स्याला पिरलो जिन्दगी

– पञ्च विस्मृत
✍By Pancha Vismrit



कोक्याउने अनुभूतिहरुले
नराम्ररी गाँजेको यो स्याला जिन्दगी
अप्ठेरोमा आएको पिलो जस्तो
स्याला
यो पिरलो जिन्दगी ।

कति भावुक भइएछ, हैट !

स्याला,

भावुकतामा जिन्दगी–जिन्दगी भन्दा भन्दै सारा जिन्दगी बित्ने भयो । यसबीच भावुकता भन्ने चीज एकप्रकारले पहिचान नै बनिसकेछ । कति सस्तो पहिचान, हगि ? मान्छे पहिचानका खातिर ज्यान दिन तैयार छन्, रगत बगाउन तैयार छन् । त्यसै प्राप्त भएको छ आफूलाई पहिचान !

पाँच साल पश्चातको भेटमा लुगुनज्यू मलाई भन्नुहुन्छ– तिमी त भावुक कवि । मेरा हितैषी कवि मीन लेख्छन् तपाइँको भावुकताले सही मार्ग पावस् । हरे ! फेसबुकका मेरा प्रिय पात्रहरु मसित डराईडराई बोल्छन् । भावुक मान्छेहरु कम बोल्छन्; र, कम बोल्नेहरु रिसाइहाल्छन् कि भन्ने कत्रो ठूलो भ्रम छ उनीहरुलाई ! मलाई लाग्छ कम बोल्नेहरु बरु जीवन र जगतको बारेमा बढी घोत्लिरहेका हुन्छन् । पिलोजस्तो जिन्दगीको वरिपरि धेरै घुमिरहेका हुन्छन् । र, यसलाई त्यति नराम्रो भनिहाल्न पनि त मिल्दैन !

वस्तुत: मन–मथिङ्गलमा सुकेका पातपतिङ्गगरहरुको सत्ता बलियो हुन्छ— भावुक मान्छेका । कल्पना गर्नोस्, जुन पातपतिङ्गरहरुलाई नैराश्यताको हावाले सरर्र सरर्र बढाडेर कतै लैजादैछ— एक अनजान गन्तव्यतर्फ । सडक सुनसान छ, निस्तब्ध छ । नजिकैको झाडीमा बसेर शोकगीत गाउँदैछन् एक हूल चराहरु । किनारामा ठिङ्ग उभिएका छन् सिसौका रूख । उज्यालो बाँढ्नलाई उभिएका छन् लहरै ल्याम्पपोस्टहरु । अझै कल्पना गर्नोस्— तीमध्यै कसैले पनि प्रेमको एक शब्द बोल्न सकिरहेका छैनन् । त्यो हेरेर यता फर्किँदा त गाँठे, जिन्दगी यति कायल हुँदै गइरहेको आभास हुन्छ, मानौँ कि सारा आशाहरू मर्दै गएका हुन् ? अब आफूले हिँड्दै गरेको बाटोको कसै गरी कुनै गन्तव्य आउनेवाला छैन । आफूले छानेर चुँडेको गुलाबको अब कुनै भविष्य छैन ।

एक्लोपन
एक्लोपनको अनुभूति !

— को सत्ता पनि बलियै हुन्छ, भावुक मान्छेको जीवनमा । स्क्यान गरेर हेर्नोस् मन–मथिङ्गल, वास्तवमा मान्छे आफूलाई कतिसम्मको एक्लो महसुस गर्दोरहेछ भन्ने कुराको ज्ञान हुनेछ । यही ज्ञानले कहिलेकाहीँ मेरो चेतनामा अड्डा जमाएर बस्ने गर्छ । यसले कहिलेकाहीँ मलाई अचाक्ली घोच्ने गर्छ । भित्रभित्रै चिमोट्ने गर्छ । मेरो अनुहारमा एक भावुकताको मखुण्डो भएर बस्ने गर्छ । भ्रम र सत्यबीच भयङ्कर वादविवाद समेत चलाउने गर्छ । तर निचोड पनि आफै निकाल्ने गर्छ ।

त्यो ज्ञानको चेतनाले हेर्दा वास्तवमा मान्छे कालान्तरदेखि आफैँसित कहिल्यै नसिद्धिने लडाइँ लडिरहेको देखिन्छ । त्यो पनि एक्लै ! र, एक्लोपनको अनुभूतिले मान्छेको ज्यान समेत लिनसक्छ भन्ने चेतना हामीमा अझै विकाश भइसकेको देखिन्न । बिचरा त्यो एक्लो मान्छेको जिन्दगी पनि कतैबाट निर्देषित–निर्देषितजस्तो देखिन्छ । आफ्नो जिन्दगीको स्टेयरिङ आफ्नो हातमा त छ, तर बाटाहरु अनेक यू–टर्न मार्दै अनपेक्षित गन्तव्यतर्फ मोडिईरहन्छन् । कतै त्यो निर्देशकको नाम ‘भय’ त हैन ? देश सुब्बाज्यू घोत्लिनुहुन्छ ।

तर कति अभिनय गर्छ मान्छे ! वास्तवमा अभिनय गर्नु पनि जिन्दगीको एक अभिन्न पाटो रहेछ । मान्छेको ऊ आफैँ बाहेक अरु कोही आफ्नो हुँदैन भन्ने कुराको बुझ पचाउँछ । बस अरू के चाहियो ? छोराछोरी, जीवनसाथी कोही पनि आफ्नो हुँदैन, म लेखेरै दिन्छु— बाजी ठोक्छ समाजद्रष्टा । हुने भए त कसैले पनि आँसु लुकाएर रुनु पर्दैनथ्यो नि ! समाजकै एक चस्मदिद गवाह भित्रभित्रै गुनगनाउँछ । सुखमा रमाउने परिवारले दु:खमा अनेक बहाना बनाएर भाग्दैनथे, स्टाटस अपडेट गर्छ एक पीडित— परिवार भन्ने सुन्दर चीजको भग्नावशेषमाथि कुल्चेर ।

यति भएर पनि बहुआमामिक जीवन जियाइमा नैराश्यताको एउटा छुट्टै महत्त्व हुन्छ । त्यसरी भावुक मान्छेका मन–मथिङ्गलमा बढाडिने सुकेका पातपतिङ्गरहरु एक चलचित्रका ‘इन्ग्रीडियन्टस’ पनि त हुन् । मान्छे पैसा कमाउँछन् तिनलाई प्रयोग गरेर, अलिक गहिरिएर बिचार गर्नोस् । त्यो शोकमय दृश्यको धङधङी उत्रेपछि अझ प्रष्ट रुपमा प्रकृतिमै ती सुकेका पातहरुको अस्तित्व भेटिन्छ । बस, फरक यति कि त्यो प्रकृति कहिले भावुक मान्छेको मन-मथिङ्गलभित्र देखिन्छ, त कहिले आफूले हिँड्दै गरेको बाटोमा भेटिन्छ, नाङ्गो आँखाले देखिन्छ । अथवा त्यो कुरा प्रकृतिमै छ ।

अझ फ्रेश भएर सोच्नोस्, बूढो भएँ भन्ने सोच्ने, आशाहरू मर्दै जाने, अपूर्ण भएँ भन्ने सोच्ने, यी त अनुभूतिजन्य कुरा रहेछन् वास्तवमा, जो भावुकताका उपजको रुपमा देखिन्छन् । यदि तिनको अस्तित्व छ नै भने पनि यी क्षणिक मात्र हुँदारहेछन् भनिदिने कसले ? प्रकृति बूढो त हुन्छ, तर बुढो भएर फेरि तन्नेरी बन्नुमा यसले कति पनि समय लगाउँदैन । आशाहरु मर्न त सक्छन्, तर त्यो अवसान हरेक आशाहरुको अवसान हैन । एउटै अनुहारको आशाले सिङ्गो जिन्दगीको अर्थ बोक्न त सक्दैन नि ? त्यसैले यसो भन्न कर लाग्छ : आशाहरू कहिल्यै पनि मर्दैनन् । हरेक दिन त संसारमा नयाँ आशा, नयाँ सपना लिएर हजारौँ मान्छे जन्मिरहेका हुन्छन् । ती जन्मेका हजार मान्छेहरु अबोध, गरिब र अपूर्ण भएर जन्मेका हुन्छन् । केही सिक्न खोजिरहेको हुन्छन् । केही कमाउन खोजिरहेका हुन्छन् ।

कविता लेख्दालेख्दा थाकेर बसेको मान्छे हरेक दिन कविता लेख्नेहरूको सामर्थ्य देखेर दङ्ग छ । लेखनमा कुनै भविष्य छैन भनेर नैराश्यता व्यक्त गर्नै लाग्दा एउटा फ्यान आउँछ र भन्छ तपाइँका लेखरचना मन पर्छन्, हेर्नोस् पत्रिकाका अर्धकट्टीहरू । भर्खर प्रवासबाट फर्किरहेको मान्छे प्लेनको झ्यालबाट देख्छ— हजारौँ मान्छे त उडिरहेका छन्, जुन कठोर कालखण्ड उसले भर्खरै मात्र बिताएर फर्कँदैछ । अब तिनले त्यो कालखण्ड सुरुदेखि सुरुवात गर्नुपर्छ । मानौँ कि घनघस्याको उकालो उक्लेको मान्छेले फेरि फेदीबाट यात्रा सुरु गर्दैछ । यसअर्थमा, कति गतिशील छ दुनियाँ ! दुनियाँ त वास्तवमा एउटा दौड हो दौड । बल र साहस हुनेहरु दौडिरहन्छन् । नहुनेहरु किचिन्छन्, मिचिन्छन् । पछाडि परिरहन्छन् । अनुभूतिजन्य कुराहरुमा अल्झिनेहरु अल्झिरहन्छन् । यस कोणबाट पिरलो जिन्दगीमाथि घोरिएर निचोड निकाल्न सजिलो छ— उमेर, आशा र अपूर्णता सस्तो भावुकताका उपज मात्र हुन् ।

जब नैराश्यताको हावाले बढाडेर लगिसक्छ सुकेका पातहरु, कति लान सक्छ, त्यसपछिको प्रकृति हामी सबैलाई थाहा छ । खुल्ला आकाश, शान्त र शालीन सिसौका रुखहरु । उज्यालो बाँढ्न अभ्यस्त सुनौला ल्याम्पपोष्टहरु । र, त्यहाँबाट एउटा रोमान्टिक अनुभूति खसेको हुन्छ सडकमा । वाह्, त्यही सडकहुँदै हजार आशाहरु दौडिरहेका ... । र, सबैलाई थाहा छ तिनको गन्तव्य । त्यस सडकको किनारामा उभिएर सोचे जिन्दगी कहिल्यै पिरलो लाग्दैन, लाग्दै लाग्दैन ।

मलाई थाहा छ, पिरलो जिन्दगीले जीवनको गीत गाउँदैन । जीवन जियाइको प्रशंसा गर्दैन । तर पनि एक पल्ट आउनोस्, भावुक बन्नोस्; र जीवनलाई पिरलोको कोणबाट भोगेर हेर्नोस् । अथवा आउनोस्, हामी सबै मिलेर त्यही कोणबाट मृत्यु भोगौँ, र वास्तविक जीवन जियाइको सुरुवात गरौँ । यही नै प्रकृतिको नियम हो, भनेँ । संसार तपाइँले देखेको भन्दा धेरै फरक छ सोल्टी, धेरै फरक ।

स्याला, यो जिन्दगीको पिरलो–पाटो सत्य हो । हामी दुनियाँमा जन्मेका नै यसलाई भोग्न । भोग्नु साहस हो । साहस गर्नेहरु कहिल्यै पछि पर्दैनन् सोल्टी, कहिल्यै पछि पर्दैनन् ।


० ० ०


१६ जून, २०१७, केएसए



Comments

Total Views

Please, leave a comment

Wikipedia

Search results

POEMS FROM THE HIMALAYAS

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रदर्शनीमा जिन्दगी – पञ्च विस्मृत उसको जिन्दगी आज सार्वजनिक स्थलमा प्रदर्शनको लागि टाँगिएको छ । कोही आउँछन् र दुई...

Posted by Pancha Vismrit on Friday, November 13, 2020

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

रेगिस्तानी दशैँ — पञ्च विस्मृत हिउँदको फूलजस्तो निस्तेज उमङ्ग परदेशीका आङमा बेखबर फुल्छ तर, सिङ्गो संवेदन हल्लाएर झर्छ...

Posted by Pancha Vismrit on Thursday, October 22, 2020

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

गाए गीत नगाए कविता - पञ्च विस्मृत ढुङ्गा हुँ म तिमी मलाई, प्रेमले गाल्न नखोज थानमा राख मन्दिरको, दिलमा राख्न नखोज भेल...

Posted by Pancha Vismrit on Monday, September 28, 2020

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Day 1 Today is the first day of my participation in this 8-day Russian poetry flash...

Posted by Pancha Vismrit on Wednesday, September 9, 2020

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

स्रष्टा परिचय र उपनामको रहस्य -- ४० -------------------------------------------------- कवि पञ्च विस्मृत बजारिया...

Posted by सगरमाथा साहित्य प्रतिष्ठान नेपाल on Sunday, July 26, 2020

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

कोरोनाले छोडेर गएको दिन - पञ्च विस्मृत एक दिन जब खुल्नेछ विश्व जब छोडेर जानेछ कोरोनाले – मजदुरहरुले पेटभर खाना खान...

Posted by Pancha Vismrit on Thursday, July 30, 2020

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

आशाको रङ — पञ्च विस्मृत मलाई यी उठ्दै गरेका अग्ला घरहरुको रङ खुब मन पर्छ मानौँ कि उठ्दैछन् नैराश्यताको जमिनलाई...

Posted by Pancha Vismrit on Thursday, July 16, 2020

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट म के गरुँ ? कहाँ जाऊँ ? मित्रलाई सम्झूँ कि शत्रुलाई सम्झूँ ? फूललाई सम्झूँ कि काँडालाई सम्झूँ ? सबैको...

Posted by Pancha Vismrit on Monday, April 27, 2020

Prakash Dipsali Writes

परदेशी कवि तथा लेखकहरुको प्रिय नाम हो पञ्च विस्मृत । मलेसियामा रहदा असाध्यै चर्चामा रहेका कवि पञ्च विस्मृत सुन्दर कविता...

Posted by Prakash Dipsali on Monday, April 27, 2020

नेपालबन्द । कविता । पञ्च विस्मृत

नेपालबन्द – पञ्च विस्मृत शोकमग्नझैँ लाग्छ आज यो मनको शहर कुनै सपना बुन्नु छैन न त टिप्नु नै छ जून आज मनको शहर बन्द...

Posted by Pancha Vismrit on Tuesday, March 31, 2020

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति – पञ्च विस्मृत तिम्रो रुपको वर्णन गर्ने कुनै शब्दको आविस्कार भइसकेको छैन दुनियाँमा । बस, तिम्रो...

Posted by Pancha Vismrit on Thursday, February 13, 2020

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने, साहस जुटाइदेऊ भगवान जीवनयुद्ध जित्ने एउटा, दर्शन सिकाइदेऊ भगवान असल मान्छे बन्न खाजेँ, आफ्ना पराइ...

Posted by Pancha Vismrit on Saturday, November 2, 2019

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ – पञ्च विस्मृत क्यालेण्डरका पानाहरु कुल्चँदै हुण्डरीको वेगमा एक निरपराध...

Posted by सिर्जना डबली on Wednesday, November 6, 2019

हजुरबा र समय । कविता । पञ्च विस्मृत

हजुरबा र समय — पञ्च विस्मृत सदियौँदेखि हो यो वेगीलाई समयलाई थुन्न हाम्रा हजुरबाहरुले फलामको बडेमानको पिँजडा बनाउँदै...

Posted by Pancha Vismrit on Thursday, October 4, 2018

अग्रजहरु । कविता । पञ्च विस्मृत

अग्रजहरु – पञ्च विस्मृत अलिक मास्तिर पहाडको उकालो बाटोमा गुनगुन गुनगुन गर्दै एक हुल मानिस हिँडिरहेका देखिन्छन्...

Posted by Pancha Vismrit on Thursday, May 16, 2019

याद २ । कविता । पञ्च विस्मृत

याद २ — पञ्च विस्मृत ब्यूँझिएको मात्र के हुन्छु समय नुहेको डालीमा बसेर एकाबिहानै चिर्बिर चिर्बिर गर्छे प्रिय...

Posted by Pancha Vismrit on Thursday, February 14, 2019

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर — पञ्च विस्मृत छिमेकीको हवेली देखेर मैले पनि ठडयाएँ कल्पनाको राजधानीमा बडेमानको घर । सपनाहरुको...

Posted by Pancha Vismrit on Thursday, August 16, 2018

शब्दहरु । कविता । पञ्च विस्मृत

शब्दहरु — पञ्च विस्मृत शब्दहरु यी मसिना शब्दहरु ! कुम्लो कुटुरो बोकेर बाहिरिएको मान्छे घर फर्किएजस्तै एउटा...

Posted by Pancha Vismrit on Friday, December 1, 2017

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

कहिले आउँने दिनभरि, आइपुग्ने कहिले शाम धाइरहने यो सम्झनाको, खै के होला नाम ? कुटुकुटु खाइरहन्छ, आँखाभरि...

Posted by Pancha Vismrit on Thursday, December 29, 2016

परदेशिएर । कविता । पञ्च विस्मृत

परदेशिएर मनभित्र कतै बज्छ सौन्दर्यको तीखो आवाज म सुन्छु म हेर्छु परेलाहरुमा अडिएर टिलपिल टिलपिल आँशु साँच्ची...

Posted by Pancha Vismrit on Monday, April 7, 2014

Popular posts from this blog

हजार शैली कविताका

ग्रहण छापियो दिवाकर रहेनन् !

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on

Facebook Page