यो थर्डक्लासको जिन्दगीलाई ... !
— पञ्च विस्मृत
✍By Pancha Vismrit

एकाबिहानै प्रफुल्लित थिएँ । यसपाली दसैँतिहार निक्लनेबित्तिकै जाडो सुरू भयो । काँडा उम्रेका पाखुरा छाम्दै पूर्वतैयारी गरेँ — यात्राको । एउटा छोटो तर महत्त्वपूर्ण यात्रा थियो त्यो । शिखर चढ्ने दौडमा फेदीतिर छाेडेको, उतै कतै छाडेको यात्रा थियो त्यो । मै छाडिएको रहेछु, अन्तत्वगत्त्वा भेटेँ ।
कवि बद्री पलिखेको ‘शान्तिस्तूप’को विमोचन कार्यक्रममा एउटा कविता वाचन गरेको थिएँ — वर्षौंअघि । धराने साहित्यिक समारोहमा मेरो प्रथम उपस्थिति थियो त्यो । अनि कृष्णभूषण बल, विवश पोखरेल र देवी पन्थीजस्ता अग्रज स्रष्टाहरूको साथले अत्यन्तै महत्त्वपूर्ण पनि ।
स्व. कवि विमल गुरूङको ३९ औँ जन्मजयन्तीको अवसरमा युवा कवि महोतसव २०६६ सम्पन्न हुन गइरहेको थियो । स्व. कवि विमल स्मृति पुस्तकालय बुद्धचौक, जहाँ सो कार्यक्रम सम्पन्न हुनगइरहेको थियो, कोलागि इटहरी ढाकेर निक्लिएँ म । रहर, कौतुहलता, शरम, ग्लानी र लघुताभासले जीउ ढक्क फुलेको थियो । कुनै अनिष्ट नहोस् भन्ने कामना गर्दै भानुचौक उत्रिएँ गाडीबाट, र उत्तरतर्फ लागेँ । हैन बुद्धचौक त भानुचौकदेखि पश्चिमतिर पो पर्दोरहेछ, घुराएँ शरीर ! तर शरीरभित्र लीला गरिरहेका ती सारा कुरालाई छुन पनि सकिनँ ।
भन्दाभन्दै अच्छा राई रसिक प्रतिष्ठानाका जीबी लुगुनज्यू पो मभन्दा अघि पुगेर बसिराख्नु भएको रहेछ । त्यहाँ राष्ट्रगानका रचयिता व्याकुल माइला, एक टेलिभिजन पत्रकार तथा सो पुस्तकालयका अध्यक्ष पूर्ण बहादुर गुरूङ देखिनुभयो । मेरा कुनै साहित्यिक अग्रज अनुज तथा सहयात्री नदेखिऊन् त्यहाँ— मेरो कामना थियो । तर त्यो कुनै पनि हालतमा पूर्ण नहुने कुरा पक्का भयो ।
बसेँ एक ब्रेञ्चमा टुक्रुक्क । त्यहाँ जीबी लुगुनज्यूले गुनासो पोख्नुभयो, "साहित्य क्षेत्र पैसा जाने मात्र हो, आउने हैन ।"
मैले भनेँ, "अब साहित्यलाई व्यवसायिक बनाउनुपर्छ ।"
"कसरी ?" को जवाफमा फेरि बोलेँ, "अब हामीले अङ्ग्रेजीमा समेत लेख्नुपर्छ, जसबाट हामी विश्वबजारमा प्रतिस्पर्धा गर्न सकौँ ।"
यसको प्रतिक्रियामा भने उहाँले अङ्ग्रेजीमै भन्नुभयो केही अङ्ग्रेजी भाषाविद्हरूको नाम लिँदै, " ... उहाँहरूले त लेख्ने आँट गर्नुभएको छैन भने त्यो कसरी सम्भव छ ?"
त्यसबीच उहाँले केही क्लिष्ट शब्द प्रयोग गरेर लेखिएका केही ग्रन्थका उदाहरण समेत दिनुभयो । तर के वास्तवमा साहित्यिक रचनामा क्लिष्ट शब्दहरूको जबरजस्ती प्रयोग हुनै पर्छ त ? मेरा रचनाहरूले यसको नकरात्मक जबाफ दिन्थे ।
अवाक् भएँ ।
कारण यो पनि थियो कि उहाँ कान कमै सुन्नथाल्नु भएछ, चर्को स्वरमा बोल्नुपर्ने । केही ऐकान्तिकताको सदुपयोग गरेर हामीले त्यो संवाद बोलेका थियौँ । केहीबेर पछि पूर्ण बहादुर गुरूङज्यू देखा पर्नुभयो । त्यतिञ्जेल यता लुगुनज्यूको खाना खान जाने कुरा भइरहेको थियो ।
"हाम्रैमा खाऊँन !" गुरूङज्यूको आग्रह ।
"के छ तिहुन ?" लुगुनज्यूको प्रश्न ।
"मासु छ ?" लगत्तै थप प्रश्न ।
"छ ।"
"केको ?"
"बङ्गुरको .. ।"
"ए ... उता परेवा काटेको छ ।" भनेर रमाइलो जवाफ दिनुभयो लुगुनज्यूले ।
सबैजना हाँस्यौँ ।
लुगुनज्यू बाहिरिनुभयो ।
मैले कार्यक्रम सुरू हुने समय ११ बजेलाई आफ्नो नाडी घडीमा पर्खँदै बस्नथालेँ । त्यहाँ एक महिला आफ्ना दुई छोरीलाई लिएर आएकी रहिछन् । कविता वाचन गराउन । उनीसित पनि साहित्य क्षेत्रमा हुने आर्थिक समस्याको बारेमा छोटो कुराकानी गरेँ ।
फेरि जीबी लुगुनज्यू देखा पर्नुभयो । खाना खाएर ।
"ए तपाइँलाई त लगिनँ ... ?" मतिर फर्किनुभयो उहाँ ।
"मैले इटहरीमै खाएर निक्लेको ।" मेरो जबाफ ।
"के तपाइँ पनि प्रतियोगी ?"
अप्ठेरो मान्दै भनेँ, "हो ।"
तर त्यति भनेपछि ममा रहेको अप्टेरोपन तुरन्त हटेर गयो । किनभने उहाँको प्रश्नमा एकप्रकारको सरलता पाएँ । कति न उमेर गएको भन्ठानेर बसेको, भित्रभित्रै मुर्मुरिएँ ।
"त्यसोभए जितेको पैसा खाँदै जाउँला ।" ठट्टा गर्नुभयो ।
वस्तुतः त्यहाँ म युवा कविता महोत्सव २०६६ मा एक प्रतियोगीको रूपमा उपस्थित भएको थिएँ । विराटनगर या इटहरीमा सो कार्यक्रम भएकोभए शायद म त्यसरी उपस्थित हुन्नथिएँ । पाँच वर्षअगाडि नै यी स्थानहरूमा ‘नदेखिएको आकाश’का पाइलाका डोब बनाउन सफल भएको कारण (मेरा समकालिन रीता खत्रीहरूले लिएपनि) मलाई कवि मनु मञ्जिल भन्नुहुन्थ्यो, "अब भाइले प्रतियोगिताहरूमा भाग लिनहुन्न ।"
धरानमा मलाई कसैले चिन्दैन भन्नेथियो । फेरि पाँच वर्षे प्रवासपछि घरबासमा प्रथमपल्ट प्रतिस्पर्धीको रूपमा त्यसरी उपस्थित हुने रहर कतैबाट पलाएर आएको थियो ममा । र, आफ्नो कविता प्रेषित गरेको थिए । र, ‘टप टेन’ को समूहमा परेर मलाई फोनबाट बोलाइएको थियो । ‘टप टेन’ को कुरा पूर्ण बहादुर गुरूङज्यूबाटै थाहा पाएँ, त्यहाँ पुगेपछि । देशभरिका ४०० कविताबाट ‘टप टेन’ छानिएको रहेछ । त्यो कुरो पनि त्यहीँ पुगेपछि मात्र थाहा पाएँ ।
त्यतिञ्जेल कार्यक्रम सुरू भइसकेको थियो । करिब १२ बजे । मैले उपस्थित सम्पूर्णको अनुहार ध्यानले हेरेँ । कतै मेरा छुटेका, गुमेका साहित्यिक सहयात्रीहरू त छैनन् ? मेरा गुरूहरू त छैनन् ? मान्छेहरूको आउने जानेक्रम जारी नै थियो । ढुक्क थिएँ । तर एकैछिनमा त्यो ढुक्कपन हराएर गयो, जब देवान किराती देखापर्नुभयो । उहाँलाई विराटनगरको एक गोष्ठीमा उहाँकै एक कवितांश सम्झन लगाएर हैरान पारेको थिएँ । उहाँ मेरै पछाडि आएर बस्नुभयो । त्यतिबेला मैले आफूलाई नाङ्गो पहाडको मृगझैँ अनुभव गरेँ । मेरो अनुहार बिर्सनु भएकोरहेछ । सम्झाएँ । उहाँले सम्झनु त भयो तर अरू कुरा गर्न पाइएन । उहाँलाई स्टेजमा बोलाइयो । त्यहीँ बद्री पलिखे पनि देखापर्नुभयो । आफ्नो अगाडि झुण्याउने सानो ब्यागको साथ छोड्नुभएको रहेनछ उहाँले ।
मेरो मनमा सानोतिनो भूकम्प नै गयो, जब कवि मनु मञ्जिललाई आसन ग्रहणको लागि बोलाइयो । तर त्यति नै खेर उहाँ उपस्थित भइनसक्नुभएको कुरा पनि थाहा भयो । तर एकै छिनमा उहाँ देखापर्नु भयो । मैले आफ्नो शिर उठाउन सकिनँ । कार्यक्रमको प्रथम चरणमा साहित्यकार शरण राई, समाजसेवी वृष बहादुर राई र सञ्चारकर्मी मनीता चामलिङ सम्मानित गरिए ।
कविता वाचन कार्यक्रम सुरू भयो ।
मेरो नाम आयो । अघि बढ्ने शाहस कहाँ ? पूर्वाभ्यास गरेर निक्लेँ । म निक्लने बितिक्कै लाग्यो कवि मनु मञ्जिल घाँटी तानी तानी आश्चार्यचकित भएर मलाई नै हेरिहरनुभएको छ । मैले टाढैबाट नमस्कार गरेँ उहाँलाई र स्टेजमा आशिन अतिथिहरूलाई पनि । मनु मञ्जिलले मधुर हाँसोसँगै आफ्नो दाहिने हातले अघि बढ्ने इशारा गर्नुभयो ।
"बिहानी हराएको सूचना ।"
वाचन गरेर फर्केँ । तर पुनः स्टेजमा एक प्रश्न लिएर मनु मञ्जिलसमक्ष उपस्थित भएँ, "युवा नै छु हैन त दाजु ?"
"हजुर, तपाइँ युवा नै हुनुहुन्छ ।" आफ्नो गहकिलो स्वरमा भन्नुभयो, एक प्रश्नसहित, "कहिले फर्किनुभयो ?"
मैले, "... यसरी नै आएँ दाजु" भनेँ ।
"मतलव ?" जिज्ञासु भावले हेर्नुभयो उहाँले ।
वस्तुतः उहाँको प्रश्न थियो "प्रवासबाट कहिले फर्किनु भयो ?"
मेरो जवाफ थियो "साहित्यिक यात्रामा यसरी नै एक प्रतिस्पर्धी भएर पुनर्जन्म लिएर आएँ ।"
म फर्केँ त्यहाँबाट— आफ्नो मनको जवाफ नबुझाइकनै उहाँलाई । तर बादल फाटिसकेको थियो, जुन मनमा बिहानैदेखि सङ्कोचको रूपमा बाक्लिएको थियो ।
फर्किएँ म सिङ्गो धरानलाई छोडेर । फर्काएँ भनौँ यो थर्ड क्लासको जिन्दगीलाई ।
थमाइएको थियो ‘थर्ड’कै प्रमाणपत्र— व्याकुल माइलाको हात र ‘विमल स्मृति युवा कविता महोत्सव’ गरिमामय शब्द बान्कीकासाथ । आफूलाई कहिल्यै गाली गरिनँ । माया पनि त्यति गरिन, जति पहिले गर्थेँ ।
काखी च्यापिरहेझैँ लाग्यो फर्किँदा, छुट्टाएको एउटा सिङ्गो युग, एउटा साहसिक यात्रा ।
साहित्यिक यात्रा ।
३० मङ्सिर, २०६६, १५ डिसेम्बर, २००९ , इटहरी ४, सुनसरी

![]() |
(कवि बद्री पलिखेज्यूले दिनुभएको अटोग्राफ) |

प्रकाशितः
ब्लाष्ट टाइम्स दैनिक, वर्ष १५ , अङ्क १०८ , पूर्णाङ्क ५३२१ ,
पुस २६ २०६६, आइतबार , १० जनवरी २०१०
www.shrijana.com (Tuesday, April 24th, 2012)
---------------------
प्रतिकृयाः
शेर्पीनी कान्छीः
third class life पूरै पढेँ ।
राम्रो लाग्यो । सोचेको पूरा होस् ।
छिट्टै यहाँ लेख रचना पढ्न पाऊँ ।
र, शीघ्र स्वास्थ्यलाभको कामना पनि (जीबी लुगुनलाई) ।
Comments
Post a Comment