब देख्दा लाग्छ यी नियमकानुन, धार्मिक मापदण्डहरू सबै दुःखी गरिबहरूका लागि मात्र हो ।

डोल्मा, रीजाना र अनिशहरूको नियति हामी सबैको साझा नियति हो । यी घटनाहरूबाट शेष नेपालीहरूले ठूलो पाठ सिक्नु पर्छ । ‘मलाई खाने बाघले तँलाई पनि खान्छ’ भनेझैँ यस्तो मुद्दा भोलि कुनै पनि बेला हामीमध्ये जो कोहीलाई पनि आइलाग्न सक्छ । असुरक्षित बन्दै गइरहेको यो विश्वमा कुनै पनि बेला हाम्रो दिन बिग्रन सक्छ । यसबारेमा हामीले चनाखो भएर काम गर्ने बेला आएको छ ।

यतिबेला देश विदेशमा अनिश खालिङ राई जोगाऔँ अभियान आशालाग्दोगरि चलेको छ । विशेष गरेर विदेशमा बस्ने नेपालीहरूबाट अनिशको जीवन बचाउन रकम सङ्कलन गर्ने कार्य तीव्र रूपमा चलिरहेको देखिन्छ । यसको लागि इजरायलमा बीजे विद्रोही राई, किरात यायोक्खा इजरायल र किरात याक्थुम चुम्लुङ इजरायल; कतारमा भानु सुनुवार, किरात राई यायोक्खा शाखा कतार, किरात याक्थुङ चुम्लुङ कतार र सुनुवार सेवा समाज कतार; त्यसैगरि दुबाइमा उमेश राई, कोरियामा कल्पना राई, युकेमा भोला बिक्रम राई आदिले निक्कै मिहिनेत गरेको देखिन्छ ।

कसैले पनि त्यस्ताको ‘ब्लड मनी’ कहिल्यै तिरिदिने छैनन्, जो बलात्कार, लुटपात र ज्यानमारा मुद्दामा परेको होउन् । त्यस्ताहरूमाथि सहानुभूति समेत कमैले पोख्नेछन् । जुन कुरा यमनी र बङ्लादेशीहरूको सामूहिक मृत्युदण्डले प्रमाणित गरेको छ । हाम्रो अनिश कुनै त्यस्तो अपराधी हैनन्, त्यसैले उनीमाथि भगवानको कृपा अवश्य रहने छ ।

एक विदेशीलाई आफ्नो देशमा मुद्दा चलाएर सजाय दिने जुन प्रकृया मध्यपूर्वी देशहरूले अवलम्बन गरेका छन्, चित्तबुझ्दो पटक्कै लाग्दैन । हरेक विदेशी नागरिकलाई मृत्युदण्ड दिईसकेपछि आउने प्रतिक्रियाबाट पनि यसको प्रथम कारण सजिलै पत्ता लगाउन सकिन्छ । ‘ट्रायल’ कस्तो भयो होला ? अभियुक्तले आफ्नो कुरा राख्न पायो कि पाएन ? राखेकै हो भने कुन भाषामा राख्यो ? भाषामा दखल नभएकोले कुरा कसरी राख्यो ? यातना दिएर त अपराध स्वीकार गराइएन ? जस्ता यक्ष प्रश्नहरू घटना या अदालती फैसलालगत्तै मनमा आफसेआफ उत्पन्न हुने प्रश्नहरू हुन् । यसको अर्थ शङ्का गर्ने ठाउँहरू प्रशस्त भेटिनु हो, र यो रहनु दुःखद कुरा हो ।

मान्छेको ज्यान धेरै कारणले जान सक्छ । कहीँ दुर्घटनामा, कहीँ ख्यालख्यालमै पनि । कहीँ आत्मरक्षाको लागि हात उठाउदा पनि मान्छेको ज्यान जानसक्छ । कसैले कसैको ज्यान लियो भन्दैमा आँखा चिम्लेर हत्यारा घोषणा गर्ने परम्पराको अन्त हुनुपर्छ अब । प्रायः मध्यपूर्वीय मुस्लिम देशहरूमा यस्ता घटनाहरू उल्लेख्य घटेका छन् । जब विदेशी अभियुक्त अदालतको कठघरामा उभिन्छ, सो व्यक्तिले त्यहाँको बहसमा बोलिएको एकसेएक कुरा बुझ्न पाउनु उसको  नैसर्गिक अधिकार बन्नुपर्छ । त्यसकोलागि उसको वकिल उसकै देशको हुनुपर्छ । अनि मात्र हाम्रो जस्तो गरिब देशको नागरिकले विदेशको माटोमा सच्चा न्याय पाउन सकिन्छ ।

ग्लोबलाइजेशनको युगसँगै पारिवारिक जीवन जोखिममा परेको छ । श्रीमान एक देशमा र श्रीमती अर्को देशमा, श्रीमान विदेशमा श्रम गर्ने श्रीमतीले नाठो खेलाउने, या घरमा श्रीमती घरबार थाम्ने श्रीमान विदेशमा गर्लफ्रेण्ड घुमाउने जस्ता घटनाहरूले गर्दा विश्व तनावमय बन्दै गएको छ । यस्ता घटनाहरूबाट हामी नेपालीहरू मात्रै पीडित छैनौँ; हरेक विकासशील देशका नागरिक, जो विकशित देशमा श्रम बेच्छन्, पीडित हुँदै आएको कुराको हामीले बाँचेको यो समय साक्षी छ । यसले गर्दा विदेशमा सधैँ मानसिक तनावमा बाँच्नुपर्ने स्थिति देखिन्छ । यस्तो तनावमा बाँच्ने मान्छे न त दिल खोलेर हाँस्न सक्छन्, न त परदेशमा राम्ररी काम गरेर मालिक खुसी पार्न नै सक्छन् । साउदी अरेबियाको जेद्दाह भन्ने स्थानमा एक रेष्टुरेन्टमा काम गर्ने एक ड्राइभरले आत्महत्या गर्नु यसको एउटा उदाहरण हो, जसकी श्रीमतीको बारेमा नकरात्मक हल्ला चलेपछि काम गर्ने स्थानमा झैँझगडा गर्ने, मान्छे पिट्ने जस्ता अस्वाभाविक कृयाकलापहरू गर्दै आएका थिए । अन्ततः आत्महत्यासम्म गर्न पुगे । यस्ताहरूसँग व्यवहार गर्नेहरूले पनि सधैँ चनाखो हुनुपर्ने देखिन्छ ।  किनभने यस्ताले कुनै पनि समयमा आफ्नो चेतना गुमाउन सक्छन् ।

अन्तमा, ‘ग्लोबल भ्वाइसेज’ले लेखेको यो कुरा समय सान्दर्भिक लाग्छ— “Nothing can justify a capital crime, but capital punishment cannot ensure a cure or deterrent for such crimes.” — जब ठूल्ठूला अपराधका घटना घट्छन् तिनको बदलामा अपराधीलार्इ जति ठूलो सजाय दिए पनि त्यो कमै हुन्छ, किनभने उसले गरेको अपराधको क्षतिपूर्ति कसैगरि हुन सक्दैन । अर्कातिर अपराधीलाई मृत्युदण्डजस्तो ठूल्ठूला सजाय दिएर अपराध रोकिन्छ भन्ने कुराको पनि कुनै ग्यारेन्टी छैन ।



४ फेब्रुअरी, २०१४




सन्दर्भ सामग्रीहरूः
१, अरब न्यूज, अगष्ट २८ २०१३





Comments:
BJ Bidrohee Rai: पञ्च गुरु, यो विश्लेषणात्मक लेखन र सत्यतथ्य भग्नावशेषसम्म पुगेर यो रिपोर्ट तैयार पार्नुभएकोमा धेरै खुसी छु । यस्ता रिपोर्टहरुलाई रेडियो र एफएमले ठूलो महत्त्व दिएर प्रशारण गरुन् ताकि ती कुनाकन्दरामा हुर्किएका अबोध जनशक्तिले, युवायुवतीले विदेशका नियम र पीडा थाहा पाऊन् । कान्छा र कान्छीको गीत बजाउनुभन्दा एउटा गीतलाई कटाएर विदेशका पीडालाई, नियमलाई प्रकाशमा पारुन् ताकि पटकपटक यो कार्यबाट नेपाली बञ्चित होऊन् । यहाँ अरबमा बिलाएका धेरै नेपाली युवाहरुको एउटा रिपोर्टसम्म रेडियो र एफएमबाट सुन्न पाइन्न, हिन्दी गीतहरु अँटाईनअँटाई बज्छन । यस्ता रिपोर्टहरु प्रशारण गरुन् ताकि प्रत्येक नेपालीलाई विदेशको नियम र पीडा थाहा होस ।

Calpana Rai: हार्दिक धन्यवाद Pancha Vismrit ज्यू, यति लामो लेख र प्रवासी जीवनका वाध्यताहरु नजिकबाट नियाल्दै उदाहरण दिँदै वास्तविकता प्रष्ट्याउन खोज्नुभएको यो लेख पढेर धेरै कुरा बुझ्न र जान्ने माैका पाएँ । बिद्रोहीज्यूले भन्नुभए जस्तो यस्तो वास्तविकताले भरिएको अपिल भनौँ या यथार्थ बुझाउन सक्ने लिखित दस्तावेज सार्वजनिक गरिनुपर्छ । मीडियामा आउनुपर्छ ताकि यस्ता पीडा र घटनबारे सबैले बुझ्न सकून्, सम्भावित दुर्घटनाबाट बच्न सकून् । यहाँको यो लेखले अनिश भाइको जीवनमा ठूलो सफलता मिल्ने नै छ, विश्वस्त हौँ, अन्ततः फेरि पनि धन्यवाद यहाँलाई ... तर कसरी हुन्छ यो लेख प्रकाशनमा ल्याउने प्रयास गर्नुहोला है ।

Khagendra Limbu: यो तमाम लोकले बुझिदेओस्, मानिदेओस् ! स्यावास विस्मृत ! यो न्यायप्रेमी संसारभरका पछौटेवर्गको आवाज हो ।


* * *

रमेश तुफन पण्डित 

After the blood money raising attempts ends successfully,
Ramesh Tufan Pandit (रमेश तुफान पण्डित) writes  on behalf of International Migrant Alliance Nepal (IMAN):  


A Nepali migrant worker Anish Khaling, 23 has been rescued from his death penalty in the UAE. After the UAE court of appeal opened alternative to pay 'blood money', Nepalese migrant communities collected the additional amount. They have collected about US $12 million. The court had declared about $ 8.6 million as a blood money and criminal fine.

He had reached Abu-Dhabi in 2068 B.S. (2012 A.D.) as a general house driver. Six month after his arrival to Abu-Dhabi he was blamed as the murderer of Wagal Khan Misaldin, 40, a Pakistani citizen and the lower court of Abu Dhabi sentenced him to death penalty. He used to be often attacked by Wagal Khan in order to rape him. That day, when he was attacked by Khan, he was driving him somewhere. Then Khaling defended himself by hitting him. After a few days Khan died in hospital, and police arrested Khaling accusing of murder.

After the sentence of the court, culprit’s father Bhim Pd Rai 75, mother Dikmaya Rai 57, wife Rabita and two- year-old daughter Ritu arrived in Kathmandu for justice. At First, the UAE Government attempted to impose two lakh Dirhams (about US$5.5 million) as the blood money on Khan. Later, they increased the money called 'criminal fine' according to the Nepalese Embassy sources. After increasing the amount, family members became hopeless. His mother said to us, "We are hopeless, impossible! Where we could get such a huge amount of money to pay his bill? We are already poor and jobless, so that Anish went there."  But the various migrant communities from Nepal in many different countries made impossible into possible. Now the fund is collected more than the ordered amount. Recently, Khaling send a message that he won't take the additional amount of money that has been raised, it would be donated to rescuing other victims.

In a program organized by Migrant Nepal Literary Forum, in Madhushala Ghazal bar Kathmandu on Wednesday, the collected money has been handed out to the family of Khaling. All of the family members who came to Kathmandu to receive the money seemed happy and Khaling's wife Ritu hopefully said in the program that, now they may save him from death penalty.

International Migrant Alliance Nepal (IMAN) demands to step the process up to pay the blood money to the late Wagal Khan’s family and process forward to release of Khaling. IMAN is also concerned that Khaling was not entertained in his own language and with an appropriate lawyer on the trail. He insisted he is not fully guilty of death of Khan. IMAN also condemns the review done by the high level team from the governments of the both countries. It encourages in building good developmental relationship between the two countries and in establishing harmony and peace in order to respect the law and humanity.
+ + +

(Ramesh Tufan Pandit is the chief editor and publisher of Shram weekly, the most popular Nepali news paper in Malaysia and is a prominent activist, writer and journalist. He always talks bout the rights and well being of migrant workers like Anish.)  

* * *



Comments

Total Views

Please, leave a comment

Wikipedia

Search results

POEMS FROM THE HIMALAYAS

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रदर्शनीमा जिन्दगी – पञ्च विस्मृत उसको जिन्दगी आज सार्वजनिक स्थलमा प्रदर्शनको लागि टाँगिएको छ । कोही आउँछन् र दुई...

Posted by Pancha Vismrit on Friday, November 13, 2020

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

रेगिस्तानी दशैँ — पञ्च विस्मृत हिउँदको फूलजस्तो निस्तेज उमङ्ग परदेशीका आङमा बेखबर फुल्छ तर, सिङ्गो संवेदन हल्लाएर झर्छ...

Posted by Pancha Vismrit on Thursday, October 22, 2020

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

गाए गीत नगाए कविता - पञ्च विस्मृत ढुङ्गा हुँ म तिमी मलाई, प्रेमले गाल्न नखोज थानमा राख मन्दिरको, दिलमा राख्न नखोज भेल...

Posted by Pancha Vismrit on Monday, September 28, 2020

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Day 1 Today is the first day of my participation in this 8-day Russian poetry flash...

Posted by Pancha Vismrit on Wednesday, September 9, 2020

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

स्रष्टा परिचय र उपनामको रहस्य -- ४० -------------------------------------------------- कवि पञ्च विस्मृत बजारिया...

Posted by सगरमाथा साहित्य प्रतिष्ठान नेपाल on Sunday, July 26, 2020

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

कोरोनाले छोडेर गएको दिन - पञ्च विस्मृत एक दिन जब खुल्नेछ विश्व जब छोडेर जानेछ कोरोनाले – मजदुरहरुले पेटभर खाना खान...

Posted by Pancha Vismrit on Thursday, July 30, 2020

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

आशाको रङ — पञ्च विस्मृत मलाई यी उठ्दै गरेका अग्ला घरहरुको रङ खुब मन पर्छ मानौँ कि उठ्दैछन् नैराश्यताको जमिनलाई...

Posted by Pancha Vismrit on Thursday, July 16, 2020

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट म के गरुँ ? कहाँ जाऊँ ? मित्रलाई सम्झूँ कि शत्रुलाई सम्झूँ ? फूललाई सम्झूँ कि काँडालाई सम्झूँ ? सबैको...

Posted by Pancha Vismrit on Monday, April 27, 2020

Prakash Dipsali Writes

परदेशी कवि तथा लेखकहरुको प्रिय नाम हो पञ्च विस्मृत । मलेसियामा रहदा असाध्यै चर्चामा रहेका कवि पञ्च विस्मृत सुन्दर कविता...

Posted by Prakash Dipsali on Monday, April 27, 2020

नेपालबन्द । कविता । पञ्च विस्मृत

नेपालबन्द – पञ्च विस्मृत शोकमग्नझैँ लाग्छ आज यो मनको शहर कुनै सपना बुन्नु छैन न त टिप्नु नै छ जून आज मनको शहर बन्द...

Posted by Pancha Vismrit on Tuesday, March 31, 2020

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति – पञ्च विस्मृत तिम्रो रुपको वर्णन गर्ने कुनै शब्दको आविस्कार भइसकेको छैन दुनियाँमा । बस, तिम्रो...

Posted by Pancha Vismrit on Thursday, February 13, 2020

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने, साहस जुटाइदेऊ भगवान जीवनयुद्ध जित्ने एउटा, दर्शन सिकाइदेऊ भगवान असल मान्छे बन्न खाजेँ, आफ्ना पराइ...

Posted by Pancha Vismrit on Saturday, November 2, 2019

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ – पञ्च विस्मृत क्यालेण्डरका पानाहरु कुल्चँदै हुण्डरीको वेगमा एक निरपराध...

Posted by सिर्जना डबली on Wednesday, November 6, 2019

हजुरबा र समय । कविता । पञ्च विस्मृत

हजुरबा र समय — पञ्च विस्मृत सदियौँदेखि हो यो वेगीलाई समयलाई थुन्न हाम्रा हजुरबाहरुले फलामको बडेमानको पिँजडा बनाउँदै...

Posted by Pancha Vismrit on Thursday, October 4, 2018

अग्रजहरु । कविता । पञ्च विस्मृत

अग्रजहरु – पञ्च विस्मृत अलिक मास्तिर पहाडको उकालो बाटोमा गुनगुन गुनगुन गर्दै एक हुल मानिस हिँडिरहेका देखिन्छन्...

Posted by Pancha Vismrit on Thursday, May 16, 2019

याद २ । कविता । पञ्च विस्मृत

याद २ — पञ्च विस्मृत ब्यूँझिएको मात्र के हुन्छु समय नुहेको डालीमा बसेर एकाबिहानै चिर्बिर चिर्बिर गर्छे प्रिय...

Posted by Pancha Vismrit on Thursday, February 14, 2019

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर — पञ्च विस्मृत छिमेकीको हवेली देखेर मैले पनि ठडयाएँ कल्पनाको राजधानीमा बडेमानको घर । सपनाहरुको...

Posted by Pancha Vismrit on Thursday, August 16, 2018

शब्दहरु । कविता । पञ्च विस्मृत

शब्दहरु — पञ्च विस्मृत शब्दहरु यी मसिना शब्दहरु ! कुम्लो कुटुरो बोकेर बाहिरिएको मान्छे घर फर्किएजस्तै एउटा...

Posted by Pancha Vismrit on Friday, December 1, 2017

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

कहिले आउँने दिनभरि, आइपुग्ने कहिले शाम धाइरहने यो सम्झनाको, खै के होला नाम ? कुटुकुटु खाइरहन्छ, आँखाभरि...

Posted by Pancha Vismrit on Thursday, December 29, 2016

परदेशिएर । कविता । पञ्च विस्मृत

परदेशिएर मनभित्र कतै बज्छ सौन्दर्यको तीखो आवाज म सुन्छु म हेर्छु परेलाहरुमा अडिएर टिलपिल टिलपिल आँशु साँच्ची...

Posted by Pancha Vismrit on Monday, April 7, 2014

Popular posts from this blog

हजार शैली कविताका

ग्रहण छापियो दिवाकर रहेनन् !

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on

Facebook Page