कविता–चिन्तन

– पञ्च विस्मृत
✍ Pancha Vismrit



कविता–चिन्तन : एक

के तपाइँले आफूले पढ्न चाहेकै जस्तो कविता कतै पढ्न पाउनु भएको छ ?

केही कविलाई कवि भएर पनि स्वयम् कविताको मृत्युको घोषणा गर्न हतार छ । तर तिनै कवि विभिन्न कवि गोष्ठीहरुमा दौडिरहेका पनि देखिन्छन् । हो, कविता कम पढिन्छ । तर धेरै मान्छेलाई कवि बन्ने रहर छ । आम मान्छे जीवनमा एक पल्ट कविताका नाममा दुई शब्द कोर्न खोज्छ । शोसल मीडियाको दुनियाँ कविताबिना अपूरै देखिन्छ । वास्तवमा कवितालाई मान्छेले समयको यस बदलिँदो रुपमा पनि काखी च्याप्न छोडेको छैन । पुस्तकमा सीमित कविता इन्टरनेटमा निःशुल्क पढ्न पाइन्छ आजकल । कविताका बारेमा लेखिएका लाखौँ लेख रचना इन्टरनेटमा छन् । पुस्तकको रुपमा पनि कविताका किताब नै सबै बढी प्रकाशित हुन्छन् ।

तर के तपाइँले आफूले पढ्न चाहेकै जस्तो कविता कतै पढ्न पाउनु भएको छ ? यस पङ्क्तिकारले कमै पाएको छ । स्वयम्ले लेखेका कविता केही वर्षपछि फर्केर हेर्दा अकविता लाग्ने गर्छन् । यो यस पङ्क्तिकार व्यक्तिगत अनुभव हो । किन यस्तो भइरहेको छ ? वस्तुतः  सिकाइको विभिन्न चरणहरु पार गर्दै जाँदा यो कुराको अनुभव हुने गर्दछ । यस प्रक्रियामा कविताका विभिन्न पक्षहरु चेतनामा आउने गर्दछन् । निश्चित मापदण्डहरु देखिन आउँछन् । कसैले निश्चित मापदण्ड हुँदैन भनेर भने पनि सर्वसम्मत मापदण्ड हुन्छ नै भन्ने कुरामा सहमति जनाउन करै लाग्दछ । निश्चित हुँदैन, किनभने कविता ईश्वरीय देन हैन । प्राकृतिक हैन । यो त मानवनिर्मित अभिव्यक्तिको एक माध्यम मात्र हो— मान्छेले बौद्धिक मनोरन्जनको रुपमा निर्माण गरेको ।

र, त्यसरी बनेको मापदण्ड कविको चेतनाको अर्को चरणमा पुग्दा भत्किएर जानसक्छ । त्यसो हुनु जरुरी पनि छ । यस प्रक्रियालाई पाठकको चेतनाको चरणको रुपमा लिनु पर्दछ । र, कविताको स्तर पाठकको कविताप्रतिको चेतनाले निर्धारण गर्दछ ।

समयका विभिन्न काल खण्डहरुमा उदय भएका सर्जक र तिनका कृति सोही समयसीमामा राखेर समीक्षा गरिनु पाठकीय चेतनालाई खुट्टयाउनु हो । हिजो पढेको कृति, हिजो सुनेको सङ्गीत, हिजो हेरेको चलचित्रले आज ऐतिहासिक महत्त्व त राख्ला, तर आजको चेतनाले समीक्षा गर्न सकिन्न । यदि त्यसो गरे त्यो एक धृष्टता मात्र हुनजान्छ । समयको वहावसँगै प्रविधि, प्राविधिक पक्ष र मान्छेको चेतनामा परिवर्तन हुँदैजान्छ । लक्ष्मीप्रसाद देवकोटा जुन शैलीमा कविता लेख्थे, आज त्यो छैन । लाइन ब्रेकको प्रयोग भएका उनका कविता आज पढ्दा पुरानो शैलीको आभाष हुन्छ । चलचित्रको कुरा गर्ने हो भने हिन्दी चलचित्र सोलेलाई आज हेर्दा प्राविधिक रुपमा धेरै पछि देख्न सकिएला, तर त्यो समयको सोले ऐतिहासिक सफलताको चलचित्र थियो । अतः आजको चेतनाले समीक्षा गर्न खोज्दा विगतका महान सिर्जनाहरु, कृतिहरु खोटपूर्ण लाग्न सक्छन् ।

आजका कवितामा चेतनशील पाठकले खोज्ने तत्त्व भनेको भाषिक विशिष्टता हो । बिम्ब र प्रतीक हो । विचार र शिल्पको सम्यक् संयोजन हो । समसामयिकता हो ।

तर केही कविमा कविताप्रतिको गलत बुझाइ छ । ती कवितालाई वैचारिक अभिव्यक्तिको नाममा सीधै अभिव्यक्त गर्दछन् । त्यसले कविताको प्राणलाई मार्ने काम गर्छ । वास्तवमा कविताको आफ्नै भाषा छ । त्यो भाषालाई कलात्मक बनाउन सकिएन भने कविताका पाठकलाई सन्तुष्टि मिल्दैन । वस्तुतः कविता भनेको कला हो । कविता एक आर्ट हो । यसलाई खोक्रो विचार, सस्तो भावुकताको अभिव्यक्ति या भद्दा आक्रोषमै सीमित रहन दिनु हुन्न ।

आर्ट अर्थात् कला, अर्थात् शिल्पविद्या, अर्थात् छल । हाम्रै अथवा हाम्रै वरपरका क्रियाकलापहरूको नक्कल गरेर नृत्यका विभिन्न स्टेपहरु बनाइन्छन् । यो एक छल भयो । त्यही छललाई जब नृत्यकारले आफ्नो खुबीको प्रयोग गरेर दर्शकसामु पुर्‍याउँछ त्यो कला बन्दछ । त्यही छलको नियमलाई कवितामा पनि प्रयोग गरिनु पर्छ, गरिन आवश्यक छ ।

त्यही चेतनाले कविता लेख्न आवश्यक छ ।

कविता–चिन्तन : दुई

माथि भनियो कविताको आफ्नै भाषा हुन्छ । जुन कोमल हुन्छ । आगो ओकलेको भए पनि त्यो कोमल नै हुन्छ । एउटा पर्वतको उदाहरण लिनोस्, पर्वत नै भएपनि तर हिँड्न सजिलो होस् ! सजिलै चढ्न सकियोस् त्यो कविताको पर्वत । र, फर्किँदा केही बोधहरु लिएर फर्किन सकियोस् ।

नकरात्मकता जहाँतहीँ छ । सडक फुपाथ, चिया पसलदेखि सदनसम्म । तर कवि तिनलाई प्रस्तुत गर्न योग्य (प्रिजेन्टेबल) बनाउँछ ।

आजकल केही कवि भन्छन्, “कविता भन्ने कुरा राम्रो नराम्रो भन्ने हुन्न, अथवा कवितालाई यसरी नै लेख्नुपर्छ भन्ने हुन्न ।” यसो भन्नु कविताको धरातलमा उभिएर गैरजिम्मेवारीपूर्ण बोली बोल्नु हो । कविताको मापदण्डको कुरा माथि पनि आयो । कविताको उत्कृष्टता जहिल्यै पनि पाठकको चेतनामा निर्भर हुने गर्दछ, माथि नै भनियो । कवितामा डुबेको मान्छे जहिल्यै कवितामा भाषिक विशिष्टताको खोजी गर्दछ । प्राविधिक त्रुटिलाई परै देख्दछ । अथवा प्राविधिक त्रुटि भएका कविता उसलाई पच्दैपच्दैन ।  बिम्ब र प्रतीकको प्रयोग खोज्दछ । कविले जे भन्न चाहेको हो त्यस कुरालाई सामान्य भाषा भन्दा अलि अगाडि बढेर भनेको होस्, चाहन्छ । विचार र शिल्पको तालमेल नमिलेको कवितालाई ऊ अकविता मान्दछ । किनभने उसको काव्यिक चेतना उच्च स्तरको छ । ऊ कविताको असल पाठक हो । स्वाभाविक रुपमा कुनै पनि कुराको मूल्याङ्कन गर्ने व्यक्ति सम्बन्धित विषयको ज्ञाता हुनै पर्दछ । नत्र त सबै मान्छे पण्डित भइहाल्थे ।

कविता–चिन्तन : तीन

हाम्रो मानसिकता र हाम्रो समग्र बुझाइमा एक पल्ट प्रकाशित भइसकेको कविता पुर्नप्रकाशन गर्न हुँदैन । साहित्यिक सँगालो होस् चाहे साहित्यिक पत्रिका, सबैले अप्रकाशित कविता नै खोज्छन् । यही पङ्क्तिकारले नै पनि एक पल्ट पूर्णप्रकाश नेपाल यात्रीको प्रकाशित भइसकेको कविता पुनः मधुपर्कमा प्रकाशित भएर आएको देख्दा झोक्किएर पाठक प्रतिक्रिया लेखेको थियो ।

तर किन यस्तो भइरहेको छ ? कि त्यसो गरिनु कविताको अवमूल्यन गर्नु हो ? या सम्बन्धित सँगालो या पत्रिकाको अवमूल्यन गर्नु हो ? पढिसकेको कविता पाठकले पुनः पढ्दैनन् भन्ने हो कि ? अथवा पुर्नप्रकाशन गर्नु कि अपराध नै हो ? यदि अन्य सर्जकलाई स्थान दिन प्रकाशित भइसकेका कवितालाई पन्छाउने गरिएको हो भने त नेपालका राष्ट्रिय साहित्यिक पत्रिकाले एउटै सर्जकका रचनाहरु बारम्बार प्रकाशित गरिदिएर वरिष्ठताको सूचीमा चढाउने काम गरेको सर्वविदितै छ । 

अब एउटा कुरा विचारौँ न, एउटै एफएम या रेडियो स्टेशनबाट कतिपल्ट बजाइन्छ एउटै गीत ? एकै पल्टमा मन नछोए पनि सुन्दा सुन्दा मनमा बसेका छैनन् र कैयन् गीत ? तर कविताको त्यो सौभाग्य छैन । कविताको त्यो अवस्था छैन - देवकोटाको ‘पागल’, काइँलाको ‘मातेको मान्छेको भाषण : मध्यरातपछिको सडकसित’, कृष्णभूषण बलको ‘काठमाण्डू एक्लैले काठमाण्डू बोक्न सक्दैन’, कुन्ता शर्माको ‘पोथी बास्नु हुँदैन’, विवश पोखरेलको ‘बग्दै बग्दै जाने छोरासँग’, श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’नीरा शर्माको ‘बा’ आदिलाई छोडिदिने हो भने । यी माथिका कविताहरूको पुनर्प्रकाशन गर्न भने  मीडियाहरू खासै हिचकिचाउँदैनन् कि भन्ने लाग्छ । यस कुराको आधार भनेको गीत सङ्गीत जस्तै यिनलाई कैयन् पटक प्रकाशित गरिएको पाइनु हो ।

हाम्रो ‘टेकन फर ग्रन्टेड’ टाइपको सोच र कविताको विकाशमा लागेको तथाकथित प्रकाशकहरुबाट उल्टै कविताको हत्या त भइरहेको छैन ?

१७ जनवरी, २०१९, केएसए




प्रकाशित : शब्दाङ्कुर मासिक, २०९ फागुन अङ्क, २०७५


Comments

Total Views

Please, leave a comment

Wikipedia

Search results

POEMS FROM THE HIMALAYAS

स्वर : सुनिता थेगिम, सेमिहाङ सिङ्गक; अनुवाद : पञ्च विस्मृत

स्वर : सुनिता थेगिम, विकाश लिम्बू; गीत : हाङपाल आङबुहाङ; अनुवाद : पञ्च विस्मृत

स्वर : विकाश लिम्बू, गीत : हाङपाल आङबुहा, अनुवाद : पञ्च विस्मृत

कथाकार जीवन देवान गाउँलेको आवाजमा "एउटा अरपे गाउँमा"

प्रदर्शनीमा जिन्दगी । कविता । पञ्च विस्मृत

प्रदर्शनीमा जिन्दगी – पञ्च विस्मृत उसको जिन्दगी आज सार्वजनिक स्थलमा प्रदर्शनको लागि टाँगिएको छ । कोही आउँछन् र दुई...

Posted by Pancha Vismrit on Friday, November 13, 2020

प्रवासी प्रवाहमा सहभागिता जनाउँदै

रेगिस्तानी दशैँ । कविता । पञ्च विस्मृत

रेगिस्तानी दशैँ — पञ्च विस्मृत हिउँदको फूलजस्तो निस्तेज उमङ्ग परदेशीका आङमा बेखबर फुल्छ तर, सिङ्गो संवेदन हल्लाएर झर्छ...

Posted by Pancha Vismrit on Thursday, October 22, 2020

ढुङ्गा हुँ म तिमी मलाई । गीत । पञ्च विस्मृत

गाए गीत नगाए कविता - पञ्च विस्मृत ढुङ्गा हुँ म तिमी मलाई, प्रेमले गाल्न नखोज थानमा राख मन्दिरको, दिलमा राख्न नखोज भेल...

Posted by Pancha Vismrit on Monday, September 28, 2020

A Poem by Pancha Vismrit, Translated by Hem Bishwakarma

Day 1 Today is the first day of my participation in this 8-day Russian poetry flash...

Posted by Pancha Vismrit on Wednesday, September 9, 2020

Sagarmatha Sahitya Pratishthan Presents Pancha Vismrit

स्रष्टा परिचय र उपनामको रहस्य -- ४० -------------------------------------------------- कवि पञ्च विस्मृत बजारिया...

Posted by सगरमाथा साहित्य प्रतिष्ठान नेपाल on Sunday, July 26, 2020

कोरोनाले छोडेर गएको दिन । कविता । पञ्च विस्मृत

कोरोनाले छोडेर गएको दिन - पञ्च विस्मृत एक दिन जब खुल्नेछ विश्व जब छोडेर जानेछ कोरोनाले – मजदुरहरुले पेटभर खाना खान...

Posted by Pancha Vismrit on Thursday, July 30, 2020

Pancha Vismrit, Sketched by Krishna Marsani

आशाको रङ । कविता । पञ्च विस्मृत

आशाको रङ — पञ्च विस्मृत मलाई यी उठ्दै गरेका अग्ला घरहरुको रङ खुब मन पर्छ मानौँ कि उठ्दैछन् नैराश्यताको जमिनलाई...

Posted by Pancha Vismrit on Thursday, July 16, 2020

काँडाको ओछ्यानबाट । कविता । पञ्च विस्मृत

काँडाको ओछ्यानबाट म के गरुँ ? कहाँ जाऊँ ? मित्रलाई सम्झूँ कि शत्रुलाई सम्झूँ ? फूललाई सम्झूँ कि काँडालाई सम्झूँ ? सबैको...

Posted by Pancha Vismrit on Monday, April 27, 2020

Prakash Dipsali Writes

परदेशी कवि तथा लेखकहरुको प्रिय नाम हो पञ्च विस्मृत । मलेसियामा रहदा असाध्यै चर्चामा रहेका कवि पञ्च विस्मृत सुन्दर कविता...

Posted by Prakash Dipsali on Monday, April 27, 2020

नेपालबन्द । कविता । पञ्च विस्मृत

नेपालबन्द – पञ्च विस्मृत शोकमग्नझैँ लाग्छ आज यो मनको शहर कुनै सपना बुन्नु छैन न त टिप्नु नै छ जून आज मनको शहर बन्द...

Posted by Pancha Vismrit on Tuesday, March 31, 2020

प्रेम र राजनीति । कविता । पञ्च विस्मृत

प्रेम र राजनीति – पञ्च विस्मृत तिम्रो रुपको वर्णन गर्ने कुनै शब्दको आविस्कार भइसकेको छैन दुनियाँमा । बस, तिम्रो...

Posted by Pancha Vismrit on Thursday, February 13, 2020

आँधीवेहरीसँग जुध्ने । गीत । पञ्च विस्मृत

आँधीवेहरीसँग जुध्ने, साहस जुटाइदेऊ भगवान जीवनयुद्ध जित्ने एउटा, दर्शन सिकाइदेऊ भगवान असल मान्छे बन्न खाजेँ, आफ्ना पराइ...

Posted by Pancha Vismrit on Saturday, November 2, 2019

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ । कविता । पञ्च विस्मृत

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ – पञ्च विस्मृत क्यालेण्डरका पानाहरु कुल्चँदै हुण्डरीको वेगमा एक निरपराध...

Posted by सिर्जना डबली on Wednesday, November 6, 2019

हजुरबा र समय । कविता । पञ्च विस्मृत

हजुरबा र समय — पञ्च विस्मृत सदियौँदेखि हो यो वेगीलाई समयलाई थुन्न हाम्रा हजुरबाहरुले फलामको बडेमानको पिँजडा बनाउँदै...

Posted by Pancha Vismrit on Thursday, October 4, 2018

अग्रजहरु । कविता । पञ्च विस्मृत

अग्रजहरु – पञ्च विस्मृत अलिक मास्तिर पहाडको उकालो बाटोमा गुनगुन गुनगुन गर्दै एक हुल मानिस हिँडिरहेका देखिन्छन्...

Posted by Pancha Vismrit on Thursday, May 16, 2019

याद २ । कविता । पञ्च विस्मृत

याद २ — पञ्च विस्मृत ब्यूँझिएको मात्र के हुन्छु समय नुहेको डालीमा बसेर एकाबिहानै चिर्बिर चिर्बिर गर्छे प्रिय...

Posted by Pancha Vismrit on Thursday, February 14, 2019

छिमेकीको हवेली देखेर । कविता । पञ्च विस्मृत

छिमेकीको हवेली देखेर — पञ्च विस्मृत छिमेकीको हवेली देखेर मैले पनि ठडयाएँ कल्पनाको राजधानीमा बडेमानको घर । सपनाहरुको...

Posted by Pancha Vismrit on Thursday, August 16, 2018

शब्दहरु । कविता । पञ्च विस्मृत

शब्दहरु — पञ्च विस्मृत शब्दहरु यी मसिना शब्दहरु ! कुम्लो कुटुरो बोकेर बाहिरिएको मान्छे घर फर्किएजस्तै एउटा...

Posted by Pancha Vismrit on Friday, December 1, 2017

कहिले आउँने दिनभरि । गीत । पञ्च विस्मृत

कहिले आउँने दिनभरि, आइपुग्ने कहिले शाम धाइरहने यो सम्झनाको, खै के होला नाम ? कुटुकुटु खाइरहन्छ, आँखाभरि...

Posted by Pancha Vismrit on Thursday, December 29, 2016

परदेशिएर । कविता । पञ्च विस्मृत

परदेशिएर मनभित्र कतै बज्छ सौन्दर्यको तीखो आवाज म सुन्छु म हेर्छु परेलाहरुमा अडिएर टिलपिल टिलपिल आँशु साँच्ची...

Posted by Pancha Vismrit on Monday, April 7, 2014

Popular posts from this blog

हजार शैली कविताका

ग्रहण छापियो दिवाकर रहेनन् !

आमा, तिम्रो सम्झनामा

कति झरी बादल रूझेर आएँ । पञ्च विस्मृत । स्वरूपराज आचार्यको स्वरमा

Swaroopraj Acharya Live - Releasing a Song Written by Pancha Vismrit

समुद्र २ । कविता । पञ्च विस्मृत । सन्जीव राईको लाइभ वाचन

नेपालबन्द । कविता । पञ्च विस्मृत । हङकङबाट वज्रकुमार थुलुङ राईको लाइभ वाचन

फर्किँदैछु स्वदेश । गीत । पञ्च विस्मृत । विवेक दुलाल क्षेत्रीको लाइभ वाचन

प्रिय विगत । कविता । पञ्च विस्मृत

अलार्म । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

बालक दुर्बासाको गनगन । कविता । पञ्च विस्मृत । राम गोपाल आशुतोषको वाचन

On Instagram

View this post on Instagram

Dedicated to those staying abroad

A post shared by Pancha Vismrit (@pancha.vismrit) on

Facebook Page