यथार्थको बोटमा ‘दस थुँगा’ फूल

— पञ्च विस्मृत
✍By Pancha Vismrit

एक जमाना यस्तो पनि थियो, लेखन र पठनबाहेक अन्य केही सोच्न सक्ने अवस्थामा थिइनँ म । त्यही समय स्रष्टा खेमराज शर्मासँग भेट भएको हो । उहाँको इटहरीस्थितको घर गइरहन्थेँ म । आँगनमा बसेर गजल, कविता समेत सुनिन्थ्यो, सुनाइन्थ्यो । उहाँका छोराछोरीहरू पनि साहित्यमा रुचि राख्थे, र लेख्थे पनि । हामी सबै भेला भएपछि त्यो एक साहित्यिक भेला जस्तै बन्थ्यो । साहित्यमय हुन्थ्यो हाम्रो भेटघाट ।

आफ्ना सबै छोराछोरीलाई उच्च शिक्षा दिन सफल एक आदर्श व्यक्ति खेमराज शर्मा, 'पिपिरा', 'दस थुँगा'का स्रष्टा खेमराज शर्मा एक ‘आउटसाइडर’को रुपमा हुनुहुन्थ्यो तर । 

नेपाली साहित्य स्वयम् एउटा गुटको नाम हो— भन्ने यथार्थले निक्कै चिमोट्छ मलाई, आजकल । यदि गुटको नाम नहुँदो हो त राष्ट्रिय स्तरका साहित्यिक पत्रिकाहरुले बारम्बार एउटै समूहका लाग्ने लेखकहरुका सृजनाहरु छापेर स्थापित गराउने काम गर्दैनथे । साहित्यिक संस्थाहरुले नचिनेका तर उत्कृट लेख्नेहरुलाई पनि सम्मानित गर्थे । मेरो रचना छापिदिएकोमा फलानोलाई धन्यवाद भन्नु पर्ने, सम्मान-पत्रको लागि फलानोलाई साधुवाद भन्नु पर्ने स्थिति सृजना हुँदैनथ्यो । बरु खेमराज शर्मा जस्ता ओझेलमा परेका स्रष्टाहरुको कृतिको मूल्याङ्कन हुन्थ्यो । कसैले ‘आउटसाइडर’को अनुभव गर्नु पर्दैनथ्यो ।

‘दस थुँगा’ स्रष्टा खेमराज शर्माको वि. सं. २०६१ सालमा प्रकाशित कृति हो । यसको बारेमा दुई शब्द लेख्ने जमर्को गरेको थिएँ त्यतिबेलै । र, प्रकाशित पनि भएको थियो । तिनै दुई शब्दलाई यहाँ एक ‘आर्काइव’को रुपमा राख्न चाहेँ : 

यथार्थको बोटमा ‘दस थुँगा’ फूल


नाम सुनेता पनि प्रत्यक्षत: भेट भएको थिएन स्रष्टा खेमराज शर्मासित । ‘पिपिरा’मा जन्मेर ‘दस थुँगा’ फुलाउँदा बल्ल भेटघाट भयो । मोरङ जिल्लाको विकटतामा जन्मेर मोरङकै मधुमल्ला ४, केही तल, ओर्लिएर कर्मभूमिमा लडेका अग्रज स्रष्टा खेमराज शर्मा आफ्नो उमेरलाई चुनौति दिँदै ‘दश थुँगा’ फूल फुलाउँछन् । उनका गीतहरुमा उही विकटताको सुगन्ध छ । उनी जे देख्छन् त्यही लेख्छन् । अर्थात्, उनको गीति सृजनामा कल्पनाको उडान निक्कै कम झल्किन्छ । स्वयम् भन्छन्, मैले यथार्थको नजिक रहेर ‘दस थुँगा’ फुलाउने प्रयास गरेको छु ।

‘दस थुँगा’भित्रका गीतहरुमा गेयात्मकता छ । सबै गीतहरुको शीर्षक राखिएका छन् । गेयात्मकताकै आधारमा गीत सङ्ग्रह भनिएता पनि संरचनात्मक हिसाबले गीत जस्तो भने लाग्दैनन् सङ्ग्रिहित गीत । त्यसो त गीतको सर्वमान्य संरचना छ जस्तो लाग्दैन । तैपनि यस कृतिलाई कविता सङ्ग्रह भनिएको भए राम्रो हुन्थ्यो होला भन्ने लागिरहन्छ पढिसकुन्जेल । आकारले पुस्तिका, तर भित्र दस थुँगा फूल । यति धेरै फूल  फुलाउन सक्ने फूलको बोटलाई सानो हैन ठूलो, र अध्ययन कक्षलार्इ सोभा दिन समर्थ 'बाेट'काे रूपमा लिनुपर्दछ ।

गीतभरि ढिँडो सिस्नु, काफलगेडी, ऐँसेलु, गार्इ, भैँसी र तिनका गोठका कुरा छन् । चामल र सिलाम मिलाएर कुरुमकुरुम चपाउनुको स्वाद गीतको माध्यमबाट पस्किने काम भएको छ । यसले नेपालीपन झल्काएको छ । धेरै गीतका थुँगाहरूले पहाडी जीवनको जीवन्त प्रतिविम्ब झल्काएका छन् । ढुङ्गे युगमा ढुङ्गे हतियार थिए । हाम्रा पुर्खाहरु गुलेली, मट्याङ्ग्राले जङ्गलमा बाँदरसित युद्ध गर्थे । समाजको गतिशीलतासँगै गुलेली, मट्याङग्रा जस्ता पुराना कुरा लोप हुँदै गएकोमा गीतकार दुखेसो पोख्छन् । र, आजको जाली र झूट समाजबीच यसरी छताछुल्ल पोखिन्छन् :

छिनमै हेर सुनको जलप काँचमा भरायो
मानिससँग मानिसै आज किन हो डरायो

मधुमल्ला गीतकारकै कर्मभूमि हो । जहाँ नुनसरी र वक्राहा खोला बग्छन् । काम गर्ने कालु, मकै खाने भालु भनेझैँ पसिनाले उब्जाएको धान खोलाले बगाएर खाइदिए पनि आफ्नो कर्मभूमिको प्यार नटुटेको कुरा गर्छन् ‘मधुमल्ला’ शीर्षकको गीतमार्फत ।

एउटा थुँगा फूलको नाम छ ‘हाबेचउर’ । यसकै सन्निकटतामा हुर्किएकोले हाबेचउर थुँगा सजीव चित्रण हो- को साक्षी बस्छ यो पङ्तिकार । जुन ठाउँमा आफू रहँदा फस्फोरस बलेकोलाई राँके भूत भनेर डराएको अज्ञानता पोख्छन् उनी । र, उद्घोष गर्छन् :

भीराला पाटा दुर्इतिर बजार बिस्तार हुँदैछ
हाबेले अब पहाडी मुटु धेरैको छुँदैछ 

‘हिमालदेखि पहाडसम्म’मा कस्तुरी, डाँफे र उकालो, ओरालो हुँदै यतातिरका गुराँसहरुको चित्रण छ । ‘पुर्खालाई सम्झेर ल्याउँदा’मा भक्ति थापाका सन्तानहरुलाई सलाम दिँदै अर्काको लागि जीवनाहुति दिने शहीदहरुको सम्झना छ । अमरसिंह, बलभद्र, र भीसेन थापाहरुको सम्झना छ । र, त्यागको पाठ जनतालाई सिकाइमागेको छ ।

धूलोमा नाङ्गै खेलेका साथीहरु, पहरामाथिको साँगुरो बाटो र बालापनको रमाइलोलाई बिथोल्ने चुच्चे ढुङ्गा, र अर्कातिर मेलापातहरुमा गाइएका दोहोरीहरु, खेलेका पीङहरु विस्मृतिमा छैनन् र हुने छैनन् । यसै भन्छन्, ‘म बिर्सन्न’ थुँगामार्फत । त्यसैगरि देशको राजनीति त्यसमा पनि भ्रष्ट नेताहरुले जनतालाई दिएको दु:खमाथि आक्रोश ओकलेका छन् ‘हेर्दै जाऊ सांसद’मार्फत । अन्तिम थुँगा हो 'फाइवा डाँडो' । कवि सिद्धिचरणले आफ्नो प्यारो ओखलढुङ्गलाई मानेझैँ  खेमराज शर्मा आफू जन्मेहुर्केको फाइवालाई मान्दा रहेछन् । अन्तिम थुँगाले यसै भन्छ ।

मलाई एक जना साथीले सोधेका थिए- के आजको साहित्य लक्ष्मीप्रसादहरुको श्रेणीमा पुगेको छ ? या पुग्न सक्छ ? यो प्रश्न प्राय: हरेक साहित्यानुरागीहरुको मनमा उब्जिने गलत प्रश्न हो । जुन साहित्यिक प्रवाह थियो लक्ष्मीप्रसादहरुको युगमा आज त्यो प्राय: छैन । नयाँ नयाँ प्रयोगहरु भइरहेका छन् । त्यसो भएकोले अहिलेको युगमा लक्ष्मीप्रसादहरुको जस्तो लेखेर साहित्यकार बन्न निक्कै मुस्किल छ । तर दु:खको कुरा अहिलेका समालोचकहरु उही पुरानो कृति र लेखनको आधारमा समालोचना गर्ने गर्दछन् । उहिलेको साहित्यसँग अहिलेको साहित्य तुलना गर्न शायदै मिल्ला ।

स्रष्टा खेमराज शर्मा उहिलेको समय भोगेका स्रष्टा हुन् । त्यसैले उनको सृजनामा उहिलेको समयको सुगन्ध निक्कै प्रष्टसँग अनुभव गर्न सकिन्छ । त्यसकारण उनका गीतहरुलाई अहिलेको गीतसँग तुलना गर्ने धृष्टता गर्दिनँ । ‘उहिलेको र अहिलेको’को कोणबाट दस थुँगाको पठन गर्दा निकै सुखानुभूति भयो ।  





प्रकाशित : दर्शन दैनिक, २०६१, असार ५ 
: ब्लाष्ट टाइम्स दैनिक, २०६१, असार २७ 


स्रष्टा खेमराज शर्मासँग,  सन् २००९, इटहरी


Comments

Total Views

50,392

Please, leave a comment

Wikipedia

Search results

Banibuto Garna Nikleko Manis by Pancha Vismrit

गीत

गीत

कविताः हर्क साम्पाङ

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

Prakash Dipsali Writes

नेपालबन्द । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

हजुरबा र समय । कविता । पञ्च विस्मृत

अग्रजहरु । कविता । पञ्च विस्मृत

याद २ । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

शब्दहरु । कविता । पञ्च विस्मृत

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

परदेशिएर । कविता । पञ्च विस्मृत

Popular posts from this blog

तक्सङमा जन्मिएकी तक्सङ माइली

आमा, तिम्रो सम्झनामा

ग्रहण छापियो दिवाकर रहेनन् !

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on