मान्छेलाई वस्तु र वस्तुलाई मान्छे मान्ने संस्कृतिलाई पहिचानौँ

- पञ्च विस्मृत
✍By Pancha Vismrit



मान्छेभित्रको मान्छे :
मैले जीवनमा धेरै जनासित प्रेम गरेँ । धेरै प्रेमपत्रहरु च्यातेँ । कतिलाई जलाएँ । अनि बल्ल बुझेँ, वास्तवमा प्रेम गर्नु ‘ह्य ूमन इन्स्टिङ्ट’ रहेछ । प्रेम गर्नु मान्छेको डीएनएमा टाँसिएर रहेको एक विशेषता नै रहेछ । हामी मानवजाति एक अर्कालाई यति धेरै प्रेम गर्दारहेछौँ कि कति बेला एक वस्तु (अब्जेक्ट)मा  रुपान्तरित भइसक्छौँ या गरिसक्छौँ, त्यो कुरा पछि मात्र थाहा हुँदोरहेछ । र, जतिबेला थाहा हुन्छ, धेरै ढिलो समेत भइसकेको हुँदोरहेछ ।

हामीले देखेका छौँ, अथवा भोगेका छौँ— समाजमा एउटा सुन्दर र आदर्श परिवार कसरी पतन भएर जान्छ ? पारिवारिक संस्थामाथि अनास्था जगाउने दृश्यहरु किन देख्नुपर्छ हामीले ? जस्तो कि बलिउड स्टारहरु— मलाइका र अरबाजको डिभोर्स, ऋतिक र सुजानको डिभोर्स । हिजो मात्र आफ्नो पारिवारिक प्रेमजीवनको बखान गरेर नथाक्ने नेपाली सिलेब्रिटीका कथा समेत, कसलाई थाहा, भोलि डिभोर्समै टुङ्गिदैछ ? जस्तो कि अन्जु पन्त र मनोजराज सिवाकोटीको डिभोर्स । यस प्रसङ्गसँगै आउँछ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका रोमान्सका कथा । उनले किन तीन–तीन पल्ट विवाह गर्नु परेको होला ? प्रश्न उठ्दछ- एक विलिनियर भएर पनि पारिवारिक समस्यामा किन र कसरी फस्नु परेको होला ?

यता, नेपालको राजनीतिक अस्थिरताको जड के हो ? चुनावको नाटक गरेर नेताहरुले जनताको संवेदनासित कसरी र किन खेलवाड गर्नेगर्छन् ? विदेशमा, एक प्रतिष्ठित मल्टिनेशनल कम्पनीभित्र कामदार कसरी नर्कको अनुभूति गर्न बाध्य बन्दछन् ? मध्यपूर्वी मुलुकहरु के कारणले आतङ्कवादविरुद्ध युद्धरत हुनुपरेको हो ? अथवा आतङ्कवादी सङ्गठनहरुको जन्म किन भइरहेको छ त्यहाँ ? जसले गर्दा सिरियामा आज पनि सयौँ मान्छे मारिन्छन्, झिँगा मारेझैँ ।

यी आदिइत्यादि प्रश्नहरुको जबाफ ‘मान्छेलाई वस्तु र वस्तुलाई मान्छे मान्ने संस्कृति’को पहिचान गरेपछि सजिलै सुल्झन्छ ।

आधारभूत रुपमा हामी मान्छे हौँ । कति सामान्य कुरा, तर हामी सधैँ बिर्सन्छौँ । मान्छे यस्तो जीव हो जसको छातीभित्र अर्का मान्छेका लागि सहानुभूति, सद्भावको विशाल समुद्र छुपेको हुन्छ । मान्छेलाई काट्दा मान्छेलाई दुख्छ । एउटा पीडामा हुँदा अरुलाई पनि असर गर्छ । सहानुभूति अथवा समान अनुभूति, अथवा ट्रम्पको मनले सामान्य जीवनमा कस्तो अनुभूति गर्छ हाम्रा गाउँका साइँला बाले पनि त्यही नै गर्दछ । ट्रम्प र साइँला बाको छालाको रङ फरक देखिएता पनि तिनको रगतको रङ एउटै छ । तिनका शरीरका इन्द्रियहरु एकै खालका छन् ।

तर व्यवहारमा हामी यस दुर्दम यथार्थलाई सधैँ बिर्सने गर्दछौँ ।

मान्छेलाई वस्तु मान्ने संस्कृति :
यसको उदाहरण खोज्न म धेरै टाढा जान्नँ । म सम्झन्छु मेरी आमालाई, जसले जीवनभर मलाई मान्छे बनाउनमा कसरत गर्नुभयो । तर मैले आमालाई जहिल्यै वस्तुको रुपमा देखेँ । आमाबाट धेरै कुरा लिएँ, बस लिईरहेँ । आमाको लागि मेरो मनभित्र आदर र मायाको विशाल गोदाम थियो, तर समयमा कहिल्यै प्रयोगमा ल्याउन सकिनँ । र, जब त्यो विशाल गोदामको ताला खोल्नै लागेँ, जब आमाको स्नेह र मेरो जीवनमा परेको योगदान फर्काउने बेला भयो, जसको लागि म प्राय: सक्षम भइसकेको थिएँ, आमाले मलाई सदाका लागि छोडेर जानु भयो ।

उहाँको अन्तिम अनुहार समेत देख्न पाइनँ ।

यो मेरो लागि एक अपुरणीय क्षति थियो, तर मैले यसबाट धेरै कुरा सिकेँ । जस्तो कि मान्छेसित थरीथरीका अनुभूतिहरु हुन्छन्— सुखको अनुभूति, दु:ख–पीडाको अनुभूति, एक्लोपनको अनुभूति, पारिवारिक अनुभूति, सन्तान–सुखको, सन्तान–पीडाको अनुभूति, आदिइत्यादि । आमासित यी सबै खाले अनुभूतिहरु थिए । तर उहाँले कहिल्यै व्यक्त गर्नुभएन । अथवा मैले बुझ्ने शैलीमा कहिल्यै पनि व्यक्त गर्नुभएन । उहाँले लेख्न सक्नु भएन मैले जस्तै । जब ती र त्यस्ता अनुभूतिहरु व्यक्त गरिन्नन्, मान्छे एक वस्तुजस्तो झल्किन पुग्दोरहेछ- कठोर । हामी सिर्फ अनुहारमा अल्झिएका हुँदारहेछौँ । छातीभित्र के छ थाहा नपाएपछि हामी मान्छेलाई वस्तुको रुपमा व्यवहार गर्दारहेछौँ ।

म अहिले पनि ट्रम्पलाई ढुङ्गाजस्तो देख्छु । जसले मुस्लिमलाई अर्को ग्रहमा सारे मात्र विश्वमा शान्ति मिल्ने कुरा गरेर सिङ्गो मुस्लिम समुदायलाई चिढाए । उनका ‘हाउ टु गेट रिच’ का सिँढीहरु हाम्रा कदमका लागि लाग्दैनन्; यन्त्र (वस्तु)का लागि बनाइएका हुन् भन्ने अनुभूति पटकपटक हुन्छ मलाई । तर, ‘वी मेक अमेरिका ग्रेट अगेन’ जस्तो मर्मस्पर्शी अभिव्यक्तिका अघि मान्छे नतमस्तक नभइरहन सक्दैन । नेपालका कैयन प्रधानमन्त्री थोत्रो बसका घमण्डी चालक जस्ता लागे, जसले देशको राजनीतिलाई सही दिशातिर लैजाने आशासम्म त गर्न सकियो, भरोसा गर्न सकिएन । यहाँनेर एक मनले सम्मान गरेपनि अर्को मनले कुनै वस्तुलाईजस्तै गरेर आदेश दिइरह्यो— यसो हैन, उसो हुनुपर्थ्यो ! यी ठूल्ठूला नेताहरु आफ्ना अनुभूति, विशेष गरेर पीडानुभूतिहरु, तौलेर, छानेर मात्र व्यक्त गर्ने गर्दछन् । रिस, घृणा, द्वेष, घमण्डजस्ता अनुभूतिहरुको मात्र अभिव्यक्तिले मान्छेलाई झनै वस्तुको रुपमा प्रतिस्थापित गराउँदछ । फलत: देशका जनता प्रधानमन्त्री वा राष्ट्रपतिजस्तो सम्मानित व्यक्तिको नाममा दिनहूँ सयौँ गालीका शब्दावलीहरु प्रयोग गर्ने गर्दछन् । नेता जनता (मान्छे)लाई वस्तु देख्ने र जनता पनि नेता (मान्छे)लाई वस्तु नै ठान्ने संस्कृति यहीँनेर खुट्याउन सकिन्छ ।

मान्छे बन्न वास्तवमै मानवीय अनुभूतिहरुको अभिव्यक्ति हुन जरुरी छ, जसले मान्छेलाई छोऊस् । अथवा यसो भनौँ, मान्छे पीडामा छ भने उसले खुलेर रुन जरुरी छ । हाम्रो समाजमा ठूला मान्छे रुँदैनन् भन्ने मान्यता स्थापित भएको देखिन्छ, जसले गर्दा हामी आफ्नो पीडाव्यथा अभिव्यक्त गर्नबाट सधैँ वञ्चित छौँ । वास्तवमा मान्छे बन्न त नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलेझैँ मिडियाको अगाडि भक्कानो फुटाउन जरुरी छ । यो व्यङ्ग्य हैन । मान्छे हुनुको राम्रो उदाहरण हुन् उनी ।

तपाइँले कहिल्यै बिचार गर्नु भएको छ ? हामी कमिलामाथि निर्ममतापूर्वक किन कुल्चन्छौँ ? कीराफटयाङ्ग्रामाथि किन झटारो हान्छौँ ? बस, यति कारणले कि यी जीवहरु आफ्नो पीडानुभूति व्यक्त गर्न सक्दैनन् ?

कुनै दिन मैले एक सम्पादकलाई लेखेको रोषपूर्ण प्रतिक्रिया पनि मान्छेलाई वस्तु मान्ने संस्कृतिको सन्दर्भसित मेल खान्छ । उक्त सम्पादकले मेरो कविता काटकुट पारेर थपथाप गरेपछि निक्कै लामो प्रतिक्रिया लेखेको थिएँ । यस्तो रोषपूृर्ण प्रतिकृया कि उक्त सम्पादकले भुले होलान्, तर म स्वयम्ले शायदै भुलौँला । विश्वास गर्नोस्, यदि सो सम्पादकले मेरो ठीक अघिल्तिर उभिएर मेरो बिचार मागेको भए म त्यति रुष्ट हुने थिइनँ । फरक यहीँनेर छुट्टिन्छ । सम्पादक सम्पादक नै हो । बस, उसको उपस्थिति र अनुपस्थितिले फरक पारेको । उसको उपस्थितिमा ऊ मान्छे–सम्पादक हो । तर, उसको अनुपस्थितिमा ऊ बस एक सम्पादक भयो । सम्पादक एक वस्तु (अब्जेक्ट) भयो ।

हामी सबै जना सामाजिक सन्जालको प्रयोग गर्छौँ, जुन कुरा उल्लेखनीय भएन । उल्लेखनीय कुरा भनेकोचाहिँ हामी के लेख्छौँ कमेन्टको रुपमा, जबाफको रुपमा भन्ने हो । तपाइँ हामीमध्ये धेरैले इन्टरनेटमा अति नै घिनलाग्दा कमेन्टहरु पढेको हुनुपर्दछ, अथवा हामी स्वयम्ले पनि लेखेको हुनुपर्दछ । अश्लील गालीहरु । जब हामी इन्टरनेटको माध्यमबाट त्यस्ता घिनलाग्दा कुराहरुले कसैमाथि प्रहार गर्छौँ, हाम्रो नजरमा सो व्यक्ति एक वस्तु (अब्जेक्ट) भइसकेको हुन्छ ।

इतिहास हेर्ने हो भने मान्छेलाई वस्तु मान्ने संस्कृति सबैभन्दा बढी दासप्रथा, कमलरीप्रथा, सतीप्रथा आदिमा देख्न सक्छौँ । नेपालमा चलेको गृहयुद्धताका पनि यस संस्कृति निक्कै फस्टाएको देखियो । अहिलेको सन्दर्भ हेर्ने हो भने सिरिया, अफगानिस्तान, इजरायल-प्यालेस्टाइन युद्ध आदिमा हामी मान्छेलाई वस्तु मान्ने संस्कृति निकै फस्टाएको देख्न सक्छौँ । धेरै मान्छे यस संस्कृतिलाई सन्नी लियोनको अनुहारमा पनि देख्ने गर्दछन् । यस संस्कृतिमा मान्छे सिर्फ वस्तु हो । मानवीय अनुभूतिविहीन वस्तु, मानौँ जसको कुनै मूल्य छैन ।

वस्तुलाई मान्छे मान्ने संस्कृति : 
धेरै कमलाई थाहा हुनसक्छ, वस्तुले कसरी मान्छेको स्थान ओगटिरहेको छ ? वस्तु त्यतिबेला मान्छे बन्छ जब त्यसले मान्छेको माया पाउँछ, अथवा मान्छेको जस्तो व्यवहार पाउँछ, वस्तुको पनि मन भएजस्तै गरेर त्यसलाई आफ्नो मनमा स्थान दिइन्छ ।

म सानो उमेरदेखि नै नास्तिक बनेँ । हाम्रा हजुरबाले अनेक मन्त्र जप्दै ढुङ्गालाई पूजा गरेको देख्दा मलाई आश्चार्य लाग्थ्यो । खोलाखोल्सी, जङ्गल आदिइत्यादी स्थानहरुमा विभिन्न देवी देवताहरुलाई भोग दिने चलन मैले सानै उमेरदेखि देख्दै आएँ । पछि बजारतिर हरेक बिहान पिपलको बोटमा गएर पूजा गर्ने, अगरबत्ती बाल्ने गरेको देखेँ । वास्तवमा यी पूजारीहरु निर्जीव वस्तुलाई यति धेरै पूजा गर्छन् कि मानौँ ती वस्तु हैनन् । देवतालाई खुसी राखनुछ जसरी पनि । परिवारका सदस्य खुसी होऊन् नहोऊन् तर वस्तुलाई जसरी पनि खुसी बनाउनुछ ।

आजकल हामी सबै जना इन्टरनेट चलाउँछौँ । मान्छे भन्छन् संसार साँघुरो हुँदै गएको छ । तर यथार्थमा हामीबीच दूरी निक्कै बढ्दैगएको छ । हामी हाम्रो नजिकको मान्छेको नजिक त बसेका छौँ, तर संसार घुमिरहेका हुन्छौँ । हामीलाई हाम्रै छोराछोरीको त्यति याद आउँदैन जति हाम्रो मोबाइलफोनको याद आउँछ । यहीँनेर हामी सम्बन्ध विच्छेदमा कारकतत्वहरु खोतल्न सक्छौँ, बहुविवाहका कारणहरु भेटाउन सक्छौँ । अझ अतिवादका जराहरु पहिल्याउन सक्छौँ, जहाँ मान्छेहरु आफ्नो सिद्धान्त (वस्तु)लाई यतिधेरै माया गर्छन् कि सयौँ महिला विधुवा बन्छन्, त्यो केही हैन, सयौँ बालबच्चा टुहुरा हुन्छन्, त्यो केही हैन । वस्तुले मान्छेको स्थान ओगट्नु विनाशको सङ्केत बाहेक अरु के हुन सक्दछ ?

सारांश :
रिसाएको बेला मैले धेरै चोटि भित्तामा मुड्की बजारेको छु । ढुङ्गालाई फुटबल जस्तै हानेको छु । प्रेमपत्र जलाएको छु । मोबाइल फोन पछारेको छु । र, त्यसको ठीक उल्टो पीडामा भित्तामा घोप्टो परेर धेरै रोएको छु । ढुङ्गालाई पनि सजावटको सामानझैँ आँगनमा सजाएको छु । प्रेमपत्रहरु चुमेको छु । आफ्नो मोबाइल फोनलाई सिरानीमा राखेर शान्तिले निदाएको छु ।

अब आफै पहिचान गर्नोस् : कुन ‘मान्छेलाई वस्तु’ र कुन ‘वस्तुलाई मान्छे’ मान्ने संस्कृति हो ? र, यी दुईथरी संस्कृतिले हाम्रो जीवनमा कस्तो खालको भूमिका खेल्दै अाएका छन् ?


१९ मे, २०१७, केएसए


Comments

Total Views

Please, leave a comment

Wikipedia

Search results

POEMS FROM THE HIMALAYAS

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रदर्शनीमा जिन्दगी – पञ्च विस्मृत उसको जिन्दगी आज सार्वजनिक स्थलमा प्रदर्शनको लागि टाँगिएको छ । कोही आउँछन् र दुई...

Posted by Pancha Vismrit on Friday, November 13, 2020

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

रेगिस्तानी दशैँ — पञ्च विस्मृत हिउँदको फूलजस्तो निस्तेज उमङ्ग परदेशीका आङमा बेखबर फुल्छ तर, सिङ्गो संवेदन हल्लाएर झर्छ...

Posted by Pancha Vismrit on Thursday, October 22, 2020

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

गाए गीत नगाए कविता - पञ्च विस्मृत ढुङ्गा हुँ म तिमी मलाई, प्रेमले गाल्न नखोज थानमा राख मन्दिरको, दिलमा राख्न नखोज भेल...

Posted by Pancha Vismrit on Monday, September 28, 2020

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Day 1 Today is the first day of my participation in this 8-day Russian poetry flash...

Posted by Pancha Vismrit on Wednesday, September 9, 2020

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

स्रष्टा परिचय र उपनामको रहस्य -- ४० -------------------------------------------------- कवि पञ्च विस्मृत बजारिया...

Posted by सगरमाथा साहित्य प्रतिष्ठान नेपाल on Sunday, July 26, 2020

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

कोरोनाले छोडेर गएको दिन - पञ्च विस्मृत एक दिन जब खुल्नेछ विश्व जब छोडेर जानेछ कोरोनाले – मजदुरहरुले पेटभर खाना खान...

Posted by Pancha Vismrit on Thursday, July 30, 2020

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

आशाको रङ — पञ्च विस्मृत मलाई यी उठ्दै गरेका अग्ला घरहरुको रङ खुब मन पर्छ मानौँ कि उठ्दैछन् नैराश्यताको जमिनलाई...

Posted by Pancha Vismrit on Thursday, July 16, 2020

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट म के गरुँ ? कहाँ जाऊँ ? मित्रलाई सम्झूँ कि शत्रुलाई सम्झूँ ? फूललाई सम्झूँ कि काँडालाई सम्झूँ ? सबैको...

Posted by Pancha Vismrit on Monday, April 27, 2020

Prakash Dipsali Writes

परदेशी कवि तथा लेखकहरुको प्रिय नाम हो पञ्च विस्मृत । मलेसियामा रहदा असाध्यै चर्चामा रहेका कवि पञ्च विस्मृत सुन्दर कविता...

Posted by Prakash Dipsali on Monday, April 27, 2020

नेपालबन्द । कविता । पञ्च विस्मृत

नेपालबन्द – पञ्च विस्मृत शोकमग्नझैँ लाग्छ आज यो मनको शहर कुनै सपना बुन्नु छैन न त टिप्नु नै छ जून आज मनको शहर बन्द...

Posted by Pancha Vismrit on Tuesday, March 31, 2020

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति – पञ्च विस्मृत तिम्रो रुपको वर्णन गर्ने कुनै शब्दको आविस्कार भइसकेको छैन दुनियाँमा । बस, तिम्रो...

Posted by Pancha Vismrit on Thursday, February 13, 2020

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने, साहस जुटाइदेऊ भगवान जीवनयुद्ध जित्ने एउटा, दर्शन सिकाइदेऊ भगवान असल मान्छे बन्न खाजेँ, आफ्ना पराइ...

Posted by Pancha Vismrit on Saturday, November 2, 2019

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ – पञ्च विस्मृत क्यालेण्डरका पानाहरु कुल्चँदै हुण्डरीको वेगमा एक निरपराध...

Posted by सिर्जना डबली on Wednesday, November 6, 2019

हजुरबा र समय । कविता । पञ्च विस्मृत

हजुरबा र समय — पञ्च विस्मृत सदियौँदेखि हो यो वेगीलाई समयलाई थुन्न हाम्रा हजुरबाहरुले फलामको बडेमानको पिँजडा बनाउँदै...

Posted by Pancha Vismrit on Thursday, October 4, 2018

अग्रजहरु । कविता । पञ्च विस्मृत

अग्रजहरु – पञ्च विस्मृत अलिक मास्तिर पहाडको उकालो बाटोमा गुनगुन गुनगुन गर्दै एक हुल मानिस हिँडिरहेका देखिन्छन्...

Posted by Pancha Vismrit on Thursday, May 16, 2019

याद २ । कविता । पञ्च विस्मृत

याद २ — पञ्च विस्मृत ब्यूँझिएको मात्र के हुन्छु समय नुहेको डालीमा बसेर एकाबिहानै चिर्बिर चिर्बिर गर्छे प्रिय...

Posted by Pancha Vismrit on Thursday, February 14, 2019

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर — पञ्च विस्मृत छिमेकीको हवेली देखेर मैले पनि ठडयाएँ कल्पनाको राजधानीमा बडेमानको घर । सपनाहरुको...

Posted by Pancha Vismrit on Thursday, August 16, 2018

शब्दहरु । कविता । पञ्च विस्मृत

शब्दहरु — पञ्च विस्मृत शब्दहरु यी मसिना शब्दहरु ! कुम्लो कुटुरो बोकेर बाहिरिएको मान्छे घर फर्किएजस्तै एउटा...

Posted by Pancha Vismrit on Friday, December 1, 2017

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

कहिले आउँने दिनभरि, आइपुग्ने कहिले शाम धाइरहने यो सम्झनाको, खै के होला नाम ? कुटुकुटु खाइरहन्छ, आँखाभरि...

Posted by Pancha Vismrit on Thursday, December 29, 2016

परदेशिएर । कविता । पञ्च विस्मृत

परदेशिएर मनभित्र कतै बज्छ सौन्दर्यको तीखो आवाज म सुन्छु म हेर्छु परेलाहरुमा अडिएर टिलपिल टिलपिल आँशु साँच्ची...

Posted by Pancha Vismrit on Monday, April 7, 2014

Popular posts from this blog

हजार शैली कविताका

ग्रहण छापियो दिवाकर रहेनन् !

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on

Facebook Page